पोखरा, भदौ १९ । न्यु डायमन्ड एकेडेमीले लगातार चौथो पटक लामाचौरमा भएको राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । आइतबार डायमन्डले विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन । यसैगरी डायमन्डकी कप्तान ललिता नाथले ८ स्कोर गरिन । पनमिका राईले ७ स्कोर गरिन ।

आइतबार पोखरा लामाचौरमा भएको खेलमा डायमन्डी सेटर कृपा अधिकारी, लिबेरो सलिना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेको थिए । समिक्षा घिमिरेले डिफेन्समा उत्कृष्ट बचाउ गरिन । सबिता लोले सर्भिसबाट ३ अंक लिदै एपिएफका खेलाडीलाई निराश बनाएकी थिइन ।

यसैगरी एपिएफले भने पुन एक पटक लामाचौरमा खराब प्रदर्शनलाई निरन्तरता दियो । एपिएफ यसप्रतियोगितमा मुख्य स्पाइकर सरस्वती चौधरी बिना खेलिरहेको छ । एपिएफकी

रेश्मा भण्डारीले १२ स्कोर, नेविका चौधरीले १२ र उषा विष्ट ५ स्कोर गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन ।

न्यु डायमन्डका प्रशिक्षक कुमार राईले टोलीले आफनो पुरानो साखलाई पुन फर्काएको बताए । उनले भने, एपिएफसँग हामी धेरै जसो प्रतियोगितामा हार्ने गरेको छौं । तर लामाचौरमा हामी सधै एपिएफलाई पराजित गछौं । पुन एक पटक त्यो नतिजा दोहोरिदा खेलाडीको मनोबल बढेको छ । खुसी छौं । यही लयलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।

यसैगरी कप्तान ललिता नाथले टिमले आफनो स्वभाविक खेल खेलेपछि घरेलु भलिबलमा नम्बर एक हुन समस्या नहुने बताइन ।

उनले भनिन, सबैले आज उत्कृष्ट खेले । यसले हाम्रो मनोबल बढेको छ । एनभिए कपमा राम्रो नतिजा निकाल्न सहयोग गर्नेछ । बिधागत उत्कृष्टमा पनि न्यु डायमण्डनै हाबी भयो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडिको उपाधि प्रतिभा मालीले जितिन् । यसैगरी उत्कृष्ट क्विकर डायमन्डकी ललिता नाथ, उत्कृष्ट सेटर कृपा अधिकारी, उत्कृष्ट डिफेन्स सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक कुमार राई चुनिय ।

एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर बन्दा आर्मीकी मनिषा खाँड उत्कृष्ट ब्लकर चुनिइन । पश्चिमाञ्चलको टप्स स्कुलकी अरुणा शाही उत्कृष्ट सर्भरबाट सम्मानित भइन ।

यसैैगरी घरेलु टोेली पश्चिमाञ्चलको टप्स स्कुलले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । टप्सले आर्मीलाई २५–१६, २५–१२, २५–१५ ले हरायो । टप्सको जितमा स्पाइकर अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरिन ।

प्रतियोगिताको विजेता डायमन्डले ७५ हजार, एपिएफले ५० हजार र टप्सले २० हजार रुपैया पायो ।

विजेतालाई आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीले, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द, आयोजक संस्थाकी सचिव लक्ष्मी क्षेत्री पाण्डे लगायतले पुरस्कृत गरे ।

काठमाडौं, भदौ १९ । ज्ञाननिकेतनले प्रथम माफ अन्तरविद्यालय सिनियर छात्रा बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । शंखमूलस्थित घरेलु कोर्टमा ज्ञानिकेतनले सम्भावीलाई २२–१२ ले पराजित ग¥यो । ज्ञाननिकेतनको जितमा डेजी कार्कीले १८ अंक योगदान गरिन् ।

ज्ञाननिकेतनले पहिलो क्वाटरमा १०–० र दोश्रोमा ४–२ अंक जोड्यो । ज्ञाननिकेतनले तेश्रोमा ८–३ र चौथोमा ०–७ को प्रदर्शन ग¥यो । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा ल्यान्डमार्कले कन्टिनेन्टललाई १३–५ ले हरायो । ल्यान्डमार्ककी अस्मिता कार्कीले १० अंक जोडिन् ।

