चितवनमा बाढीले बगाएको २ वटा गैंडा भारतमा भेटियो

कार्तिक २०, २०७४ मा प्रकाशित | 3230 views

चितवन । भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ ।

रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।

दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पुर्याएको अनुमान गरिएको भारत पुग्नुभएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। कमल गैरेले जानकारी दिनुभयो ।

गैँडाको उद्धारका लागि हात्ती पठाइसकिएको र आवश्य सामग्री पनि लैजानेक्रम शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ । गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए । दुई वटा गैँडा भने बाढीका कारण मरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web