फ्रान्स भर्सेस रोमानियाको खेलमा नजर राख्नै पर्ने दुई खेलाडी

जेष्ठ २८, २०७३ मा प्रकाशित | 959 views

एजेन्सी । युरो कप अन्तर्गत आजको उद्घाटन खेल आयोजक राष्ट्र फ्रान्स र रोमानियाबीच हुँदैछ। आजको खेलमा नजर राख्नै पर्ने दुई खेलाडी यस्ता छन्  ।

पउल पोग्वा, फ्रान्स

युरो २०१६ मा खेल्ने मध्येका उत्कृष्ट सेन्ट्रल मिडफिल्डर हुन्, पउल पोग्वा । फ्रान्सका लागि यु २० विश्वकपको उपाधि जितिसकेको पोग्बाले युभेन्ट्सबाट चार पटक इटालियन सिरी ए को उपाधि जितिसकेका छन् । सन् २०१३ मा फ्रान्सलाई यु २० विश्वकप जिताउँदा उत्कृष्ट खेलाडी खेलाडी बनेका पोग्बा सन् २०१४ को विश्वकपकमा उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । युरो २०१६ मा पनि फ्रान्सले पोग्वाबाट धेरै नै आश गरेको छ । सन् २०१३ मा जर्जिया विरुद्धको खेलमा फ्रान्सका लागि डेब्यु गरेको २३ वर्षे पोग्बाले अहिलेसम्म ३१ खेल खेल्दै ५ गोल समेत गरेका छन् ।

भ्लाड चिरिसेस, रोमानिया

रोमानियन टीम क्याप्टेन भ्लाड चिचिरेस ड्रेसिङ रुमका समेत लिडर हुन् । युरो छनोट चरणको पुरै खेल खेल्ने दुई मध्ये एक खेलाडी चिरिसेसमा पुरै रोमानियन टीमको विश्वास अडेको छ । सन् २०१३ मा ८।५ मिलियन युरोमा इंग्लिस क्लब टोटनहम पुगेका उनी २०१५ मा इटालियन क्लब नेपोली गएका थिए । सन् २०११ मा रोनियाका लागि डेब्यु गरेको चिरिसेसले ४० खेल खेलेका छन् भने कुनै गोल गरेका छैनन्।

-पहिलोपोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web