काठमाडौं,कात्तिक २० । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आज पूर्वी टिमोरबिरुद्धको खेलसँगै प्रतियोगिताको सुरुवात गर्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समय अनुसार साँझ सवा पाँच बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको लागि नेपाली टोली करीव एक साताअघि नै मलेसिया पुगिसकेको छ । पूर्वी टिमोर तुलनात्मक रुपमा नेपालभन्दा कमजोर प्रतिद्वन्द्वी हो ।

टिमोरले समुहको पहिलो खेलमा ब्रुनाइसंग ४–० को पराजय भोगिसकेको छ । तथापी नेपाली टोलीका प्रशिक्षक गोयतोकु कोजीले टिमोरसंगको खेललाई हलुकाढंगले नलीने बताएका छन् । टिमोरका प्रशिक्षक फाबीयो डि सिल्भाले नेपाल बलियो टोली भएको स्वीकार्दै आफ्नो टोलीले पनि राम्रो प्रदर्शन गर्ने बिश्वास ब्यक्त गरे । फीटनेसको समस्याका कारण रजिन धीमाल र रञ्जन विष्टले पहिलो खेलमा आराम गर्ने सम्भावना रहेको छ

यसअघि नेपालले सन् २०११ मा भएको दुई खेलमा पूर्वी टिमोरलाई पराजित गरेको थियो । सन् २०१४ को विश्वकप छनौटका लागि भएको खेलमा नेपालले पहिलो लेग २-१ र दोस्रो लेग दशरथ रंगशालामा ५-० ले जितेको थियो । नेपालले समूह ‘ए’ मा दोस्रो खेल मंगलबार ब्रुनईविरूद्ध खेल्ने छ। यो समूहमा पाकिस्तान र बंगलादेशले अन्तिममा आफ्नो नाम फिर्ता लिएपछि तीन टोली मात्र छ।

त्यसैले शनिवार नेपालले टिमोरलाई हराएको खण्डमा मात्र पनि सेमीफाइनलको यात्रा तय गर्नेछ। यो समूहमा ब्रुनई पहिलो खेल जितेर सेमीफाइनल प्रवेश गरिसकेको छ। फिफा वरियतामा टिमोर नेपालभन्दा दुई अंकले माथि छ। अहिले नेपालको फिफा वरियता १ सय ८८ र टिमोरको १ सय ८६ छ।

आज पहिलो रोजाइमा कप्तान अनिल गुरुङ पर्न नसकेपछी बिराज महर्जनले कप्तानी सम्हाल्ने छन । त्यस्तै अनिलको अनुपस्थितिमा बिमल घर्ती मगर र नवयुग श्रेष्ठले नेपालको आक्रमणको जिम्मा लिनेछन । ४ डिफेन्डर , ४ मिड्फिल्डर र २ फर्वार्डको साथमा उत्रीएको नेपालले सम्भवतः ४-४-२ व्फर्मेसन रोज्न सक्नेछ ।

किरण (गोलकिपर)

रबिन, अदित्य, अनन्त, बिराज (डिफेन्स)

सुजल, बिक्रम, हेमन, अन्जन (मिड्फिल्ड)

नवयुग , बिमल (फर्वर्ड)

20.12¡ÆC