एजेन्सी,जेठ २९ । मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान सिकागोमा भएको खेलमा पानामालाई ५–० ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । पानामामाथिको शानदार जितमा लियोनल मेस्सी नायक बने । उनले ह्याट्रिक गरे भने निकोलास ओटिमेनडी र सर्जियो अग्युरोले एक एक गोल गरे ।

सातौँ मिनेटमा नै ओटिमेनडीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १ गोलले अघि रहेको अर्जेन्टिनाले सबे गोल दोस्रो हाफमा गरेको थियो । अर्जेन्टिनाका लागि मेस्सीले ६८, ७८ र ८७ औँ मिनेटमा गोल गरे । ९० औँ मिनेटमा अग्युरोले गोल गरेपछि अर्जेन्टिना ५–० ले विजयी भयो । अर्जेन्टिनाले अब समूहको अन्तिम खेलमा आउँदो बुधबार बोलिभियाले सँग खेल्नेछ ।

२९ जेठ, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ ।

बोर्डले शुक्रबार नेपाल स्टक एक्स्चेन्जलाई पत्र पठाएर फरदर पब्लिक अफरिङ 'एफपिओ' जारी गर्ने विषयमा बोर्डमा आवेदन नदिई कम्पनीले सूचना जारी गरेको भन्दै सेयर कारोबार रोक्न निर्देशन दिएको जनाएको छ ।

बोर्डमा अहिलेसम्म निवेदन दिइएको छैन, पहिले नै सूचना प्रकाशित गर्दा बजार मूल्यमा चलखेल हुनसक्ने र लगानीकर्ता ठगिन सक्ने भएकोले वास्तविक अवस्था बुझन स्टकलाई त्यस्तो निर्देशन दिएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिनु भयो ।

नेपाल लाइफले प्रति कित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने जनाएको थियो । १०० रुपैयाँ अंकित दरको सेयरमा कम्पनीले २८५१ रुपैयाँ प्रिमयम जोडेर बिहीबार विवरण सार्वजनिक गरेपछि पुँजीबजारमा सेयरको मुल्य प्रतिकित्ता चार सय रुपैयाँले बढेको थियो ।

बोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारिक रुपमा मूल्य निर्धारण नगराई, बजारलाई प्रभावित गर्ने हिसावले सूचना दिएको कारण कारोबार रोक्नु पर्ने उल्लेख गरिएको छ ।

२९ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले मुद्दा/निवेदन पेशी नचढेको विषयलाई लिएर राजनीतिक दलको नेतृत्व तहमा रहनुभएका केही जिम्मेवार व्यक्तिबाट भ्रामक, अवास्तविक तथा स्वतन्त्र न्यायपालिकाको मान्यता प्रतिकूलका अभिव्यक्ति प्रचारप्रसार नगर्न अपिल गरेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राजनीतिक दलको नेतृत्वमा रहेका केही जम्मेवार व्यक्तिबाट दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको र न्यायपालिकालाई प्रतिकूल असर पार्ने अभिव्यक्ति प्रचारप्रसार नगर्न सञ्चार माध्यमलाई पनि अपिल गरिएको छ ।

नेपालको संविधानले परिकल्पना गरेअनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका निर्माण गर्न, न्यायिक व्यवस्थापनमा प्रभावकारिता कामय गरी कानुनी राज्यको अवधारणालाई साकार तुल्याउने रचनात्मक तथा सिर्जनात्मक सहयोग गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

“लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने अहिलेको महत्वपूर्ण घडीमा स्थापित न्यायिक मूल्य मान्यता प्रतिकूलका अभिव्यक्तिहरू सार्वजनिक हुनु कसैको हितमा हुन सक्दैन” – विज्ञप्तिमा भनिएको छ ।

मुद्दाको सुनुवाइ विवादको तथ्य र प्रकृतिअनुसार प्राथमिकताका आधारमा निर्धारण गरिने कुरा न्यायपालिकाको नितान्त व्यवस्थापन विषय भएको र सेवाग्राहीको अधिकतम सुविधालाई दृष्टिगत गरी न्यायिक व्यवस्थापनलाई सरल, छिटो छरितो र पारदर्शी बनाउनेतर्फ न्यायपालिका निरन्तर क्रियाशील रहेको उल्लेख छ ।