प्रतियोगिताको आयोजक माफका प्रमुख सल्लाहकार एवं ज्ञाननिकेतनका प्रिन्सिपल शेरबहादुर कुँवर र माफका सचिव राजन आचार्यले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । बिहीबारसम्म चल्ने प्रतियोगतामा १२ टिम सहभागी छन् ।

१९ भदौ, चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा पहिरो खस्दा विहानैदेखि सडक अवरुद्ध भएको छ । बिहान ६ः३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेका २ घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय गोरे गुरुङ र कमल गुरुङको घरमा समेत पहिरोले सामान्य क्षति पुगेको छ । पहिरो पन्छाउने काम सुरु भइसकेको छ ।सडक बन्द भएपछि दुवैतर्फ सबारीसाधनको लाम लागेकोे छ ।

पहिरोका कारण मुस्ताङको यातायात ठप्प

हिमालपारीको जिल्ला मुस्ताङको सडक सञ्जाल अवरुद्ध भएको छ । राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–घाँसा सडकमा दुई दिनदेखि यातायात अबरुद्ध बनेपछि मुस्ताङको जनजीवन प्रभावित भएको हो । बर्षाको कारण ठाउँठाउँमा खसेको पहिरोले दुई दिनदेखि यातायात अबरुद्ध बनेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविन्द्र तिवारीले जानकारी दिनुभयो ।

म्याग्दीको बैसरी, बेगखोला, दानाको गुँइठे लगायतका ठाउँमा गएको पहिरोको कारण सवारी साधन सञ्चालनमा आउन नसकेको तिवारीले बताउनुभयो । म्याग्दीको बेगखोला – ६ बिहीबार राती आएको बाढीले सडक र बेलीब्रिज बगाएपछि त्यहाँ पुनँ नयाँ ट्याक निर्माण गर्नुपर्ने भएको छ ।

कालिगण्डकी नदी किनारमा रहेको बेगखोला बस्तीका ११ घर नै पुरिने गरि आएको बाढीले कालिगण्डकी नदी थुनिएर बनेको तलाउले त्यहाँको पुरानो सडक पुरै पुरिएकाले पानीको सतह नघटेसम्म सडक मर्मत गर्न सम्भव नरहेको म्याग्दी जीप तथा वस व्यवसाय समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिनुभयो ।

बेगखोलामा करिब एक किलोमिटर सडक बाढीले क्षत्ती गरेको छ । सडकमा सवारी सञ्चालनम आउन नसकेपछि म्याग्दीको बेगखोला, हिस्तान, राम्चे, दोवा, शिख, घार, भुरुङ तातोपानी, नारच्याङ र दाना गाविसका साथै मुस्ताङ जिल्लासंग सिधा सडक सम्बन्ध बिच्छेद भएको छ ।

सवारी सञ्चालनमा नआउँदा स्थानीय बासिन्दाका साथै मुस्ताङ जानेआउने पर्यटक र तिर्थयात्री समस्यामा परेका छन् ।कतिपय पर्यटक र तिर्थयात्रीहरु तातोपानी लगायतकै ठाउँमा रोकिएर बस्नुपर्ने बाध्यता आएको छ । त्यसैगरि मुस्ताङको स्याउ बजारीकरणको लागि ढुवानीमा समेत समस्या देखिएको छ ।

१९ भदौ, एजेन्सी ।
अन्तराष्ट्रिय खेलमा अर्जेन्टिनाका फुटबल हस्ती लिओनल मेस्सी सन्यासबाट फर्किए लगत्तै को पहिलो खेलमा घाईते भएर विश्व कप छनोट अन्तर्गत अब भनेजुयलासंग हुने खेल नखेल्ने भएका छन् ।

बिहिबार राती उरुग्वे बिरुद्धको खेलमा एक मात्र निर्णायक गोल गरेका मेस्सीले आफ्नो खुट्टाको काप अतिनै दुखेको बताएका थिए ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना अहिलो १४ अङ्कका साथ विश्व कप छनोटको शिर्ष स्थानमा रहेको छ ।

१९ भदौ, काठमाडौं ।
यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा ५६.९५ अंकले बढेर अन्तिम दिन १८०५.१८ अंकमा पुगेको छ । परिसूचकका साथै यो साताको शेयर बजारको कारोवार रकम पनि गत साताको भन्दा १०१.०४ प्रतिशतले बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ३३ हजार ९सय ३२ कारोबारहर बाट छ अर्ब ९१ करोड ४१ लाख ३३ हजार रुपैयाँ बराबरका ९७ लाख १५ हजार सात सय ८० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो समूहगत परिसूचकतर्फ बाणिज्य बैक, विकास बैक, वित्त, बिमा, उत्पादनमूलकर अन्य समूहको कारोवारमा सुधार भएको छ भने होटल र जलविद्युत समहको परिसूचक मात्र घटेको छ ।

