सरकारी स्वास्थ्य संस्था आइएनजिओलाई ठेक्कामा

काठमाडौं,भदौ १९ । सरकारी संरचनामा बनेका चारवटा स्वास्थ्य संस्था गैरसरकारी संस्थालाई ठेक्कामा सञ्चालन गर्न दिइएको छ । सरकारले दुईवटा स्वास्थ्य संस्था राष्ट्रिय तथा दुईवटा स्वास्थ्य संस्था अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई ठेक्कामा दिएको हो ।

ती स्वास्थ्य संस्था प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्ने सर्तमा ठेक्कामा दिएका छन् । सरकारले गैससलाई दिएका स्वास्थ्य संस्थामा बयलपाटा सामुदायिक अस्पताल, लमजुङ सामुदायिक अस्पताल, चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र र चौरजहारी अस्पताल रहेका अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)को रूपमा स्थापना भएको अछामको बयलपाटालाई अमेरिकी संस्था न्याय हेल्थलाई १० वर्षअघि ठेक्कामा दिएको छ । ठेक्का दिँदाको वेला केन्द्र रहेको सो संस्स्थालाई अस्पतालमा स्तरउन्नति गरी सञ्चालन गर्ने सम्झौता गरेको छ ।

यस वर्ष थप पाँच वर्षका लागि सञ्चालन गर्न सरकारले नवीकरण गरेको छ । सोही आइएनजिओलाई यसै वर्षदेखि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र पनि जिम्मा लगाइएको छ । सो केन्द्रलाई पनि अस्पतालको रूपमा विकास गरी सो क्षेत्रका जनतालाई थप सेवा दिन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

त्यसैगरी, सरकारले लमजुङ सामुदायिक अस्पताललाई पनि मानव विकास तथा सामाजिक सेवा (एचडिसिएस) नाम गरेको गैरसरकारी संस्थालाई ठेक्कामा दिएको छ । सो संस्थाले सरकारको अर्को अस्पताल चौरजहारी रुकुम अस्पताल पनि ठेक्कामा पाएको छ ।

सो संस्थाले ठेक्कामा पाएसँगै अस्पतालको नाम परिर्वतन गरी एचडिसिएस सामुदायिक जिल्ला अस्पताल राखिएको छ ।

‘कालोबजारीयलाई कडा कारवाही गरिन्छ,दबाब आए मन्त्री पद छोडिन्छ’- वाणिज्यमन्त्री

काठमाडौं, भदौ १८ । बाणिज्यमन्त्री रोमी गौचन थकालीले लाईसेन्स प्राप्तफर्महरुको अनुगमनगर्ने र गलत गरेको पाईए त्यस्ताफर्महरुलाई तत्काल कारवाहीगर्ने चेतावनीदिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्रीथकालीले ईजाजतप्राप्तफर्महरुले कानुनीविपरित काम गरे, कालोबजारी गरे र कृत्रिम अभावसिर्जना गरेको पाईए तीफर्महरुलाई कारवाही गरेरै छाड्ने चेतावनीदिएकाहुन् । उनले अघि थपे,“बाणिज्य मन्त्रालयले छापा मार्दा गलत गरेको भेटियो भने त्यो उम्कनपाउँदैन, त्यसलाई कानुनी कारवाही गरेरै छोड्छु ।”

साक्षात्कारमा बोल्दै मन्त्रीले गलतगर्नेहरुलाई कारवाहीगर्दा कोही कसैले अवरोध गरे वादबाबदिएआफू त्यसबाट एक ईन्च पनि नडगमगाउने दाबी गरे । उनले थपे,“कानुन उल्लंघन गर्ने, कालोबजारी गर्ने र कृत्रिमअभावसिर्जनागर्नेहरुलाई कसैले संरक्षण गर्न खोज्छ भने, त्यस्तो कसैले नसोचेपनि हुन्छ, चाहे प्रधानमन्त्रीको दबाब नै किननओस वा पार्टीकै दबाबआएपनि म सुन्नेवाला छैन् ।”उनले कानुनी परिधिभित्र रहेर कामगर्दा कसैले दबाब दिन्छ भने त्यो आफ्नो लागिकुनै हालतमा स्विकार्य नहुने स्पष्ट पारे ।

उनले अघि थपे,“मन्त्री पद मेरो लागि केहीपनिहोईन, म राजनीतिगर्ने मान्छे हुँ, मलाई यो पद गएपनिकुनै चिन्ताहुँदैन् ।” यद्धपी उनले असलकामगर्नेहरुलाई मन्त्रालय सहयोगीबन्ने जनाए । कालोबजारी गरेको पाईए कालोबजारी ऐन अन्र्तगर्त सडियो मार्फत कारवाहीहुने समेत उनले बताए ।

