पप्पु गुरुङ्ग-१८ भदौ,दोधारा-चाँदनी । स्थानिय वासिन्दाको सहयोगमा दोधारा चाँदनीको ईलाका प्रहरी कार्यालयको २ कोठे भवनको निमार्ण कार्य पुरा भएको छ् । युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना र स्थानिय बासिन्दाको सहयोगमा २ कोठे प्रहरी भवन निमार्ण कार्य पुरा भएको हो । गाँउमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको महिला प्रहरी अभावमा भाडामा वस्नु पर्ने तथा महिला तथा बालवालिकाहरुका मुद्धाका सोधपुछ तथा गोपिनिय कुरा गर्न महिला प्रहरीलाई निकै असजिलो परेको हुदा उक्त २ कोठे प्रहरी भवन निमार्ण सबै संग आग्रह गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीले जनाएको छ् । स्थानिय वासिन्दाको आर्थिक सहयोग र प्रहरी जवानको श्रमदान तथा परियोजनाको रु. २ लाख ४ हजार गरी कुल १७ लाख ५५ हजार ६ सय ५ रुपियाँको लागतमा निमार्ण कार्य पुरा भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

स्थानियको सहयोग विना प्रहरीले आफ्नो काम अघि बढाउन नसक्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले दाबी गरेको छ् । प्रहरीको महिला तथा बालवालिका सेलले हिंसामा परेका महिला तथा वालवालिकालाई आफ्नो मनका कुरा राख्न सहज हुने समेत सहज हुने युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना अन्तर्गत दोधारा चा“दनीमा गठन भएको सामुदायिक सुरक्षा समितिका सचिव अमिर तिरुवाले बताउनुभएको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा महिला तथा बालवालिका सेल नभएको हुदा पिडितहरुले खुलेर भन्न नस्कने अवस्था रहेको सचिव तिरुवाको भनाई छ् । दैनिकरुपमा महिला तथा वालवालिकाहरुका सामान्य देखि जटिल मुद्धा आउने हुदा सहजिकरण तथा सोधपुध गर्न भवन निमार्ण पछि सहज हुने प्रहरीहरुको भनाई रहेको छ् । माघ देखि निमार्ण थालिएको ईलाका प्रहरी कार्यालयको २ कोठे महिला तथा बालवालिका सेल भवन निमार्ण भएपछि खुशी छाएको छ् ।

उक्त निमार्ण भएको भवनमा महिला, वालवालिका तथा अन्य बिपन्न बर्गका लागी सुचना केन्द्र स्थापना गरेर प्रहरीले दिने सेवा सुबिधा तथा अन्य सरकारी तथा गैर सरकारी निकायले दिने सेवा सुबिधाको बारे सुचना केन्द्रको रुपमा स्थापना गर्ने लक्ष्य राखिएको बताईएको छ् । युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना फेजआउट भएपनि परियोजनाले निमार्ण गरेको संरचना तथा सामुदायिक सुरक्षा समिति नामक सस्था भने दोधारा चाँदनीमा सक्रिय छ् ।

काठमाडौं,भदौ १८ । पूर्वराजा वीरेन्द्रले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दिएको दाइजो सरकारमातहत ल्याउन नमिल्ने पूर्वफैसलालाई सर्वोच्च अदालतले पुनः सुनुवाइको बाटो खोलेको छ ।

गणतन्त्र स्थापनापछि पूर्वराजा र राजपरिवार सदस्यका नाममा रहेका सबै जग्गा नेपाल ट्रस्टमार्फत सरकारको स्वामित्वमा ल्याउने निर्णय भएपछि पूर्वअधिराजकुमारीले भोगचलन गर्दै आएको जग्गा सरकामातहत ल्याउने निर्णय भएको थियो। आजको राजधानीसहित अधिकांश पत्र पत्रिकामा यो खबर छापिएको छ।

सो निर्णयलाई चुनौती दिँदै प्रेरणाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले प्रेरणाको नाममा रहकेो जग्गा उनकै हुने भन्दै फैसला गरेको थियो ।

