२० भदौ, धनगढी ।
कैलाली स्थित जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी भएपछि अस्थायी टहरा बनाएर कैदीहरुको ब्यवस्थापन गरिएको छ ।

सदरमुकाम धनगढीमा रहेको जिल्ला कारागारमा कैदीहरुको संख्या निकै बढी भएपछि कोठा अभावमा टहरा बनाएर कैदीलाई बसोवासको ब्यवस्था गरिएको हो ।

कारागार भवनमा कैदीलाई राख्न ठाउ अभाव भएपछि कारगार भित्रै टहरा निर्माण गरि कैदीहरुको ब्यवस्थापन गरिएको कारागारका प्रमुख पुस्कर खड्काले बताउनुभयो ।

१ सय २५ जना क्षमता रहेको कारागारमा हाल ४ सय १३ जना कैदी रहेका छन् । ५ वटा ब्लक रहेको कारागारमा कैदीहरु धेरै भएपछि खानेपानी, शौचालयको समेत समस्या देखिएको छ

कैदीको संख्या धेरै भइ बसोवासमा परको समस्याबारे माथील्लो निकाएमा जानकारी गराइसकिएको जिल्ला कारागारले जनाएको छ ।

७५ बर्ष अघि निर्माण गरिएको कारगार भवन समेत जिर्ण भन्दै गएको र त्यसमाथी कैदीको संख्या क्षमता भन्दा धेरै भएकाले सुरक्षा चुनौतीको आकलन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कारागार भवन बाहिर ठुलो पर्खाल रहेकाले कारगारमा सुरक्षा चुनौती नरहेको बताउनुभयो ।

द्धन्द्धकालमा यो कारागारमा आक्रमण गरिएको थियो ।

The Ministry of Information and Communications has formed a direction committee and subcommittees to monitor the implementation status of the Working Journalists' Act and the minimum wage to journalists.

Ministry Spokesperson Ram Chandra Dhakal, said the committee would be coordinated by Chairman of the Minimum Wage Determination Committee with the members -FNJ chairman, Ministry's Joint Secretary, Director General at Department of Information, Chairman of Media Society Nepal, Chairman of Broadcasting Association of Nepal, and Chairman of Association of Community Radio Broadcasters.

COMMUNICATION MINISTER

Minister for Information and Communications Surendra Kumar Karki has said the State-run media houses needs to be strengthened for competition and professionalism.

During a meeting with Radio Nepal, Nepal Television, RSS and Nepal Telecom yesterday, Minister Karki said "People would be practically benefitted if the government media are made more competititve.

He directed the organizations' representatives to come up with concrete work plans.
Minister Karki further said he is ready to extend any support from the Ministry for the dissemination of reliable and positive news and information to the public.

The Minister was briefed by the organization people on the situation of their respective media.

President Bidya Devi Bhandari visited the Pashupatinath Temple and worshipped Lord Pashupatinath on the occasion of the Haritalika Teej yesterday.

The President was welcomed at the temple by the members of the board of directors of Pashupati Area Development Trust (PADT), while the women devotees waved hand welcoming the President.

After the worship, President Bhandari received prasad from main priest- Ganesh Bhatt.

Earlier, on the same occasion, Chief Justice worshipped Pashupatinath and received prasad.

२० भदौ, चितवन ।
नेपाल प्रेस चौतारी, चितवन लाई यहाँका युवा व्यवसायी केशब कार्कीले जग्गा दान दिनु भएको छ ।

नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको भवन निर्माण को लागि उहाँले भ.उ.न.पा. ११ अबस्थित बसेनीको आफ्नो जग्गा प्रदान गर्नुभएको हो ।

प्रेस चौतारीले आज भरतपुरमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै कार्कीले , समाजसेवा मेरो लागि सामाजिक उत्तरदायित्व र कर्तव्य भएकोले दान गरेको बताउनुभयो ।

जग्गाको क्षेत्रफल अहिले यकिन नगरेतापनि २० हात मोहडा सहित आवश्यक जग्गा हस्तान्तरण गरिने बताउनु भयो ।

साथै आजै प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल र केशब कार्की बीच संयुक्त रुपमा संम्झौता हस्ताक्षर गरिएको थियो ।

समाजसेवी कार्कीले एक हप्ता अगाडी मात्रै नेपाल प्रेस युनियन, चितवनलाई भवन निमाणार्थ नगद ५ लाख दिनु भएको थियो ।