मन्त्रीथकालीले प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको आसन्नभारत भ्रमणमा द्धिपक्षीय महत्वपूर्ण सन्धिसम्झौताहुने सम्भावना रहेको बताएका छन् ।

मन्त्रीथकालीले विगतमाभएका सबै खाले सन्धिसम्झौताहरुलाई ईमान्दारीपूर्वक कार्यान्वयनगर्दै अघि बढ्ने र नयाँ केही सम्झौताहरु प्रधानमन्त्रीको आसन्नभारत भ्रमणमा हुने सम्भावानाविश्वास व्यक्त गरेका हुन् । उनले भने,“प्रधानमन्त्रीको भ्रमणको बेला केही महत्वपूर्ण सम्झौताहरु हुने सम्भावना मैले देखेको छु, उहाँको भ्रमणसँगै व्यापारका द्धिपक्षीय नयाँ ढोकाहरु खुल्नेछन् ।”

उनले नेपालले उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे । नेपालको बजार भनेको नै भारत र चीनभएकाले नेपालीउत्पादनको असर नपर्नेगरि डाटा बेस एनलाईसीसमा रहेर सम्झौताहरु गर्नुपर्नेमाजोड दिए ।

त्यस्तै उनले विशाखापटन्म सुख्खाबन्दरगाहतत्कालप्रयोगमाल्याउनेबारेमा समेत प्रधानमन्त्रीको भ्रमणको बेला कुरा उठ्ने संकेत गरे । समुन्द्रीमार्ग भएर सामानओसारपोसार भए कस्ट समेत सस्तो पर्ने उनको भनाई थियो । बंगलाबन्धु पोर्ट, बिशाखापट्नम सुख्खाबन्दरगाहप्रयोगको लागि रेलवे आवश्यक पर्ने भएकाले यसबारेमाभारतले व्यवहारिक रुपमासहयोग गर्नेमाआफूहरु विश्वस्त रहेको मन्त्रीथकालीको भनाई थियो ।

फरक प्रसँगमाउनले प्रधानमन्त्रीको भारत भ्रमण हुनु अगावै देशै बेच्नलागेको गरि अफवाह फैलाउने कामभएको भन्दै देशलाई अहितहुनगरि कुनै सम्झौतानहुने स्पष्ट पारे । “नेपाल र भारतवीच घनिष्ठ सम्बन्ध छ, आपसी समझदारी अनुसार नै दुई चल्नुपर्छ, उनले भने ।

भारतसँगको व्यापार घाटा कमगर्नको लागिपनि नेपालले आफ्नो उत्पादन बृद्धिमा ध्यानदिनुपर्ने बताउँदै मन्त्रीथकालीले भने,“व्यापार घाटा कमगर्न, नेपालले एक्सपोर्टमा वृद्धि दिनुपर्छ ।”

नेपालडब्लुटिओ, विमस्टेक र साफ्टाको सदस्य राष्ट्र भएपनिफाईदा लिननसकेकोमाअहिले समिक्षा भैरहेको समेत उनले जनाए । उनले अघि थपे,“हामीले किनफाईदा लिन सकेनौं, यसबारेमाभर्खरै मन्त्रालयमापनि समिक्षाभएको छ ।”

उनले संविधान संशोधनप्रक्रिया छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे । संशोधनप्रक्रियामाएमालेले पनि सहयोग गर्नेमाआफू विश्वस्त रहेको उनको दाबीथियो ।

भिमाले भनिन् -‘२५ लाख बाँकी पैसा ३ बर्षसम्म मेरो स्वास्थ्य परीक्षणमा खर्चन्छु’

१८ भदौ, टोकियो ।
मुटुको भल्वको उपचारको लागि सहयोग मागेकी भिमा कुमारी श्रेष्ठले आफ्नो उपचारको लागि १५ लाख मात्र खर्च भएको भन्दै बाँकी रकम तीन बर्षसम्म उपचारको लागि खर्चने बताएकी छिन् ।

उपचार सकिएको महिना दिन पछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भिमाले आफ्नो उपचारमा १५ लाख ४२ हजार ७ सय ७ जापानी येन खर्च भएको उल्लेख गरेकी छिन् । भिमाका अनुसार ४१ लाख २७ हजार ३ सय ३९ रुपैयाँ प्राप्त भएको र २५ लाख ८४ हजार ६ सय ९२ रुपैयाँ बाँकी रहेको छ ।

बाँकी रकम आफ्नै उपचारको लागि आगमी ३ बर्षसम्म स्वास्थ्य परीक्षण गर्दै जाने क्रममा प्रयोग गर्ने उल्लेख गरेपछि भिमाले यती ठूलो रकम आगामी ३ बर्षमा अन्य के रोग वा त्यस्तो रकम खर्च हुने कारण खुलाएकी छैनन् ।
भिमाको मुटुको भल्भको सल्यक्रिया साउन ८ गते भएको थियो ।