सो फैसलामा चित्त नबुझेको भन्दै नेपाल ट्रष्टले गरेको पुनराबलोकन सुनुवाइको अनुमति दिएपछि पूर्वअधिराजकुमारीको स्वामित्वमा रहेको जग्गा वैधानिकतामाथि फेरि सर्वोचमै न्यायिक सुनुवाइ हुने भएको हो ।

छाउनीमा रहेको १५ रोपनी १ आजा जग्गा र घर २०६२ सालमा महाराजधयिरजका नाममा रैकर दर्ता भएको र दाइजो बकस पाएपछिबनेको कानुन देखाएर ट्रस्टले सो जग्गा सरकारमातहत ल्याउन नपाउने तर्कका आधारमा सर्वोचचले प्रेरणाको पक्षमा फैसला गरेको थियो ।

काठमाडौं,भदौ १८ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले काठमाडौ-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिइनुपर्ने धारणा दोहोर्याएका छन् । संसदको श्रम तथा अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै मन्त्री निधिले फास्ट ट्रयाकको निर्माण देशको हितमा रहेको दाबी समेत गरे । ‘म भौतिक योजना मन्त्री हुँदा काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक निर्माण ठेक्का दिन भारतीय कम्पनीसँग विधिवत् रुपमा प्रारम्भिक सम्झौता भएको थियो’ उनले भने, ‘तर यो भन्दा अघिको सरकारले जोस र होसमा परियोजना आफैं बनाउने घोषणा गर्यो।’

प्रमुख प्रतिपक्षी एमालेले फास्ट–ट्रयाक बन्न नदिन भूमिका खेलिरहेको भन्दै उनले रोष प्रकट गरे। मन्त्री निधीले विगतमा अरुण तेश्रो जलविद्युत् आयोजना निर्माण हुन नदिएकै कारण मुलुकमा अहिले पनि विद्युत अभाव जारी रहेको बताउँदै काठमाडौ-तराई फास्ट ट्रयाक समेत तुहाउने खेल भइरहेको बताए। आजको अन्नपूर्णमा खबर छापिएको छ।

सर्वोच्च अदालतले इन्फ्रास्टक्चर लिजिङ् एन्ड फाइनान्सियल सभिर्सेज (आइएलएफएस) नामक विवादित भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको ठेक्का नदिन आदेश जारी गरिसकेको भए पनि मन्त्री निधीले फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने पक्षमा बोलेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेषदूतका रुपमा दुई साता अघि नयाँ दिल्ली भ्रमणका क्रममा आफूले भारतीय पदाधिकारीसंग फास्ट ट्रयाक निर्माण भारतलाई दिने बिषयमा कुनै छलफल नगरेको मन्त्री निधीले दाबी गरे। उनले बुट ऐनमा आधारित भएर फास्ट ट्रयाक बनाउँदा नेपाललाई कुनै घाटा नहुने बताए।

उपप्रधानमन्त्री निधिले बुट मोडलमै पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल विदेशी कम्पनीलाई निर्माण ठेक्का दिँदा कुनै विरोध नहुने तर फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिँदा चाहिँ किन विरोधी हुने ? प्रतिप्रश्न गरे ।

‘एमालेका साथीहरुले बुट मोडलमै पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल विदेशी कम्पनीलाई निर्माठ ठेक्का दिँदा विरोध गर्नुहुन्न तर उहाँहरु फास्ट-ट्रयाक भारतीय कम्पनीलाई दिंदा चाहिँ कन विरोधी गर्नुहुन्छ ?’ उनले भने ।

यद्यपी प्रधानमन्त्री दाहालले एक टेलिभिजन कार्यक्रममा फास्ट ट्रयाक स्वदेशी लगानीमै बनाइने प्रतिबद्दता ब्यक्त गरिसकेका छन् । पूर्ववर्ति एमाले नेतृत्वको सरकारले फास्ट ट्रयाक निर्माण सरकारकै लगानीमा बनाउने निर्णय गरेको थियो।

