काठमाडौं,जेठ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वक्षेत्रीय प्रमुखको नेतृत्वमा रहको बर्दिवास मालपोत कार्यालयमा सेवाग्राहीबाट अनावश्यक रुपमा रकम असुल गर्ने गरेको पाइएको छ । आयोगको क्षेत्रीय कार्यालय वर्दिवासका तत्कालीन प्रमुख देवनाथ पोखरेल प्रमुख रहेको मालपोत कार्यालय बर्दिवासमा कार्यालयबाहिर लेखनदास र कार्यालयभित्र कार्यालय सहयोगिदेखि कार्यालय प्रमुख सम्म् आर्थिक चलखेलमा सामेल हुने गरेको पाइएको आजको अन्नपूर्णमा समाचार छ ।

कार्यालयले रजिष्ट्रेसन पासपछि जग्गाधनीलाई दिने रातो प्रमाणपुर्जाको बाहिरी भागमै मूल्य २५ रुपैयाँ लेखिएको भए पनि उक्त पूर्जाको ५० रुपैयाँ असुल गरिन्छ । झट्ट हेर्दा थोरै रूपैयाँ देखिएपनि दैनिक सयौंका संख्यामा आउने सेवाग्राही ठगीमा परिरहेका छन् । बर्दिवास मालपोतमा सामान्य रजिष्ट्रेसन पास गर्दा लेखनदासले मात्र सेवाग्राहीसँग हजारौं रुपैयाँ लिने र त्यसको केही हिस्सा फाँटवालाखेखि कार्यालय प्रमुखसम्म्लाई बुझाउने गरेको पाइएको छ ।

मालपोत प्रमुखले आफू तालिमको सिलसिलामा काठमाडौंमा भएकाले कार्यालयमा भएको अनियामितताका विषयमा बुझ्ने बताए ।

काठमाडौं,जेठ २९ । नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ । नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो । एनेकपा माओवादी पत्यिाग गरेका भट्टराईले आठ महिना पछि नयाँ पार्टी खोल्न लागेका हुन् । दशरथ रंगशालमा आयोजना हुने कार्यक्रमका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न २६ देशका प्रतिनिधिलाई निमन्त्रणा पठाइएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एक संस्थापक ससदस्यहरुबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख, अन्तरिम केन्द्रीय परिषदमा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार, सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख १० हजार पार्टीत्रबाटै संकलन हुने नयाँ शक्ति नेपालका सचिवालय सदस्य गंगा श्रेष्ठले बताए । उनले १५ सय प्रतिनिधिबाट प्रवेश शुल्क १ हजार र सहयोग रसिदबाट पनि आर्थिक संकलन गर्ने तयारी गरेको बताए । नयाँ शक्तिले १५ सय जना प्रतिनिधिका लागि ब्रेकफस्ट र लन्चका लागि १५ लाख रुपैयाँ, मञ्च व्यवस्थापन र प्रचारप्रसार गर्न ३९ लाख खर्च हुने अनुमान गरेको छ । नयाँ शक्तिले सहयोगका लागि उद्योगी व्यापारीसमक्ष रसिद पठाएर सहयोग माग गरेको छ । अहिले सम्म खातामा १३ लाख रुपैयाँ जम्मा भइस्केको छ ।

एजेन्सी,जेठ २९ । रोमानियालाई हराँउदै आयोजक राष्ट्र फ्रान्सले युरो कप २०१६ मा विजयी सुरुवात गरेको छ । राजधानी पेरिसको स्टेड डी फ्रान्समा शुक्रबार राति भएको उद्घाटन रोमानियालाई २–१ ले हराँउदै फ्रान्सले विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५७ औं मिनेटमा ओलिभर जिरउडले गोल गर्दै घरेलु टोली फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । उनले पयेटको क्रसमा हेड गोल गरेका थिए ।

त्यसको ८ मिनेटपछि नै रोनामियाले पेनाल्टीको अवसर पायो । यो अवसरलाई सदुपयोग गर्दै बोग्डान स्टानकुले रोमानियाका लागि बराबरी गोल फर्काए । १–१ को बराबरी भएको अवस्थामा ८९ औं मिनेटमा वेष्ट ह्यामका पेयटले फ्रान्सका लागि ३० यार्डबाट बल प्रहार गर्दै सुन्दर विजयी गोल गरे । फ्रान्सको जितमा दिमित्री पेयटले अन्तिम समयमा गरेको सुन्दर गोल महत्वपूर्ण बन्यो ।