जापानमा विभिन्न संघसंस्था तथा सहयोगी दाताहरुले भने भिमालाई उपचारको लागि उठाएको रकम अन्य उनिजस्तै आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग गर्ने अपेक्षा राख्दै आएका थिए ।

यस्तो छ भिमाले सामाजिक सञ्जाल फेसबुकमा राखेको जानकारी ।
सम्पूर्ण सहयोगि संघ संस्था तथा सहयोगिदाताहरु प्रति मुरि मुरि धन्यबात

म भिमा कुमारी श्रेष्ठ । जापानमा रहनु भएका सम्पूर्ण सयोगीदाताहरु बिभिन्न संघ सस्था तथा दाई दिदी ज्युहरु भाई बहिनीहरु मेरा विद्यार्थी साथीहरु अङ्कल अन्टीज्युहरु यहाँहरुलाई हृदय देखि मुरी मुरी धन्यबात दिन चाहन्छु | मेरो लागि रात दिन भोक निन्द्रा नभनी अहोरत खटेर यदि धेरै सहयोग गरीदिनु भयो । तपाईंहरुको सहयोगले गर्दा आज मैले पूर्ण जिबन पाएकी छु । तपाईंहरुको यो गुणलाई कहिले बिर्सिने छैन ।बिशेष गरि मेरो आदर्णीय दाई रितु कुमार दुरा ज्युलाई धेरै धरै धन्यबात दिन चाहन्छु । किनकी मेरो समस्यालाई न्युज सम्म पुराउन बिशेष सहयोग गरिदिनुभयो । र नेपाल पत्रकार माहसंघको अध्यक्ष आदर्णीय दाई तिलक मल्ल ज्यु , समुन्द्रपारीका सम्पूर्ण पत्रकार ज्युहरु , अनि (nepali in japan ) ,नेपाल जापान डट कम् लागयत सम्पूर्ण मिडिया कर्मी ज्युहरु प्रति मुरी मुरी धन्यबात दिन चाहन्छु । तपाईंहरुले बडो दु:ख र मेहेनेतका साथ मेरो समस्यालाई न्युज सम्म ल्याइदिने काम गर्नु भयो र प्राथमिकता साथ स्थान दिनु भयो । उता कोरियाबाट पनि मलाई धेरै सहयोग गर्नु भएको छ । सम्पूर्ण कोरियाबासी नेपालीहरु प्रती पनि हृदय देखी मुरी मुरी धन्यबात दिन चाहन्छु , बिशेष त रिनोज श्रेष्ठ दाईलाई धेरै धेरै धन्यबात छ । अनि यहाँ प्रतक्ष रुपमा सहयोग गर्नु हुने राजन प्रधानग ज्यु , सुबाश लोहोनी ज्यु ,सुरेश घिमिरे ज्यु , बलराम श्रेष्ठ ज्यु , सुनिल शाक्य ज्यु , एन.अर.एन का उपाअध्यक्ष टसी लामा ज्यु , सुस्मा ओमाता ज्यु र नेवा समाजका सम्पूर्ण सदस्यज्युहरु मलाई प्रतक्ष रुपमा भेटेर सहयोग गरिदिनु भएकोमा मुरी मुरी धन्यबात दिन चाहन्छु। अनि राजन प्रधानग दाई ज्युलाई बिशेष धन्यबात दिन चाहन्छु । किनकी उहाँले अप्रेसन हुनु भन्दा अगाडि बाट नै डाक्टर सँग प्रतक्ष रुपमा भेटेर डाक्टरहरुको हरेक मिटिङमा उपस्थिति हुनुभई छलफल तथा सुजब जानकारी गराइदिनुको साथसाथै एउटा परिवारिक बातावरणमा हेरचाह तथा माया गरि दिनुभएको छ । उहाँको यो गुण अनन्तसम्म पनि भुल्न नसकिने छाप बनेर बसेको छ ।
अहिले मेरो स्वास्थ्य स्थिति भन्नु पर्दा क्रमश सुधार हुँदै अाइराखेको छ, र अप्रेसन गर्ने ठाउमा चाँही अजै दुख्छ पूर्ण रुपमा निको हुनलाई अजै ३ बर्ष जति लाग्ने जानकारी डाक्टरले दिनुभएको छ । त्यही भएर अजै छाती दुख्छ । अनि औषधी लगातर खानु पर्ने रैछ औषधी खाइरहेकी छु । अहिले केही महिना सम्मको लागि प्रतेक हप्ता हप्तामा फलअपमा जानु पर्छ । अब म चाडै निको भएर पहिलाको अवस्थामा छिट्टै फर्किने छु । यहाँहरुले धेरैजानले धेरै सहयोग गर्नु भएको छ । मलाई सहयोग गर्नुहुने संघ सस्थाहरुको नाम उल्लेख गर्न चाहन्छु ।

