वाढीले बागाउदा वृद्ध दम्पतिको मृत्यु

१९ भदौ, बारा ।
बाराको धन्सार खोलामा आएको वाढीले बागाउदा शनिवार साझ वृद्ध दम्पतिको मृत्यु भएको छ ।

बाराको निजगढ नगरपालिका वडा नं. १ भरतगन्ज सिगौल निवासी ७१ वर्षिय सोमनाथ कुवंर र निजकी श्रीमती ६६ वर्षिया रमनी कुवरको खोलाले बगाउदा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीषक सुवास कुमार गैरेले बताउनु भयो ।

साझ घर नजिकैको जंगलमा दाउरा लिन गएका कुवंर दम्पितीलाइ दाउरा लिएर र्फकिने क्रममा खोलाले वगाएपछि वेपत्ता भएका निजहरुको झण्डै १ किलो मिटर तल खोला किनारमा मृत अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक गैरेले बताउनु भयो ।

त्यसैगरी म्याग्दीको देवीस्थानमा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ ।

म्याग्दीको देवीस्थान–५ घारथोकमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका स्थानीयवासी करिब ७० वर्षीय ओमप्रसाद भट्टचन मृत फेला परेका हुन् ।

गोठसहित पहिरोमा पुरिएका भट्टचनलाई तीन फिट तल पुरिएर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले भगबहादुर घर्ती र कलीमाया बुढाथोकीको घर बगाएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताउनुभयो ।

पहिरोमा पुरिएर दुईवटा गाई र एउटा गोरु मरेका छन् । इलाका प्रशासन कार्यालय दरवाङबाट घटनास्थल पुगेको प्रहरी टोलीले क्षतिको विवरण सङ्कलन गरेको छ ।

वाणिज्यमा काम नलाग्ने संस्था खारेज हुन्छ ः वाणिज्य मन्त्री

१९ भदौ, काठमाडौं ।
वाणिज्य मन्त्री रोमी गौचन थकालीले वाणिज्य मन्त्रालयअन्तर्गतका काम नलाग्ने संस्थालाई खारेज गर्ने बताउनु भएको छ ।

रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा उहाँले बजार अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाउने र कालोबजारीमा संलग्न व्यावसायलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने स्पष्ट गर्नुभयो ।

भारत भक्त निधिले भने-‘भारतमा फास्ट ट्रयाकको ‘फ’ पनि उच्चारण गरिन’

१९ भदौ, काठमाडौं ।
देशलाई अर्बौं रुपैयाँ घाटा हुने र त्यसको सिधा नाफा भारतलाई हुने र यसको मार देशले दशौं बर्षसम्म खेप्नुपर्ने फास्ट ट्रयाक भारतलाईनै दिनुपर्ने भन्दै मरिमेटेर लागि परिरहेका सरकारका उपप्रधानमन्त्री रहेका बिमलेन्द्र निधिले आफुले भारत भ्रमणमा फास्ट ट्रयाकको फ समेत उच्चारण नगरको बताएका छन् ।

शुक्रबार मात्र एक कार्यक्रममा फास्ट ट्रयाक भारतलाई नै दिनुपर्ने भन्दै यसमा सरकार अडिग रहेको बताएका निधिले शनिवार काठमाडौंमा भएका एक साक्षात्कारमा भने यस्तो बताएका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका निधिले अर्को एक प्रशंगमा सहजतापूर्वक कार्यान्वयनका लागि संविधान संशोधन गर्न लागिएको जिकिर गरेका छन् ।

हाल कस्तो असहज र शंसोधन चाहिएको केही नबताएका निधिले आफ्नो भारत भ्रमणमा प्रधानमन्त्रीको भारत भ्रमण अनि संविधान भारतले चाहे अनुसार संशोधन गर्ने सहमती गरेको आम बुझाइ रहिआएको छ ।

शनिवार राजधानीमा सञ्चारकर्मीसितको छलफलमा उपप्रधानमन्त्री निधिले संविधान संशोधनका विषयमा सबै राजनीतिक दलका शीर्ष नेतृत्वमा गहनरूपमा कुराकानी भइराखेको र छिट्टै निकास निस्कनेसमेत तर्क गरे ।