नेपालको संविधानले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको भए पनि अहिले नौजना न्यायाधीश मात्र कार्यरत रहेको अवस्था छ । न्यायाधीशको कमीका कारण पनि मुद्दा, निवेदनको छिनोफानो तत्काल हुन सकेको छैन । सर्वोच्चमा अहिले पनि २२ हजार मुद्दा विचाराधीन अवस्थामा रहेका छन ।

२९ जेठ, नयाँदिल्ली ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच हिजो नयाँ दिल्लीमा भेटघाट भयो ।

सो अवसरमा दुवै परराष्ट्रमन्त्रीले नेपाल–भारत द्विपक्षीय सम्बन्धको वर्तमान स्थितिको पुनरवलोकन गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति मार्फत जनाएको छ । दुवै नेताले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न विभिन्नस्तरमा नियमित रुपमा विचारको आदानप्रदानको महत्वमाथि जोड दिनुभएको थियो ।

भेटका अवसरमा भारतका तर्फबाट भारतीय विदेश मन्त्रालयका विदेश सचिव डा एस जयशङ्कर र सहसचिव (उत्तर) अभय ठाकुर तथा नेपालका तर्फबाट भारतका लागि कावा राजदूत कृष्णप्रसाद ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) प्रकाशकुमार सुवेदीको पनि सहभागिता थियो ।

त्यसअघि उपप्रधानमन्त्री थापाले प्रेस क्लब अफ इन्डियामा आयोजित मिट द प्रेस कार्यक्रममा सञ्चारकर्मीलाई तथा नयाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनमा आयोजित बेग्लै कार्यक्रममा बुद्धिजीवी र कूटनीतिक समुदायको भेलालाई सम्बोधन गर्दै नेपालको इतिहासमा पहिलो पटक जननिर्वाचित प्रतिनिधिद्वारा जारी गरिएको संविधान मार्फत नेपालले शान्ति, प्रजातन्त्र र समावेशी प्रणालीलाई सुदृढ गर्न गरेको प्रगतिबारे प्रकाश पार्नुभएको थियो ।

उहाँले भन्नुभयो, “नेपालको भारतसँगको सम्बन्ध कुनै अर्को द्विपक्षीय सम्बन्धसँग दाँज्न सकिँदैन र यसलाई आफ्नै विशेषताका आधारमा हेरिनुपर्छ ।” उपप्रधानमन्त्री थापा हिजै अपराह्न दक्षिण एसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन नयाँ दिल्ली पुग्नुभएको थियो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन हिजो भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

२९ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।

मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहनुभएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२९ जेठ, दमक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउदै विदेशीको इसारामा कहिल्यै नचल्ने बताउनु भएको छ ।

नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले अराउ खटाउ गरेर नेपाललाई चलाउछु भन्ने सोच कुनै विदेशीले देखेको भए त्यो कहिल्यै सफल नहुने बताउनु भयो ।

हलोक्रान्तिका अभियन्ता मायानाथ पौडेलले आत्महत्या गर्नुभएको छ । दुराडाँडा–६ अर्चल्यानी निवासी ८६ बर्षिया पौडेलले शुक्रबार दिउसो २ बजेतिर आफ्नै घरको पालीमा झुण्डिएर आत्महत्या गर्नुभएको हो ।

२००६ साल साउन ११ गते पहिलोपटक हलो जोत्ने २७ जना ब्राम्हण मध्ये पौडेल एक हुनुहुन्थ्यो । हलोक्रान्तीका अभियन्ताहरुमा हाल पौडेल मात्र जिवित हुनुहुन्थ्यो । अन्य सबैको यसअघि निधन भैसकेको छ । बृद्ध अबस्थामा एक्लै पर्नुभएका पौडेल मानसिक तनावकै कारण आत्महत्या गरेको स्थानीय बताउँछन ।

पौडेलका छोरा नारायणको दुईवर्ष अघि निधन भएको थियो । छोराको निधनपछि बुहारी र दुृईवटा नाती चितवनमा बस्दै आएका थिए । पौडेलका भतिज एवं नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष सन्तोष पौडेलले तनावकै कारण उहाँले आत्महत्या गरेको हुनसक्ने बताउनुभयो । ‘बुढेसकालमा एक्लै पर्दा निकै चिन्तित हुनुहुन्थ्यो । खानेबस्ने अबस्था निकै दयनीय थियो ।’, पौडेलले भन्नुभयो, ‘तनाव झेल्न नसकेरै उहाँले आत्महत्या रोज्नुभयो जस्तो लाग्छ ।’

