पूर्वअख्तियार प्रमुखकै कार्यालमा भ्रष्टाचार !

जेष्ठ २९, २०७३ मा प्रकाशित | 893 views

काठमाडौं,जेठ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वक्षेत्रीय प्रमुखको नेतृत्वमा रहको बर्दिवास मालपोत कार्यालयमा सेवाग्राहीबाट अनावश्यक रुपमा रकम असुल गर्ने गरेको पाइएको छ । आयोगको क्षेत्रीय कार्यालय वर्दिवासका तत्कालीन प्रमुख देवनाथ पोखरेल प्रमुख रहेको मालपोत कार्यालय बर्दिवासमा कार्यालयबाहिर लेखनदास र कार्यालयभित्र कार्यालय सहयोगिदेखि कार्यालय प्रमुख सम्म् आर्थिक चलखेलमा सामेल हुने गरेको पाइएको आजको अन्नपूर्णमा समाचार छ ।

कार्यालयले रजिष्ट्रेसन पासपछि जग्गाधनीलाई दिने रातो प्रमाणपुर्जाको बाहिरी भागमै मूल्य २५ रुपैयाँ लेखिएको भए पनि उक्त पूर्जाको ५० रुपैयाँ असुल गरिन्छ । झट्ट हेर्दा थोरै रूपैयाँ देखिएपनि दैनिक सयौंका संख्यामा आउने सेवाग्राही ठगीमा परिरहेका छन् । बर्दिवास मालपोतमा सामान्य रजिष्ट्रेसन पास गर्दा लेखनदासले मात्र सेवाग्राहीसँग हजारौं रुपैयाँ लिने र त्यसको केही हिस्सा फाँटवालाखेखि कार्यालय प्रमुखसम्म्लाई बुझाउने गरेको पाइएको छ ।

मालपोत प्रमुखले आफू तालिमको सिलसिलामा काठमाडौंमा भएकाले कार्यालयमा भएको अनियामितताका विषयमा बुझ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web