काठमाडौं,कात्तिक २० । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई क्यान्सर भएको प्रारम्भिक रिपोर्ट आएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालालाई स्तन क्यान्सरको आंशका गरिएको छ । क्यान्सर भएको आशंकामा नमुना परिक्षणका लागि सिंगापुर पठाइएको उनका सहयोगीले जानकारी दिएका छन् ।

स्रोतका अनुसार केही समय अघि एसियाली राजनीतिक पार्टी ‘आइक्याप’ को अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेका बेला कोइरालाले मलेसियामा भर्खरै खुलेको एक नयाँ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराएकी थिइन् ।

मलेसियाबाट नेपाल फर्केपछि उनी घरमै आराम गरिरहेकी छिन् । मलेसियामा रहदै अस्वस्थ भएकी उनी हाल घरमै आराम गर्नुको साथै परिवरका सदस्य र सहयोगी बाहेक अन्य कोहीसँग पनि भेटघाट र टेलिफोनमा समेत कुरा नगरेको उनका सहयोगीहरुले बताएका छन् ।

19.12¡ÆC