१७ भदौ, भक्तपुर ।
युवाकवि मोतीराम भट्टको १ सय ५१ आंै जन्म जयन्तीको अवसरमा भक्तपुरमा ‘नेपाली भाषा बआचौं अभियान’ बारेमा साक्षात्कार कार्यक्रम भएको छ ।

नेपाली भाषासम्बन्धमा पछिल्लो समयमा नेपाली भाषा शिक्षणमा आइरहेको समस्यालाई केन्द्रमा राखी भक्तपुरको वागीश्वरी उमाविले साक्षात्कार गरेको हो ।

साक्षात्कारमा ‘नेपाली भाषा बचाऔं अभियान’ का अभियन्ताहरु एवं नयाँ वर्णविन्यासका पक्षधरको सहभागिता रहेका थिए ।

त्रिवि नेपाली भाषा विभागका प्रमुख प्रा।डा। देवीप्रसाद गौतमले भाषा सुधारको नाममा गरिएको परिपत्रलाई त्रिविले स्वीकार नगर्ने घोषणा गर्दै उक्त सुधारलाई भाँडभैलोको संज्ञा दिए ।

भाषामा ल्याएको भाँडभैलोविरुद्ध सधँै संघर्ष गरिरहन आफूलगायत अन्य प्राध्यापकहरूसमेत तयार रहेको उनको भनाइ थियो । ‘भाषालाई तोक आदेश र टिप्पणीबाट लागू गर्ने होइन, भाषा प्रयोक्ताको सम्पत्ती हो, भाषा परिवर्तनशील छ, यो निरन्तरको प्रक्रिया हो,’ उनले भने, ‘यसलाई लादेर लादिन्न ।’

सोही अवसरमा नेपाली भाषाविद् चुडामणि गौतमले खुट्टा काटेर बनाएको नियमप्रति असहमति जनाउँदै नेपालमा भएको सुधारप्रति भारतमा रहेका नेपालीहरुको पनि विरोध रहेको जानकारी दिए । नेपाली भाषाको आफ्नै शिष्ट परम्परा रहेकोले त्यसलाई नछोड्न उनले आग्रह समेत गरेका थिए ।

उनले मात्र नभएर त्रिभुवन विश्वविद्यालयका प्रा। डा। खगेन्द्र लुइँटेलले भाषा प्रयोक्ताले प्रयोग गर्ने वस्तु भएको बताउँदै भाषालाई लाद्न नहुनेमा जोड दिए । उनले पछिल्लो क्रममा आएको सुधारलाई नेपाली भाषामाथि भएको जबर्जस्ती अत्याचार र बलात्कार भएको बताउँदै त्यसो नगर्न चेतावनी पनि दिए ।

सोही क्रममा अभियानका संयोजक बलदेव शर्माले पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषा विषयमा भ्रम पैदा गरेको उल्लेख गर्दै कथित सुधार देवनागरी लिपिलाई समाप्त पार्ने षड्यन्त्र भएको बताए ।

उनले कथित सुधारका कारण प्राथमिक तहदेखि कलेजतह सम्मका नेपाली भाषा अध्यापन गरिरहेका शिक्षक र प्राध्यापकहरूमा समेत अन्योल सिर्जना गरेकोले भाषामा सुधार नभएर अझ जटिल बनाएको आरोप लगाए ।

उनले पूर्वशिक्षामन्त्री दीनानाथ शर्मालाई झुक्याएर भाषा सुधार नाममा नियम लाद्नुको स्वार्थ राष्ट्रको भाषा बचाउ र सुधारभन्दा केही व्यक्तिहरूको शब्दकोश बिकाउने स्वार्थ जोडिएको सन्दर्भ उल्लेख गर्दै भाषा बिगार्ने षड्यन्त्रविरुद्ध सबैलाई एक हुन आग्रह गरे ।