काठमाडौं जेठ २८ । श्रीराम स्मृति अन्तर विद्यालय भलिबल प्रतियोगिता अन्र्तगत छात्रतर्फ भएको उद्घाटन खेलमा एपीएफ स्कुललाई २५–१२ र २५–११ ले हराउदै आरुणी सेकेन्डरी स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आरुणी सेकेन्डरी स्कुल र काठमाण्डौं जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजनामा भएको खेलमा छात्रतर्फ प्याराडाइन स्कुल,रेन्बो स्कुल,एपीएफ स्कुल कुलेश्वर आवास ,ओसीस स्कुल र ग्रीन कान्तीपुर स्कुल पनि अन्तीम आठमा पुगे । माछापोखरीस्थीत आयोजक आरुणी स्कुलको भलिबल कोर्टमा शुक्रबार भएको लिग खेलमा ओसिसले त्रिलोक स्कुललाई २–० को सोझो सेटमा हराए पनि सेक्रेट हर्टसँगको दोस्रो खेलमा २–१ ले गुमायो । अन्य खेलमा कुलेश्वर आवासले अरुणी एलाई र रन्बो स्कुलले कुलेश्वर आवासलाई २–० को सोझो सेटमा हराएका थिए ।

त्यस्तै महिलातर्फ बिजेश्वरी ज्ञानमन्दिर,आरुणी स्कुल र कुलेश्वर आवास सेमीफाइनलमा पुगेको विद्यालयका प्रिन्सिपल हिक्मत दाहालले जनाए । बिहिबार महिलातर्फको खेलमा विजेश्वरीले प्यारामाउन्ट स्कुलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगिता ३०जेठ सम्म हुनेछन् । प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बिच नेपाल भलिबल सघंका महासचिव जितेन्द्र चन्द ,काठमाडौँ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ध्रुवराज न्यौपानले सयुक्त उद्घाटन गरे । सो अवसरमा नेपाल भलिबल सघंका सचिव मनबिर छन्त्याल, स्कुलका प्रिन्सिपल हिक्मत दाहाल लगायतको उपस्थिति रहेको थियो ।

एजेन्सी । युरो २०१६ को समूह ए अन्तर्गत भोलि हुने स्वीट्जरलयाण्ड र अल्वानियाबीचको खेलमा एउटा यस्तो दृश्य देखिनेछ कि यस्तो यसअघि कमै मात्रामा भएको थियो । भोलिको खेलमा सहोदर दाजुभाइ एक अर्को टोलीको प्रतिनिधित्व गर्दै मैदानमा आमने सामने हुँदैछन् । त्यसमा पनि दाइ डिफेण्डर भाइ मिडफिल्डर । हो टाओलेन हाका र ग्रानेस जाका सहोदर दाजुभाइ हुन् । उनीहरु पहिले स्वीस उमेर समूहको टोलीबाट सँगै खेल्थे । तर, तीन बर्षअघि दाइ टाओलानले स्वीस् टोली छाडेर अल्वानियाको नागरिकता लिने निर्णय गरे भने भाइ ग्रानेसले भने स्वीस टोलीबाटै खेलिरहेका छन् । र, टाओलान डिफेण्डर पोजिसनमा खेल्छन् भने भाइ मिडफिल्डर ।

सन् २०११ देखि स्वीस् टोलीबाट खेलिरहेका ग्रानेसले ४० खेलमा ६ गोल गरिसकेका छन् । २३ बर्षीय उनी स्वीस् टोलीका भरपर्दा मिडफिल्डर हुन् । उनले इंग्लिस टोली आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

यता सन् २०१३ मा अल्वानियाको नागरिकता लिएपछि उसैका लागि खेल्न थालेका स्वीस क्लव एफसी बासेलका डिफेण्डर टाओलान्डले अल्वानियाको राष्ट्रिय टोलीबाट १० खेल खेलेका छन् । उनलाई २०१४ मा फिफाले अल्वानियाबाट खेल्न मान्यता दिएको थियो । उनले उमेर समूहका सबै प्रतियोगितामा सन् २००८ देखि २०१३ सम्म खेलेका छन् ।

