२१ कार्तिक, काठमाडौं ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न गराउन जिल्ला विकास समितिहरुलाई परिपत्र गरेको छ ।

सो चलचित्र ‘प्रथम नेपाली बालमैत्री चलचित्र’ भएको दाबी गर्दै मन्त्रालयले प्रदर्शनका लागि आवश्यक व्यवस्था मिलाइदिन १६ वटा जिल्लालाई पत्रिपत्र गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

मन्त्रालयले हाल ललितपुर, काभ्रे, सिन्धुपाल्चेक, रामेछाप, दोलखा, नुवाकोट महोत्तरी लगायतका जिल्लालाई पत्रिपत्र गरेको छ ।

फाउन्डेसनको सो चलचित्रमार्फत बालमैत्री स्थानीय शासनको प्रवर्द्धन तथा विस्तार हुने जनाउँदै जिल्ला विकास समितिहरुलाई फिल्म प्रदर्शको आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

२१ कार्तिक, काठमाडौं ।
चौतर्फी बिरोध हुँदा आफुले कुनैपनि हालतमा अंगीकृत नागरिकलाई प्रमूख पदमा पुग्ने प्रस्ताव नगर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तत त्यहि प्रस्ताव सहितको संविधान संशोधनको तयारी गरेका छन् ।

अंगीकृत नागरिकता लिएको १० वर्षपछि कुनै पनि व्यक्ति राष्ट्रपति र प्रधानमन्त्रीसहित देशका महत्वपूर्ण पदमा आसीन हुन पाउने प्रस्तावसहित सरकारले संविधान संशोधनको मस्यौदा तयार पारेको बिबिसी नेपालीले उल्लेख गरेको छ ।

यसै महिनाभित्रै सदनमा संशोधन प्रस्ताव पेश गर्ने बताउँदै आएको सरकारले संशोधनको लागि तयार पारेको मस्यौदा अध्ययनका लागि भन्दै भारतीयलाई नोपलको प्रमूख पद दिनुपर्ने राष्टघाती माग गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्षस्थ नेताहरुलाई पठाएको छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्रीले छठ लगत्तै संविधान संशोधन प्रक्रियालाई गति दिइने बताए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने संविधानमा उल्लेख छ ।

तर त्यसको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध तराई केन्द्रित दलहरुसँगको छलफलपछि सरकारले त्यसमा संशोधनको प्रस्ताव गरेको बताइएको छ जसअनुसार अंगीकृत नागरिकता प्राप्त गरेको १० वर्ष भइसकेको अवस्थामा कुनै पनि व्यक्ति ती पदहरुमा आसीन हुन योग्य हुनेछन् ।

सरकारले तयार पारेको संशोधन प्रस्तावको अन्तिम बुँदामा त्यसबारे उल्लेख छ।

संविधान संशोधनबारे सरकारसँग पछिल्लो समय भइरहेका छलफलमा सहमति नजिक पुगिएको मोर्चामा आबद्ध सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए ।

उनले भने, “मोटामोटी हामी सहमति नजिक छौँ। जस्तो भाषाका कुरा भाषिक आयोगमार्फत टुंग्याउने, त्यस्तै समानुपातिक समावेशीमा धारा ४२ मा समूह अलिकति घटाउने कुरामा।”

त्यसबाहेक सरकारले तयार पारेको संशोधन मस्यौदामा ५ नम्बर प्रदेशमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई यथावत राखी पाल्पा, गुल्मी र अर्घाखाँचीलाई ४ नम्बरमा रुकुम, रोल्पा तथा प्युठानलाई ६ नम्बर प्रदेशमा राख्ने प्रस्ताव गरिएको छ ।

टुंगो
निकै विवादित बनेको मोरङ, सुनसरी र झापा जिल्लाबारे संघीय सीमा आयोगमार्फत टुंगो लगाउने मस्यौदामा प्रस्ताव गरिएको छ जसप्रति मोर्चाले आपत्ति जनाउँदै ती जिल्लाबारे अहिल्यै टुंगो लगाउनुपर्ने माग गरेको छ ।
यद्यपि त्यसमा मोर्चा लचिलो रहेको नेताहरुले बताएका छन्।

मस्यौदा तयार भइसकेको पृष्ठभूमिमा सरकारले कहिलेसम्म संशोधन प्रस्ताव पेश गर्छ त ?