प्रहरीले घटनास्थलको अनुसन्धान गरि मुचुल्का उठाएको छ । पौडेलको शव पोष्टमार्टमका बेसीशहर ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

देशमा प्रजातन्त्रको उदय हुनु अघि विक्रम सम्बत २००६ साल साउन ११ गते मायानाथ पौडेल लगायत २७ जना ब्राम्हणहरुले पहिलो पटक नेपालमै हलो जोतेर क्रान्ति गरेका थिए । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेल लगायतका बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।

बाहुनहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले बर्षेनी स्मरणको कार्यक्रम गर्दै आएको छ । हलोक्रान्ति दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलोक्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने लमजुङबासीको माग अझै पुरा हुन सकेको छैन ।

त्यतिबेला बाहुनले हलो जोतेको एकवर्षसम्म हल्ला–खल्ला मच्चिएको थियो । राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालिन सरकारले सामुहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुले नै बिरोध गर्न थाले । उनीहरुलाई उल्याउन त्यतीखेर “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे” भन्ने गीतै बनाएका थिए । पहिलोपटक २००६ सालमा दुराडाँडामा हलो जोतेपछि २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो । त्यसबेला हलो जोत्नेहरुलाई भात ठेगियो माईत आएका छोरी घर जान पाएनन् । घर गएका बुहारी माईत आउन पाएनन् भने उमेर पुगेका युवायुवतीहरुको विहे रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात काढियो । कतिले हेर्न गएको थिइन भनी ढाँटेर विहे गर्नुप¥यो । समाज अस्तव्यस्त भयो ।

तर बाहुनले हलो जोतेको भनेर गरिएको विभेद ३ वर्ष पनि टिकेन बरु हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलोक्रान्तिको धेरैले प्रंशसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन भनेर ढाँट्नेहरु पनि पछि त म पनि गएको थिए भन्न थाले ।

मजाक उडाउँदै हिँड्नेहरू
संकीर्ण सोचमा
अग्रगामी हौँ भन्छन्
युगकालका कुरा गरेर
गल्लीभित्र
कालझैँ कैद गर्छ
वर्तमान मान्छे
उफ्रन्छ ऊ
विर्सेर इतिहास
आफ्नै धर्मसंकृति
आफ्नै देश
आफ्नै राष्ट्र
आफ्नै राष्ट्रियता भुलेर
आख्यानकार ठान्छ
आफ्नै खाडल खनेर
हाम्रा खरका झुप्राहरूमा
निरन्तर आगो झोसिरहेछन्
हाम्रो काममा अवरोध गर्दै
थुप्रै झारहरू
अनगिन्ति कीराहरू
हाम्रो छातीमा कुल्चीरहेछन्
मिथ्यामा
समय गुमाएँ
कष्टमय जीवन लिएर
षडयन्त्रका फूलहरू
हरेक पाइलामा उम्रिएका
हाम्रा सामान कब्जागर्न
हरेक गौँडामा
मजाक उडाउँदै हिँडिरहेका
पागल भित्रका पागलहरूले
बिर्सिएका छन्
नैतिक शिक्षाहरू
अन्धकार आगो बलिरहेछ
दिमागमा
खोज अनुसन्धान छैन
ऊ आफूलाई सम्पादक भन्न छाड्दैन
दुर्गन्धी चोकमा
नाङ्गो भुतुङ्गो
भाषा बोल्न जान्दैन
उही चलेको सम्पादक
युगपुरूषको खिल्ली उडाउँदै
चुरोटको धुवाँझै उडिरहन्छ
टुकुचाको युवक
त्यसरी नै उडिरहेछ
शिल्ली अनुवादक
हृदयलाई अवरोधगरेर
सिँगाने बालक
मनका वेग भाँच्न
फट्याङ्ग्रो झैँ उफ्रिरहेछ
बीच सडकमा
कसैको कान नलागोस्
आँखाहरू नहेरिऊन
कान लागेर
यतिबेला
कटु पटाक्षेप भइरहेछ
आफ्नै घरगाउँ
मजाक उडाउँदै हिँड्नेहरू
आफैँलाई भकाभक पुरिरहेछन्
पहाड भत्काएर
कसरी भुल्न सकिन्छ
अनगिन्ति पीडाहरू
नयाँ पूराणका कथा सुरुवात् भएकाछन्
हाम्रो शहरमा