1. दक्षिण कोरिया बाट =4,35,000/-
2. जनसम्पर्क समिती =3,50,000 /-
3. क्युसु एईसु एकेडेमि=3,31,011/
4. नेसाज = 1,61661/-
5. शेर्पा एसोसेसन जापान =1,40,000/-
6. फुकुओका नेपाल सोसाइटी=1,17,300/-
7. टोक्यो इन्टरनेश्नल कलेज= 1,01,500/-
8. एन अर एन कानसाई=90,956/-
9. टोक्यो युनिभरसिटी नागोया दोस्रो वर्षको कक्षाबाट =82,000/-
10. ओखल्ढुङ्गा सेवा समाज जापान =75000/-
11. TBS 栃木県小山市=67,000/-
12. नाकनो बिज्नेश कलेज =45,103
13. धदिङ सेवा समाज =39,000 /-
14. नाकनो बिज्नेश कलेज दोस्रो ग्रुपबाट =36000/-
15. तामाग सेवा समाज जापान =35,000/-
16. बाँके बर्दिया सेवा समाज जापान =30,000/
17. नेपाल समाज गुम्बा केन =27,000 /-
18. क्युसुकोकुसाई क्योईकुगाक्को =24,108/-
19. सुदुर पश्चिमेली समाज जापान =21,101/-
जम्मा रकम =2,091,440
संघ सस्था तथा विद्यार्थी साथीहरुले सन्कलन गर्नुभएको जम्मा रकम = 2,091,440/-
बाँकी व्यक्तिगत तथा पूर्ण विवरण प्राप्त नभएका संघ सस्था र विद्यार्थी साथीहरुबाट सन्कलित रकमको विवरण= 2,035,959/-
2,091,440
+ 2,035,959
=4,127,399/-
जम्मा रकम =4,127,399/- हस्पिटलमा लागेको खर्च :- 6,22,707 /-
हालसम्मको खर्च :- + 9,20,000/-
जम्मा खर्च :- = 1,542,707/-

= 4,127,339
- 1,542,707
जम्मा खर्च काटेर बचेको रकम=2,584,692/-
बाँकी भएको रकम आगामी ३ बर्षसम्म मेरो स्वास्थ्य परीक्षण गर्दै जाने क्रममा प्रयोग गर्दै जानेछु ।

सम्वन्धित समाचारहरु छुटेको भए अवश्य पढ्नुहोला …

मुटुरोगी भिमाको उपचारको लागि नेपाली विद्यार्थीद्वारा संकलित रकम हस्तान्तरण

भिमाको मुटुको सल्यक्रिया भोली, आर्थिक सहयोग नउठाउन आग्रह

भिमाकुमारी बचाउ अभियान नेसाजद्धारा स्थगित

भिमाको उपचारमा जनसम्पर्क समिति जापानको सहयोग

जापानमा भिमाको उपचार खर्च उठ्न थाल्यो, नयाँ जीवनको लागि याचना

भिमाको
मुटुको सल्यक्रिया भोली, आर्थिक सहयोग नउठाउन आग्रह – See more at:
https://topnepalnews.comjapan?per_page=50#sthash.gy2di0Xt.dpuf

मृत्यु भएका शिशु गाड्न लाग्दा रोएपछि

नेपालगञ्ज ।
कुनै बालकको मृत्यु भयो भने उनका आफन्त, बुवा आमाको रुवाई र वेदना सामान्य घटना हो । तर नेपालगञ्जमा मृत्यु भएको भन्दै गाड्न लागेका शिशुनै रोएपछि सबै अचम्ममा परेका छन् ।

मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएका छन् भने यसले सबैलाई अचम्मित बनाएको छ ।

घटना यही शुक्रबार दिउँसो ३ बजेतिरको हो । नवजात शिशुले धेरै बेरसम्म कुनै प्रतिक्रिया नजनाएर चाल बिहिन बन्दै स्वास प्रस्वास समेत नलिएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज– १७, बुलबुलियास्थित घाट पुर्‍याएर बच्चा गाड्न लागेका थिए ।

रुकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरैमा जन्माएको शिशु नचल्मलाएपछि पति चौखावाङ– ७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए ।
मेडिकल सञ्चालकले बच्चा नरोएको, नचलेको, शरीर नीलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए ।

उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए । तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थियो ।

घाटमा पुगेर सहयोग मागेपछि शिशुको दाहसंस्कारका लागि स्थानीयले सहयोग गरेको देवबहादुर बोहराले बताए । तर, खाल्डो खन्दै गर्दा शिशु रोएपछि स्थानीय छाँगोबाट खसेझैँ भएका थिए ।