उपप्रधानमन्त्री निधिले चीन र भारतका राष्ट्रपति एवं प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने समेत बनाए ।

देउवा भन्छन्-‘सहमतिमा संविधान संशोधन हुन्छ’

१९ भदौ, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ ।

सिङ्गापुरमा पाचनप्रणाली सम्बन्धी उपचार गराई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहदै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व र कार्यान्वयन गर्न थप सहजता होस् भनेर संशोधन गर्न  लागेको बताउनु भयो ।

उहाले संविधान संशोधनमा राजनीतिक सहमति खोज्न सरकारले पनि पहल परिरहेको बताउनु भयो ।

भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिन निर्णय तत्कालीन कार्यान्वयन हुने पनि देउवाले जानकारी दिनु भयो  ।

प्रधानमन्त्री प्रचण्ड भन्छन्-‘वर्तमान सरकार जीवनोपयोगी शिक्षाकालागि लागिपरेको छ’

१९ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्राज्ञिक क्षेत्रको मर्यादा राख्न र जीवनोपयोगी शिक्षाको विकास र विस्तारका लागि वर्तमान सरकार लागिपरेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा लोकतान्त्रिक प्राध्यापक सङ्घका प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले विश्वविद्यालयहरूलाई व्यवस्थित र मर्यादित कसरी बनाउने भन्ने बारेमा आफु गम्भीर रहेको बताउनु भयो । त्यस विषयमा शिक्षा मन्त्री र सबै सरोकार भएका पक्षसँग छलफल गर्ने जानकारी प्रधानमन्त्रीले दिनु भयो ।

प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर समावेशी आधारमा विश्वविद्यालयहरूलाई अगाडि बढाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने र आवश्यक निर्देशनसमेत दिने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालयको अवस्था र कार्यक्रमबारे आफूले अध्ययन गरिरहेको पनि जानकारी दिनु भयो ।

हिन्दु महिलाहरु हरितालिका तीजपर्व मनाउदै, राष्ट्रपति देखी नेताहरुको शुभकामना

१९ भदौ, काठमाडौं ।
आज नेपाली हिन्दु महिलाहरु परम्परागत हरितालिका तीजपर्व मनाउदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाइदै आएको मानिन्छ ।

पानीसमेत नखाई विवाहित महिलाहरु शिवको पुजा आराधना गर्दैै आफ्नो पतिको दीर्घायू, सुस्वास्थ्यको कामना गरी वस्दछने भने अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत वस्ने गर्दछन् ।

यस अवसरमा महिलाहरु विभिन्न तीर्थस्थल, मन्दिर तथा देवालयमा गई शिव पार्वतीको पूजा उपसना गरेर तीजसम्वन्धी गीत, भजन र चुट्का गायर यो पर्व मनाउने परम्वरागत सनातन हिन्दु संस्कृतिमा रहिआएको छ ।

आज विहानैदेखि महिलाहरु सौभाग्यसुचक धागो, पोते, टीका, गरगहना र रङ्गीचङ्गी कपडा पहिरेर आराध्यदेव पशुपतिनाथ लगायत विभिन्न शिवमन्दिरहरुमा भेला भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरुको महानपर्व तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनीहरुमा सुख शान्ति, समृद्धि, आपसी एकता र पारिवारिक सदभाव कायम होस भनी शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले वहुजाति, वहुभाषा, वहुसंस्कृतीले युक्त हाम्रो मुलुकमा यस्ता पर्वले सवै नेपालीलाई एकताको सुत्रमा वाधी सद्भाव कायम गर्न सशयोग पु¥याएको उल्लेख गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले नर्या संविधान जारी भएपछि देशको द्रुतत्तर आर्थिक समाज रुपान्तरण गर्नुपर्ने आवश्यकतालाई ह्दयङ्गम गर्दै हाम्रो विविधतापूर्ण संस्कृति अनुरुप चाडपर्व मनाउदा कुरीति र कमजोरी हटाइ आर्थिक मितव्यायिता अपनाउनु आजको अपरिहार्यता भएको बताउनु भएको छ ।