काठमाडौ,भदौ १७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संस्कार, विधि र कार्यशैलीमा परिवर्तन नभएसम्म राजनीतिले सकारात्मक गति लिन नसक्ने बताएका छन् । शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिकामा काँग्रेसको स्थानीय इकाई र महिला संघले तीजको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शहरी विकास मन्त्री केसीले मुलुक संविधान कार्यान्वयनको चुनौतिपूर्ण अवस्थामा रहेको बताउँदै संबिधानको पूर्ण कार्यान्वयनका लागि सबैको समान दायित्व र सहभागिता महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

मन्त्री केसीले हिन्दु नारीहरुहरुको महान पर्व तीज परम्परा, मान्यता र संस्कारहरुबाट परिचालित हुँदै सभ्यताको प्रतिकका रुपमा स्थापित भएपनि पछिल्लो समय परम्परा जोगाउने नाममा विकृति देखिदै जानु अस्वाभाविक भएको बताए ।

परम्परा र संस्कृति भुल्दा व्यक्तिले आफ्नो पहिचान नै भूल्न सक्ने वताउँदै मन्त्री केसीले हिन्दु संस्कृतिहरुको सम्वद्र्धनका लागि परम्परागत मान्यताहरुलाई परिष्कृत गर्दे जानुपर्ने भएपनि संस्कृतिको तोडमरोडले राष्ट्रिय पहिचानमै आँच आउन सक्ने तर्फ सबैको ध्यान जानु पर्ने बताए ।

काठमाडौ,भदौ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुर–जलेश्वर–भिट्ठामोड सडक तत्काल निर्माण गर्न पहल थाल्नुभएको छ । उक्त सडकलाई ६ लेनको बनाउने भनि निर्णय भए पनि निर्माण कार्य सुरु हुन सकेको छैन । पुरानो सडकको पिच उप्किदा सवारी साधनहरु आवत जावत गर्न नसक्ने अवस्था सिर्जना भएपछि पूर्व मन्त्रीसमेत रहनु भएका सभासद एवम् माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा श्रवण यादव, राजु खड्का, रामआधार कापडसहितका माओवादी केन्द्रका नेताहरुसँलग्न प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री कार्यालय शिंहदरवारमा प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्नासाथ प्रधानमन्त्रीले यातायात मन्त्री रमेश लेखकसँग तत्काल सडक निर्माण गर्नेवारे छलफल गर्नुभएको थियो । यातायात मन्त्रीसँगको छलफल पछि प्रधानमन्त्रीले आफ्नो ध्यानाकर्षण भएको भन्दै सडक निर्माणको काम तत्कालै अघि बढ्ने बताउनु भयो । सो अवसरमा प्रधानमन्त्रीले आफ्नो ध्यान विकास निर्माण र जनताका समस्या तत्काल सम्वोधन गर्नेतर्फ गएको भन्दै जनकपुर–जलेश्वर सडकको समस्यावारे अवगत गराएकोमा प्रतिनिधि मण्डललाई धन्यवाद दिनु भयो ।

काठमाडौ,भदौ १७ । सुदुरपश्चिमाञ्चल क्षेत्रका उद्योगी, व्यवसायी, राजनीतिक नेतृत्व, सभासदसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी कैलीलीको गौरी फण्टास्थित नेपाल भारत सीमा नाकालाई अन्तराष्ट्रिय स्तरको नाका बनाउन माग गरेका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधि मण्डलले गौरीफण्टा नाकामा क्वारेण्टाइन चेकजाँच, रेलमार्ग, सडक संजालसहित अन्तराष्ट्रिय मापदण्डको भन्सार कार्यालय स्थापना गर्न माग गरेको हो । प्रतिनिधि मण्डलले यो नाकालाई ७ नं प्रदेशकै प्रमुख नाका बनाउन माग गर्दै महाकालीको दोधारा चादनीमा सुख्खा बदरगाहा निर्माण एवम् सुदूर पश्चिमा१चलको समग्र विकासका लागि विभिन्न मागहरु प्रस्तुत गरेको थियो ।

