अर्बौंको सम्पत्ति भएको सुजातालाई ५० लाखको लालसा,कति छ वास्तविक सम्पत्ति ?

२९ कात्तिक,काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको नेतृ सुजाता कोइराला भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुन । उनी नेपालका भूतपूर्व प्रधानमन्त्री स्व। गिरिजा प्रसाद कोइराला तथा सुष्मा कोइरालाकी एक मात्र सन्तान हुन । सुजताले विदेशमै अध्ययन गरी विदेशमै विवाह गरेकी हुन् । यौवन उमेर विदेशमा शयर गरी जर्मनी नागरिकसँग विवाह नै गरेकी सुजाताले आफ्नी छोरीसमेत विदेशीलाई नै दिएकी छन् । सुजाताकी छोरी ज्वाईँ बंगलादेशी नागरिक रुवेल चौधरी बेलाबेलामा विवादमा आउने ब्यक्ति पनि हुन् । माधव नेपाल नेतृत्वको सरकारको पालामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाको सम्पत्तिबारे सरकार अनभिज्ञ रहेको हो ।

मन्त्री हुँदा उनले सरकारी नियम उल्लंघन गर्दै सम्पत्ति विवरण बुझाइनन् । जसबापत उनले पाँच हजार जरिवाना तिरिन् । पहिलो संविधानसभामा सभासद् हुँदा पनि उनले सम्पत्ति विवरण बुझाएकी थिइनन् ।

त्यसवापत पनि उनले जरिवाना तिरिन् । लामो समय विदेशमै रमाएकी सुजता ०४६ सालको राजनीतिक परिवर्तनपछि मात्रै नेपाली राजनीतिमा उदाएकी हुन् । उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

विराटनगरमा प्रशस्त जमीन रहेको सुजाताको काठमाडौंको मण्डिखाटारमा आफ्नो आलिसान महल छ । पार्किङ सुविधासहितको मण्डिखाटार निवासबाटै उनले कांग्रेसभित्रको छुट्टै पार्टी चलाउने गर्छिन् ।

झण्डै करोड रुपैयाँ पर्ने विलासी गाडीमा हिड्ने सुजाताले आफ्नो सम्पत्ति विवरण भने राज्यको महत्वपूर्ण निकायमा हुँदासमेत सार्वजनिक गरिनन् ।

बिराटनगर उपमहानगरपालिका ९ नम्बर वडा र बखरीमा सुजाताका नाममा अहिले १४ विघा जमिन छ । तराईमा चलन चल्तीमा रहेको जग्गा नाप विधिमा एक विघामा २० कठ्ठा जमिन हुन्छ ।

विराटनगर उपमहानगरपालिका घडेरी किनबेचमा देशकै सबैभन्दा महंगो स्थानमा पर्छ । काठमाडौको न्यूरोड, दरबारमार्ग क्षेत्रका केही रोपनी नेपालकै सबैभन्दा महंगो जमिनमा पर्न सक्छ । त्यसपछि विराटनगर उपमहानगरपालिका घडेरीका लागि सबैभन्दा महंगो ठाउँ हो ।

त्यस्तो महंगो ठाउँमा सुजाताका नाममा कम्तिमा १५ विघा १४ कठ्ठा जमीन रहेको छ । तराईको एक कठ्ठा जमिन भनेको पहाडको १ रोपनीभन्दा बढी क्षेत्रफलको हो ।

विराटनगरमा रहेर पत्रकारिता गरिरहेका संचारकर्मी महाप्रसाद खतिवडाका अनुसार विराटनगर उपमहानगरपालिकाभित्र पर्ने त्यस ठाउँको जमीनको मूल्य अहिले कम्तिमा पनि एक विघा बराबर ९० लाख देखि १ करोडसम्म पर्छ । त्यहाँको जमिनको अनुमानित मूल्यबारे खतिवडा भन्छन्, ‘तत्काल घर बनाएर बस्न नमिल्ने, धान रोप्नमात्र मिल्ने जमिनलाई पनि कम्तिमा प्रतिबिघा ९० लाख देखि १ करोड पर्छ । सुजाताका नाममा रहेको त्यस क्षेत्रको जमिनको मूल्य निकै महंगो क्षेत्र हो ।’

