कारोबार दैनिकका पूर्व सम्पादक न्यौपानेको निधन

कार्तिक २०, २०७३ मा प्रकाशित
Published at 2016-11-05

839 views

काठमाडौं,कात्तिक २० । कारोबार दैनिकका पूर्व सम्पादक एवं आर्थिक पत्रकार सञ्जय न्यौपानेको उपचारका क्रममा निधन भएको छ । स्नायुप्रणालीसम्बन्धी रोगका कारण झण्डै एक बर्षदेखि उपचार गराइरहेका न्यौपानेको ४४ वषृको उमेरमा शनिवार साँझ ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए । उनी २०७० असारदेखि २०७२ चैतसम्म कारोवार दैनिकमा सम्पादक थिए ।

न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए ।  ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणालीसम्बन्धी रोग लागेपछि उनी बिगत एक बर्षदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका थिए । स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.