उनीहरूले खड्का दम्पतीप्रति शंका गर्दै प्रहरीलाई खबर गरे। र, शिशुलाई प्रहरीको जिम्मा लगाए।

‘हामीले चिहान खन्न फरुवा खोज्दै थियौं तर नगाड्दै बच्चा करायो,’ बोहराले भने, ‘बच्चा कराएपछि सबै अचम्म पर्‍यौं, त्यसपछि प्रहरी बोलाएर जिम्मा लगायौं।’

वडा प्रहरी कार्यालयले खड्का दम्पतीसहित शिशुलाई तत्काल भेरी अञ्चल अस्पताल पुर्‍याएको थियो। शिशुको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पताल स्रोतले जनाएको छ ।

‘बच्चा रोएपछि हामी पनि खुसी भयौं, जानीजानी जिउँदो बच्चालाई गाड्न खोजेका होइनौं,’ खड्का दम्पतीले बताएका छन् ।

दुबईमा चालकविनाको बस चल्न थाल्यो

एजेन्सी ।
खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविनाको बस सेवा चल्न सुरु भएको छ ।

करिब एक महिना लामो परीक्षणपछि बिहिबारबाट दुबईमा यो सेवालाई औपचारिक रुपमा व्यावसायीक सञ्चालन थालिएको हो ।

मिनि बस निर्माता कम्पनी र दुबई शहर व्यवस्थापनले बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणमा परिरहेको असरलाई यस्तो बस सेवाले थोरै भनेपनि सहयोग पुग्ने आशा लिएको बताएको छ ।

हाल यो सेवा १० सिटको गाडीबाट सहरको करिब ७०० मिटर सडकमा सुरु गरिएको छ । यो सेवा छिट्टै विस्तार गर्दै मुख्य शहरभर सेवा दिइने बताइएको छ ।

विश्वको बसैभन्दा अग्लो टावर बुर्ज खालिफा क्षेत्रमा सुरुका दिनमा यो सेवा चलाइएको छ ।

इजी माइल नामक फ्रान्सेली समूह तथा दुबईस्थित ओमनिक्स कम्पनीले संयुक्त रुपमा निर्माण गरेको मिनिबस ४० किलोमिटर प्रतिघण्टाको गतिमा कुट्ने गर्छ ।

सडकमा पैदलयात्रीले बाटो काट्न लागेको पाइए रोकिएर बाटो काट्न दिने प्रविधि समेत जडान बसले अन्य गाडीको गती अनुसार आफ्नो गति निर्धारण गर्ने बताइएको छ ।

दुबई खाडी मुलुकका केही पर्यटकीय सहरमध्ये एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो । दुबईमा सन् २०१५ मा मात्रै एक करोड ४२ लाख बढी पर्यटक घुम्न गएका थिए ।

तीजको अघिल्लो दिन आज दर खाईदै

१८ भदौं, काठमाडौं ।
हरितालिका तीजको अघिल्लो दिन आज दर खाईदै छ ।
विभिन्न मिष्ठान्न परिकारका साथ आज साँझ तथा मध्यरातको समयमा दर खाने चलन रहि आएको छ ।

विशेषगरि भोली पानी पनि नपिइ निराहार ब्रत बस्ने हुनाले हिन्दु नारीहरुले मध्य रात दर खाएर भोलीको लागि ब्रत बस्ने गर्छन् ।

तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका मिष्ठान्न परिकार दरका रुपमा खाने चलन रहि आएको छ ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन मध्यरात १२ बजे पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र ब्रतालु महिलाहरुले खाने कुरा गर्ने गर्दछन् ।

स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने झिलिमिली बजारका खानेकुरा भन्दा घरमै बनाइएका स्वस्थ खानेकुरा खान सुझाव दिएका छन् ।

साथै बढी चिल्लो, पिरो, रंग मिसाईएका खाना नखान तथा बृद्ध, सुत्केरी, विरामी महिलाहरुले पनि ब्रतको समयमा पानी तथा फलफुल खानुपर्ने भन्दै स्वास्थ्यलाई ध्यान दिन आग्रह गरेका छन् ।

पर्वतमा ट्याक्टर नदीमा खस्दा १२ जना घाईते

१८ भदौ, कुश्मा ।
पर्बतको बराचौर गाविसमा यात्रुबाहक ट्याक्टर पल्टिदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

बराचौर गाविस ३ स्थित खबरको भिर नजिकै भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टर सडकबाट ३ सय मिटर तल कालिगण्डकि नदि किनारमा खसेको छ ।