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने, “छठ सकिना साथ यो संशोधनको काम खास गरेर मधेश केन्द्रित दलहरु, थारु बहुल क्षेत्र र जनजातिका जुन गुनासा छन्, ती गुनासालाई, मुनासिब गुनासालाई सम्बोधन गर्ने कामले तीव्रता पाउँछ।”

सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमतिमा लिएरै संविधान संशोधन गरिने बताइरहँदा महत्वपूर्ण पदमा अंगीकृत नागरिक आसीन हुने व्यवस्था र सीमांकन हेरफेरमा उक्त पार्टी त्यति सहज रुपमा सहमत हुने अवस्था नरहेको धेरैको बुझाई रहेको बिबिसी नेपालीमा उल्लेख छ ।

मूख्यत नेपाली नागरिकता लिएका भारतीयलाई नेपालको प्रमूख पदमा पुर्याउने भारतीय रणनीति अनुसार केपी ओली सरकार ढालेर बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र त्यस्तो माग राख्दै आएको मधेशी मोर्चाको गठबन्धनमा काँग्रेसले समेत सहमती र अग्रसरता देखाउँदै आएको छ ।

बाहिर केही बिरोध गर्दै आएको देखिएको नेकपा एमालेले अब यसमा कस्तो भूमिका खेल्र्छ हेर्न बाँकी रहेको छ ।

२० कार्तिक, काठमाडौं ।
केही सातादेखि निरन्तर ओरालो लागेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साता २२.६८ अकंले घटेर साताको अन्तिम दिन एक हजार ७५९.७१ अकंमा पुगेको छ ।

शेयर बजारको कारोवार रकम भने गत साताको भन्दा ३७.०५ प्रतिशत बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीहरुको कारोवार भएको छ जस अनुसार २३ हजार ६२६ कारोबारहरुबाट चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३३ हजार ५७० कित्ता सेयर किनबेच भएका छन् ।

यो साता समूहगत परिसूचक तर्फ वित्त समूह बाहेकका सबै समूहको कारोवार घटेको छ ।

यो साता कारोबार रकम कारोवार भएको शेयर संख्या र कारोवार संख्या तीनै आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी यो साता कारोवार रकम, कारोबार भएको सेयर संख्या र कारोबार सङ्ख्याको आधारमा पनि माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

२० कार्तिक, मुस्ताङ ।
चिसो बढेसँगै उपल्लो मुस्ताङका वासिन्दा यतिखेर बेँसी झर्न थालेका छन् । उपल्लो मुस्ताङ्मा पछिल्लो एकहप्तामा ह्वात्तै चिसो बढेको छ ।

हिउँदे अन्नबाली थन्काएर लोमान्थाङ, छोसेर, छोण्डुप, घमी, सुर्खाङ र चर्राङ गाविसका १६ देखि ४० वर्ष उमेर समूहका सर्वसाधारण बेँसी झर्न थालेका हुन् ।

उनीहरूले कात्तिक दोस्रो हप्तादेखि फागुन अन्तिम सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, काठमाडौँ र भारतसम्म पुगेर घुम्ती व्यापार गर्ने गर्दछन् ।

२० कार्तिक, ताप्लेजुङ ।
ताप्लेजुङका राजनीतिक दलहरुले एक नगरपालिका सहित ९ गाउँपालिका बनाउने निर्णय गरेका छन् ।

