प्रचण्ड भन्छन्-‘सरकार ढाल्न र बनाउन हैन सहमति खोज्नेतिर ध्यान छ’

जेष्ठ २८, २०७३ मा प्रकाशित | 707 views

२८ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको ध्यान अहिले सरकार ढाल्न र बनाउनतिर नभै राजनीतिक दलहरुवीच सहमति खोज्नेतिर केन्द्रित भएको बताउनुभएको छ ।

आज नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उहाँले तराई मधेशको मुद्दालाई राजनीतिक सहमतिका आधारमा छिटै समाधान गर्नुको विकल्प नभएको बताउनु भयो ।

स्थानीय निकायको निर्वाचनको आवश्यकता भए पनि सरकारले मंसिर महिनामै चुनाव गर्छु भन्नुचाँहि  व्यवहारिक कुरा नभएको अध्यक्ष दाहालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web