नारायणगढ मुग्लिन सडकखण्डमा फेरी पहिरो, मुस्ताङमा तिर्थयात्री देखी स्याउको बिजोग

भदौ १९, २०७३ मा प्रकाशित
Published at 2016-09-04

1172 views

१९ भदौ, चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा पहिरो खस्दा  विहानैदेखि सडक अवरुद्ध भएको छ ।  बिहान ६ः३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेका २ घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय गोरे गुरुङ र कमल गुरुङको घरमा समेत पहिरोले सामान्य क्षति पुगेको छ । पहिरो पन्छाउने काम सुरु भइसकेको छ ।सडक बन्द भएपछि दुवैतर्फ सबारीसाधनको लाम लागेकोे छ ।

पहिरोका कारण मुस्ताङको यातायात ठप्प

हिमालपारीको जिल्ला मुस्ताङको सडक सञ्जाल अवरुद्ध भएको छ । राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–घाँसा सडकमा दुई दिनदेखि यातायात अबरुद्ध बनेपछि मुस्ताङको जनजीवन प्रभावित भएको हो । बर्षाको कारण ठाउँठाउँमा खसेको पहिरोले दुई दिनदेखि यातायात अबरुद्ध बनेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविन्द्र तिवारीले जानकारी दिनुभयो ।

म्याग्दीको बैसरी, बेगखोला, दानाको गुँइठे लगायतका ठाउँमा गएको पहिरोको कारण सवारी साधन सञ्चालनमा आउन नसकेको तिवारीले बताउनुभयो । म्याग्दीको बेगखोला – ६ बिहीबार राती आएको बाढीले सडक र बेलीब्रिज बगाएपछि त्यहाँ पुनँ नयाँ ट्याक निर्माण गर्नुपर्ने भएको छ ।

कालिगण्डकी नदी किनारमा रहेको बेगखोला बस्तीका ११ घर नै पुरिने गरि आएको बाढीले कालिगण्डकी नदी थुनिएर बनेको तलाउले त्यहाँको पुरानो सडक पुरै पुरिएकाले पानीको सतह नघटेसम्म सडक मर्मत गर्न सम्भव नरहेको म्याग्दी जीप तथा वस व्यवसाय समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिनुभयो ।

बेगखोलामा करिब एक किलोमिटर सडक बाढीले क्षत्ती गरेको छ । सडकमा सवारी सञ्चालनम आउन नसकेपछि म्याग्दीको बेगखोला, हिस्तान, राम्चे, दोवा, शिख, घार, भुरुङ तातोपानी, नारच्याङ र दाना गाविसका साथै मुस्ताङ जिल्लासंग सिधा सडक सम्बन्ध बिच्छेद भएको छ ।

सवारी सञ्चालनमा नआउँदा स्थानीय बासिन्दाका साथै मुस्ताङ जानेआउने पर्यटक र तिर्थयात्री समस्यामा परेका छन् ।कतिपय पर्यटक र तिर्थयात्रीहरु तातोपानी लगायतकै ठाउँमा रोकिएर बस्नुपर्ने बाध्यता आएको छ । त्यसैगरि मुस्ताङको स्याउ बजारीकरणको लागि ढुवानीमा समेत समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.