साक्षात्कारमा अभियानका अभियन्ता एवं शिक्षाविद् शरतचन्द वस्तीले भाषा र व्याकरणको कठीनाईलाई सरल बनाउने काम नियमले नभएर गुरुले बनाउने बताए । उनले भाषालाई अझ समृद्ध बनाएर अघि लग्नुपर्ने आवश्यकता भइरहेको समयमा सरकारले नयाँ नियम ल्याएर भाषाकै मर्ममाथि प्रहार भएको आरोप लगाउँदे सरलीकृत गर्ने नाममा ज्ञानको मात्रालाई घटाउन नहुने भनाइ राखे ।

उनले शिक्षाको उद्देश्य प्रतिभा जगाउने भएको चर्चा गर्दै अहिलेको कथित सुधारले विद्यार्थीको प्रतिभालाई कुण्ठित बनाउने पनि दाबी गरे ।

कार्यक्रममा नयाँ नेपाली वर्णविन्यासका पक्षधर बद्रीविशाल भट्टराईले भाषामाथि आक्रमण भएको भन्दै भइरहेको अभियानलाई हल्लाखल्लाको संज्ञा दिँदै सरकारले विनाछलफल भाषामा नयाँपन नल्याएको दाबी गरे ।

भाषालाई अझ सरल बनाउन र परिष्कृत बनाउने उद्देश्यले नयाँ रूप दिएको बताउँदै उनले भाषालाई सन्दर्भअनुसार बुझ्न अनुरोध गरेका थिए । आफ्नो मन्तव्यको क्रममा भाषालाई सरल बनाउनैका लागि नयाँ नियम ल्याएको दोहो¥याउँदै नयाँ नियममाथि लाञ्छना नलगाउन अनुरोध गरेका थिए ।

साक्षात्कारमा सहभागी विद्यार्थी, शिक्षकहरूमध्ये बासु उमावि÷कलेजका नेपाली विषय शिक्षक प्रेमकुमार मगर, श्रीकृष्ण उमाविका शिक्षक कान्छो सिजापतिले भाषामा आएको सुधारले आफूहरुलाई अध्यापनको क्रममा धर्मसङ्कटमा पारेकोले उक्त समस्या समाधान गर्न आग्रह गर्दै देवनागरी लिपि नेपाल बाहिर पनि रहेको हुँदा यहाँको सुधारले त्यहाँ के हुने भन्ने जिज्ञासा राखेका थिए ।

कार्यक्रम आयोजक विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक नवीन पौडेलबाट भयो भने कमल रिजाल र श्यामसुन्दर कायस्थबाट गजल गायन भएको थियो । सोही अवसरमा गजलकार विकास प्रहर र विद्यार्थीहरु शेरफ मोक्तान, सुवास पोखरेल, शोभा कट्टेल, एलिसा केसी, अस्मिता तिमिल्सिनालगायतले गजल वाचन गरेका थिए ।

१७ भदौ, सुनसरी ।
कोशी राजमार्गको दुहवी ३ अवस्थित काकरभिटाबाट विराटनगर जाँदै गरेको मे.१ख २३०३ नम्बरको यात्रु बसले विपरीत दिशाबाट आईरहेको मोटरसाइकललाई बचाउन खोज्दा आज शुक्रवार विहान ८ बजे बस दुर्घटना भई बसमा सवार २० यात्रु मध्ये १ को अवस्था गम्भिर रहेको, गम्भिर हुनेमा मोरङ्ग बमरगढ वडा नं ९ वस्ने मैया नाम गरेको यात्रुको विराटनगर स्थित विराट हस्पिटलमा उपचार भईरहेको अन्य १९ यात्रुको दुहवी स्थित विभिन्न निजी किल्नकिमा उपचार भईरहेको बस र चालक ईलाका प्रहरी कार्यालय दुहवीको नियनत्रणमा रहेको ईप्रका दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताएका छन् ।

१७ भदौ, धनकुटा ।
धनकुटाका एक व्यक्तिले जिल्लाको घोलिर्ख गाबिसमा रहेको बालपन्च माबि बिद्यालयलाई १० लाख मूल्य बरावरको जमिन दान गर्नुभएको छ ।