मागपत्र बुझेपछि प्रधानमन्त्रीले सुदूरपश्चिमको विकासका लागि विशेष रुपमा पहल गर्नुपर्छ भन्नेमा आफ्नो ध्यान रहेको भन्दै गौरीफण्टा नाकाको स्तरबृद्धि एवम् सुख्खा बन्दरगाह निर्माणका सन्दर्भमा आफूले मित्र राष्ट्र भारतसँग कुराकानी अघि बढाउने बताउनु भयो ।

काठमाडौ,भदौ १७ । नागरिक लगानी कोषमा भएको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल वित्तिय संस्था कर्मचारी संघ बिजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा संघ बिजयी भएको हो । यसको कार्यकाल २ बर्ष रहेको छ । कुल १ सय ६ मतदाता रहेको सो निर्वाचनमा १ सय ५ मत खसेको थियो । जसमा संघले ५५ मत प्राप्त गरी बिजयी भएको हो । प्रतिपक्षी टे«ड युनियन नागरीक लगानी कोष कर्मचारी युनियनले ४४ प्राप्त गरेको थियो । ६ मत बदर भएको निर्वाचन अधिकृत पोषण राज लामिछानेले बताए ।

सो अवसरमा नव नियुक्त अध्यक्ष पर्शुराम गिरीले सबै कर्मचारीको जित भएको बताउदै कोषमा रहेका विभिन्न समस्या समाधान गर्न पहल गर्ने बताए । उनले प्रतिवद्वता पत्रमा उल्लेख गरेका सबै बिषयहरुलाई तत्काल कार्यान्वयन तर्फ लैजाने धारणा ब्यक्त गरे । गिरीकोे अध्यक्षतामा गठित प्रस्तावित कार्य समितिको उपाध्यक्षमा प्रदिप अधिकारी, महासचिवमा देव गुरागाई र कोषाध्यक्षमा धनु प्रसाद कुइकेल रहेका छन । त्यस्तै सदस्यहरुमा राजु भुर्तेल, श्यामलाल श्रेष्ठ, रामेश्वर मिश्र,हरिहर गुरागाई, अनिल बस्नेत, दुर्गा बहादुर मगर र निशा लामिछाने रहेका छन् ।

पोखरा, भदौं १७ । न्यु डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी क्लब नवआदर्श सामुदायिक विकास समाजलको आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छन ।

शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५,११,२५, १७ र २५, १५ले हराउँदै अन्तिम चारमा पुगेको हो ।

यसैगरी आर्मी पराजित भएपनि समुह क को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

समुह क मा नेपाल पुलिस क्लब प्रतियोगिताको अन्तिम समयमा नआउने निर्णय गरेका कारण डायमन्ड र आर्मीले प्रतिस्पर्धा गरेको थिए । यसैगरी अर्को खेलमा एपिएफले मध्यपश्चिमको श्रीगाउको टोलीलाई २५, ९, २५, १० र २५, १२ ले हरायो ।

शुक्रबार अन्तिम खेल भने वर्षाका कारण सकेन । एपिएफले पश्चिममाञ्चल विरुद्धको खेलमा २–० ले अग्रता लिइरहेको बेला वर्षाले खेल रोकिएको थियो । शनिबार बिहान पहिलो खेलमा एपिएफ र पश्चिमाञ्चलले खेल्नेछन । हरितालिका तीज महोत्सव–२०७३ का अवसरमा संचालन हुने प्रतियोगिताको न्यु डायमण्डले उपाधिमा ह्याट्रीक गरिसकेको छ ।

डायमन्डका प्रशिक्षक कुमार राईले सुरुआत खेलमा टोलीले आफनो स्वभाविक खेल देखाउन नसकेको बताए । उनले भने, हामीले सहज रुपमा लियो आजको खेलमा । सर्भर बाहेक अन्यमा राम्रो प्रदर्शन भएन । नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २० औं वार्षिकोत्सव अवसरमा भैरहेको प्रतियोतिामा नेपालको उत्कृष्ट टोलीले प्रतिस्पर्धा गरिरहेको छन । यसैगरी महोत्सवमा तीज नृत्य, गीत अन्य विविध कार्यक्रम भैरहेको छन ।