ट्याक्टर दुर्घटनामा परि रोल्पा जिल्ला सिर्प ३ बस्ने वर्ष ४० का रिकमान पुन, सोहि ठाउँका १९ वर्षिय याम बहादुर पुन र सोहि ठाउँकै  १८ वर्षीय  श्याम पुनको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

घाइते मध्ये ३ जनालाई उपचारको लागी पोखरा र अन्यलाई हुवास लगिएको छ ।

तीज क्वीनको उपाधि लुतला लिम्बूले जितिन्

१८ भदौ दमक ।
बिवाहित महिला बीच भएको तीज क्वीन प्रतियोगिता २०१६को बिजेता झापाको दमक १३ की तुलसा लिम्वूले ताज पहिरेकी छिन् ।

शंकर आर्ट फाउण्डेशनले हिजो राती दमकमा सम्पन्न गरेको प्रतियोगिताका १७ प्रतियोगीलाई पछि पाद्दै लिम्वूले तीज क्वीनको ताज पहिरेकी हुन् । उहाँलाई प्रतियोगिताका प्रमुख अतिथि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रवन्धक राजेश थापाले नगद ५० हजार रुपैयाँ सहित ताज पहिरेर पुरस्कृत गर्नु भएको थियो ।

तीजको अवसरमा भएको बिवाहित महिलाहरु सहभागी प्रतियोगिताको फस्ट रनअप बिजेता अजिता भण्डारी  र सेकेण्ड रनअप निलम श्रेष्ठ दमक पुरस्कृत हुनु भएको थियो । भण्डारीले नगद ३० हजार रुपैया र श्रेष्ठले २० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्नु भएको निर्णयक मण्डलका सदस्य तथा रंग पत्रकार भुपेन्द्र तिम्सिनाले बताउनु भयो ।

प्रमुख अतिथि महाप्रवन्धक थापाले हिजोको दिनमा चेली माइती भेटघाट हुन नपाएको बेदनाको गीत गाउने गरिन्थ्यो भने अहिलेको बद्लिदो तीजलाई प्रयोग गरेर आमाहरु भित्र लुकेको प्रतिभालाई  बाहिर ल्याउने प्रगतिशील काम हुन थालेको बताउनु भयो । यसले नेपाली कला संस्कृतिको जर्गेना गर्नुको साथै नारीहरुलाई सशक्तिकरण गदै हरेक क्षेत्रमा प्रतिष्पधी बनाउने वातावारण सिर्जना गरेको थापाले बताउनु भयो । सम्भवत मुलुकमै पहिलो चोटी बिवाहित महिला बीच प्रतियोगिता भएको भन्दै सांस्कृतिक संस्थानले फाउण्डेशनलाई सहयोग गर्ने प्रतिवद्धता उहाँले गर्नु भयो ।

१८ जना सहभागी महिला बीच प्रतियोगीको एकल प्रस्तुती , सांस्कृति प्रस्तुती , प्रश्न उत्तर गरी उत्कृष्ठ दश जना छनौट गरेको थियो । ती मध्ये उत्कृष्ठ ५ छनौट र त्यसबाट बिजेता छनौट चरण सम्पन्न गरेको फाउण्डेशनका कार्यकारी निर्देशक शंकर बिश्वकर्माले जानकारी दिनु भयो ।

अनुमति बिना चलेका मेडिकललाई सच्चिन एक महिनाको समय

१८ भदौ, गोरखा ।
बिना अनुमति संचालनमा रहेका गोरखा सदरमुकामका नीजि स्वास्थ्य संस्था 'मेडिकल' लाई अनुमति लिन तथा नबिकरणका लागि एक महिनाको समय दिइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आउँदो असोजसम्मको समय दिएर कानूनी प्रक्रिया पूरा गरी मेडिकल संचालन गर्न आग्रह गरेको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले मेडिकल संचालकलाई भेला गरेर एक महिना समय दिएको बताउनुभयो ।

एक महिनापछि बजार अनुगमनमा निस्कदा नियम बिपरीतका मेडिकलहरु संचालन भएको भेटिएमा कारबाही गरिने पराजुलीले बताउनुभयो । ‘प्रशासन, प्रहरी, पत्रकारसहितको संयुक्त अनुगमन टोलीले लिएर बजार अनुगमनमा निस्कन्छौं । अनुमति बिना संचालन गरिएको र नबिकरण नभएका मेडिकल तत्कालै बन्द गछौं ।’

कम्पनी रजिष्टार कार्यालय, सहकारी वा घरेलु कार्यालयमा दर्ता गरेर मात्रै मेडिकल खोल्न पाइँदैन । मेडिकल चलाउन जनस्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने नियम रहेको पराजुलीले बताउनुभयो ।

