Decision on impeachment proposal through agreement: Dhakal

CPN (UML) Chief Whip, Bhanu Bhakta Dhakal, today spoke against doing politics on the constitution amendment and impeachment motion against Chief of Commission for Investigation of Abuse of Authority (CIAA) in a package.

Speaking briefly to journalists at the Biratnagar airport, leader Dhakal said the impeachment proposal against CIAA Chief, Lokman Singh Karki, and constitution amendment are different subjects and cannot be viewed from a single perspective.

Sama-Chakeva festival begins

Sama-Chakeva, the ten-days of festivity, has begun amongst the Maithali communities from today.

In the festival that celebrates brother-sister relationship, womenfolk submerge the clay idols of Sama-Chakeva in the pond or river or in the recently-ploughed land, preferably in the woods, on the eleventh day of full moon to mark the start of the festival.

Celebrated in various districts across Terai such as Mahottari, Sarlahi, Siraha, Dhanusha, Saptari and Parsa, the festival is also observed with verve in many bordering towns in India.

छठको लागि तराईमा पोखरी, नदी, ताल, जलासय बेहुली झै सजाईयो

२० कार्तिक, बीरगंज ।
तराइबासिको महान पर्व छठ पर्बका अवसरमा वीरगंज लगायत बारा, पर्सा, रौतहटमा रहेका नदि, ताल तथा पोखरी लगायत जलासयहरु बेहुलि झै सजाईएको छ । छठ पूजाका लागि मध्यतराईका जिल्लामा छठी घाटमा सरसफाई, सजावट र व्यवस्थापनका काम पुरा भएकोे छ ।

वीरगन्जको घडीअर्वा पोखरी, स्वीमीङ पुल परिसर, रानीघाट, छपकैया, नगवा, मुर्ली, पिपरा गरि दुई दर्जन स्थानमा छठघाट बनाइएको छ । यस्तै पर्साको ग्रामीण क्षेत्रका रामगढवा, पोखरीया, बहुअरी, भिस्वा, लंगडी, सेढवा, धोरे, अलौं, विन्दवासीनी लगायतका गाँउमा रहेका पोखरी, तलाउ र नदी छेउमा पनि छठघाटको सजावटको काम सम्पन्न भएको छ ।

यसैबीच सशस्त्र प्रहरी बलले आज बिहान घडीअर्वा पोखरी परिसरको सरसफाई गरेको छ । शसस्त्र प्रहरी नायव उपरिक्षक शुसिल पराजुली, शसस्त्र प्रहरी निरिक्षक हरी केशीको नेतृत्वतमा रहेको टोलीले पोखरी परिसर सरसफाई गरेको हो ।
यसैबीच वीरगंज १८ लक्ष्मणवामा छठपुजाको सम्पुर्ण तयारी पुरा भएको पुजा व्यवस्थापन समितीले जनाएको छ । आज पत्रकार सम्मेलन गरि छठ पुजाको लागि छठ घाटमा टेन्ट लगाउने, बति लगाउने, झालर राख्ने, श्रीसोता रंगरोगन लगायत सम्पुर्ण काम पुरा भएको समितीका संरक्षक गजेन्द्र पटेलले बताउनुभयो ।

यस्तै पर्वको अवसरमा वीरगन्जको नगवामा बृहत सरसफाई गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी लगायत स्थानियको सहयोगमा नगवा छठघाट वरपर सरसफाई गरिएको हो । नगवाको बाईपास स्थित मुल द्धार देखि बौद्धी माई पोखरी वरपर सम्म बृहत रुपमा सरफाई गरिएको हो । छठलाई भव्य बनाउन बाईपास चौकमा मुल द्धार निर्माण गरी पोखरीसम्म पण्डाल लगाई सजावतको काम तिव्र रुपमा भई रहेको छ । नगवा छठ घाट सजावट गर्नको लागि करिब ७ लाख भन्दा बढी रुपैया खर्च हुने गरेको छ ।

