कविता ‘आफ्नै राष्ट्र’ –वैरागी जेठा

जेष्ठ २९, २०७३ मा प्रकाशित | 908 views

मजाक उडाउँदै हिँड्नेहरू
संकीर्ण सोचमा
अग्रगामी हौँ भन्छन्
युगकालका कुरा गरेर
गल्लीभित्र
कालझैँ कैद गर्छ
वर्तमान मान्छे
उफ्रन्छ ऊ
विर्सेर इतिहास
आफ्नै धर्मसंकृति
आफ्नै देश
आफ्नै राष्ट्र
आफ्नै राष्ट्रियता भुलेर
आख्यानकार ठान्छ
आफ्नै खाडल खनेर
हाम्रा खरका झुप्राहरूमा
निरन्तर आगो झोसिरहेछन्
हाम्रो काममा अवरोध गर्दै
थुप्रै झारहरू
अनगिन्ति कीराहरू
हाम्रो छातीमा कुल्चीरहेछन्
मिथ्यामा
समय गुमाएँ
कष्टमय जीवन लिएर
षडयन्त्रका फूलहरू
हरेक पाइलामा उम्रिएका
हाम्रा सामान कब्जागर्न
हरेक गौँडामा
मजाक उडाउँदै हिँडिरहेका
पागल भित्रका पागलहरूले
बिर्सिएका छन्
नैतिक शिक्षाहरू
अन्धकार आगो बलिरहेछ
दिमागमा
खोज अनुसन्धान छैन
ऊ आफूलाई सम्पादक भन्न छाड्दैन
दुर्गन्धी चोकमा
नाङ्गो भुतुङ्गो
भाषा बोल्न जान्दैन
उही चलेको सम्पादक
युगपुरूषको खिल्ली उडाउँदै
चुरोटको धुवाँझै उडिरहन्छ
टुकुचाको युवक
त्यसरी नै उडिरहेछ
शिल्ली अनुवादक
हृदयलाई अवरोधगरेर
सिँगाने बालक
मनका वेग भाँच्न
फट्याङ्ग्रो झैँ उफ्रिरहेछ
बीच सडकमा
कसैको कान नलागोस्
आँखाहरू नहेरिऊन
कान लागेर
यतिबेला
कटु पटाक्षेप भइरहेछ
आफ्नै घरगाउँ
मजाक उडाउँदै हिँड्नेहरू
आफैँलाई भकाभक पुरिरहेछन्
पहाड भत्काएर
कसरी भुल्न सकिन्छ
अनगिन्ति पीडाहरू
नयाँ पूराणका कथा सुरुवात् भएकाछन्
हाम्रो शहरमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web