स्वीट्जरल्याण्डमा फुटबल सिकेर अल्वानियाबाट खेल्ने टाओलान्टमात्र भने होइनन् । अल्वानियाको अहिलेको राष्ट्रिय टोलीमा उमेर समूहमा स्वीस् टोलीबाट खेलेका ८ खेलाडीहरु छन् । आपसमा सीमा जोडिएका अल्वानियाबाट स्वीट्जरल्याण्ड बसाई सरेका परिवारका युवाहरु सिनियर करिअर खोज्न अल्वानियातिर जाने मनासयमा देखिन्छन् ।

स्वीस् टोली छाड्ने बेलामा दिएको एक अन्तर्वार्तामा ताओलानले भनेका थिए कि ‘मैले मेरा पुर्खाको देश अल्वानियाबाट खेल्ने इच्छा गरेको हुँ, मेरो इच्छालाई अल्वानिया सरकारले स्वागत गरेकोमा खुसी छु ।’

उनले भाइ ग्रानेसलाई पनि स्वीस् टोलीबाट खेलेर गल्ती नगर्न भनेका थिए । तर, ग्रानेसले त्यसलाई अस्वीकार गरेका छन् ।

-अनलाईन खबर

एजेन्सी । युरो कप अन्तर्गत आजको उद्घाटन खेल आयोजक राष्ट्र फ्रान्स र रोमानियाबीच हुँदैछ। आजको खेलमा नजर राख्नै पर्ने दुई खेलाडी यस्ता छन् ।

पउल पोग्वा, फ्रान्स

युरो २०१६ मा खेल्ने मध्येका उत्कृष्ट सेन्ट्रल मिडफिल्डर हुन्, पउल पोग्वा । फ्रान्सका लागि यु २० विश्वकपको उपाधि जितिसकेको पोग्बाले युभेन्ट्सबाट चार पटक इटालियन सिरी ए को उपाधि जितिसकेका छन् । सन् २०१३ मा फ्रान्सलाई यु २० विश्वकप जिताउँदा उत्कृष्ट खेलाडी खेलाडी बनेका पोग्बा सन् २०१४ को विश्वकपकमा उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । युरो २०१६ मा पनि फ्रान्सले पोग्वाबाट धेरै नै आश गरेको छ । सन् २०१३ मा जर्जिया विरुद्धको खेलमा फ्रान्सका लागि डेब्यु गरेको २३ वर्षे पोग्बाले अहिलेसम्म ३१ खेल खेल्दै ५ गोल समेत गरेका छन् ।

भ्लाड चिरिसेस, रोमानिया

रोमानियन टीम क्याप्टेन भ्लाड चिचिरेस ड्रेसिङ रुमका समेत लिडर हुन् । युरो छनोट चरणको पुरै खेल खेल्ने दुई मध्ये एक खेलाडी चिरिसेसमा पुरै रोमानियन टीमको विश्वास अडेको छ । सन् २०१३ मा ८।५ मिलियन युरोमा इंग्लिस क्लब टोटनहम पुगेका उनी २०१५ मा इटालियन क्लब नेपोली गएका थिए । सन् २०११ मा रोनियाका लागि डेब्यु गरेको चिरिसेसले ४० खेल खेलेका छन् भने कुनै गोल गरेका छैनन्।

-पहिलोपोस्ट

उपप्रधानमन्त्री एंव मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशी मोर्चाले उठाएको जायज मागलाइपुरागर्न सरकार तत्पर रहेकाले वार्ता छलफलवाटै समस्याको समाधान खोज्न मधेशी मोर्चालाइ आग्रह गर्नु भएको छ ।

विराटनगरमा आज पार्टीका कार्यकर्तासंगको भेटमा उपप्रधानमन्त्री गच्छदारले आन्दोलनले कसैलाई फाइदा नहुने भएकाले वार्ता छलफलवाटै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले संविधानको सफल कार्यान्वयनका लागी मुख्यदल विच राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले ल्याएको बजेट सस्तो लोकप्रियताको लागिमात्र आएकोले यसले दीर्घकालिन रुपमा देशको हित गर्न नसक्ने बताउनु भएको छ ।