सदरमुकाममा दश ओटा भन्दा बढी मेडिकलहरु संचालनमा छन् । अरुको नाउँमा लाइसेन्स लिएर मेडिकलहरु संचालन गरिँदै आइएको छ भने स्वास्थ्यकर्मी बाहेकका ब्यक्तिले पनि औषधि बिक्री, बितरण गर्दै आएको उपभोक्ताको गुनासो छ । मेडिकल संचालकलाई सच्चिन एक पटक मौका दिएको पराजुलीले बताउनुभयो ।

‘कसैको लगानी डुवाउने हाम्रो उद्देश्य होइन । पैसा लिएपछि गुणस्तरीय सेवा दिनुपर्छ भन्ने हो’ पराजुलीले भन्नुभयो ।

जनस्वास्थ्य र जिल्ला अस्पतालबीचको समन्धमा सुधार ल्याउने बताउँदै उहाँले जिल्लाका तीन ओटै प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा डाक्टरको ब्यबस्था गरिने बताउनुभयो ।

अहिले मकैसिङ र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर बस्दै आएको भएपनि जौवारी केन्द्रमा बिगत लामो समयदेखि डाक्टर अनुपस्थित छन् । जौवारीमा छिट्टै डाक्टर पठाउने उहाँको भनाइ छ ।

पाँचथर जिल्लामा राज्य पुर्नसंरचनामा यस्तो सहमती जुट्यो

१८ भदौ, पाँचथर ।
स्थानिय तह पुनः संरचना प्राविधिक समिति पाँचथरले जिल्लाका राजनितिक दल तथा सरोकारवालबीच बिभिन्न चरणमा छलफल गरि जिल्लाको स्थानिय निकायको पुनः का बिषयमा सहमती भएको छ  ।

समितिले जिल्लास्थित प्रमुख राजनितिक दल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा नेपाल, राप्रपासहित अन्य सरोकारवालहरुबीच छलफल गरि जिल्लामा स्थानिय निकाय पुनःसंरचनामा सहमती गरेको हो ।

सहमती अनुसार पाँचथर जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानिय सरकार बन्ने भएका छन् । जिल्लामा स्थानिय निकाय पुनः संरचनाको स्वीकृतीका लागि   गाउँपालिका , नगरपालिका संरक्षित तथा स्वायत्त क्षेत्र तथा सिमान निर्धारण आयोगमा सिफारिस गरिएको छ । पाँचथर जिल्लालाई सात वटा स्थानिय निकाय उपयुक्त हुने भन्दै पहिलो प्राथमिकतामा राखेर   स्थानिय निकाय पुनः संरचना आयोगसमक्ष सिफारिस गरिएको हो ।

आयोगले पाँचथर जिल्लालाई तोकेर पठाएको पाँच स्थानिय निकायको संरचनालाई अन्तिम बिकल्पको रुपमासमेत सिफारिस गरेको हो । जिल्लामा स्थानिय निकाय पुनः संरचनाका बिषयमा भएको सहमतीका बारेमा स्थानिय तह पुनःसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एब स्थानिय बिकास अधिकारी कोमलप्रसाद धमालाले पत्रकार जिल्लास्थित राजनितिका दलका नेतहरुसहित गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

स्थानिय निकाय पुनःसंरचनाका बिषयमा आफ्नो पार्टीले जति सक्दो थोरै स्थानिय निकाय हुनुपर्ने दृष्टि कोण रहेको भएता पनि पाँचथर जिल्लामा भोैगोलिक दृष्टिले आयोगले निदिष्ट गरे भन्दा केही संख्या बढाउदाँ जनताले सुलभ रुपमा सेवा पाउने भएकाले यो संख्या सात बनाए सिफारिस गरिएको नेकपा एमाले पाँचथरका जिल्ला अध्यक्ष राजकुमार भण्डारी बताउनुहुन्छ । कुल एक लाख ९१ हजार जनसंख्या रहेको पाँचथर जिल्लामा भोगोलिक बिकटता पनि रहेको छ ।

ताप्लेजुङमा पहिरोले पुरिएर एकैघरका तिनजनाको मृत्यु, एक बेपत्ता

१८ भदौ, ताप्लेजुङ ।

ताप्लेजुङ नगरपालिकाका बिभिन्न स्थानमा आएको पहिरोमा परी पुरिश्एका एकाघरमा तीनजनाको भएको छ भने एकजना बेपत्ता छन् । एकजना बृद्धा पहिरोको बीच भागमा पसेको खबर प्राप्त भएको छ ।

नगरपालिका वार्ड नं २ निरौला टोलका  टीका मगरको घर माथिबाट झरेको ढिक्सोले घर पुर्दा घरसंगै पुरिएकी टीकाकी श्रीमति र उनका छोरालाई मृत अवस्थामा फेला पारिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले टीकाकी श्रीमति अन्दाजी २८ बर्षिय बिमला र ९ बर्षिय छोरा ललित र ७ बर्षिय मनोजको मृत्युु भएको जानकारी दिनुुभयो । घरसंगै पहिरोले पुरिएका उनीहरुलाई मृत अवस्थामा सुरक्षा टोलीले शव निकालेको उहाँले जानकारी दिनुभयो ।

