१७ भदौ, म्याग्दी ।
रातभर परेको भारि बर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा एउटा बस्ती नै बगाएको छ । बाढीमा परि बस्तीमा रहेको ११ वटा घर बगाएको छ ।

बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीको खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुका अनुसार राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका छन् ।

प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् । बेपत्ता उनि सम्पर्कमा नआउँदा बाढीले बगाएको ठानिएको छ । बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ ।

बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरीले बताएको छ ।

अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

बाढीले विस्थापितहरुलाई बैकल्पिक अस्थाइ बासस्थानको खोजि पनि भइरहेको प्रहरीले बताएको छ ।

17.12¡ÆC