१९ भदौ, बारा ।
बाराको धन्सार खोलामा आएको वाढीले बागाउदा शनिवार साझ वृद्ध दम्पतिको मृत्यु भएको छ ।

बाराको निजगढ नगरपालिका वडा नं. १ भरतगन्ज सिगौल निवासी ७१ वर्षिय सोमनाथ कुवंर र निजकी श्रीमती ६६ वर्षिया रमनी कुवरको खोलाले बगाउदा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीषक सुवास कुमार गैरेले बताउनु भयो ।

साझ घर नजिकैको जंगलमा दाउरा लिन गएका कुवंर दम्पितीलाइ दाउरा लिएर र्फकिने क्रममा खोलाले वगाएपछि वेपत्ता भएका निजहरुको झण्डै १ किलो मिटर तल खोला किनारमा मृत अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक गैरेले बताउनु भयो ।

त्यसैगरी म्याग्दीको देवीस्थानमा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ ।

म्याग्दीको देवीस्थान–५ घारथोकमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका स्थानीयवासी करिब ७० वर्षीय ओमप्रसाद भट्टचन मृत फेला परेका हुन् ।

गोठसहित पहिरोमा पुरिएका भट्टचनलाई तीन फिट तल पुरिएर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले भगबहादुर घर्ती र कलीमाया बुढाथोकीको घर बगाएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताउनुभयो ।

पहिरोमा पुरिएर दुईवटा गाई र एउटा गोरु मरेका छन् । इलाका प्रशासन कार्यालय दरवाङबाट घटनास्थल पुगेको प्रहरी टोलीले क्षतिको विवरण सङ्कलन गरेको छ ।

16.08¡ÆC