<p><span style="line-height: 1.42857143;">काठमाडौ,भदौ १७ । सुदुरपश्चिमाञ्चल क्षेत्रका उद्योगी, व्यवसायी, राजनीतिक नेतृत्व, सभासदसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी कैलीलीको गौरी फण्टास्थित नेपाल भारत सीमा नाकालाई अन्तराष्ट्रिय स्तरको नाका बनाउन माग गरेका छन् । </span><span style="line-height: 1.42857143;">आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधि मण्डलले गौरीफण्टा नाकामा क्वारेण्टाइन चेकजाँच, रेलमार्ग, सडक संजालसहित अन्तराष्ट्रिय मापदण्डको भन्सार कार्यालय स्थापना गर्न माग गरेको हो । प्रतिनिधि मण्डलले यो नाकालाई ७ नं प्रदेशकै प्रमुख नाका बनाउन माग गर्दै महाकालीको दोधारा चादनीमा सुख्खा बदरगाहा निर्माण एवम् सुदूर पश्चिमा१चलको समग्र विकासका लागि विभिन्न मागहरु प्रस्तुत गरेको थियो ।</span></p><p>मागपत्र बुझेपछि प्रधानमन्त्रीले सुदूरपश्चिमको विकासका लागि विशेष रुपमा पहल गर्नुपर्छ भन्नेमा आफ्नो ध्यान रहेको भन्दै गौरीफण्टा नाकाको स्तरबृद्धि एवम् सुख्खा बन्दरगाह निर्माणका सन्दर्भमा आफूले मित्र राष्ट्र भारतसँग कुराकानी अघि बढाउने बताउनु भयो ।</p>
28.12¡ÆC