यसैगरी छठपर्वको अवसरमा इन्डो नेपाल चैम्बर अफ कर्मशले पर्साका दलित, विपन्न तथा एकल महिलाहरुलाई आज साडी बितरण गरेको छ । कर्मश अन्र्तगत संचालित कपडा बैंक रक्सौलको सहयोगमा सो १ हजार थान साडी बितरण गरिएको हो ।

यस्तै जन समुदायीक विकास केन्द्र भिखपुर र रुगटा वेलफेयर सोसाईटीले गरिव, दलितहरुलाई पुजा समाग्री वितरण गरेको छ ।

कारोबार दैनिकका पूर्व सम्पादक न्यौपानेको निधन

काठमाडौं,कात्तिक २० । कारोबार दैनिकका पूर्व सम्पादक एवं आर्थिक पत्रकार सञ्जय न्यौपानेको उपचारका क्रममा निधन भएको छ । स्नायुप्रणालीसम्बन्धी रोगका कारण झण्डै एक बर्षदेखि उपचार गराइरहेका न्यौपानेको ४४ वषृको उमेरमा शनिवार साँझ ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए । उनी २०७० असारदेखि २०७२ चैतसम्म कारोवार दैनिकमा सम्पादक थिए ।

न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए ।  ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणालीसम्बन्धी रोग लागेपछि उनी बिगत एक बर्षदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका थिए । स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

कांग्रेसकी नेतृ सुजाता कोइरालालाई क्यान्सर

काठमाडौं,कात्तिक २० ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई क्यान्सर भएको प्रारम्भिक रिपोर्ट आएको छ ।  पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालालाई स्तन क्यान्सरको आंशका गरिएको छ । क्यान्सर भएको आशंकामा नमुना परिक्षणका लागि सिंगापुर पठाइएको उनका सहयोगीले जानकारी दिएका छन् ।

स्रोतका अनुसार केही समय अघि एसियाली राजनीतिक पार्टी ‘आइक्याप’ को अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेका बेला कोइरालाले मलेसियामा भर्खरै खुलेको एक नयाँ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराएकी थिइन् ।

मलेसियाबाट नेपाल फर्केपछि उनी घरमै आराम गरिरहेकी छिन् ।  मलेसियामा रहदै अस्वस्थ भएकी उनी हाल घरमै आराम गर्नुको साथै परिवरका सदस्य र सहयोगी बाहेक अन्य कोहीसँग पनि भेटघाट र टेलिफोनमा समेत कुरा नगरेको उनका सहयोगीहरुले बताएका छन् ।

नेपाल लेस्टेसँग बराबरीमा रोकियो, सेमिफाइनल पुग्न ब्रुनाईसँगको खेल निर्णायक

काठमाडौं,कात्तिक २० । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा कमजोर प्रतिद्वन्द्वी  टिमोर लिस्टेसँग गोलरहित बराबरीमा रोकिएको छ ।  मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा भएको खेलमा राम्रा अवसर मिलेपनि गोल गर्न सकेन् । बर्षाले पनि केही समय बिथोलेको यस खेलमा दोस्रो हाफपछि नेपाल केही आक्रामक देखिएको थियो। नेपाली खेलाडीको दुईवटा प्रहार विपक्षी टिमोरको गोल पोस्टमा लाग्नु पनि दूर्भाग्यपूर्ण रहयो।

नवयुगले ४७ मिनेटमा हानेको प्रहार टिमोरको गोल पोस्टको पहिलो वारमा लागेर फर्किएको थियो। उनलाई विमलले २५ यार्डबाट खुला प्रहार गर्न मौका जुराइदिएका थिए। यस्तै, ६८ मिनेटमा अन्जन बिष्टको क्रसमा अनन्तको हेडिङ पनि टिमोरको गोल पोस्टमा लागेको थियो।