घोलिर्खक घरभई हाल झापा बसोबास गर्दै आएका गणेश बहादुर बरुवालले आफ्ना स्वर्गीय हजुरबुवा धनबहादुर र बुवा नरबहादुर बरुवालको सम्झनामा उक्त गाबिसमा रहेको ७ रोपनी १० आना १ पैसा जमिन दान दिनुभएको हो ।

जमिन दाता बरुवाल र बिद्यालयका प्रधानाध्यापक पेशल दाहाल पत्रकार भेटगरी जग्गा बिद्यालयको नाममा रजिष्ट्रेशन पास गरेको जानकारी दिनुभएको छ ।

धेरै पछि केहि लेखुँ , केहि गरूँ झैं लाग्यो
तिम्रै घरको पल्ला पट्टि डेरा सरूँ झैं लाग्यो
कत्ति बस्नु तिमी बिना यो ठण्डी यो लेकमा
झट्टै, यो लेक छाडी, बेसी झरूँ झैं लाग्यो

छौं संगै हामी, यो साँझ पनि आत्तिएको छ
सामिप्यमा हाम्रो जुनेली रात मात्तिएको छ
कामुक तिम्रो संदेशले प्रिय
चिस्सो बिहानी झन् धेरै तात्तिएको छ

मेरो हुन्नस भने, तँलाई कसैको नि हुन दिन्न
मलाई छुन दिन्नस भने, कसैलाई नि छुन दिन्न
सासु आमा पो परिछ क्यारे, थर्काईदिए फोनमा
मलाई चुमेका ती ओठ, कसैलाई नि चुम्न दिन्न ।

काठमाडौं,भदौ १७ । न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ। शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । भूकम्पपछि उत्तर(पूर्वी समुद्र किनारमा पर्ने वस्ती तथा टापुका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।

काठमाडौं,भदौ १७ । आर्थिक मितव्ययिता कायम गर्न खाजा खानको कुपन बन्द गरेको दाबी गर्ने सभामुख ओनसरी घर्तीमगरले कर्मचारी भर्ती गर्दै संसद सचिवालयको आर्थिक भार बढाउँदै लगेकी छिन्।खाजा खान कुपनको व्यापक दुरुपयोग भएको भन्दै कुपन सिस्टम बन्द गरेकै भोलिपल्ट सभामुख घर्तीले आफ्नै जिल्लाका दुईसहित चारजनालाई ठाडो आदेशमा संसद सचिवालयमा करारमा नियुक्त गरेको खबर आजको अन्नपूर्णमा समाचार छापिएको छ।

संसदमा १४ जना कार्यालय सहयोगी करारमा कार्यरत रहेकै बेला सभामुख घर्तीले ती चारजनालाई नियुक्त गर्न लगाएकी हुन्। संसदको प्रशासन महाशाखाका अनुसार चारमध्ये दुईजना सभामुख घर्तीकै गृहजिल्ला रोल्पाका हुन्।

सभामुखको ठाडो आदेशमा कर्मचारी नियुक्त गर्न थालेपछि उपसमाभुख गंगाप्रसाद यादवले पनि आफूले कर्मचारी भर्ना गर्न पाउनुपर्ने अडान लिएका थिए। ‘उपसभामुखको अडानपछि तीन जना सभामुखका र एक जना उपसभामुखको मान्छे नियुक्त गरियो’, सचिवलाय उच्च स्रोतले भन्यो ।

विगतमा टेन्डर आहृवान गरी कम्पनीमार्फत कर्मचारी भर्ना गरिए पनि यस पटछक सभामुखको आदेशमा महासचिव मनोहरप्रसाद भट्टराईले सिधै कर्मचारी भर्ना गरेको स्रोतले बतायो।