जिल्लामा स्थानीय तहको विषयमा सर्वदलीय सहमति बनेपछि पुनर्संरचना जिल्ला प्राविधिक समितिले स्थानीय तह, त्यसको केन्द्र र नामाङकन सहितको बिवरण पुनःसंरचना आयोगको केन्द्रीय कार्यालयमा पठाएको ताप्लेजुङका स्थानीय विकास अधिकारी राजेश गौतमले जानकारी दिनु भयो ।

२० कार्तिक, बैतडी ।
अरिंगालको टोकाइबाट बैतडीको थालाकाँडामा दुईजनाको मृत्यु भएको छ ।

थालाकाँडा गाविस वडा नं ८ लेकमवस्ती बस्ने ४८ बर्षका पम्पादेवी साउँद र उनका १२ बर्षीय नाती दीपक साउँदको अरिङगालको टोकाईबाट ज्यान गएको हो ।

बाटोमा हिडिरहेका बेला उनीहरुलाई अरिंगालले टोकेको हो ।

२० कार्तिक, काठमाडौं ।

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।

सामा चकेवा पर्व आज पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ भने एघाराँैदिन पूर्णिमाका दिन सामा चकेवाको विसर्जन गरीन्छ ।

आजको दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याइन्छ ।

त्यो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउने गर्दछन् ।

२० कार्तिक, वीरगञ्ज ।
तराइबासिको महान पर्व छठ पर्बका अवसरमा वीरगंज लगायत बारा, पर्सा, रौतहटमा रहेका नदि, ताल तथा पोखरी लगायत जलासयहरु बेहुलि झै सजाईएको छ ।

छठ पूजाका लागि मध्यतराईका जिल्लामा छठी घाटमा सरसफाई, सजावट र व्यवस्थापनका काम पुरा भएको छ ।

The four day long, festival of Terai people Chhat is being celebrated in Mid and Eastern Terai tomorrow.

Major cities of Terai region: Janakpur, Birgunj, Gaur, Jaleshwor including rivers, lakes, ponds etc.

have been beautifully decorated for the celebration.

In this festival the Sun is worshipped at dawn and twilight.

Vegetarian food ingredients like banana, sugarcane, thakuwa and bhusuwa are mainly consumed during this festival.

On the very first day people fast, bathe in holy water and break the fast with vegetarian food.

Minister for Foreign Affairs Dr Prakash Sharan Mahat today said the Nepali Congress (NC) had taken a leading role in implementing the constitution as 'NC had tirelessly fought to promulgate the constitutional document'.

Speaking at a programme organised by the Nuwakot-based village working committee of Nepal Tarun Dal, the NC's youth wing, Minister Mahat said works are underway to amend the constitution to address the demands of some disgruntled parties.

He further said the government and the NC are holding consultations with the main opposition and other political parties.

In a different context, Minister Mahat said Indian President Pranab Mukherjee's official visit to Nepal is successful and that Chinese President Xi Jinping will visit Nepal soon.

Minister for Urban Development Arjun Narshing KC felicitated former Chief Secretary of the government Leelamani Poudel amid a programme in Kathmandu today.

Former Chief Secretary Poudel was honoured for his contribution for spearheading the clean-up of the major rivers in the Kathmandu Valley, including Bagmati and its tributaries, and those across the country.

At a programme jointly organized by Pudasaini Maitri Society and 'Ramro Jorpati, Hamro Jorpati', Minister KC shared that the government is effortful to introduce a special action plan, aiming to clean-up and conserve rivers.

The Nepal Stock Exchange or Nepse index, which has been on a decline for the past few weeks, slumped further by 22.68 points as compared to previous day.

The Nepse which fell by 9.27 points last week hit 1759.71 points on the final day of this week, said Nepal Stock Exchange.

This week alone 4.933 million unit shares worth Rs 4.12 billion were transacted from 23,626 transactions of 151 companies. The transacted amount is 37.05 per cent more as compared to last week.