नेपालले दुई पल्ट आफ्नो फरवार्ड लाइन परिवर्तन गरेको थियो। ६४ मिनेटमा नवयुगलाई प्रतिस्थापन गर्दै भरत खवास र ७७ मिनेटमा अन्जन बिष्टलाई परिवर्तन गर्दै कप्तान अनिल गुरुङ मैदान प्रवेश गरेका थिए। नेपालले अन्तिम १३ मिनेटको खेल भरत, विमल र अनिलको रुपमा तीन जना स्ट्राइकरलाई उतारेको थियो।

टिमोर लिस्टेको यो समूह चरणको दोस्रो खेल हो । गएको बुधबार भएको पहिलो खेलमा टिमोर लिस्टे ब्रुनाइसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

यसअघि नेपालले सन् २०११ मा भएको दुई खेलमा पूर्वी टिमोरलाई पराजित गरेको थियो । सन् २०१४ को विश्वकप छनौटका लागि भएको खेलमा नेपालले पहिलो लेग २-१ र दोस्रो लेग दशरथ रंगशालामा ५-० ले जितेको थियो । नेपालले समूह ‘ए’ मा दोस्रो खेल मंगलबार ब्रुनईविरूद्ध खेल्ने छ। यो समूहमा पाकिस्तान र बंगलादेशले अन्तिममा आफ्नो नाम फिर्ता लिएपछि तीन टोली मात्र छ।

त्यसैले शनिवार नेपालले टिमोरलाई हराएको खण्डमा मात्र पनि सेमीफाइनलको यात्रा तय गर्नेछ। यो समूहमा ब्रुनई पहिलो खेल जितेर सेमीफाइनल प्रवेश गरिसकेको छ। फिफा वरियतामा टिमोर नेपालभन्दा दुई अंकले माथि छ। अहिले नेपालको फिफा वरियता १ सय ८८ र टिमोरको १ सय ८६ छ।

सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह ‘ए’मा छन् । यस्तै समूह ‘बी’मा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।

एएफसी सोलिडारिटी कपः नेपाल भर्सेस टिमोर लिस्टे (LIVE)

काठमाडौं,कात्तिक २०  । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आज पूर्वी टिमोरबिरुद्धको खेलसँगै प्रतियोगिताको सुरुवात गर्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समय अनुसार साँझ सवा पाँच बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको लागि नेपाली टोली करीव एक साताअघि नै मलेसिया पुगिसकेको छ । पूर्वी टिमोर तुलनात्मक रुपमा नेपालभन्दा कमजोर प्रतिद्वन्द्वी हो ।

टिमोरले समुहको पहिलो खेलमा ब्रुनाइसंग ४–० को पराजय भोगिसकेको छ । तथापी नेपाली टोलीका प्रशिक्षक गोयतोकु कोजीले टिमोरसंगको खेललाई हलुकाढंगले नलीने बताएका छन् । टिमोरका प्रशिक्षक फाबीयो डि सिल्भाले नेपाल बलियो टोली भएको स्वीकार्दै आफ्नो टोलीले पनि राम्रो प्रदर्शन गर्ने बिश्वास ब्यक्त गरे । फीटनेसको समस्याका कारण रजिन धीमाल र रञ्जन विष्टले पहिलो खेलमा आराम गर्ने सम्भावना रहेको छ

यसअघि नेपालले सन् २०११ मा भएको दुई खेलमा पूर्वी टिमोरलाई पराजित गरेको थियो । सन् २०१४ को विश्वकप छनौटका लागि भएको खेलमा नेपालले पहिलो लेग २-१ र दोस्रो लेग दशरथ रंगशालामा ५-० ले जितेको थियो । नेपालले समूह ‘ए’ मा दोस्रो खेल मंगलबार ब्रुनईविरूद्ध खेल्ने छ। यो समूहमा पाकिस्तान र बंगलादेशले अन्तिममा आफ्नो नाम फिर्ता लिएपछि तीन टोली मात्र छ।

त्यसैले शनिवार नेपालले टिमोरलाई हराएको खण्डमा मात्र पनि सेमीफाइनलको यात्रा तय गर्नेछ। यो समूहमा ब्रुनई पहिलो खेल जितेर सेमीफाइनल प्रवेश गरिसकेको छ। फिफा वरियतामा टिमोर नेपालभन्दा दुई अंकले माथि छ। अहिले नेपालको फिफा वरियता १ सय ८८ र टिमोरको १ सय ८६ छ।