काठमाडौं,भदौ १७ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का असन्तुष्ट पक्ष आइतबारसम्म नयाँ पार्टी गठनको तयारीमा लागेका छन् । त्यसका लागि असनतुष्ट पक्षका नेताले छलफललाई तीव्रता दिएका छन् । संसदीय दलका बहुमत सदस्यको सहमति जुटाइसकेपछि उनीहरु नयाँ पार्टी निर्माण गर्न केन्द्रीय समितका प्रमुख नेताहरुसँगको छलफलमा लागेका छन् ।

पार्टीको विधाननिर्माण, नेताहरुको पोर्टफोलियो, निर्धारण तथा पार्टीको नामका विषयमा छलफल भइरहेको स्रोतले जनाएको आजको कारोबार दैनिकमा समाचार छ । स्रोतका अनुसार आइतबारसम्म नयाँ पार्टी गठनको तयारी छ । त्यसको तयारी गर्न गोप्य छलफलमा नेताहरु जुटेका छन् । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका नेताहरुलाई वेवास्ता गरी सरकारमा नजाने निर्णय गरेपछि असन्तुष्टपक्षका सांसदले पार्टी फुटाएर भएपनि सरकारमा जानुपर्ने निष्कर्ष निकालेका थिए ।

काठमाडौं,भदौ १७ । निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ । सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न थालेका थिए । त्यसपछि जिल्लाका कार्यक्रम जाँदा प्रायजसो हेलिकोप्टर चढ्ने गर्थे ।

बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवान मन्त्रीबाट बाहिरिएको एक महिना भइसकेको छ । तर, उनले भाडामा हेलिकोप्टर चढेको रकम अझै भुक्तानी नभएको नयाँ पत्रिका दैनिकमा समाचार छ । पासवानले मन्त्रालयको खर्च कम गर्ने तथा वातावरणमैत्री भन्दै सुरुमा साइकल चढेर मिडियामा प्रचारबाजी गरेका थिए ।

पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ नपाएपछि पासवान गौशालामा भाडाको घरमा बस्थे । गौशालादेखि मन्त्रालय उनले साइकलबाटै ओहोर–दोहोर गर्थे । मन्त्री छँदा पासवानले सेनाको हेलिकोप्टर पटक–पटक प्रयोग गरेका थिए । मन्त्रालयका अनुसार आफ्नो कार्यकालमा उनको हेलिकोप्टर भाडा मात्र १७ लाख रुपैयाँभन्दा धेरै पुगेको थियो ।

तर, पछिल्लो दुईपटक हेलिकोप्टर चढेको भाडा तीन लाख ७२ हजार नौ सय १४ रुपैयाँ मात्र उनले नबुझाएका हुन् । पासवानले काठमाडौंदेखि गौर, राजापुर गोलठा भन्ने ठाउँमा जाँदा दुई घन्टा ३५ मिनेटको दुई लाख १६ हजार ६ सय ७० रुपैयाँ र काठमाडौं–सिरहा ओहोर–दोहोर गर्दाको एक घन्टा ४५ मिनेटको एक लाख ५६ हजार दुई सय ४४ रुपैयाँ भाडा रकम बुझाउन बाँकी रहेको सैनिक स्रोतको भनाइ छ ।

काठमाडौं,भदौ १७ । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ। विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ। यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ ।

राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए। निजी लगानीको सीता एयर ५५ करोडमा आफूले खरिद गरेको राठीले बताए। एयरमा आफूले लगानी गरेको भए पनि साइलेन्ट पार्टनरका रुपमा बस्न चाहेको र हवाई क्षेत्रकै एक जना यो वायुसेवामा हुने भएकाले कुनै हल्ला नगरिएको उनको भनाइ छ।

यो एयर फिजो नेपाली, सुनिल बिष्टि र विनोद बस्नेतलगायतको समूहले बिक्री गरेको हो। आन्तरिक उडानको यो वायुसेवा नियमसँग दुईवटा मल्टिइन्जिन जहाज छन्। सन् २००३बाट सञ्चालनमा आएको यो वायुसेवासँग डोर्नियर २२८ नामका १८ सिटे जहाज सञ्चालनमा छन्। सीतासँग यसअघि चारवटा जहाज भएपनि दुई वटा दुर्घटनामा परिसकेका छन्।