उता ताप्लेजुङ नगरपालिका वार्ड नं ८ का सुब्बेनी ठूली भनेर चिनिने दिलकुमारी पालुंवालाई पहिरोले पुरेको छ । उनलाई आफ्नै घरमा पहिरोले पुुरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसी रामबहादुर केसीले बताउनुभयो ।

घरमा संगै सुतेका दिलकुमारीकी बहिनी कृष्णकुमारीलाई पहिरोले पुरेर घाईते अवस्थामा फेला पारी उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ ।

तानपा ८ कै बीरबहादुर दर्जीकी नाम थाहा नभएकी आमा चनौटे क्षेत्र नजिकको पहिरोको बीच भागमा फसेको खबर स्थानीयले गराएपछि अवस्था बुझ्ने र उद्धारको प्रयासमा सुरक्षाकर्मीको टोली परिचालित भएको प्रहरीले बताएको छ ।

पहिरोले मेची राजमार्गको काबेली–फुङलिङ सडक खण्ड अबरुद्ध भएको छ भने कफि हाउस, ल्याङवा, केनिम, चनौटे लगायतका क्षेत्रमा गरी दर्जनौं परिवारलाई बिस्थापित गराएको छ । पहिरोले पशुु चौपाया समेत बगाएको भनिएपनि संख्या एकिन छैन ।

स्थानियको सहयोगमा प्रहरी भवन निमार्ण कार्य पुरा

पप्पु गुरुङ्ग-१८ भदौ,दोधारा-चाँदनी । स्थानिय वासिन्दाको सहयोगमा दोधारा चाँदनीको ईलाका प्रहरी कार्यालयको २ कोठे भवनको निमार्ण कार्य पुरा भएको छ् । युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना र स्थानिय बासिन्दाको सहयोगमा २ कोठे प्रहरी भवन निमार्ण कार्य पुरा भएको हो । गाँउमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको महिला प्रहरी अभावमा भाडामा वस्नु पर्ने तथा महिला तथा बालवालिकाहरुका मुद्धाका सोधपुछ तथा गोपिनिय कुरा गर्न महिला प्रहरीलाई निकै असजिलो परेको हुदा उक्त २ कोठे प्रहरी भवन निमार्ण सबै संग आग्रह गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीले जनाएको छ् । स्थानिय वासिन्दाको आर्थिक सहयोग र प्रहरी जवानको श्रमदान तथा परियोजनाको रु. २ लाख ४ हजार गरी कुल १७ लाख ५५ हजार ६ सय ५ रुपियाँको लागतमा निमार्ण कार्य पुरा भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

स्थानियको सहयोग विना प्रहरीले आफ्नो काम अघि बढाउन नसक्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले दाबी गरेको छ् । प्रहरीको महिला तथा बालवालिका सेलले हिंसामा परेका महिला तथा वालवालिकालाई आफ्नो मनका कुरा राख्न सहज हुने समेत सहज हुने युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना अन्तर्गत दोधारा चा“दनीमा गठन भएको सामुदायिक सुरक्षा समितिका सचिव अमिर तिरुवाले बताउनुभएको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा महिला तथा बालवालिका सेल नभएको हुदा पिडितहरुले खुलेर भन्न नस्कने अवस्था रहेको सचिव तिरुवाको भनाई छ् । दैनिकरुपमा महिला तथा वालवालिकाहरुका सामान्य देखि जटिल मुद्धा आउने हुदा सहजिकरण तथा सोधपुध गर्न भवन निमार्ण पछि सहज हुने प्रहरीहरुको भनाई रहेको छ् । माघ देखि निमार्ण थालिएको ईलाका प्रहरी कार्यालयको २ कोठे महिला तथा बालवालिका सेल भवन निमार्ण भएपछि खुशी छाएको छ् ।

उक्त निमार्ण भएको भवनमा महिला, वालवालिका तथा अन्य बिपन्न बर्गका लागी सुचना केन्द्र स्थापना गरेर प्रहरीले दिने सेवा सुबिधा तथा अन्य सरकारी तथा गैर सरकारी निकायले दिने सेवा सुबिधाको बारे सुचना केन्द्रको रुपमा स्थापना गर्ने लक्ष्य राखिएको बताईएको छ् । युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना फेजआउट भएपनि परियोजनाले निमार्ण गरेको संरचना तथा सामुदायिक सुरक्षा समिति नामक सस्था भने दोधारा चाँदनीमा सक्रिय छ् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web