काठमाडौं,जेठ २९ । दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ । गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो, अब चाँडै व्यावसायिक प्रयोग सुरु हुन्छ ।’

रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’ एकआपसमा जोडिएका हुन् । दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ । परीक्षण क्रममा रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा सफल भएको थियो ।

पहिरोको जोखिमका कारण रसुवागढीमा जडान गरिएका उपकरण रसुवाको टिम्मुरेमा सार्नुपर्ने भएकाले यसको व्यावसायिक प्रयोगका लागि भने केही समय लाग्ने अधिकारीले बताए । ‘रसुवागढीका अरू सरकारी कार्यालय पनि टिम्मुरेमा सारिएका छन्, त्यहाँ पहिरोको जोखिम छ,’ उनले भने, ‘हामीले पनि पहिरोको जोखिम हेरेर टिम्मुरेमा उपकरण सार्नुपर्ने भयो ।’

सरकारले यसअघि दक्षिण एसियाली सूचना मार्ग (सासेक) अन्तर्गत तातोपानी नाका हुँदै चीनसँग अप्टिकल फाइबर जोड्ने योजना अघि बढाएको थियो । त्यसका लागि तातोपानी नाका नजिकै अप्टिकल फाइबर पुगिसकेको भए पनि चीनसँग जोडिएको थिएन । ‘गत वर्षको भूकम्पपछि दुवैतर्फ पहिरोले अप्टिकल फाइबर विस्तारलाई अवरोध गर्यो,’ अधिकारीले भने, ‘त्यसले गर्दा तातोपानीको योजना यता सारिएको हो ।’ चीनसँग अप्टिकल फाइबर जोड्न टेलिकमले धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्मै करिब ९० किलोमिटर फाइबर बिछ्याएको हो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