आज पहिलो रोजाइमा कप्तान अनिल गुरुङ पर्न नसकेपछी बिराज महर्जनले कप्तानी सम्हाल्ने छन । त्यस्तै अनिलको अनुपस्थितिमा बिमल घर्ती मगर र नवयुग श्रेष्ठले नेपालको आक्रमणको जिम्मा लिनेछन । ४ डिफेन्डर , ४ मिड्फिल्डर र २ फर्वार्डको साथमा उत्रीएको नेपालले सम्भवतः ४-४-२ व्फर्मेसन रोज्न सक्नेछ ।

किरण (गोलकिपर)

रबिन, अदित्य, अनन्त, बिराज (डिफेन्स)

सुजल, बिक्रम, हेमन, अन्जन (मिड्फिल्ड)

नवयुग , बिमल (फर्वर्ड)

जापानमा उठाएको रकम अन्तत लाप्राकमै खर्च गर्ने निर्णय

टोकियो ।
भूकम्प पीडितका नाममा उठाएको पाँच करोड बढी रकम मध्ये खातामा रहेको २ करोड ३० लाख बढी रकम डेढ बर्षसम्म कहाँ खर्च गर्ने भन्ने छलफलमै बिताएको जापान एनआरएनले अन्तत गोरखा लाप्राकमा खर्च गर्ने निर्णय गरेको छ ।

डेढबर्ष वितिसक्दा समेत संकलीत रकम कहाँ खर्च गर्ने भन्ने निर्णय नगर्दा अनर्गल प्रचार हुनगई केन्द्रिय उपाध्यक्ष भवन भट्टको नाम समेत मुछिन गएको रकम एनआरएनए आइसीसीले निर्माण गर्ने लाप्राकका ६ सय घर निर्माणमा दिइने भएको बताइएको छ ।

विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा एनआरएन आइसिसीले ६ सय वटा घर बनाउने सहमती सहित परियोजना अघि बढाएको छ ।
लाप्राक गत वर्ष बैशाख १२ गते गएको महाभूकम्पको केन्द्रविन्दु हो ।

संकलीत रकम डेढ बर्षसम्म त्यसै राख्दा विभिन्न पक्षबाट यो समयमा राखिएको रकमको सदुपयोगबारेमा प्रश्न उठ्दै आएको थियो ।

एनआरएन आइसीसीका उपाध्यक्षसमेत रहेका समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बिहीबार बसेको एनआरएन जापानको सहयोग समितिको बैठकले लाप्राक प्रोजेक्टमा सघाउने गरी मौज्दात रकम काठमाडौंस्थित एनआरएनए आइसीसी सचिवालयको खातामा पठाउने निर्णय गरेको हो ।

नेपालमा महाभूकम्प गएलगत्तै एनआरएन जापानसहित जापानमा रहेका दर्जनौ संघसंस्थाहरु सम्मिलित भूकम्प पीडित राहत तथा सहयोग समिति जापान गठन गरि रकम संकलन गरिएको थियो ।

नेपालका भूकम्प पीडितको लागि भन्दै चलेको अभियानबाट कुल ५ करोड ३० लाख १७ हजार ३४ येन संकलन भएकोमा उतिबेलानै एनआरएन आइसीसीको जिम्मामा ३ करोड येन नेपाल पठाएपनि त्यसबाट १२ प्रतिशत रकम मात्र खर्च भएपछि थप रकम नपठाएको बताइएको छ ।

पठाएको रकमबाट नेपालमा खर्च भई बाँकी रहेको रकम र जापानमा रहेको मौज्दात रकम २ करोड ३० लाख १७ हजार ३४ येन लाप्राक प्रोजेक्टमा खर्च गर्ने गरी समितिले तत्काल रकम नेपाल पठाउने भएको छ ।

