२१ कार्तिक, धनगढी ।
सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १० जना गम्भिर घाइते हुँदा अन्य ३८ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको गोराङ्गे नजिक बस दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ ।

चिसापानीबाट टिकापुरतर्फ जादै गरेको ना ५ ख ३८९२ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते १० जनालाइ थप उपचारका लागि कोहलपुर रेफर गरिएको र अन्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरि मोटरसाईकल दुर्घटनामा परि घाईते भएका झापाको दमक–१३ का कृष्ण कुमालको ज्यान गएको छ ।

तीन दिन अघि झापाको तोपगाछीको केर्खा सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका २८ बर्षिय कुमालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज विहान उपचारका क्रममा ज्यान गएको हो ।

मे.७ प. ४३९० को मोटरसाईकलमा सवार कुमालसहित तीन जना सवार मोटरसाईकल तीव्र गतिले गर्दा दुर्घटनामा परेको थियो ।

सोही दुर्घटनामा सवार अन्य दुई जना मध्ये दमक–१३ का २३ बर्षिय राजु रिमालको भारतको सिलगुढी र दमक–१० का २४ बर्षिय सञ्जु नेपालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक राजन लिम्बुले जानकारी दिनुभयो ।

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकको मृत्यु

भोजपुर नगरपालिका ६ स्थित भोजपुर लेगुवा सडक खण्डमा शुक्रबार साँझ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका ६ बस्ने वर्ष ३५ को दिपक सुन्दास रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सुन्दासलाई साँझ साढे ६ बजे तिर नम्बर र पहिचान खुल्न नसकेको सवारी साधनले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधन फरार भएकाले प्रहरीबाट खोजतलाश भई रहेको छ ।

18.12¡ÆC