तीजको उपलक्ष्यमा उपराष्ट्रपति पुनद्वारा शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले हिजो शुभकामना सन्देश दिनुहुदै नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उल्लेख गर्दै मुलुकमा भएका परिवर्तनकारी आन्दोलन तथा सशस्त्र सङ्घर्षहरूमा महिला दिदीबहिनीले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको छ ।

सङ्घर्षबाट प्राप्त सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाले सबै तहमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले तीज पर्वको अवसरमा नेपालको परिवर्तनकारी आन्दोलनमा सहभागिता र यसबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

हरितालिका तीजले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्दै उहाँले तीज सिर्जनशील र उल्लासमय रहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली महिलाको महान् पर्व तीजको अवसरमा शुभकामना दिनुहुँदै देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले नेपालको सबैखाले परिवर्तनकारी आन्दोलनमा महिला वर्गले खेलेको भूमिकाको प्रशंसा गर्दै प्राप्त उपलब्धिप्रति गर्व गर्न तीज पर्वले प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिनुहुँदै देश तथा विदेशमा रहेका महिला दिदीबहिनीमा सुश, शान्ति, समृद्धि तथा आपसी भाइचारा र भ्रातृत्वको भावना जगाउन उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले नेपालजस्तो बहुभाषा, बहुजाति, संस्कृति र परम्परा भएको देशमा यसप्रकारका चाडपर्वले आपसमा मित्रता र सद्भाव बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शुभकामना सन्देसमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएर त्यसको कार्यान्वयनको अवस्थामा रहेको बेला संविधानप्रदत्त महिला हक अधिकारलाई सुनिश्चित गरी राज्य र राजनीतिक दल सहितका विभिन्न निकायमा महिला सहभागिता बढाउँदै लानुपर्नेमा जोड दिनुभएको छ ।

यसैगरी विभिन्न मिष्ठान परिकर र फलफुल खाएर हिन्दु नारीहरुले तीजको दर खाएर तीजपर्व मनाउदै छन् । हरितालिका तीनको निराहार व्रतको अघिल्लो दिन अर्थात हिजोको दिन हिन्दु नारीहरुले फलफुल र मिष्ठान्न भोजन दलरका रुपमा खाने प्रचलन छ ।

त्यसैगरी सुदुरपश्चिम सांस्कृतिक पर्व गौरा धुमधामका साथ मनाइएको छ ।

गुडिरहेको मोटरसाईकल ठोक्किंदा चार जना गम्भिर

१९ भदौ, बर्दिया ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बबई नगरपालिका बलाती चोक नजिक हिजो वेलुका आपसमा मोटरसाईकल ठोक्कीदा चार जना गम्भिर घाईते भएका छन् ।

काठमाण्डौबाट टिकापुर तर्फ गईरहेको से ४ प ६३४१ नम्मरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको भे ३ प ७८८८ नम्बरको मोटरसाईकल आपसमा ठोक्कीँदा चार जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा कैलाली टिकापुर ४ बाघमाराका सुनिल चौधरी, सोही ठाउँका सुरज चौधरी, बर्दिया शिवपुर ३ का बल बहादुर अधिकारी र प्रेम प्रकाश पौडेल घाईते भएको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।

घाईते चारै जनालाई भुरीगाउँको स्थानिय क्लिीनीकमा प्राथमिक उपचारपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।

बर्दियामा गिद्ध सचेतना दिवस मनाईयो

१८ भदौ, बर्दिया ।
आठौं अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवस बर्दियाको ठाकुरद्धारामा विविध कार्यक्रम गरी मनाइएको छ ।

बर्दिया निकुञ्ज नजिक बर्दिया टाइगर रिसोर्ट ठाकुरद्धारामा गिद्ध संरक्षण सम्बन्धि अन्तर्कि्रया कार्यक्रम पश्चात निकुञ्ज गेटबाट र्याली निकाली ठाकुरद्धारा बजारको बाघ चोक परिक्रमा गरीएको नेपाल पंक्षी संरक्षण संघका सचिव राजन चौधरीले जानकारी दिनुभयो ।

