दलालको फन्दामा दोधारा चाँदनीको कृषी बिकास बैंक : कर्मचारीलाई कार्य कक्षमा स्थानियले थुने

जेष्ठ २९, २०७३ मा प्रकाशित | 2004 views

पप्पु गुरुङ्, २९ जेठ / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका स्थित रहेको कृषी बिकास बैंक शाखा कार्यालय दलालको फन्दामा रहेको भन्दै हिजो बिहान कृषी बिकास बैंक शाखा लि. कार्यालय स्थानिय तथा पिडितहरुले घेराउ गर्दै बैंकको कर्मचारीलाई कार्य कक्षमा थुनेका छन् । ऋण दिदा कमिसनको चलखेल लगाएत धितो लिलामी प्रकृयामा दलालको हालीमुहाली रहेको भन्दै स्थानिय तथा पिडितहरुले शाखा कार्यालय घेराउ गरि कर्मचारीलाई उनैको कार्य कक्षमा थुनेका हुन् । कृषी बिकास बैंक शाखा कार्यालय कार्यालय प्रमुख सहित ५ कर्मचारीलाई कार्य कक्षमा १ घण्टा थुनेका थिए । प्रहरी, स्थानिय राजनितिक दलका प्रतिनिधीको सहमतीमा ताला खोलेर कर्मचारीलाई बाहिर लयाएका थिए । कृषी विकास बैंकमा बढी भन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषि क्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउनु कृषि विकास बैंकको स्थापनाको प्रमुख उद्देश्य हो । यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत कृषि विकास बैंकको स्थापना २०२४ साल माघ ७ गते भएको हो । सरकारी मातहतमा रहेको दोधारा चाँदनीमा रहेको एक मात्र बैंक, कृषी बिकास बैंक शाखा कार्यालयले गरिब किसानहरुको जिवन स्तर उकास्न तथा कृषी क्षेत्रलाई बैज्ञानिककरण गर्ने लगाएतका उद्धेश्यले स्थापित भएको भएपनि कर्मचारीहरु दलालहरु संग मिलेमत्तो गर्दै कमिसन खेलले सर्वसाधारण कृषक भन्दा दलाल फष्टाउदै आएको स्थानियबासीहरुको आरोप छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६, रेश्मीटोल निवासी प्रेम सिंह थापा मगरको धितोमा रहेको पक्की घर सहित ८ कट्टा जग्गालाई गोप्यरुपमा रित पुर्‍याएर दलाल र बैंकको कर्मचारीको हालीमुहाली रहेका ब्यक्तीलाई लिलामी प्रकृया पुर्‍याएर स्थानिय टेकेन्द्र बस्नेतको नाउमा पक्की घर सहित ८ कट्टा जग्गा रु. २ लाख ४ हजारमा लिलामी गरेको पिडितहरुको आरोप छ् । “बैंकले जग्गा तथा पक्की घरको मुल्य निर्धारण गरि हचुवाको भरमा लिलामी गरेर एक अपाङ्ग तथा गरिबलाई बेघर बनाएको हो” तत्कालिन पुर्व दोधारा गाबिस अध्यक्ष बेल बहादुर रानाले भने । कर्मचारीको मिलेमत्तोले गोप्य रुपमा रित पुर्‍याएर कमिसनको चक्करमा बैंकले खेल खेलेको अध्यक्ष रानाले भनाई रहेको छ् । “बैंकले गरिब मानिसलाई बेघर बनाएर दलाल मत्ताउने कार्य गरेको छ् ” स्थानिय गोर्ख सिजालीले बताए । कमिसन नदिनेहरुको महिनौ बित्दा समेत ऋण स्विकृत नगरिदिने गरेको स्थानियहरुको आरोप रहेको छ् । हिजै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको कार्यालयमा अपरान्ह सर्वदलिय तथा सर्वपक्षिय छलफल पछि बैंकले प्रेम सिंह थापा मगरलाई रु. २ लाख ४ हजार बैंकमा तिर्नु पर्ने रकम चुक्ता गरेर सबै कानुनी प्रकृया पुर्‍याएर जग्गा तथा घर फिर्ता गरेको स्थानिय सामाजसेबी भरत भट्टले जानकारी दिएका छन् । उक्त लिलामी प्रकृयामा बैंकका भान्से भिम आलेका भाई भरत आले, टेकन्द्र बस्नेतका भाई कृष्ण बस्नेत लिलामीमा सहभागी भएर मिलेमत्तोमा बैंकको साँठ गाँठ रहेका टेकेन्द्र बस्नेतको नाउमा जग्गा तथा घर पारेको पिडित प्रेम सिंह थापाले बताएका छन् । “बैंकको कर्मचारीको मिलेमत्तो देखिएको छ् ” स्थानिय भरत भट्टले भने । ऋण लिदा कमिसनको खेल हुने हुदा स्थानियहरुमा बैंक प्रति नकारात्मक शोच बन्दै आएका छ् । दलालको मार्फत ऋण लिन आए सहजै एकै दिनमा लाखौ रुपिया ऋण पाउने गरेको दोधारा चाँदनीबासीहरुको भनाई रहेको छ् । कृषी बिकास बैंक शाखा कार्यालयका प्रमुख गणेश चन्दले बैंकले नियमपुर्वक कार्य गर्दै आएको बताएका छन् । “नियमपुर्वक जग्गा लिलामी भएको छ । बैंकमा कुनै कमिसनको खेल भएको छैन्” प्रमुख गणेश चन्दले भने । जग्गाधनी प्रमाण पुर्जालाई कृषी बिकास बैंकमा धितो राखेर ऋण लिएर बैदेशिक रोजगारको लागी ऋण काढ्ने र उक्त कार्यमा बैंकको कर्मचारीबाट एक लाख ऋण काढ्दा रु. ५ हजार कमिसको खेल हुने गरेको समाचार श्रोतको दाबी रहेको छ् । बैदेशिक रोजगारको निम्ती रकमको लागी प्राय: युवाहरु कृषी बिकास बैंक धाउने गरेको छन् । उक्त ऋण लिदा दलाल मार्फत कमिसनको चलखेल हुने गरेको बताईन्छ् । कृषी बिकास बैंकको कमिसनको खेलको कारण दोधारा चाँदनीका गरिब कृषकहरु मर्कामा पर्दै आएको एक थरीको भनाई रहेको छ् । दोधारा चाँदनी स्थित रहेको कृषी बिकास बैंक कार्यालयले गरेको कमिशनको खेल तत्कालै बन्द गरेर गरिब किसानलाई सहुलित ढङ्गबाट ऋण प्रवाह गर्नु पर्ने अन्यथा कृषी बिकास बैंक दोधारा चाँदनीमा रहेको अर्थ नभएको स्थानियहरुको भनाई रहेको छ् । कृषी बिकास बैंक लिं. शाखा कार्यालय दोधारा चाँदनीको श्रmणमा कमिसनको चलखेलले दोधारा चाँदनीमा रहेका शहकारी संस्थाहरुमा स्थानिय कृषकहरु आकर्षित हुदै आएको गुनासो बन्दै आएको छ् । घेराउ कार्यक्रमा स्थानियहरुले बैंक कर्मचारीको गरेको कमिसनको खेल तथा दलाल पाल्ने कार्य तत्कालै बन्द गर्नु पर्ने स्थानियहरुले आक्रोश पोखेका थिए । दोधारा चाँदनीमा बिभिन्न समयमा हुने सभा समाहरोहमा समेत कृषी बिकास बैंकले गरेको कमिसनको खेल र त्यसबाट परेको असरको बारे कुरा आउदै गर्दा पनि कृषी बिकास बैंक नसच्चीएको एक थरीको भनाई रहेको छ् । जस्ले गर्दा बैंकको छबी प्रति नकारात्मक बन्दै गरेको जानकारहरु बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web