चौतारीको बन्न लागेको आफ्नो यो भवन संभवत नेपालमै चौतारीको भवनमा पहिलो भएको दाबी अध्यक्ष नेपालको छ ।

२० भदौ, टोकियो ।
जापानको प्रतिष्ठित व्यवसायिक संस्था ग्लोबल सपनाले फुकुसिमा फुकम्प प्रभावितहरुको सेवामा सहयोग स्वरुप खाना बोक्ने कार सहयोग गरेको छ ।

भूकम्प पछि तंग्रिने क्रममा रहेको फुकुसीमा क्षेत्रमा भूकम्प प्रभावित तथा न्यूक्लियर प्लान्टको असरमा परेका स्थानियको लागि सहयोग गर्दै आएको स्थानिय गैर सरकारी संस्थालाई खाना बोक्ने प्रयोजनमा प्रयोग हुने कार सहयोग गरेको ग्लोवल सपनाका प्रमूख तथा युवा व्यवसायी भुवन अधिकारीले जानकारी दिनुभयो ।

'स्थानिय रुपमा काम गरिरहेको संस्थाको लागि खाना बोक्नको लागि एक बर्षको लागि नयाँ कार सहयोग गरिएको हो' जापानमा सफल युवा व्यवसायिको रुपमा परिचित अधिकारीले सहयोगबारे प्रष्ट पार्दै भन्नुभयो-'यो सहयोग सँधैको लागि नभएर अहिलेको लागि एक बर्षको लागि हो, थप आवश्यक परेमा अनुरोध आएपछि अवस्था हेरेर सहयोग गर्छौं ।'

स्मरणीय छ फुकुसीमा भूकम्प पछि जापानले दोस्रो विश्व युद्धपछिको सबैभन्दा दर्दनाक अवस्था व्यहोरेको थियो ।

सन् २०११ मा आएको ७.१ रेक्टर स्केलको उक्त शक्तिशालि भूकम्प र त्यसपछि आएको सुनामीका कारण १० हजार बढीको मृत्यु भएको थियो भने सयौं बेपत्ता छन् ।

काठमाडौं,भदौ २० ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप गरी तीन लाख रुपियाँ अनुदान दिइने बताएका छन्। प्रधानमन्त्रीले भूकम्पपीडितलाई तीन लाख अनुदान र दुई लाख रुपियाँ सहुलियत ऋण गरी पाँच लाख रुपियाँ दिइने पनि स्पष्ट पारेको खबर आजको गोरखापत्रमा छापिएको छ। सिन्धुपाल्चोकबाट आएका चार राजनीतिक दलका सांसदले बुझाएको सातबुँदे ज्ञापनपत्र बुझ्दै आइतबार प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन्। सिन्धुपाल्चोकका सभासद् नेकपा (एमाले)का अमृत बोहरा, नेकपा (माओवादी केन्द्र) का अग्निप्रसाद सापकोटा, नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशकुमार लामा संलग्न थिए।

प्रधानमन्त्रीले भूकम्पपीडितको छुट भएकाको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको र वास्तविक भूकम्पपीडितको नाम थपिने बताउनुभएको थियो । भेटमा सहभागी नेताका अनुसार प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई तत्काल एक लाख रुपियाँ थपेर तीन लाख रुपियाँ अनुदान दिइने र दुई लाख सहुलियत ऋण गरी पाँच लाख उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको जानकारी गराए। उनले भूकम्पपीडितलाई थप एक लाख रुपियाँ प्रदान गर्ने विषयमा छिट्टै निर्णय गरिने विश्वास पनि व्यक्त गरेका छन्।

भेटमा प्रधानमन्त्रीले जुरेको पहिरोदेखि नै पीडितलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक–पटक गएको स्मरण पनि गरे। प्रधानमन्त्रीले सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रूपमा सरकार लागिरहेको बताउनुभयो । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको जानकारी दिए।

भेटपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद मोहनबहादुर बस्नेतले दिएको जानकारी अनुसार प्रधानमन्त्री दाहालले छुट भएका भूकम्पपीडितको नाम थप्न प्रक्रिया सुरु भएको, थप एक लाख रुपियाँ प्रदान गर्न सरकारले गृहकार्य अगाडि बढाएको र नीतिगत निर्णय गर्न बाँकी छ।