गिद्ध सचेतना दिवसको असरमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले निकुञ्जको मध्यवर्ती क्षेत्र अन्र्तगतका सामुदायिक विद्यालयबाट २०७२ सालको एसएलसी परिक्षामा सर्बोत्कृष्ट अंक ल्याएका उपेन्द्र शाहीलाई संरक्षण प्रोत्साहन स्वरुप ५ हजार रुपैँया प्रदान गर्नुभएको छ ।

गिद्ध संरक्षणका लागि पशुमा लगाईने डाइक्लोफेनाक औषधीको प्रयोग नगरी मेलोक्सिक्याम प्रयोग गर्न, गिद्धका बासस्थान सिमल, साज, लगायत रुखको संरक्षण र मरेका पशुचौपायको सिनो समुदायलाई असर नपर्ने गरी गिद्धले सजिलै भेटन सक्ने खुल्ला ठाउँमा फाल्न बर्दिया प्रकृती संरक्षण क्लबका अध्यक्ष राम बहादुर शाहीले आग्रह गर्नुभयो ।

हरेक वर्ष सेप्टेम्बर पहिलो साता गिद्ध सचेतना दिवस मनाईने गरीन्छ । बिगतका वर्षको तुलनामा गिद्धको संख्यामा बृद्धि भइरहेको बर्दिया प्रकृती संरक्षण क्लबले जनाएको छ । नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा बर्दिया प्रकृती संरक्षण क्लबको आयोजनामा गिद्ध संरक्षण सम्बन्धि विविध कार्यक्रम गरी आठौं अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवस मनाईएको हो ।

नेईएको बारेमा के भन्छन् त आम इन्जिनियरहरु ? –खिमानन्द कँडेल

यतिवेला नेपाल इन्जिनियर्स एशोसियसन्को निर्वाचनको माहौल व्यापक रुपमा तातिरहेको छ । एनेकपा माओवादी केन्द्र, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियरहरु समेत प्रतिष्पर्धामा रहेको भएता पनि मुलतः प्रगतिशील तथा पेशागत इन्जिनियर्स समूह र लोकतान्त्रिक समूहमा नै अहिले प्रतिष्पर्धा रहेको देखिन्छ ।
निर्वाचनको दौडानमा हामी देशका विभिन्न भागहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्र्तकृया गर्ने अवसर प्राप्त गर्यौ र यसरी स्थलगत अध्ययन गर्दा आम इन्जिनियरहरुले नेर्ईएप्रति निम्नानुसारको धारणा रहेको पायौं ।

(१) नेइएको खस्कँदो छविप्रति आम इन्जिनियरहरुको चिन्ता ः देश तथा विदेशमा रहेका हजारौं इन्जिनियरहरुको आवाज बोल्नुपर्ने संस्थाको छवि खस्कदै गएको प्रति आम इन्जिनियरहरुको चिन्ता प्रकट भएको देखियो ।

(२) नेईएप्रतिको विश्वासमा आम इन्जिनियरहरुको गिरावट ः आम इन्जिनियरहरुको नेईएप्रतिको विश्वास खस्कँदै गएको देखियो ।

(३) नेईएका कार्यक्रमहरु केन्द्रमुखी र अप्रयाप्त भएको गुनासो  ः हामी आम इन्जिनियरहरु समक्ष पुग्दा नेपाल इन्जिनियर्स एशोसियसनले सँधै केन्द्रमा बर्षको एकदुईवटा सेमिनार गर्ने, इन्जिनियर दिवस मनाउने र काठमांडौमा समेत निश्चित वर्गका इन्जिनियरहरु भन्दा बाहिर जान नसकेको भन्ने स्पष्ट धारणा काठमांडौ बाहिरका इन्जिनियरहरुमा देखियो ।

(४) इन्जिनियरहरुको खस्कँदो मनोवल ः हामीले भ्रमणको क्रममा सरकारी क्षेत्र, निजी क्षेत्र , शैक्षिक क्षेत्र ,यूवा इन्जिनियर र विभिन्न उद्यम गर्दै गरेका इन्जिनियरहरु भेट्यौं । समग्रमा अहिले देश भित्र अधिकांश इन्जिनियरहरुको मनोवल खस्केको हामीले पाएका छौं । विभिन्न जिल्लाहरुमा इन्जिनियरहरु माथि दुव्र्यवहार गरिएको छ । कालोमोसो दल्ने र विभिन्न राजनीतिक दलहरुको नाममा इन्जिनियरहरुलाई चन्दादाताको रुपमा मात्रै लिने जस्ता कुराहरु बढ्दै गएको देखियो ।