यो साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक लि।, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र कारोबार संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि। अग्रस्थानमा रहेको छ ।

१९ भदौ, रसुवा ।
कठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु भएको छ ।

काठमाडौँ–केरुङ डिलक्स बस सेवा नामाकरण गरिएको नयाँ बससेवा अन्तर्गत रसुवाको स्याफ्रु, चिलिमेको थाम्पुचेत र कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एक/एकवटा बस छुट्ने समितिका अध्यक्ष किरणकुमर रिजालले बताउनुभयो ।

पहिलो चरणअन्तर्गत दैनिक १४ वटा डिलक्स बस रसुवाको थाम्पुचेत र नुवाकोटको विभिन्न भूभागमा सञ्चालन केरुङसम्म आउजाउ गर्ने र यात्रुको चापलाई ध्यान दिँदै आगामी दिनमा क्रमसः बस थपिदै लैजाने योजना रहेको छ ।

रसुवागढी केरुङ नाका र यहाँ सञ्चालित विभिन्न आयोजनामा मानव चाप वृद्धि हुँदै गएका बेला थप बस सेवा सञ्चालनले यात्रामा सुविधा पुगेको समितिले जनाएको छ ।

समितिका अनुसार यहाँ सञ्चालित डिलक्स बसमा सिट क्षमताभन्दा बढी यात्रु राखिने छैन ।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई अर्पण गर्ने निर्णय गरेको छ ।

स्मरणीय छ, प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कारबाट सम्मान गर्दै आएको छ ।

गत वर्ष प्रतिष्ठानले पुरस्कारको लागि आवेदन दिनुपर्ने व्यवस्था खारेज गरी प्रकाशित कृतिहरू प्रतिष्ठान स्वयंले बजारबाट खरिद गर्ने र पुरस्कारको अन्तिम घोषणा हुनुअघि पाँच उत्कृष्ट कृतिको मनोनयन गरी सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोबमोजिम मिति २०७३/४/११ गतेको विज्ञप्तिमा रामलाल जोशीको कथासंग्रह ऐना, निलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र-आख्यान वीरगञ्ज: मेरो शहरको कथा र भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज पाँच कृतिको सूचि सार्वजनिक गरिएको सर्वविदितै छ ।

यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज चीरहरण उपन्यासलाई यो वर्षको पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने निर्णय भएको व्यहोरा अनुरोध गर्दछौं ।

पुरस्कारबापत सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद अर्पण गरिनेछ ।

त्यसै गरी वि. सं. २०७२ को पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई अर्पण गर्ने निर्णय भएको व्यहोरा पनि अनुरोध गर्दछौं । श्री काइँलाले पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बु साहित्यको श्रीवृद्धिको लागि कलम चलाउँदै आउनुभएको छ ।

नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा पनि उहाँको सक्रिय योदगान रहँदै आएको छ । उहाँसहितको नेतृत्वले सुरु गरेको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराएको थियो ।

उहाँका यिनै अविच्छिन्न योगदानको कदर र सम्मान गर्दै प्रतिष्ठानले यो वर्षको साधना सम्मान उहाँलाई अर्पण गर्ने निर्णय गरेको हो । यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र कलाकारद्वय मदनकृष्ण श्रष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई अर्पण गरिसकिएको छ ।

सम्मानबापत अभिनन्दनसहित सम्मानपत्र र दुई लाख रुपैँया नगद अर्पण गरिनेछ ।

पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिनमा अर्पण गरिनेछ ।

१९ भदौ, कपिलवस्तु ।
कपिलबस्तुमा दुइदिनअघि अपहरणमा परेका १० बर्षे बालक अजय मल्लाहलाई प्रहरीले गएराती सकुशल उद्धार गरेको छ ।

कपिलबस्तुको धकौलीका बालक मल्लाहलाई गएराती रुपन्देहीको बनगाई ९ सिसोहनीयाबाट अपहरणमुक्त गराएको डिएसपी प्रल्हाद अधिकारी जानकारी दिनुभयो ।

अपहरणमासंलग्न भएको अभियोगमा २ जना पक्राउ परेका छन् । अपहरणमुक्त बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।