२० कार्तिक, मुस्ताङ ।
चिसो बढेसँगै उपल्लो मुस्ताङका वासिन्दा यतिखेर बेँसी झर्न थालेका छन् । उपल्लो मुस्ताङ्मा पछिल्लो एकहप्तामा ह्वात्तै चिसो बढेको छ ।

हिउँदे अन्नबाली थन्काएर लोमान्थाङ, छोसेर, छोण्डुप, घमी, सुर्खाङ र चर्राङ गाविसका १६ देखि ४० वर्ष उमेर समूहका सर्वसाधारण बेँसी झर्न थालेका हुन् ।

उनीहरूले कात्तिक दोस्रो हप्तादेखि फागुन अन्तिम सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, काठमाडौँ र भारतसम्म पुगेर घुम्ती व्यापार गर्ने गर्दछन् ।

21.12¡ÆC