ताप्लेजुङमा पहिरोले पुरिएर एकैघरका तिनजनाको मृत्यु, एक बेपत्ता

भदौ १८, २०७३ मा प्रकाशित | 949 views

१८ भदौ, ताप्लेजुङ ।

ताप्लेजुङ नगरपालिकाका बिभिन्न स्थानमा आएको पहिरोमा परी पुरिश्एका एकाघरमा तीनजनाको भएको छ भने एकजना बेपत्ता छन् । एकजना बृद्धा पहिरोको बीच भागमा पसेको खबर प्राप्त भएको छ ।

नगरपालिका वार्ड नं २ निरौला टोलका  टीका मगरको घर माथिबाट झरेको ढिक्सोले घर पुर्दा घरसंगै पुरिएकी टीकाकी श्रीमति र उनका छोरालाई मृत अवस्थामा फेला पारिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले टीकाकी श्रीमति अन्दाजी २८ बर्षिय बिमला र ९ बर्षिय छोरा ललित र ७ बर्षिय मनोजको मृत्युु भएको जानकारी दिनुुभयो । घरसंगै पहिरोले पुरिएका उनीहरुलाई मृत अवस्थामा सुरक्षा टोलीले शव निकालेको उहाँले जानकारी दिनुभयो ।

उता ताप्लेजुङ नगरपालिका वार्ड नं ८ का सुब्बेनी ठूली भनेर चिनिने दिलकुमारी पालुंवालाई पहिरोले पुरेको छ । उनलाई आफ्नै घरमा पहिरोले पुुरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसी रामबहादुर केसीले बताउनुभयो ।

घरमा संगै सुतेका दिलकुमारीकी बहिनी कृष्णकुमारीलाई पहिरोले पुरेर घाईते अवस्थामा फेला पारी उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ ।

तानपा ८ कै बीरबहादुर दर्जीकी नाम थाहा नभएकी आमा चनौटे क्षेत्र नजिकको पहिरोको बीच भागमा फसेको खबर स्थानीयले गराएपछि अवस्था बुझ्ने र उद्धारको प्रयासमा सुरक्षाकर्मीको टोली परिचालित भएको प्रहरीले बताएको छ ।

पहिरोले मेची राजमार्गको काबेली–फुङलिङ सडक खण्ड अबरुद्ध भएको छ भने कफि हाउस, ल्याङवा, केनिम, चनौटे लगायतका क्षेत्रमा गरी दर्जनौं परिवारलाई बिस्थापित गराएको छ । पहिरोले पशुु चौपाया समेत बगाएको भनिएपनि संख्या एकिन छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web