नेता बस्नेतले अरनिको राजमार्ग र तातोपानी नाका सुचारु गर्न हामीले जोड दियौँ र प्रधानमन्त्रीज्यूले पनि यसलाई सकारात्मक रूपमा लिएको बताए। उनले चीन सरकारले दिने १५ अर्ब रुपियाँलाई सडक निर्माणमा खर्च गर्न, चिनियाँ नाका तत्काल खोल्न चीन सरकारसँग कूटनीतिक प्रयास गर्न पनि टोलीले सरकारको ध्यानाकर्षण गराएको छ ।

भूकम्पपछि तातोपानी नाका सञ्चालन हुन सकेको छैन । भेटमा चीन सरकारले सुरक्षा चासो देखाएको विषयमा पनि छलफल भएको थियो । सिन्धुपाल्चोकका सांसदले तातोपानी नाकाबाट चीनलाई कुनै सुरक्षा चुनौती नभएको विषयमा चीन सरकारलाई आश्वस्त पार्नुपर्नेमा जोड दिएका थिए।

कतिपय नेपालीका घरमा दलाई लामाको तस्बिर राखेको पाइएपछि चीनले शङ्का व्यक्त गरेको कुरा पनि भेटमा उठेपछि लामाको तस्बिर राजनीतिक उद्देश्यबाट नभई बुद्ध धर्मका अनुयायी भएका कारणले राखेको जानकारी सांसदले प्रधानमन्त्रीलाई गराएका थिए।

यसैगरी यातायात व्यवस्था विभागले रुट परमिटमा कारण यात्रुले निकै कठिनाइ भोग्नुपरेकाले रुट परमिटको व्यवस्थालाई तीन महिनाभित्र पूर्णरूपमा लागू गर्नेगरी अस्थायी रुट परमिटको व्यवस्था गर्न र सबै प्रकारका सिन्डिकेट प्रणाली खारेज गर्न सांसदले प्रधानमन्त्रीसँग माग गरे। सांसदले २०५२ देखि २०६२ सालसम्मको सशस्त्र सङ्घर्षका समयमा तत्कालीन माओवादीले बिजुलीको बिल नतिर्न भनेका कारण बाँकी रहेको बक्यौता मिनाह गर्न पनि माग गरेका थिए।

काठमाडौं,भदौ २० । सर्वोच्च अदालतले राजदूत सिफारिसको निर्णय फिर्ता लिने गरी सरकारले चालेको कदमको पक्षमा निर्णय दिएको छ। सर्वोच्चको यो निर्णयसँगै नयाँ राजदूत सिफारिस प्रक्रिया अघि बढाउन सरकारलाई सहज भएको खबर आजको अन्नपूर्णमा छापिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अघिल्लो सरकारद्वारा सिफारिस राजदूतको स्थानमा अर्को सिफारिस नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले खारेज गरिदिएको छ। सर्वोच्चले राजदूत सिफारिसको विषय राज्यको कार्यपालिकाको नीति र निर्देशनमा रही काम गर्नुपर्ने प्रकृतिको रहेको भन्दै यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो।

काठमाडौं,भदौ २० । विषयगत शिक्षकको अभाव रहेका तथा शिक्षकले पढाएको राम्रोसँग नबुझेका विद्यार्थीलाई अब काठमाडौंबाटै अनुभवी शिक्षकले पढाउने भएका छन्। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्यालयमा पढाउने तयारी गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

भूकम्प प्रभावित ११ जिल्लाका सय विद्यालयमा भर्चुअल लर्निङ गराउने तयारी भएको हो। शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार भूकम्प प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विद्यालयमा भर्चुअल लर्निङ सेस्टर स्थापना गरिएको छ।

केन्द्रका कार्यकारी निर्देशक गौतमले आगामी कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । भर्चुअल लर्निङमा कक्षा १० को गणित, विज्ञान र अंग्रेजी विषयलाई केन्द्रत गरेर कक्षा सञ्चालन हुादै छ। भर्चुअल स्टुडियोबाट शिक्षकले एक सय विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष पढाउनेछन्।

केन्द्रले विद्यालय सञ्चालन भएको दिन कसरी स्टुडियोबाट पाठ पढाउने भन्ने तालिकासमेत सञ्चालन गर्ने जनाएको छ। सयवटा विद्यालयमा प्रत्यक्ष सिक्नका लागि टेलिभिजन, प्रोजेक्टर, ल्यापटप, प्रिन्टर र सोलार ब्याकअपको व्यवस्था छ।