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ । भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले महोत्सव एवम भलिबल प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र आयोजक नव आर्दश सामुदायकि विकास समाजका अध्यक्ष धर्ममानसिंह भण्डारीले कार्यक्रम हरेक वर्ष भब्य बन्दै गएको बताए । र महोत्सवले भलिबल खेलाडीको स्तर बढाउन सहयोग गर्ने समेत बताए ।

यसैगरी सदस्य सचिव विष्टले नेपालले आयोजना गर्ने आगामी १३ औं साग खेलकुदको ६ खेलहरु पोखरामा गर्ने निर्णय भैसकेको जानकारी गराए । उहाले भन्नु भयो, लामाचौरको निमार्णधिन मैदानमा खेल आयोजना गर्ने प्रयास गर्नुपर्ने बताए । त्यसका लागी पोखरा बासीले राखेपलाई दबाब दिनु पर्ने विष्टले बताए ।

कैलास विकास बैकको मुख्य प्रायोजनमा हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । महोत्सवमा पशुपति शर्मा, टीका पुन, तुलसा जिसी, युवक खड्का, जीवन दाहाल, मंजु बिक, जमुना सोनम, रामजी पौडेल, सीता केसी, घनश्याम ढकाल, प्रकाश सपुत, निशा पोखरेल, सरस्वती लामिछाने, राजु ढकाललगायत कलाकारको प्रस्तुति रहनेछ । कैलास विकास बैंकको मुख्य प्रायोजनमा हुने महोत्सवमा करिब २५ लाख खर्च लाग्ने र ३० लाख संकलन गर्ने आयोजकको लक्ष्य लिएको अर्थ संयोजक बमबहादुर गुरुङले बताए । साँस्कृतिक तथा विविध विधा तथा खेलकुदमा गरी १ हजार जना प्रतिष्पर्धी र करिब १ लाख दर्शकको सहभागिता रहने आयोजकको अनुमान छ । बानियाँ स्टोर्स लामाचौर मुख्य सहयोगी रहेको महोत्सव प्रायोजकमा रेडबुल इनर्जी ड्रिङ्क्स, एकता बुक्स डिष्ट्रिव्यूटर्स, सहप्रायोजक चौधरी ग्रुप, कोकाकोला, वृज सिमेन्ट, सुमी डिष्ट्रिलरी प्रालि, गण्डकी आयाल मिलको कोशेली तेल, जयमनकामना सहकारी संस्था, लवकुश डेरी, एशियन थाइ फुड्स, दि युनाइटेड गोल्डमार्ट, आर–टेक प्रालि लामाचौर छन् ।

टोकियो ।
सन् २०२० को ओलम्पिक आयोजनाको जिम्मेवारी पाएर झण्डा समेत टोकियो ल्याइसकेको जापानले अन्नत टोकियो ओलम्पिक आयोजना गर्न घुष ख्वाएको आरोप गलत प्रमाणित भएको छ ।

ओलम्पिक आयोजनाका लागि फ्रेन्च न्यायाधिसले बिहिबार फैसला सुनाउने क्रममा जापानी पदाधिकारीले घुस ख्वाएको प्रमाण नभेटिएको भन्दै यसको विवाद अन्त्य भएको बताएका छन् ।

यसअघि टोकियोमा ओलम्पिक आयोजनाको जिम्मा पाउनुअघि जापानी पदाधिकारीले एउटा कन्सल्टेन्सी फर्ममार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आइओसी० का पदाधिकारीहरूलाई सिङ्गापुरी पैसामा २० लाख ५ हजार अमेरिकी डलर घुस ख्वाएको आरोप लाग्दै आएको थियो ।