नेतृ सुजाताको जग्गा भएको वडा नम्बर ९ अर्थात वखरी भन्ने ठाउँ बस्ती बस्न अर्थात घडेरीमा विक्री हुने क्षेत्रमा पर्छ । भौतिक पूर्वाधारका दृष्टिकोणले तिव्र विकास भइरहेको त्यस क्षेत्रको जमिनको मूल्य एकविघा बराबर कम्तिमा पनि १ करोड ५० लाख जति पर्न जान्छ । सुजाता कोइराला आफैँले हस्ताक्षर गरेर बुझाएको सम्पत्ति विवरणमा उनले लेखेकी छिन्, ‘पिताजी स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट नामसारी गरिएको १४ विघा ।’

यसको अतिरिक्त उनको नाममा विराटनगर उपमहानगरपालिका वडा नम्बर १५ मा थप १५ कठ्ठा ९ धुर जमिन छ । बखरी क्षेत्रको भन्दा वडा नम्बर १५ मा रहेको १५ कठ्ठा जमिन निकै महंगो मूल्य पर्ने जमिन हो ।

यति मात्र होइन, सुजाता कोइरालासँग विराटनगरमै थप जमीन छ । मोरङ उपमहानगरपालिका वडा नम्बर ३ मा थप ८ कठ्ठा, १० धुर जमिन छ ।

मोरङ्गकै डाइनिया गाविस वडा नम्बर ६ को कित्ता नम्बर ३९ मा ११ कठ्ठा १५ धुर जमिन छ । यसै गाविसको वडा ७ मा कित्ता नम्बर ४० मा फैलिएको २ कठ्ठा १२ धुर जमिन छ । त्यसै क्षेत्रमा कित्ता नम्बर ४२ मा ४ कठ्ठा १२ धुर थप जमिन छ भने त्यहीँ कित्ता नम्बर ४९ मा १२ कठ्ठा १४ धुर अर्को प्लट छ ।

कोइरालाका नाममा करिब १५ विघा १४ कठ्ठा जमिन देखिन्छ । सामान्यतः सबैभन्दा कमजोर भौतिक पूर्वाधार भएको जमिनको समेत कम्तिमा पनि एक विघा बराबर एक करोड मूल्य पर्छ । योमध्ये नेतृ कोइरालाको करिब २ विघा जमिन निकै महंगो मूल्य पर्ने संरचनामा फैलिएको छ । यी जमिनको विवरण सुजाता कोइरालाले आफै सार्वजनिक गरेकी हुन् ।

२५ करोडको जमिनमा एक करोडको घर

कोशी अञ्चल अस्पतालको ठीक अघि एउटा विशाल सेतो घर छ । करिब ८ कठ्ठाको क्षेत्रफलभित्र पर्खालले घेरिएको उक्त घर नेतृ सुजाता कोइरालाको आफ्नै नाममा छ । सुजाता बिराटनगरमा रहँदा त्यही घरमा बस्ने गर्छिन् । सञ्चारकर्मी धु्रव भट्टराईका अनुसार कम्तिमा पनि त्यो घरको मूल्य १ करोड भन्दा बढी पर्छ । घर वरपर फैलिएको ८ कठ्ठा जमीनलाई कम्तिमा पनि २५ करोड बराबर मूल्य पर्छ । सुजाताको घर भएको त्यस ठाउँमा जमिनको मूल्य धुरकै कम्तिमा ३० लाख रहेको छ ।

-अनलाइन खबर

यु यस ए कप क्रिकेटको उपाधि नेपाली क्रिकेट टोलीलाई

२९ कार्तिक, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सहित उत्कृष्ठ नेपाली क्रिकेट खेलाडि सजिएको राईनोज क्रिकेट टोलीले अमेरीकामा सम्पन्न यु यस ए कप क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

नेपाली टोलीबाट कप्तान खड्का सहित बसन्त रेग्मी, सरद भेषवाकर, सिद्धान्त लोहनि लगाएतले खेलेका थिए । फाईनलमा नेपालले ह्युस्टन स्पार्क क्लबलाई ५४ रनले पराजित गरेको थियो ।

नेपाली राईनोज क्रिकेट टोलिले प्रथम हुँदै ६० हजार २ सय ५० अमेरिकि डलर तथा एउटा मित्सुबिसी गाडि प्रप्त गरेको थियो ।

यसैगरि दोस्रो भएको ह्युस्टन स्पार्क क्लबले १७ हजार २ सय ५० अमेरिकि डलर प्रप्त गरेको छ ।

सुजाता काण्ड र लोकमानसिंह महाअभियोगमा कसले के बोले संसदमा

२९ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले सरकारले पूर्व विशिष्टहरुलाई उपचारका लागि उपलब्ध गराउने रकम जनताको भावना, लोकतन्त्र तथा संविधानको भावना विपरित र विभेदपूर्ण रुपमा भैरहेको भन्दै यस्तो निर्णय रोक्न माग गरेका छन् ।

