काठमाडौँबाट चीन सिमा केरुङसम्म डिलक्स बस सेवा सुरु

भदौ १९, २०७३ मा प्रकाशित | 1084 views

१९ भदौ, रसुवा ।
कठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु भएको छ ।

काठमाडौँ–केरुङ डिलक्स बस सेवा नामाकरण गरिएको नयाँ बससेवा अन्तर्गत रसुवाको स्याफ्रु, चिलिमेको थाम्पुचेत र कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एक/एकवटा बस छुट्ने समितिका अध्यक्ष किरणकुमर रिजालले बताउनुभयो ।

पहिलो चरणअन्तर्गत दैनिक १४ वटा डिलक्स बस रसुवाको थाम्पुचेत र नुवाकोटको विभिन्न भूभागमा सञ्चालन केरुङसम्म आउजाउ गर्ने र यात्रुको चापलाई ध्यान दिँदै आगामी दिनमा क्रमसः बस थपिदै लैजाने योजना रहेको छ ।

रसुवागढी केरुङ नाका र यहाँ सञ्चालित विभिन्न आयोजनामा मानव चाप वृद्धि हुँदै गएका बेला थप बस सेवा सञ्चालनले यात्रामा सुविधा पुगेको समितिले जनाएको छ  ।

समितिका अनुसार यहाँ सञ्चालित डिलक्स बसमा सिट क्षमताभन्दा बढी यात्रु राखिने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web