सेयर बजार २३ अंकले घट्यो

कार्तिक २०, २०७३ मा प्रकाशित | 912 views

२० कार्तिक, काठमाडौं ।
केही सातादेखि निरन्तर ओरालो लागेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साता २२.६८ अकंले घटेर साताको अन्तिम दिन एक हजार ७५९.७१ अकंमा पुगेको  छ ।

शेयर बजारको कारोवार रकम भने गत साताको भन्दा ३७.०५ प्रतिशत बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीहरुको कारोवार भएको छ जस अनुसार २३ हजार ६२६ कारोबारहरुबाट चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३३ हजार ५७० कित्ता सेयर किनबेच भएका छन् ।

यो साता समूहगत परिसूचक तर्फ वित्त समूह बाहेकका सबै समूहको कारोवार घटेको छ ।

यो साता कारोबार रकम कारोवार भएको शेयर संख्या र कारोवार संख्या तीनै आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी यो साता कारोवार रकम, कारोबार भएको सेयर संख्या र कारोबार सङ्ख्याको आधारमा पनि माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web