अहिले ९३ वटा विद्यालयमा भर्चुअल सिकाइ कक्षाका लागि उपकरणहरू जडानको काम भइरहेको निर्देशक गौतमले बताए।

भर्चुअल कक्षा सञ्चालन भइरहेका वेला आफूले नबुझेका कुराहरू विद्यार्थीले पढाइरहेका शिक्षकलाई सोध्न सक्ने व्यवस्थासमेत गरिएको छ।

लाइभ कक्षा सञ्चालन भइरहेका वेला विद्यालयको कक्षा कोठाबाट आइपी फोनमार्फत स्टुडियोमा फोन गरेर शिक्षकलाई प्रश्न गर्न सक्छन् । कसैले लाइभ कक्षामा सहभागी हुन नपाएमा त्यस्ता विद्यार्थीका लागि रेकर्डिङ गरेर हरेक विद्यालयमा पठाउने र यु ट्युबमा समेत राख्ने व्यवस्था गर्दै छ। एउटा कक्षामा ३० देखि ४० विद्यार्थी बसेर कार्यक्रम हेर्न र सुन्न सकिने व्यवस्था गरिएको छ।

भर्खरै निर्माण भएको भर्चुअल स्टुडियोबाट शिक्षामन्त्री धनीराम पौडेलले तीनवटा शैक्षिक तालिम केन्द्रका कर्मचारीहरूलाई निर्देशन दिए।

काभ्रे, धनुषा र तनहुँ गरी तीनवटा शैक्षिक तालिम केन्द्रमा समेत उपकरण जडान गरी ल्याब बनाइएको छ। शिक्षामन्त्री पौडेलले कर्मचारीहरूलाई केन्द्रमा बोलाएर सानोठिमीस्थित भर्चुअल स्टुडियोबाट शुक्रबार निर्देशन दिएका थिए।

उनल एकैचोटि तीन ठाउँका तालिम केन्द्रका तीन दर्जन कर्मचारीलाई तालिम निर्देशन दिए ।

काठमाडौं,भदौ २० । आगामी भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डले मन्त्री र सरकारी उच्च पदाधिकारीहरुसँग छलफल गरेका छन्, तर एजेन्डा टूंगो लगाउन बाँकी छ । प्रचण्डले भारत पुगेर छलफल गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग आइतबार ‘ब्रिफिङ’ लिएका खबर नयाँ पत्रिकासहित अधिकांश दैनिक पत्रिकामा छापिएको छ।

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए । मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई माथिल्लो कर्णाली, अरुण तेस्रोसहित भारतीय कम्पनीले निर्माण गर्ने जलविद्युत् आयोजनाको अवस्थाबारे सम्बद्ध मन्त्रालयका अधिकारीले ‘ब्रिफिङ’ गरेका थिए ।

उनीहरूले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यताबारे पूर्ववत् सहमति, प्रचण्ड अघिल्लो पटक प्रधानमन्त्री हुादा भारतले वचन दिएको नौमुरे जलविद्युत् योजना निर्माणबारेमा चर्चा गरेका थिए ।

प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बुँदा

· माथिल्लो कर्णाली, अरूण तेस्रोसहित जलविद्युत आयोजनको अवस्था, यसमा नेपालको धारणा स्पष्ट पार्ने

· प्रर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयन

· नौमुरे जलविद्युत योजना निर्माण वा यसको विकल्प खोज्ने प्रस्ताव

· पञ्चेश्वरको डिपिआरमा अन्तिम निर्णय

· दुई देशीय लाइन निर्माणको प्रगति

· हुलाकी सडक निर्माणको अवस्था

· भूकम्पपीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन, थप सहयोग

· सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधबाट सिर्जित समस्या समाधानका लागि संयुक्त टिम निर्माणसहितका विषय

· भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माण

काठमाडौं,भदौ २० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फास्ट ट्रयाक नेपाल आफैले बताउनु पर्ने बताएका छन् । उनले नेपाल आफैले फास्ट ट्रयाक बनाओस् भन्ने नचाहने तत्वहरु नेपाल भित्रै रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेसभित्रकै केही तत्व लागिपरेको आरोप समेत लगाए ।