(५) सभा सेमिनार भन्दा पनि क्षमता अभिवृद्धि गर्ने खालका तालिम÷कार्यक्रममा इन्जिनियरहरुको चासो ः  हालका कार्यक्रमहरु प्रायजसो सामान्य भेटघाटको लागि तयार गरिएका कार्यक्रमहरु भएका र आम इन्जिनियरहरुको चासो विशेष गरी विभिन्न इन्जिनियरिङ तालिमहरुमा रहेको पाईयो । तालिमहरु केन्द्रमा मात्र नभएर स्थानीय स्तरमा समेत गर्नुपर्ने कुरामा जोडदार आवाज इन्जिनियरहरुको उठेको पाईयो ।

(६) यूवा इन्जिनियरहरुको व्यापक असन्तुष्टी ः हाल हजारौं यूवाहरु वेरोजगारीको चपेटामा परेको देखियो । यसबाहेक पनि बजारमा प्रयाप्त रोजगारीका अवसरहरु उपलब्ध नहुँदा एकातिर कामै नपाउने समस्या रहेको देखियो भने अर्कोतर्फ न्यून तलबमा काम गर्नुपरेको गुनासाहरु उल्लेख्य रुपमा उठेको देखियो ।

(७) इन्जिनियरिङ शिक्षाको खस्कँदो गुणस्तर प्रतिको चिन्ता ः इन्जिनियरिङ शिक्षाको गुणस्तर व्यापक रुपमा खस्केको र गुणस्तरीय शिक्षाको लागि नीतिगत रुपमा व्यापक सुधार गर्नुपर्ने अबस्था रहेको सुझावहरु प्राप्त भए ।

(८) नेपाल इन्जिनियरिङ परिषदको भूमिका प्रतिको असन्तुष्टी ः नेपाल इन्जिनिरिङ परिषदले आफ्नो जिम्मेवारी अनुसार भूमिका खेल्न सकेको छ वा छैन भन्ने सन्दर्भमा प्रशस्त प्रश्नहरु उठेको अवस्था देखियो ।

(९) नेइए राजनीतिक अखडाको रुपमा उपयोग गरिएको आरोप ः नेपाल इन्जिनियर्स एशोसियसनलाई आम इन्जिनियरहरुको संस्था भन्दा पनि नीहित व्यक्ति वा समूहहरुले आफ्नो स्वार्थ पूर्ति गर्ने थलोको रुपमा उपयोग गरेको भन्ने व्यापक रुपमा गुनासो रहेको पाईयो ।

(१०) संविधान निर्माण एवं विकास निर्माणका मुद्धाहरुमा कमजोर भूमिका ः संधिवान निर्माण तथा विकास निर्माणका मुद्धाहरुमा नेईएले संस्थागत रुपमा सशक्त आवाज उठाउन नसकेको गुनासो आम इन्जिनियरहरुको बीचमा भएको पाईयो ।
त्यसैले यस्तो चुनौतीपूर्ण घडीमा प्रगतिशील तथा पेशागत इन्जिनियर समूहले आम इन्जिनियरहरुको मात्रै हैन आम नेपाली जनताको अनुहारमा व्यापक रुपमा भौतिक पूर्वाधारहरुको विकासको लागि काम गरेर निम्नानुसारको दीर्घकालीन लक्ष्यका साथ जनतासँग स्पष्ट रुपमा जोडिने मार्गचित्रका साथ आम इन्जिनियर पंक्ति समक्ष प्रस्तुत भएको छ ।

(१) नेपाल इन्जिनियर्स एशोसियसनलाई देश तथा विदेशमा रहेका आम इन्जिनियरहरुको पूर्ण समावेशी, निष्पक्ष, पारदर्शी र सशक्त संरक्षक संस्थाको रुपका विकास गर्ने ।

