काठमाडौं, भदौ १८ । बाणिज्यमन्त्री रोमी गौचन थकालीले लाईसेन्स प्राप्तफर्महरुको अनुगमनगर्ने र गलत गरेको पाईए त्यस्ताफर्महरुलाई तत्काल कारवाहीगर्ने चेतावनीदिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्रीथकालीले ईजाजतप्राप्तफर्महरुले कानुनीविपरित काम गरे, कालोबजारी गरे र कृत्रिम अभावसिर्जना गरेको पाईए तीफर्महरुलाई कारवाही गरेरै छाड्ने चेतावनीदिएकाहुन् । उनले अघि थपे,“बाणिज्य मन्त्रालयले छापा मार्दा गलत गरेको भेटियो भने त्यो उम्कनपाउँदैन, त्यसलाई कानुनी कारवाही गरेरै छोड्छु ।”

साक्षात्कारमा बोल्दै मन्त्रीले गलतगर्नेहरुलाई कारवाहीगर्दा कोही कसैले अवरोध गरे वादबाबदिएआफू त्यसबाट एक ईन्च पनि नडगमगाउने दाबी गरे । उनले थपे,“कानुन उल्लंघन गर्ने, कालोबजारी गर्ने र कृत्रिमअभावसिर्जनागर्नेहरुलाई कसैले संरक्षण गर्न खोज्छ भने, त्यस्तो कसैले नसोचेपनि हुन्छ, चाहे प्रधानमन्त्रीको दबाब नै किननओस वा पार्टीकै दबाबआएपनि म सुन्नेवाला छैन् ।”उनले कानुनी परिधिभित्र रहेर कामगर्दा कसैले दबाब दिन्छ भने त्यो आफ्नो लागिकुनै हालतमा स्विकार्य नहुने स्पष्ट पारे ।

उनले अघि थपे,“मन्त्री पद मेरो लागि केहीपनिहोईन, म राजनीतिगर्ने मान्छे हुँ, मलाई यो पद गएपनिकुनै चिन्ताहुँदैन् ।” यद्धपी उनले असलकामगर्नेहरुलाई मन्त्रालय सहयोगीबन्ने जनाए । कालोबजारी गरेको पाईए कालोबजारी ऐन अन्र्तगर्त सडियो मार्फत कारवाहीहुने समेत उनले बताए ।

मन्त्रीथकालीले प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको आसन्नभारत भ्रमणमा द्धिपक्षीय महत्वपूर्ण सन्धिसम्झौताहुने सम्भावना रहेको बताएका छन् ।

मन्त्रीथकालीले विगतमाभएका सबै खाले सन्धिसम्झौताहरुलाई ईमान्दारीपूर्वक कार्यान्वयनगर्दै अघि बढ्ने र नयाँ केही सम्झौताहरु प्रधानमन्त्रीको आसन्नभारत भ्रमणमा हुने सम्भावानाविश्वास व्यक्त गरेका हुन् । उनले भने,“प्रधानमन्त्रीको भ्रमणको बेला केही महत्वपूर्ण सम्झौताहरु हुने सम्भावना मैले देखेको छु, उहाँको भ्रमणसँगै व्यापारका द्धिपक्षीय नयाँ ढोकाहरु खुल्नेछन् ।”

उनले नेपालले उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे । नेपालको बजार भनेको नै भारत र चीनभएकाले नेपालीउत्पादनको असर नपर्नेगरि डाटा बेस एनलाईसीसमा रहेर सम्झौताहरु गर्नुपर्नेमाजोड दिए ।

त्यस्तै उनले विशाखापटन्म सुख्खाबन्दरगाहतत्कालप्रयोगमाल्याउनेबारेमा समेत प्रधानमन्त्रीको भ्रमणको बेला कुरा उठ्ने संकेत गरे । समुन्द्रीमार्ग भएर सामानओसारपोसार भए कस्ट समेत सस्तो पर्ने उनको भनाई थियो । बंगलाबन्धु पोर्ट, बिशाखापट्नम सुख्खाबन्दरगाहप्रयोगको लागि रेलवे आवश्यक पर्ने भएकाले यसबारेमाभारतले व्यवहारिक रुपमासहयोग गर्नेमाआफूहरु विश्वस्त रहेको मन्त्रीथकालीको भनाई थियो ।

फरक प्रसँगमाउनले प्रधानमन्त्रीको भारत भ्रमण हुनु अगावै देशै बेच्नलागेको गरि अफवाह फैलाउने कामभएको भन्दै देशलाई अहितहुनगरि कुनै सम्झौतानहुने स्पष्ट पारे । “नेपाल र भारतवीच घनिष्ठ सम्बन्ध छ, आपसी समझदारी अनुसार नै दुई चल्नुपर्छ, उनले भने ।

भारतसँगको व्यापार घाटा कमगर्नको लागिपनि नेपालले आफ्नो उत्पादन बृद्धिमा ध्यानदिनुपर्ने बताउँदै मन्त्रीथकालीले भने,“व्यापार घाटा कमगर्न, नेपालले एक्सपोर्टमा वृद्धि दिनुपर्छ ।”

नेपालडब्लुटिओ, विमस्टेक र साफ्टाको सदस्य राष्ट्र भएपनिफाईदा लिननसकेकोमाअहिले समिक्षा भैरहेको समेत उनले जनाए । उनले अघि थपे,“हामीले किनफाईदा लिन सकेनौं, यसबारेमाभर्खरै मन्त्रालयमापनि समिक्षाभएको छ ।”

उनले संविधान संशोधनप्रक्रिया छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे । संशोधनप्रक्रियामाएमालेले पनि सहयोग गर्नेमाआफू विश्वस्त रहेको उनको दाबीथियो ।

28.12¡ÆC