नेपाल शिक्षक संघ रामेछापले सदरमुकाम मन्थलीमा आज आयोजना गरेको कार्यक्रममा सिंगो देश विकासको लागि आर्थिक समावेशीकरण गर्न नसक्ने बजेटले गरिविमात्र बढाउने बताउनु भयो ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिवर्तन बारे तत्कालिन एमाओवदीसँग कुनै भद्र सहमति नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले काठमाडौंमा आज गरेको साक्षात्कारमा महासचिव बाहेक अर्को कुनै पनि सहमति नभएको स्पष्ट पार्नु भयो । महासचिव पोखरेलले प्रमुख दलहरुबीच नेतृत्व परिवर्तन बारे सहमति जुट्छ भने एमाले त्यसका लागि खुला रहेको तर अहिलेको गठबन्धन भत्काएर अर्को सरकार बनाउने प्रयास भने स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा नेपाली कांग्रेस लगायतका प्रमुख दलहरु बीचमा सहमति बनाएर संविधान कार्यान्वयनमा जानु आवश्यक भएको उल्लेख गर्दै संविधानमा संशोधन हुन सक्ने तर पुर्नलेखन गर्ने भन्नु अनुचित कुरा भएको बताउनुभयो ।

महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वको बर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा गरेको कामले नेकपा एमालेले मात्र होइन समग्र देशले नै गर्ब गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गर्न स्थानीय निकाय सहित प्रदेश सभाहरुको निर्वाचन गर्न जरुरी भएको वताउनु भएको छ ।

आज कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ७ ले दमकमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन गर्न कांग्रेसले सरकार बहिर रहेर भएपनि अगुवाई गर्ने बताउनु भयो ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानले विभेदमा परेका वर्ग तथा समुदायका साथै मधेसी, आदिवासी जनजातिलाई सामाजिक न्याय दिन नसकेको बताउनुभएको छ ।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले आज काठमांडौमा गरेको कार्यक्रममा उहाँले राज्यको पुनःसंरचना गर्दा पहिचान र सामथ्र्यका आधारमा गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष यादवले स्थानीय निकायको निर्वाचन बर्तमान सरकारले नभई प्रदेश सभाले गराउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान कार्यान्वयन र तराई मधेशको समस्या समाधानको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताउनु भएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय भेलाको आज भक्तपुरमा उद्घाटन गर्नुहुँदै नेता डा। कोइरालाले संविधान कार्यान्वयन र तराई मधेशको समस्या समाधान गर्न सरकार गम्भीर नहुँदा विभिन्न खालका षड्यन्त्र हुन थालेको बताउनु भयो । उहाँले वर्तमान अवस्थामा काँग्रेस सरकारमा सहभागी नहुने बताउनु भयो ।

भोलिसम्म चल्ने संघको भेलामा समग्र स्वास्थ्य अवस्था, स्वास्थ्यकर्मीका समस्या लगायतका विषयमा छलफल भैरहेको संघका उपाध्यक्ष अंगदबहादुर शाहीले जानकारी दिनु भयो ।

२८ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको ध्यान अहिले सरकार ढाल्न र बनाउनतिर नभै राजनीतिक दलहरुवीच सहमति खोज्नेतिर केन्द्रित भएको बताउनुभएको छ ।

आज नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उहाँले तराई मधेशको मुद्दालाई राजनीतिक सहमतिका आधारमा छिटै समाधान गर्नुको विकल्प नभएको बताउनु भयो ।

स्थानीय निकायको निर्वाचनको आवश्यकता भए पनि सरकारले मंसिर महिनामै चुनाव गर्छु भन्नुचाँहि व्यवहारिक कुरा नभएको अध्यक्ष दाहालले बताउनु भयो ।

२८ जेठ, काठमाडौं ।
संसदमा प्रतिपक्षि दल बनेको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको काठमांडौमा उद्घाटन गर्दै देउवाले संविधान कार्यान्वयन नहोस भनेर मुलुकमा ठुलो षड्यन्त्र हुने खतरा बढेको बिचार राखे ।

संविधान कार्यान्वयनका लागि सरकारमा सहभागि हुनुपर्छ भन्ने मान्यता कांग्रेसको नरहेको र सरकार बाहिर बसेर पनि सहमतिको वातावरण बनाउन आफुहरु सकारात्मक रहेको देउवाको भनाई थियो ।

सभापति देउवाले आफू सहमतिको सरकारका पक्षमा रहे पनि सबैले मिलेर बाँडीचुडी खानलाई भने सहमतिको सरकार गठन हुन नहुने धारणा राखे ।