(२) देशका ऐन, नीति र कानूनहरुमा इन्जिनियर (देशको लागि सँधै काम गर्ने बर्ग) हरुलाई शोषण गर्ने गरी बनाईएका कानूनहरुलाई हस्तक्षेपकारी भूमिका निर्वाह गरेरै भएपनि व्यापक रुपमा आम इन्जिनियरहरुको सहभागितामा नीतिगत परिवर्तनको अभियान शुरु गर्ने ।

(३) आम इन्जिनियरहरुको मनोबल उच्च बनाउँदै, क्षमता, योग्यता र दक्षताको अभिबृद्धि गर्दै विकास निर्माणका हरेक अभियानहरुको नेतृत्व र अभियन्ताको रुपमा आम इन्जिनियरहरुको भूमिका सशक्त पार्ने ।

(४) एकतावद्ध र सशक्त भूमिकाका साथ आम इन्जिनियरहरुकै नेतृत्वमा देशभित्र नै दूरगामी महत्वका भौतिक पूर्वाधारहरु विकासको नेतृत्व गर्ने र अन्र्तराष्ट्रिय स्तरमा समेत विकास निर्माणको क्षेत्रमा काम गर्ने क्षमता विकास गर्ने ।

(५) विकास निर्माणकै जगमा आर्थिक समृद्धि हाँसिल गर्दै आम नेपाली जनताहरुको अनुहारमा सदावहार खुशीयाली छाउने स्थितिको नेतृत्व गर्ने ।

–    अब हामी इन्जिनियरहरुले नेईएमा मात्रै नभएर नेपाली समाजको आर्थिक समृद्धिको महान अभियानको नेतृत्व गर्दै आम जनताको अनुहारमा सदावहार चमक ल्याउन सक्ने अभियानमा जुट्नुपर्छ ।  आउनुस हातेमालो गरौं, हामी सबैले जित्ने चुनावमा सामेल बनौं, परिवर्तन संभव छ, हामीले हिम्मत मात्रै गरौं, हामीले प्रतिवद्धता मात्रै गरौं र परिवर्तनको लागि तयार बनौं र आफ्नो एवं आफ्ना सन्ततिहरुको भविष्य देशभित्र नै सुनिश्चित गरौं । परिवर्तन संभव छ, एकतावद्ध इन्जिनियर, शीप/क्षमता/र दक्ष इन्जिनियर, जनताको सेवामा सदैव लागिरहने इन्जिनियरहरु जब एकतावद्ध भएर अघि बढ्नेछन्, देशको आर्थिक सामाजिक रुपान्तरणको नयाँ अध्याय यहीबाट शुरु हुनेछ ।

–    त्यसैले यही मिति २०७३ साल भदौ ३१ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एशोसियसन् एवं नेपाल इन्जिनियरिङ परिषदको निर्वाचनमा डा. सुमित्रा अमात्यको नेतृत्व, तत्कालीन लोकप्रिय सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीका सुपुत्र प्रा. डा. प्रकाश चन्द्र अधिकारी जस्ता ईमान्दार न्यायमूर्ति र आफ्नो क्षेत्रमा क्षमता र दक्षताको आधारमा परिवर्तनका आवाजहरुको नेतृत्व गर्दै आम इन्जिनियरहरुको माझमा स्थापित भईसकेका इन्जिनियरहरु रहेको प्रगतिशील तथा पेशागत इन्जिनियर समूहलाई मतदान गरी परिवर्तनलाई संस्थागत गर्न आम इन्जिनियरहरुको पूर्ण सहयोग रहनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

(लेखक ई.आर्किटेक्ट डा. सुमित्रा अमात्यले नेतृत्व गर्नुभएको प्रगतिशील तथा पेशागत इन्जिनियर समूहको तर्फबाट उपमहासचिव पदका उम्मेदवार हुन् )
इमेल/फेसबुक ः khimanandakandel@yahoo.com

आईसीसीको टोली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं,भदौ १९ । नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि नेपाल आएको आइसीसीका कार्यकारी प्रमुख डेभिड रिचर्डसन सहितको टोलीले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहितको टोली सहभागी रहेको थियो ।