‘भ्रष्टाचारमा लिप्त भएर देश डुबाउन कांग्रेसभित्रका केही मानिस लागी रहेको देखिन्छ ।’ उनले भने,’ असी, पचासी अर्बमा बन्ने योजनालाई एक खर्ब बाह्र अर्ब पुर्याएर दिन खोजियो ।’अन्नपूर्ण पोष्टमा प्रकाशित अन्तरवार्तामा नेता नेपालले भने ‘ उसको सर्त अनुसार त्यो ट्रयाकमा दस बाह्र हजार सवारी साधन नै चल्दैन । दश हजारको संख्यामा बाहन नचल्ने त्यसको क्षतिपूर्ति दिन्छु भनेर जुन सम्झौता गर्न खोजिएको छ, त्यो गलत छ ।’

उनले सुशील कोइरालाको नेतृत्व सरकारले जुन सर्तमा जुन कम्पनीलाई फास्ट ट्रयाक दिन खोज्यो त्यो पुरै देशको अहितमा रहेको बताए । नेता नेपालले भने,’ त्यसका देशलाई नै ध्वस्त पर्ने अकूत भ्ष्टाचार का योजना थिए । सुरुदेखि नै मैले त्यसको घोर विरोध गरे । हाम्रो पार्टीले पछि पनि त्यसको विरोध गर्यो । पछि केपी आनेलीजीले केही ढिला गरेर भए पनि सरकरारले नै त्यो बनाउने निर्णय गरे ।’

कांग्रेसका मन्त्रीहरुले भारतलाई फाष्ट ट्रयाक दिनपर्छ भने पनि अहिलेको प्रधानमन्त्रीले त्यसको नगर्ने नेता नेपालले बताए । उनले भने, ‘अहिलको प्रधानमन्त्री पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भनेकोले अलिकति आशा जगाएको छ ।’

काठमाडौं,भदौ २० । संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको हो । आइतबार मधेसी मोर्चासहित बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधनका लागि मस्यौदा कमिटी गठन गरेको छ । तर मोर्चामा आवद्ध चार दलले सो निर्णयलाई अस्वीकार गर्दै कमिटी आवश्यक नै नरहेको बताएका आजको राजधानी दैनिकमा समाचार छ ।

संघीय गठबन्धनले संविधान संशोधनका लागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको स्रयोजकत्वमा ११ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ । तर कमिटीका संयोजक रहेका कर्णले आफूलाई सोबारे कुनै जानकारी नभएको भन्दै अस्वीकार गरेका छन् । सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि मस्यौदा कमिटीको कुनै आवश्यकता नरहेको भन्दै अस्वीकार गरे । तराईमधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले ड्राफ्टिङ कमिटी गठनबारे आफ्नो दललाई जानकारी नभएको बताए ।

काठमाडौ,भदौ १९ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संबिधानका केही विषयमा देखिएको असन्तुष्टिहरुलाई संवोधन गर्दे संबिधानको पूर्ण कार्यान्वयन गर्नका लागि सहमति,सहकार्य र सह–अस्तित्वको संस्कार अपरीहार्य रहेको वताउनुभएको छ । हामी सवै नेपाली हौं र राष्ट्रको समस्या सबैको साझा समस्या हो भन्ने भावना जागृत भएमात्र परिवर्तनका उपलव्धिहरु संस्थागत हुने मन्त्री केसीको भनाई थियो ।

आईतवार ललितपुरको लगनखेलमा स्वतन्त्र प्रजातान्त्रिक युवा संघले आयोजना गरेको नेपाल भारत मैत्री बृहत तीज बिशेष कार्यक्रममा मन्त्री केसीले नेपाल र भारत वीच सदीयौं देखि आर्थिक,सामाजिक र सांस्कृतिक संवन्ध रहेको वताउँदै दुई देश वीचको मित्रतालाई अझ मजवुत वनाउन जनस्तरवाट समेत सार्थक पहल हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री केसीले संस्कार ,संस्कृती, परम्परा र मान्यताहरुले नेपाललाई साँस्कृतिक रुपमा सम्पन्न वनाएको वताउँदै परम्पराको निरन्तरतावाटै सह–अस्तित्व,शान्ति र भातृत्वको संवन्ध विकसित गर्न सकिने वताउनु भयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत रनजित रेले नेपाल र भारतको संवन्ध जनसंवन्धमा आधारित रहेको वताउँदै साँस्कृतिक समानताले दुई देशवीचको एकतालाई मजवुत वनाउँदै आएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अरविन्द ले नेपाल भारत वीचको संवन्ध सुदृढ वनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिउको जानकारी दिनुभएको थियो ।