बाबुरामको शक्ति प्रदर्शन, दुई करोड रुपैयाँ खर्च हुने अनुमान

जेष्ठ २९, २०७३ मा प्रकाशित | 794 views

काठमाडौं,जेठ २९ ।  नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ । नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो । एनेकपा माओवादी पत्यिाग गरेका भट्टराईले आठ महिना पछि नयाँ पार्टी खोल्न लागेका हुन् । दशरथ रंगशालमा आयोजना हुने कार्यक्रमका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न २६ देशका प्रतिनिधिलाई निमन्त्रणा पठाइएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एक संस्थापक ससदस्यहरुबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख, अन्तरिम केन्द्रीय परिषदमा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार, सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख १० हजार पार्टीत्रबाटै संकलन हुने नयाँ शक्ति नेपालका सचिवालय सदस्य गंगा श्रेष्ठले बताए । उनले १५ सय प्रतिनिधिबाट प्रवेश शुल्क १ हजार र सहयोग रसिदबाट पनि आर्थिक संकलन गर्ने तयारी गरेको बताए । नयाँ शक्तिले १५ सय जना प्रतिनिधिका लागि ब्रेकफस्ट र लन्चका लागि १५ लाख रुपैयाँ, मञ्च व्यवस्थापन र प्रचारप्रसार गर्न ३९ लाख खर्च हुने अनुमान गरेको छ । नयाँ शक्तिले सहयोगका लागि उद्योगी व्यापारीसमक्ष रसिद पठाएर सहयोग माग गरेको छ । अहिले सम्म खातामा १३ लाख रुपैयाँ जम्मा भइस्केको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web