सांसदह, प्रकाश ज्वाला, दिलनाथ गिरी, मिना पुन, अनुराधा थापामगर लगायतले जनता सिटामोल नपाउने र उपचार नपाएर मर्नु पर्ने अवस्था रहिरहेका वेला पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालालाई उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गलत भएको भन्दै त्यसलाइ सच्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद सिपी मैनालीले सत्तामा टिक्न र सत्तामा जानका लागि हचुवाका भरमा संविधान संशोधन गर्नु देशका लागि घातक हुने भन्दै दलहरुको प्रतिनिधि रहने गरी उच्चस्तरिय समिति बनाएर छलफल गरी सवैको सहमतिमा संविधान संशोधन प्रक्रियामा अगाडी बढ्नु पर्ने बताउनु भयो ।

बैठकमा सांसदहरुले सरकारको सय दिन पुरा हुदा समेत उपत्यकामा नै रहेका भुकम्पपिडितले अनुदान पाउन नसक्नु र भुकम्प प्रभावित १७ जिल्लाका पिडितको तथ्याङक संकलन समेत हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यसैगरी सांसदहरुले किसानले धानको उचीत मुल्य पाउन नसकेको र वजारको व्यवस्था नभएकोे विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको वैठकको शुरुमै मधेशीमोर्चा र संघीय गठवन्धनमा रहेका दलहरुले संविधान संशोधन लगायतका आफ्ना माग सरकारले पुरा नगरेको भन्दै संसद बैठक बहिष्कार गरेका थिए । बैठकको शुरुमा सद्भावना पार्टीका लक्ष्मण लाल कर्णले कार्तिक मसान्तसम्म सरकारले संविधान संशोधन लगायतका आफुहरुका माग सम्बोधन नगर्ने हो भने आन्दोलनमा जाने बताउदै संसद बैठक वहिष्कार गरेको घोषणा गर्नु भयो ।

महाअभियोग माथि छलफल
व्यवस्थापिका संसदको आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका विरुद्ध  दर्ता भएको महाअभियोगको प्रस्तावमाथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफल जारी रह्यो ।

छलफलमा भाग लिने कतिपय सांसदहरुले अख्तीयार प्रमुख कार्कीले संविधान विपरित काम गरेको, समानान्तर सरकार चलाउन खोजेको लगायतका कारणले महाअभियोग लाग्नु पर्ने जिकिर गर्नुभयो भने कतिपय सांसदहरुले महाअभियोग प्रस्ताव सहि प्रक्रियाबाट नआएको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले महाअभियोगका प्रस्ताव विधिसम्मत रुपमा नआएको बताउदै सर्वोच्च अदालतमा मुद्धा चलिरहेको व्यक्तिमाथि हतारमा सत्तासाझेदार दल सँग पनि छलफल नगरी महाअभियोग प्रस्ताव दर्ता गरिएको बताउनु भयो ।

नेकपा एमालेका सांसद युवराज ज्ञवालीले महाअभियोग प्रस्ताव विधिसम्मत रुपमा समयमा नै दर्ता भएकाले अव यो पारित गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले पदको दुरुपयोग गर्नेलाई अंकुश लगाउनु पर्ने भन्दै  संवैधानिक निकायमा बसेर संविधान विपरित काम गर्ने पनि कारवाहीमा पर्छन् भन्ने सन्देश दिन पनि विधेयक परित हुनु आवश्यक रहेको बताउनु भयो

सांसद शिवलाल थापाले अख्तियार प्रमुख कार्कीले ऐनकानुन नमान्ने र पदीय मर्यादा विपरित काम गरेकाले महाअभियोग प्रस्ताव आएको र प्रस्ताव छिटो पारित गर्नुपर्ने बताउनु भयो ।

यसैबीच  यवस्थापिका संसले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी पिधेयक, २०७३ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्विकृत गरेको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले प्रस्तुत गर्नु भएको विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले सासंदको आजीवन बृत्ति विकासको वन्दोबस्त हुने गरी अझै प्रभावकारी र सांसदहरुको उचीत व्यवस्थापन हुने गरी विधेयक ल्याउन आग्रह पनि गर्नुभयो ।

विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन मन्त्री नायकले सवै सांसदहरुले उठाएका विषयलाई समेटेर विधेयक ल्याइने बताउनु भयो ।
व्यवस्थापिका संसदको अर्को बैठक मंसिर १ गते विहान ११ बजे वस्ने छ ।