पप्पु गुरुङ्, २९ जेठ / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका स्थित रहेको कृषी बिकास बैंक शाखा कार्यालय दलालको फन्दामा रहेको भन्दै हिजो बिहान कृषी बिकास बैंक शाखा लि. कार्यालय स्थानिय तथा पिडितहरुले घेराउ गर्दै बैंकको कर्मचारीलाई कार्य कक्षमा थुनेका छन् । ऋण दिदा कमिसनको चलखेल लगाएत धितो लिलामी प्रकृयामा दलालको हालीमुहाली रहेको भन्दै स्थानिय तथा पिडितहरुले शाखा कार्यालय घेराउ गरि कर्मचारीलाई उनैको कार्य कक्षमा थुनेका हुन् । कृषी बिकास बैंक शाखा कार्यालय कार्यालय प्रमुख सहित ५ कर्मचारीलाई कार्य कक्षमा १ घण्टा थुनेका थिए । प्रहरी, स्थानिय राजनितिक दलका प्रतिनिधीको सहमतीमा ताला खोलेर कर्मचारीलाई बाहिर लयाएका थिए । कृषी विकास बैंकमा बढी भन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषि क्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउनु कृषि विकास बैंकको स्थापनाको प्रमुख उद्देश्य हो । यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत कृषि विकास बैंकको स्थापना २०२४ साल माघ ७ गते भएको हो । सरकारी मातहतमा रहेको दोधारा चाँदनीमा रहेको एक मात्र बैंक, कृषी बिकास बैंक शाखा कार्यालयले गरिब किसानहरुको जिवन स्तर उकास्न तथा कृषी क्षेत्रलाई बैज्ञानिककरण गर्ने लगाएतका उद्धेश्यले स्थापित भएको भएपनि कर्मचारीहरु दलालहरु संग मिलेमत्तो गर्दै कमिसन खेलले सर्वसाधारण कृषक भन्दा दलाल फष्टाउदै आएको स्थानियबासीहरुको आरोप छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६, रेश्मीटोल निवासी प्रेम सिंह थापा मगरको धितोमा रहेको पक्की घर सहित ८ कट्टा जग्गालाई गोप्यरुपमा रित पुर्याएर दलाल र बैंकको कर्मचारीको हालीमुहाली रहेका ब्यक्तीलाई लिलामी प्रकृया पुर्याएर स्थानिय टेकेन्द्र बस्नेतको नाउमा पक्की घर सहित ८ कट्टा जग्गा रु. २ लाख ४ हजारमा लिलामी गरेको पिडितहरुको आरोप छ् । “बैंकले जग्गा तथा पक्की घरको मुल्य निर्धारण गरि हचुवाको भरमा लिलामी गरेर एक अपाङ्ग तथा गरिबलाई बेघर बनाएको हो” तत्कालिन पुर्व दोधारा गाबिस अध्यक्ष बेल बहादुर रानाले भने । कर्मचारीको मिलेमत्तोले गोप्य रुपमा रित पुर्याएर कमिसनको चक्करमा बैंकले खेल खेलेको अध्यक्ष रानाले भनाई रहेको छ् । “बैंकले गरिब मानिसलाई बेघर बनाएर दलाल मत्ताउने कार्य गरेको छ् ” स्थानिय गोर्ख सिजालीले बताए । कमिसन नदिनेहरुको महिनौ बित्दा समेत ऋण स्विकृत नगरिदिने गरेको स्थानियहरुको आरोप रहेको छ् । हिजै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको कार्यालयमा अपरान्ह सर्वदलिय तथा सर्वपक्षिय छलफल पछि बैंकले प्रेम सिंह थापा मगरलाई रु. २ लाख ४ हजार बैंकमा तिर्नु पर्ने रकम चुक्ता गरेर सबै कानुनी प्रकृया पुर्याएर जग्गा तथा घर फिर्ता गरेको स्थानिय सामाजसेबी भरत भट्टले जानकारी दिएका छन् । उक्त लिलामी प्रकृयामा बैंकका भान्से भिम आलेका भाई भरत आले, टेकन्द्र बस्नेतका भाई कृष्ण बस्नेत लिलामीमा सहभागी भएर मिलेमत्तोमा बैंकको साँठ गाँठ रहेका टेकेन्द्र बस्नेतको नाउमा जग्गा तथा घर पारेको पिडित प्रेम सिंह थापाले बताएका छन् । “बैंकको कर्मचारीको मिलेमत्तो देखिएको छ् ” स्थानिय भरत भट्टले भने । ऋण लिदा कमिसनको खेल हुने हुदा स्थानियहरुमा बैंक प्रति नकारात्मक शोच बन्दै आएका छ् । दलालको मार्फत ऋण लिन आए सहजै एकै दिनमा लाखौ रुपिया ऋण पाउने गरेको दोधारा चाँदनीबासीहरुको भनाई रहेको छ् । कृषी बिकास बैंक शाखा कार्यालयका प्रमुख गणेश चन्दले बैंकले नियमपुर्वक कार्य गर्दै आएको बताएका छन् । “नियमपुर्वक जग्गा लिलामी भएको छ । बैंकमा कुनै कमिसनको खेल भएको छैन्” प्रमुख गणेश चन्दले भने । जग्गाधनी प्रमाण पुर्जालाई कृषी बिकास बैंकमा धितो राखेर ऋण लिएर बैदेशिक रोजगारको लागी ऋण काढ्ने र उक्त कार्यमा बैंकको कर्मचारीबाट एक लाख ऋण काढ्दा रु. ५ हजार कमिसको खेल हुने गरेको समाचार श्रोतको दाबी रहेको छ् । बैदेशिक रोजगारको निम्ती रकमको लागी प्राय: युवाहरु कृषी बिकास बैंक धाउने गरेको छन् । उक्त ऋण लिदा दलाल मार्फत कमिसनको चलखेल हुने गरेको बताईन्छ् । कृषी बिकास बैंकको कमिसनको खेलको कारण दोधारा चाँदनीका गरिब कृषकहरु मर्कामा पर्दै आएको एक थरीको भनाई रहेको छ् । दोधारा चाँदनी स्थित रहेको कृषी बिकास बैंक कार्यालयले गरेको कमिशनको खेल तत्कालै बन्द गरेर गरिब किसानलाई सहुलित ढङ्गबाट ऋण प्रवाह गर्नु पर्ने अन्यथा कृषी बिकास बैंक दोधारा चाँदनीमा रहेको अर्थ नभएको स्थानियहरुको भनाई रहेको छ् । कृषी बिकास बैंक लिं. शाखा कार्यालय दोधारा चाँदनीको श्रmणमा कमिसनको चलखेलले दोधारा चाँदनीमा रहेका शहकारी संस्थाहरुमा स्थानिय कृषकहरु आकर्षित हुदै आएको गुनासो बन्दै आएको छ् । घेराउ कार्यक्रमा स्थानियहरुले बैंक कर्मचारीको गरेको कमिसनको खेल तथा दलाल पाल्ने कार्य तत्कालै बन्द गर्नु पर्ने स्थानियहरुले आक्रोश पोखेका थिए । दोधारा चाँदनीमा बिभिन्न समयमा हुने सभा समाहरोहमा समेत कृषी बिकास बैंकले गरेको कमिसनको खेल र त्यसबाट परेको असरको बारे कुरा आउदै गर्दा पनि कृषी बिकास बैंक नसच्चीएको एक थरीको भनाई रहेको छ् । जस्ले गर्दा बैंकको छबी प्रति नकारात्मक बन्दै गरेको जानकारहरु बताउदै आएका छन् ।

