१८ भदौ, पाँचथर ।
स्थानिय तह पुनः संरचना प्राविधिक समिति पाँचथरले जिल्लाका राजनितिक दल तथा सरोकारवालबीच बिभिन्न चरणमा छलफल गरि जिल्लाको स्थानिय निकायको पुनः का बिषयमा सहमती भएको छ ।

समितिले जिल्लास्थित प्रमुख राजनितिक दल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा नेपाल, राप्रपासहित अन्य सरोकारवालहरुबीच छलफल गरि जिल्लामा स्थानिय निकाय पुनःसंरचनामा सहमती गरेको हो ।

सहमती अनुसार पाँचथर जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानिय सरकार बन्ने भएका छन् । जिल्लामा स्थानिय निकाय पुनः संरचनाको स्वीकृतीका लागि गाउँपालिका , नगरपालिका संरक्षित तथा स्वायत्त क्षेत्र तथा सिमान निर्धारण आयोगमा सिफारिस गरिएको छ । पाँचथर जिल्लालाई सात वटा स्थानिय निकाय उपयुक्त हुने भन्दै पहिलो प्राथमिकतामा राखेर स्थानिय निकाय पुनः संरचना आयोगसमक्ष सिफारिस गरिएको हो ।

आयोगले पाँचथर जिल्लालाई तोकेर पठाएको पाँच स्थानिय निकायको संरचनालाई अन्तिम बिकल्पको रुपमासमेत सिफारिस गरेको हो । जिल्लामा स्थानिय निकाय पुनः संरचनाका बिषयमा भएको सहमतीका बारेमा स्थानिय तह पुनःसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एब स्थानिय बिकास अधिकारी कोमलप्रसाद धमालाले पत्रकार जिल्लास्थित राजनितिका दलका नेतहरुसहित गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

स्थानिय निकाय पुनःसंरचनाका बिषयमा आफ्नो पार्टीले जति सक्दो थोरै स्थानिय निकाय हुनुपर्ने दृष्टि कोण रहेको भएता पनि पाँचथर जिल्लामा भोैगोलिक दृष्टिले आयोगले निदिष्ट गरे भन्दा केही संख्या बढाउदाँ जनताले सुलभ रुपमा सेवा पाउने भएकाले यो संख्या सात बनाए सिफारिस गरिएको नेकपा एमाले पाँचथरका जिल्ला अध्यक्ष राजकुमार भण्डारी बताउनुहुन्छ । कुल एक लाख ९१ हजार जनसंख्या रहेको पाँचथर जिल्लामा भोगोलिक बिकटता पनि रहेको छ ।

25.12¡ÆC