काठमाडौं,भदौ १६ । अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । एएनएलटीए÷एसियाली जुनियर ¥याङकिङ टुर यु–१४ सर्किट १÷२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ ।

प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस संघका सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी जनाएका छन् । दुवै सर्किटमा समान ३२–३२ ब्वाइज र गल्र्सले प्रतिस्पर्धा गर्नेछन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोमा रहेको ६ वटा कोर्ट मध्ये ४ मा प्रतियोगिता खेलाइने छ । बाँकी २ कोर्टलाई खेलाडीको प्राक्टिसका लागि प्रयोग गरिने छ । करिब ३ वर्षअघि सातदोबाटोमा थप २ नयाँ कोर्ट तयार भएपछि लनटेनिस संघलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको हो । त्यसअघि सातदोबाटोमा ४ कोर्ट मात्र थिए । अन्तर्राष्ट्रिय प्रावधान अनुसार अन्तर्राष्ट्रिय प्रतियोगता आयोजना गर्न एकै परिसरमा कम्तिमा ६ कोर्ट हुनु अनिवार्य छ ।

प्रतियोगता सञ्चालन गर्न एटीएफका ह्वाइट ब्याज श्रेणिका प्राविधिक प्रवीणकुमार नायक बुधबारै नेपाल आइसकेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

टुर्नामेन्ट डाइरेक्टर विष्टले नेपालमै अन्तर्राष्ट्रिय टेनिस हुने भएकाले बढी भन्दा बढी नेपाली खेलाडीले स्वदेशमै अन्तर्राष्ट्रिय एक्सपोजर पाउने भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

वर्कसप सुरु ः

यसैबीच सोही प्रतियोगितालाई मध्यनजर गरी लनटेनिस संघको आयोजनामा वर्कसप अन टेनिस अफिसिएटिङ कोर्स फर चेयर अम्पायर बिहीबारदेखि सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमा सुरु भएको छ । दुईदिने वर्कसपमा नेपालका ३० अम्पायरको सहभागिता रहेको बताइएको छ । कोर्स नायकले सञ्चालन गरिरहेका छन् ।

काठमाडौं,भदौ १६ । मार्भलस इङलिस स्कुलले सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार विजयी सुरुआत गरेको छ । मैतीदेवीस्थित घरेलु कोर्टमा मार्भलसले स्नो एपेक्सलाई ५३–१० को फराकिलो अन्तरले पराजित ग¥यो । मार्भलसको जितमा गणेश कार्कीले १६ अंक योगदान गरे ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगताको ब्वाइजमै हेम्स, काठमाडौं इङलिस स्कुल (केईएस) र अक्सिडेन्टलले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।

हेम्सले साबलाई २१–१३, केईएसले स्पाङ्गेललाई २३–१४ तथा अक्सिडेन्टलले एक्सिसलाई २९–१० ले हराए । हेम्सका राहुल यादवले १०, केईएसका विजय महतोले ९ तथा अक्सिडेन्टलका मोहित गुरुङले १४ अंक जोडे ।

गल्र्समा हेम्सले एसियन पब्लिकलाई १५–७, साबले मार्भलसलाई १५–१ तथा चाँदबागले स्पाङ्गेललाई २२–२ ले निराश पारे । हेम्सकी सुस्मिता सुर्माली तथा साबकी स्टिला लिम्बूले समान ११–११ स्कोर गरे । बृहस्पतिले साविक विजेता केईएसलाई हरायो ।

प्रतियोगिताको केन्द्रीय प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगतामा ब्वाइजतर्फ १२ तथा गल्र्समा १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष सुकुमार थपलियाले जनाएका छन् ।

काठमाडौं,भदौ १६ । भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा एक महिलासहित नेपालबाट ६ खेलाडी सहभागी हुने भएका छन् । पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ तथा प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । भदौ १७ देखि २३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबार जाँदैछ ।