काठमाडौं,भदौ १९ । नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि नेपाल आएको आइसीसीका कार्यकारी प्रमुख डेभिड रिचर्डसन सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहितको टोली सहभागी रहेको थियो ।

भेटमा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव विष्ट पनि सहभागी थिए । नेपाली क्रिकेटका सरोकारबालासँग छलफल गर्न रिचार्डसनको नेतृत्वमा तीन सदस्यीय टोली नेपाल भ्रमणमा छ । टोलीले नेपाली क्रिकेटका सरोकारवाला निकायसँग छलफल गर्ने र यसको ठोस निर्णय भने आईसीसीको बोर्ड बैठकबाट गर्नेछ ।

27.12¡ÆC