काठमाडौं,जेठ २९ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालिएपति उनी तनावमा परेका हुन् । पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले किशोरसिंह राठौंर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई केन्द्रीय सदस्य मानोनीत गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

यो मनोनयनसँगै पराजितहरुले भलनै दबाब बढाएको देउवानिकट एक नेताले बताए । अब ११ सदस्यको मनोनयन गर्न बाँकी छ । देउवा निकट स्रोतका अनुसार ११ मध्ये ६ सिटमा तत्कालै मनोनयन गर्ने योजनामा देउवा रहेका छन् । त्यससँगै ४२ वटा विभाग प्रमुख मनोनयान गर्ने तयारीमा देउवा रहेका छन् । यता देउवालाई केन्द्रीय सदस्यमा पराजित भएकाहरुलाई पुनः मनोनित नगर्न दबाब दिएका छन् । केही नेताहरुले भने पराजित भएकाहरुलाई मनोनयन गर्ने परम्परानै भइसकेको भन्दै मनोनयन गर्न सकनिे सुझव दिएका छन् । २५ औं स्थानमा आउन नसकी केही चर्चित अनुहार समेत महाधिवेशनमा पराजित भएका थिए ।

काठमाडौं,जेठ २९ । नवौं महाधिवेशन सकिएको दुई वर्ष नबित्दै एमालेमा अध्यक्ष केपी ओलीको उत्तराधिकारीको चर्चा हुन थालेको छ । ओलीले गत वैशाख ३ गते बसेको केन्द्रीय समितिको बैठकमा १० औं महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने घोषणा गरेका थिए । मदन भण्डारी फाउन्डेनसले गरेको भेलामा संस्थापन पक्षले ओलीको उत्तराधिकारीको बहस नै चलाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भण्डारी बाहिरिन्

नवौं महाधिवेशनपछि ओलीको उत्तराधिकारीको रुपमा सबैभन्दा बलियो दाबेदारी मानिएकी उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति बनेसँगै यो रेसबाट बाहिरिएकी छिन् । जसबाट अन्य नेतालाई उत्तराधिकारी बन्ने बाटो खोलिदिएको छ ।

यस्ता छन् सम्भावित उत्तराधिकारीहरु

१। ईश्वर पोखरेल महासचिव

विशेषताः दुई पटक महासचिव, सांगठनीक रुपमा कुशल र चतुर नेता

सुवास नेम्वाङ, दलका उपनेता

विशेषताः पार्टीमा संयोजनकारी, मृदुभाषी र कूटनीतिक नेता

शंकर पोखरेल, स्थायी समिति सदस्य

विशेषताः वैचारिक नेता । ओलीलाई साथ दिएका विश्वाशिला नेता

प्रदीप ज्ञवाली

विशेषताः पार्टीमा लोकप्रिय र ओलीका विश्वासिला नेता

सबैको साझा बन्ने रणनीतिमा रावल

यता पार्टी उपाध्यक्ष भीम रावल भने ओली र वरिष्ठ नेता माधवकुमार नेपालको साझा उत्तराधिकारीको रुपमा अघि बढ्न प्रयासरत छन् ।