आइओसीका सदस्य तथा विश्व एथलेटिक्स महासंघका पूर्व अध्यक्ष लामिन डियाकका छोराको खातामा अनावश्यक पैसा ट्रान्सफरको घटना बाहिर आएपछि जापानले भोट किन्न घुस ख्वाएको आरोप र आशंका गरिएको थियो ।

यस सम्बन्धमा लामिन र उनका छोरा पापा मासाटा डियाकलाई फ्रेन्च अधिकारीले छानवीन गरिरहेका थिए। जापानले इस्तानाबुल र म्याड्रिडलाई पछि छोडेर सन् २०२० को ओलम्पिक आयोजनाको जिम्मेवारी पाएको थियो ।

जापानले रियो ओलम्पिकको समापन सँगै गत हप्ता २०२० को ओलम्पिक आयोजना गर्न आधिकारी झण्डा जापान ल्याइसहेको छ भने उसले ओलम्पिकको तयारी तिब्र पार्दै आगामी बर्षभित्रमा स्टेडियम तयार पारिसक्ने बताएको छ ।

१८ भदौ, काठमाडौं ।

पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्यसमितिबीचको आधिकारिकता विवाद, पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को निलम्बन लगायत कारणले लामो समयदेखि अन्योलग्रस्त नेपाली क्रिकेटले चाँडै निकास पाउने सम्भावना देखिएको छ ।

घरेलु खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् 'राखेप' को पहलमा नेपाली क्रिकेटको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जिम्मेवार निकाय आईसीसी गम्भीर देखिएको छ । त्यसका लागि आईसीसीको उच्चस्तरीय टोली आगामी आइतबार 'सेप्टेम्बर चारमा' नेपाल आउने भएको छ । राखेपले गरेको पहलपछि आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनसहितको तीन सदस्यीय उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

आईसीसीले राखेपलाई पठाएको पछिल्लो पत्रअनुसार आईसीसी टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख छन् ।टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुदमन्त्री दलजित श्रीपालीसँग भेट गर्ने इच्छा व्यक्त गरेको छ । रिचर्डसनले राखेपका सदस्यसचिव केशवकुमार बिष्टलाई सम्बोधन गरी लेखेको पत्रमा प्रधानमन्त्रीसँगको भेटलगत्तै एउटा कार्यदल गठन गर्ने प्रस्ताव गरेका छन् । यो कार्यदलले क्यानको जारी ऐनको समीक्षा गरी नयाँ ऐनको मस्यौदा गर्नेछ ।

रिचर्डसनका अनुसार आईसीसीकै अधिकारीको नेतृत्वमा रहने उक्त कार्यदलले बनाएको ऐनअनुसार नै क्यानमा नयाँ नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन गरिने पत्रमा उल्लेख छ ।‘प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई भेटी हामी आईसीसीकै अधिकारीको नेतृत्वमा एउटा कार्यदल बनाउनेछौं’, रिचर्डसनले पत्रमा लेखेका छन्, ‘उक्त कार्यदलले क्यानको वर्तमान ऐनको समीक्षा गर्नेछ र नयाँ ऐनको मस्यौदा गर्नेछ । सोही ऐनअनुसार क्यानको नयाँ नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेछ ।’

रिचर्डसनले पत्रमा आफ्नो नेपाल भ्रमण र कार्यदल गठनलाई आईसीसीमा नेपाल क्रिकेट संघ ९क्यान० को सदस्यता पुनः प्राप्तिको महत्वपूर्ण कदमसमेत भनेका छन् ।नेपाली क्रिकेटको नियमनकारी निकाय क्यान पछिल्लो ९२ दिनयता आईसीसीको निलम्बनमा छ । क्रिकेट पदाधिकारीबीचको आन्तरिक विवादसँगै जन्मिएको दुई समानान्तर संस्थाका कारण क्यान गत वैशाख १२ गते आईसीसीको निलम्बनमा परेको हो ।