यसअघि गोरखाकै कुनै स्थान वा कुनै जिल्लामा जापान भिलेजका रुपमा केही घर वा सामुदायिक भवन, विद्यालय आदि बनाउने विषयमा छलफल अघि बढाएको एनआरएन जापानले अन्तत रकम एनआरएन आइसिसिलाई नै दिने निर्णय गरेको हो ।

लाप्राक प्रोजेक्टमा जापानबाट पठाइएको रकमबाट निर्माण हुने घरहरुमा जापानबासी नेपाली समुदाय र जापानी नागरिकहरुको पहिचान उल्लेख गरिने बताइएको छ । तर त्यस्तो परिचय व्यक्ति वा संस्थाको नाम, छाप आदि के उल्लेख गर्ने, एवं सबैघरमा उल्लेख गर्ने वा सामुहिक रुपमा चिनिने गरि उल्लेख गर्नेभन्ने खुलाइएको छैन ।

खोटाङबासीलाई बेलायतबाट एम्बूलेन्स उपहार

२० कार्तिक, खोटाङ ।
खोटाङ सेवा समाज यूकेले खोटाङलाई सात वटा एम्बूलेन्स उपलव्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीमार्फत सञ्चालन हुनेगरी एम्बूलेन्स उपलव्ध गराउने जनाएको छ ।

खोटाङ सेवा समाज यूके एम्बूलेन्स समन्वय समितिका काठ्माण्डौं संयोजक जयकुमार राईले शुक्रबार स्थानीय शान्ति समितिको कार्यालयमा आयोजित सर्बदलीय बैठकमा सात एम्बूलेन्स दिने तयारी भइरहेको जानकारी दिनुभयो ।

जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउने र उनीहरुको ज्यान बचाउका लागि एम्बूलेन्सको व्यवस्था मिलाउने तयारी गरिएको हो । चिसापानी, डाँडागाउँ र बाक्सिलाकालागि गत वर्ष नै एम्बूलेन्स खरिद गरेको समाजले यसपल्ट थप सिमपानी, निर्मलीडाँडा, बुईपा र ऐसेलुखर्ककालागि एम्बूलेन्स खरिद गर्न रकम संकलन भइरहेको जानकारी दिइएको छ । निस्वार्थ र सामाजिक सेवाभावले स्थापना गरिएको समाजले एम्बूलेन्स जुटाउनका लागि यूकेमा रत्नकुमार राईको संयोजकत्वमा एम्बूलेन्स समन्वय समिति गठन गरिएको थियो ।

समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रासाउण्ड समेत उपलव्ध गराउन लागेको राईले जानकारी दिनुभयो । बैठकमा एम्बूलेन्स सञ्चालनकालागि सडक तथा मर्मत गर्ने, अल्ट्रासाउण्डको नियमित अनुगमन गर्ने, जिल्लाको हरेक सार्वजनिक महत्वको बिषयमा सम्बन्धीत कार्यालयका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । सात एम्बूलेन्स तथा अल्ट्रासाउण्ड उपलव्ध गराउन लागेकामा खोटाङ सेवा समाज यूकेप्रति जिल्लाका राजनैतिक दलका नेताहरुले कृतज्ञता ज्ञापन गरेका छन ।

यस्तै, यूकेमा एम्बूलेन्स अभियान चलिरहँदा खोटाङ सेवा समाज दोहा कतारले पनि खोटाङका लागि एम्बूलेन्स जुटाउन आर्थिक संकलन गरिरहेको छ । रोजगारीका सिलसिलामा कतारमा पुगेका जिल्लाबासीले सुविधा सम्पन्न अस्पताल पुग्न नपाउँदै ज्यान गुमाइरहेका सर्वसाधारणको हितलाई मध्यनजर गर्दै आफ्नो गाँस काटेर रकम संकलन गरिरहेका छन् ।