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयनका लागि ठूला राजनीतिक शक्तिबीच सहमति आवश्यक रहेको बताए ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संविधान कार्यान्वयनले मात्र मुलुकको राजनीतिक सङ्क्रमणकालको अन्त्य हुने भएकाले यसमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली जनता रैतिबाट जनता बनेको र जनताबाट नागरिक बन्ने क्रममा रहेको बताउँदै संविधान कार्यान्वयन सर्वोपरि महत्वको विषय भएको बिचार राखे ।

कार्यक्रममा काननुविद् निलाम्बर आचार्य, समाजका अध्यक्ष खेमराज रेग्मी, विकृतिका विरुद्ध नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

२८ जेठ, झापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको चाहाना अनुसार मुलुकको बिकास गर्दै देशलाई समृद्ध बनाउने बताउनु भएको छ ।

आज झापाको दमक ६ स्थित दापगाछीमा बन्न लागेको पार्क सहितको दमक भ्यु–टावरको शिलान्यास कार्यक्रमलाई सम्वोधन गदै प्रधानमन्त्री ओलीले देशलाई बिकास निर्माणको वाटोमा अघि बढाउन आफु क्रियाशील रहेको बताउनु भयो ।

५ विगाहा क्षेत्रफलमा बन्ने भ्यु टावर दमक शहरकै सुन्दर पहिचानको रुपमा हुने उल्लेख गर्दे प्रधानमन्त्री दमकलाई वातावरणीय स्वच्छता र अनेक पक्ष समेटेको आधुनिक स्मार्ट सिटीको रुपमा बिकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले आजै बिहान दमक ५ बाट मोरङको मधुमल्ला जोड्ने मावा खोलाको पुलको शिलान्यास गर्नु भएको थियो ।

यसै गरी आजै प्रधानमन्त्री ओली र संविधानसभाका तत्तकालिन अध्यक्ष सुभासचन्द्र्र नेम्वाङ्ले संयुक्त रुपमा दमक १ वाट लखनपुर गाविस १ हुदै इलामको चुलाचुली जोड्ने रतुवा खोला पुलको शिलान्यास गर्नु भएको थियो ।

२८ जेठ, महोत्तरी ।
महोत्तरी जिल्लाको पोखरभिण्डा ७ पोखरभिण्डा चोकस्थित एक होटलबाट शसस्त्र प्रहरी टोलीले लोडेड पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ७ जना मध्ये ६ जना भारतीय नागरिक छन् । पक्राउ पर्नेहरुमा जिल्ला महोत्तरी गौशाला नगरपालिका ११ वस्ने १६ वर्षिय अमनकुमार साह तथा भारतीय नागरिकहरु जिल्ला सितामणी सिर्सिया ८ घर बताउने १७ वर्षिय रामवली कुमार, सोही ठाउँ ७ घर बताउने १७ वर्षिय दिनेशकुमार महतो र १९ वर्षिय रञ्जितकुमार सुरी तथा भारतकै सितामणी महुअवा ५ घर बताउने राजकुमार राम, अजितकुमार महतो र सितामणी महुअवा ९ घर बताउने १७ वर्षिय हिराकुमार महतो छन् ।

सो ठाउँमा रहेको निरञ्जन शाहको होटलमा खाजा खाँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा निजहरुको साथबाट ७.६५ एमएमको मेड इन इण्डिया लेखिएको एउटा पेस्तोल, सो को तीन वटा गोली र एउटा म्याग्जिन बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाशचन्द्र भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई तीन राउण्ड गोली लोड रहेको अवस्थामा रहेको उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट उक्त हतियारको साथै दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल, चार थान मोवाइलफोन सेट, तीन वटा हातमा लगाउने पञ्चनोक, चाँदीको ब्रासलेट दुई वटा, सिम कार्ड दुई वटा, मेमोरिकार्ड एउटा, एक थान एटिएम कार्ड तथा नाइट्रोजन ट्याब्लेट एक पत्ता र नेपाली रुपैयाँ पाँच सय तथा भारतीय रुपैया १५ सय समेत बरामद गरेको छ ।

Chairman of the CPN (Maoist-Centre) Pushpa Kamal Dahal 'Prachanda' has said all parties' attention should be on forging national consensus rather than bringing down the government.
During a press conference organized in Birathnagar oday, Chairman Dahal said his party is very flexible to forge consensus.

According to him, the national consensus is essential to address the burning issues of the country as problems facing Tharu and Madhesi communities, reconstruction activities and development works.

Leader Dahal argued that the Madhesi political parties have come near agreement and their problems would be solved within few days.