निवर्तमान अध्यक्ष टंक आङ्बुहाङलगायत केही सदस्यको विरोध हुँदाहुँदै एक समूहले साधारणसभामार्फत चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित समिति बनाएको थियो । तर राखेपले जिल्ला प्रतिनिधि छनोट पारदर्शी नभएको र आफ्नो निर्देशनविपरीत साधारणसभा गरेको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

दुई समानान्तर समिति अस्तित्वमा आएसँगै क्यान थप विवादित बनेको थियो । सोही कारण आईसीसीले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय सहभागिताको अनुमति दिने तर क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो । क्यानका यी दुई समितिलाई अदालतले समेत काम गर्न रोक लगाएको छ । आधिकारिकताका विषयमा निर्वाचित समितिले दायर गरेको रिट अझै पनि अदालतमा विचाराधीन छ ।नेपाली क्रिकेटको यही अवस्थाबारे अध्ययन गर्न आईसीसीको टोली गत जुलाई पहिलो साता पनि नेपाल आएको थियो । त्यतिबेला आईसीसीको टोली नेपाली क्रिकेटसँग सम्बद्ध र सरोकारवालाहरूसँग छलफल गरेर फर्किएको थियो ।

रिचर्डसनले राखेपलाई पठाएको पछिल्लो पत्रमा नेपाली क्रिकेटको समस्या समाधानका लागि आईसीसी टोलीको अघिल्लो नेपाल भ्रमण पनि निकै फलदायी बनेको उल्लेख गरेका छन् । उनले आफ्नो आसन्न भ्रमणसमेत सोही कारण सम्भव भएको जनाएका छन् । ‘गत जुलाईमा आईसीसी टोलीले नेपाली क्रिकेटका सम्बद्ध र सरोकारवालाहरूसँग गरेको छलफल निकै फलदायी बनेको छ’, उनले पत्रमा भनेका छन्, ‘मैले सोही फलदायी प्रयासलाई निचोडमा पुर्याउन आफ्नो भ्रमण तय गरेको हुँ । विश्वास छ यो भ्रमण पनि सोचेजस्तै सफल हुनेछ ।’

राखेपका सदस्यसचिव बिष्टले आईसीसी टोली आउने तय भइसकेको जानकारी दिए । ‘नेपाली क्रिकेटको समस्या समाधानका लागि आईसीसीको टोली आइतबार नेपाल आउँदै छ’, सदस्यसचिव बिष्टले भने, ‘उहाँहरूले यही भ्रमणमा क्रिकेट समस्या समाधानका लागि ठोस निर्णय गर्ने जनाउनुभएको छ ।’ आईसीसीले प्रस्ताव गरेको कार्य दल गठनका लागि राखेप र आईसीसीबीच समझदारी देखिए पनि त्यसमा रहने सदस्य र त्यसको स्वरूपबारे भने टुंगो लाग्न बाँकी छ ।

आईसीसीले पत्रमा आफ्नो नेतृत्वमा नेपाली क्रिकेटका सरोकारवालाहरूलाई समेटेर कार्यदल बनाउन प्रस्ताव गरेको छ । तर सदस्यसचिव बिष्टले सबैसँग सल्लाह गरेर सहमतिमा कार्यदल गठन गरिनु पर्ने जनाएका छन् ।

‘आईसीसीले आफ्नै किसिमले कार्यदल गठन गर्ने प्रस्ताव गरेको छ तर त्यसमा हामीले हाम्रो पनि सल्लाह हुनुपर्छ भनेका छौं । कार्यदल कस्तो बनाउने भन्ने विषय र त्यसमा रहने व्यक्तिका सम्बन्धमा हामी र सरोकारवाला सबैसँग छलफल हुनुपर्छ भनेका छौं’, सदस्यसचिव बिष्टले भने, ‘कार्यदल बनाउने सम्बन्धमा सहमति भइसकेको छ, कसरी बनाउने भन्नेबारे अझै छलफल हुँदैछ ।’
अन्नपुर्ण पोष्टमा खबर छ