भेटमा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव विष्ट पनि सहभागी थिए । नेपाली क्रिकेटका सरोकारबालासँग छलफल गर्न रिचार्डसनको नेतृत्वमा तीन सदस्यीय टोली नेपाल भ्रमणमा छ । टोलीले नेपाली क्रिकेटका सरोकारवाला निकायसँग छलफल गर्ने र यसको ठोस निर्णय भने आईसीसीको बोर्ड बैठकबाट गर्नेछ ।

प्रतिपक्ष सहमत नभएपनि संविधान संशोधन दर्ता गर्ने सरकारको योजना

काठमाडौं,भदौ १९ । सरकारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य अघि बढाएको छ । दलीइ सहमति नजुटेपनि संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा लैजाने तयारी सरकारले गरेको हो । प्रमुख प्रतिपक्ष एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग सरकारले अहिलेसम्म संविधान संशोधनको विषयमा छलफल गरिसकेको छैन ।

एमाले अध्यष केपी ओली विदेशमा रहेको कारण छलफल नगरको सरकारको भनाइ छ । संविधान संशोधन विधेयक निर्माण र सहमतिका लागि दलीय छलफल एकसाथ अघि बढाउने गृहकार्य सरकररले थालेको आजको राजधानी दैनिकमा समाचार छ । प्रधानमन्त्री काराजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने प्धानमन्त्री दाहालको भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन प्रमुख तीन दलबीच छलफल चलिरहेको दाबी गरे ।

काँग्रेसमा देउवालाई आफ्नै समूहभित्र सन्तुलन मिलाउन हम्मेहम्मे

काठमाडौं,भदौ १९ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने बताएका छन्। आकांक्षीहरूको व्यवस्थापन कठिनाइले देउवाले पदाधिकारी मनोनयनमा ढिलाइ गर्दै आएका थिए।पार्टीको प्रभावकारी भूमिकामा रहनुपर्ने उपसभापति नहुँदा उनले आफू विदेश गएका बेलामा कार्यवाहकसमेत दिन नपाएको खबर आजको कान्तिपुरमा छापिएको छ। पार्टीको विधानअनुसार विदेश जाँदा उपसभापतिलाई कार्यवाहक दिने प्रावधान छ । उपसभापति पार्टीको राष्ट्रिय नीति तथा प्रशिक्षण विभागको प्रमुखसमेत रहने व्यवस्था छ।

‘पार्टीका नेताहरूबीच सरसल्लाह गरी पदाधिकारी छिट्टै मनोनयन गर्छु,’ सिंगापुरमा स्वास्थ्य उपचार गराएर शनिबार फर्केका देउवाले विमानस्थलमा भने । यसअघि पनि उनले सरकारलाई पूर्णता दिएपछि पदाधिकारी मनोनयन गर्ने बताउँदै आएका थिए । विधानअनुसार सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित २१ सदस्य मनोनयन गर्नुपर्नेछ । तीमध्ये मनोनयन भएका पदाधिकारी केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यबाट अनुमोदन हुनुपर्ने विधानको व्यवस्था छ । यही प्रावधानका कारण उनलाई आफ्नै समूहभित्र सन्तुलन मिलाउन कठिनाइ भएको हो ।

उपसभापतिमा पार्टीभित्र छुट्टै समूहको नेतृत्व गरेका नेता खुमबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको मुख्य दाबी छ ।  निधिलाई पार्टीका तर्फबाट सरकारको नेतृत्व गराएर पठाएका कारण खड्काले आफूलाई उपसभापति दिनुपर्ने दबाब दिँदै आएका छन् । तर, निधि उपप्रधान तथा गृहमन्त्री पाए पनि आफू नै उपसभापति हुनुपर्ने अडानमा छन् । एउटा मात्रै भूमिकामा बस्नुपर्ने तर्कको खण्डन गर्दै निधिले विगतमा पनि पदाधिकारीहरू नै सरकारमा जाने गरेको नजिर प्रस्तुत गर्ने गरेका छन् । आफूनिकट नेताहरू र सभापति देउवासँग समेत उनले यही अडान राख्दै आएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web