टोकियो ।
सन् २०२० को ओलम्पिक आयोजनाको जिम्मेवारी पाएर झण्डा समेत टोकियो ल्याइसकेको जापानले अन्नत टोकियो ओलम्पिक आयोजना गर्न घुष ख्वाएको आरोप गलत प्रमाणित भएको छ ।

ओलम्पिक आयोजनाका लागि फ्रेन्च न्यायाधिसले बिहिबार फैसला सुनाउने क्रममा जापानी पदाधिकारीले घुस ख्वाएको प्रमाण नभेटिएको भन्दै यसको विवाद अन्त्य भएको बताएका छन् ।

यसअघि टोकियोमा ओलम्पिक आयोजनाको जिम्मा पाउनुअघि जापानी पदाधिकारीले एउटा कन्सल्टेन्सी फर्ममार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आइओसी० का पदाधिकारीहरूलाई सिङ्गापुरी पैसामा २० लाख ५ हजार अमेरिकी डलर घुस ख्वाएको आरोप लाग्दै आएको थियो ।

आइओसीका सदस्य तथा विश्व एथलेटिक्स महासंघका पूर्व अध्यक्ष लामिन डियाकका छोराको खातामा अनावश्यक पैसा ट्रान्सफरको घटना बाहिर आएपछि जापानले भोट किन्न घुस ख्वाएको आरोप र आशंका गरिएको थियो ।

यस सम्बन्धमा लामिन र उनका छोरा पापा मासाटा डियाकलाई फ्रेन्च अधिकारीले छानवीन गरिरहेका थिए। जापानले इस्तानाबुल र म्याड्रिडलाई पछि छोडेर सन् २०२० को ओलम्पिक आयोजनाको जिम्मेवारी पाएको थियो ।

जापानले रियो ओलम्पिकको समापन सँगै गत हप्ता २०२० को ओलम्पिक आयोजना गर्न आधिकारी झण्डा जापान ल्याइसहेको छ भने उसले ओलम्पिकको तयारी तिब्र पार्दै आगामी बर्षभित्रमा स्टेडियम तयार पारिसक्ने बताएको छ ।

17.12¡ÆC