१७ भदौ, म्याग्दी ।
रातभर परेको भारि बर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा एउटा बस्ती नै बगाएको छ । बाढीमा परि बस्तीमा रहेको ११ वटा घर बगाएको छ ।

बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीको खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुका अनुसार राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका छन् ।

प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् । बेपत्ता उनि सम्पर्कमा नआउँदा बाढीले बगाएको ठानिएको छ । बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ ।

बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरीले बताएको छ ।

अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

बाढीले विस्थापितहरुलाई बैकल्पिक अस्थाइ बासस्थानको खोजि पनि भइरहेको प्रहरीले बताएको छ ।

१७ भदौ, काठमाडौं ।
प्रजातन्त्र बहुमतलाई अल्पमतले राज्य गर्ने प्रणालीको नमुना बनिरहेको नेपाल चिकित्सक संघ अहिले चुनावी माहौलले तातेको छ ।

देशभर १७ हजार डाक्टर रहेपनि मात्र ५३ सय डाक्टरलाई संघको सदस्य बनाउन सकेको संघले देशभरका डाक्टरहरुको नेतृत्व गर्दै चुनाव गर्दैछ ।

नक्कली चिकित्सक प्रकरण र सामाजिक अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधार अभियान चर्किरहेका बेला डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि शुक्रबारबाट मतदान शुरु हुँदा गठबन्धन रोचक देखिएको छ ।

निर्वाचन समितिका अनुसार शुक्रबार र शनिबार काठमाडौं बाहिर मतदान हुँदैछ । यसैगरि भदौ २१ देखि २५ गतेसम्म उपत्यकाभित्र मतदानको मिति तोकिएको छ । डाक्टरहरु व्यस्त रहने भएकाले मतदानको मिति फरक र लामो अबधिका लागि तय गरिएको समितिले जनाएको छ ।

चिकित्सक संघमा सधैंभरि नेपाली कांग्रेस निकट डाक्टरहरुले जित्दै आएकामा यसपटक वामपन्थी र मधेसवादी डाक्टरहरुले कडा चुनौति दिएका छन् ।

शुक्रबारबाट हुरु भएको निर्वाचनमा एमाले, माओवादी केन्द्र र मधेसवादी चिकित्सकहरुको साझा प्यानल मैदानमा उत्रिएको छ भने कांग्रेस समर्थित डाक्टरको एकल प्यानल छ ।

कांग्रेस प्यानलबाट अध्यक्षमा डा. मुक्तिराम श्रेष्ठ छन् भने वामपन्थी समावेशी प्यानलबाट अध्यक्षमा डा. रमेश ढकाल खडा भएका छन् ।

काँग्रेस प्यानका उम्मेदवारहरु यसअघिको जितबाट हौसिएर यसपटक पनि जित सुनिश्चित भइरहेको बताउँछन् भने पेशागत समावेशी ९वामपन्थी मधेसवादी० प्यानलका अध्यक्ष रमेश ढकालले भने आफ्नो टिम राजनीतिक भन्दा पनि व्यावसायिक चिकित्सकहरुको समावेशी प्यानल भएकाले जित निश्चित भएको बताएका छन् ।

नेपालमा मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका चिकित्सकको संख्या १७ हजार कटेको छ । तर चिकित्सक संघमा ५ हजार ३ सयमात्र मतदाता छन् ।

चिकित्सक संघका वर्तमान अध्यक्ष अन्जनीकुमार झा लगायतका वरिष्ठ चिकित्सकहरुको समर्थन मुक्तिराम प्यानललाई छ । यता स्वस्छ छविका चिकित्सकको रुपमा चिनिनुहुने डा. भगवान कोइराला, सरोज धिताल लगायतका चिकित्सकहरुको समर्थन ढकाल प्यानललाई रहेको बताइन्छ ।

नेपाल चिकित्सक संघको नेतृत्व पछिल्लो पटक गोविन्द केसी प्रकरण र नक्कली चिकित्सक पक्राउ प्रकरणमा विवादमा तानिएको बेला त्यसको असर नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा देखिने संकेत छ ।