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङ्गेको पहलमा २०५४ सालमा स्थापना गरिएको समाजले एम्बुलेन्स जुटाउनका लागि नयाँ वर्षको अवशर पारेर कतारमा गत चैत्रमा बनभोजको आयोजना गरेको थियो । हाल कतारमा एम्बूलेन्स खरिदका लागि रकम उठ्नेक्रम जारी रहेको खोटाङ सेवा समाज दोहा कतारका महासचिव रुद्रप्रसाद शर्मा बताउनुभयो ।

सवारी दुर्घटनामा दुईजनाको मृत्यु, १० गम्भिर ३८ घाइते

२१ कार्तिक, धनगढी ।
सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १० जना गम्भिर घाइते हुँदा अन्य ३८ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको गोराङ्गे नजिक बस दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ ।

चिसापानीबाट टिकापुरतर्फ जादै गरेको ना ५ ख ३८९२ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते १० जनालाइ थप उपचारका लागि कोहलपुर रेफर गरिएको र अन्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरि मोटरसाईकल दुर्घटनामा परि घाईते भएका झापाको दमक–१३ का कृष्ण कुमालको ज्यान गएको छ ।

तीन दिन अघि झापाको तोपगाछीको केर्खा  सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका २८ बर्षिय कुमालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज विहान उपचारका क्रममा ज्यान गएको हो ।

मे.७ प. ४३९० को मोटरसाईकलमा सवार कुमालसहित तीन जना सवार मोटरसाईकल तीव्र गतिले गर्दा दुर्घटनामा परेको थियो ।

सोही दुर्घटनामा सवार अन्य दुई जना मध्ये दमक–१३ का २३ बर्षिय राजु रिमालको भारतको सिलगुढी र दमक–१० का २४ बर्षिय सञ्जु नेपालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक राजन लिम्बुले जानकारी दिनुभयो ।

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकको मृत्यु

भोजपुर नगरपालिका ६ स्थित भोजपुर लेगुवा सडक खण्डमा शुक्रबार साँझ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका ६ बस्ने वर्ष ३५ को दिपक सुन्दास रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सुन्दासलाई साँझ साढे ६ बजे तिर नम्बर र पहिचान खुल्न नसकेको सवारी साधनले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधन फरार भएकाले प्रहरीबाट खोजतलाश भई रहेको छ ।

परालमा लाईटर खेलाउँदा आगलागी भएर बालकको मृत्यु

२० कार्तिक, भोजपुर ।
भोजपुर जिल्लाको पश्चिमी लेखर्क गाविस वडा नम्वर ५ मा परालमा लाइटर खेलाउँदा एक बालकको जलेर मृत्यु भएको छ ।

लाइटर खेलाउँदा आगलागी हुनगई नजिकै खेलिरहेका चार वर्षका मनिष चौलागाइँको ज्यान गएको हो ।

शनिबार बिहान ११ बजेतिर मनिषले लाइटर खेलाउँदा परालमा आगो लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगो सल्किएपछि ग्वालीको भुइँतलामा लुक्दा छाना खसेर मनिषलाई आगोले छोपेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा मनिषका आमाबुवा खेतमा काम गर्न गएको बताइएको छ ।

प्रदेश कार्यालय खोल्न परीक्षा बोर्डलाई सिफारिस

२० कार्तिक, काठमाडौं ।
परीक्षा बोर्डलाई सातै प्रदेशमा प्रदेश कार्यालय खोल्न सिफारिस गरिएको छ ।

शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित समितिले शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् शिक्षा ऐन ९आठौँ संशोधन० कार्यान्वयनसँगै बोर्डमा रुपान्तरण भएको थियो । कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा मानिएको नयाँ कानुनले १२ कक्षाको परीक्षालाई सो तहको अन्तिम परीक्षाका रुपमा सञ्चालन गर्ने जिम्मा बोर्डलाई दिएको छ भने पूर्ववत् कक्षा १० को प्रवेशिका परीक्षाको व्यवस्था हटेको छ ।

बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुने भएको छ । कक्षा ११ र १२ को पाठ्यक्रम पुनःव्यवस्थापन भएपछि बोर्डले पूर्णरुपमा परीक्षा सञ्चालन गर्नेछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web