आफ्नो जिल्ला पुगेर प्रधानमन्त्रीले भने-‘नागरिक चाहना अनुसार देशलाई समृद्ध बनाउँछु’

जेष्ठ २८, २०७३ मा प्रकाशित | 675 views

२८ जेठ, झापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको चाहाना अनुसार मुलुकको बिकास गर्दै देशलाई समृद्ध बनाउने बताउनु भएको छ ।

आज झापाको दमक ६ स्थित दापगाछीमा बन्न लागेको पार्क सहितको दमक भ्यु–टावरको शिलान्यास कार्यक्रमलाई सम्वोधन गदै प्रधानमन्त्री ओलीले देशलाई  बिकास निर्माणको वाटोमा अघि बढाउन आफु क्रियाशील रहेको बताउनु भयो ।

५ विगाहा क्षेत्रफलमा बन्ने भ्यु टावर दमक शहरकै सुन्दर पहिचानको रुपमा हुने उल्लेख गर्दे प्रधानमन्त्री दमकलाई वातावरणीय  स्वच्छता र अनेक पक्ष समेटेको आधुनिक स्मार्ट सिटीको रुपमा बिकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले आजै बिहान दमक ५ बाट मोरङको मधुमल्ला जोड्ने मावा खोलाको पुलको शिलान्यास गर्नु भएको थियो ।

यसै गरी आजै प्रधानमन्त्री ओली र संविधानसभाका तत्तकालिन अध्यक्ष सुभासचन्द्र्र नेम्वाङ्ले संयुक्त रुपमा दमक १ वाट लखनपुर गाविस १ हुदै इलामको चुलाचुली जोड्ने रतुवा खोला पुलको शिलान्यास गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web