कृषकलाई आत्म र्निभर वनाउन बाजुरामा उन्नत जातको विउ बाँडीदै

२९ कार्तिक, बाजुरा ।

जिल्ला कृषि विकास कार्यालय बाजुराले कृषकहरुलाई आत्म र्निभर वनाउन भन्दै विभिन्न उन्नत जातका गहुं तथा तरकारीको विउ बांडेको छ ।जिल्लाका कृषि सेवाकेन्द्र र जिल्ला कृषि विकास कार्यालयबाट उक्त विउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराका प्रमुख डाक्टर रामकृण श्रेटले जानकारी दिनुएको छ ।

कृषी विकास कार्यालयबाट डव्लु के १२०४ जातको गहुँ वितरण गरिएको छ । जसमध्ये धौलागिरी,डाँफे,मुनाल र च्याखुरा जातका वीउहरु कृषकलाइ वितरण गरिएको हो । यस्तै तरकारी खेतीका लागि विभिन्न जातका वीउहरु पनि वितरण गरिएको छ ।

कृषि विकास कार्यालयलयले यो वर्ष चारजातको  २४हजार केजी विउ वितरण गरेको छ । खाद्य सुरक्षा आयोजना तर्फ १२ हजार केजी विउ बांडेको । मिनिकिड रिक्षणका लागि तिन देखि १८ केजी  विवउः कृाकलाई वितरण गरेको वताएको छ ।  त्यस्तै सुख्खा  खडेरी पिडीतका लागि  प्रति किषान एक एक केजीका दरले दश हजार केजी विउ  निशुल्क वितरण गरेको हो ।

क्षेत्रीय कृषि  समिमतिको सिफारिसमा थप दुई हजार केजी विउगरी २४ हजार केजी  विऊँ बितरण भई सकेको वताएको छ । जिल्लामा उन्नतजातको विउ लगाउन सकेमात्र  कम्तीमा २५ प्रतिसत  खाद्यन्न बालीमा बृद्धि हुने हुंदा  विउ वितरणमा जोड दिएको कार्यलय प्रमुख डाक्टर श्रेष्टले बताए ।

गत वर्ष परीक्षणका रुपमा बांडेको गहुंको विउले शुख्खा खडेरीमा पनि राम्रो उत्पादन  दिएकोले यो वर्ष सोहीजातको बिउ वितरण गरेको हो । श्रेष्टले भने । खाद्य सुरक्षाका लागि विउ सुरक्षा र विउसुरक्षा भए मात्र जिल्लालाई आत्मनिर्भर वनाउन सकिने हुंदा उन्नतजातको मल, विउ र तरकारीको बिउ प्राथमिकताका साथ वितरण गरेको वताईएको छ ।

बाजुरामा  खाद्यवाली उत्पादन बृद्धी गर्न प्रजनन विउ, मुल विउ,प््रमाणित पहिलो र प्रमाणित दोस्रो र उन्नत विउगरी पांच किसिमको विउ वितरण गरिएको छ तरकारीमा पनि आत्म निर्भर गराउन जसमध्ये रायो,प्याज,मुला,धनिया,गाजर चम्सुर मेथी, पालुंगो लगायतका तरकारीको विउ विक्री गरिएको छ । तरकारीको वीउ हाल सम्म  २५ सय क्म्पोजिट सेट वितरण गरेको छ । एक सेटको कम्तीमा एक सय रुपैंया पर्छ  । किनेर विउ किन्ने चलन नहुंदा  तरकारी लगाउने वानीपार्न कोलागि २५ सय कृालाई निसुल्क विउ सेट वितरण गरेका छौं , अफुटकररुपमा पनि दिदै आएका छौं कार्यालय प्रमुख श्रटले वताए ।

कार्यालयले १० गाविसमा कृषि खाद्य सुरक्षा लागु भएकाले यस वर्ष उपलव्धी मुलक खेती हुने बताइएको छ । ३ थरीको वीउ आएकाले उपलव्धिका लागि कृषकहरुलाइ वीऊ दिएको बताइएको छ । यस वर्ष उत्पादन ह्रास नभएकाले डव्लु के १२०४ जातको वीउ वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । यसले खाद्य सुरक्षामा निकै प्रभाव पार्ने बताइएको छ । जिल्लामा हाइटेक प्रविधिमा बेमौसमी तरकारी खेती समेत गरिने कार्यालयले जनाएको छ । त्यस्तै ५६० क्वीन्टल विभिनन किसमको मल विक्री गरेको वताएको । वर्षेबालीमा विगतको अनुपातमा सात देखि १० प्रतिसतले बृद्धि हनेमान  छ यद्येपी सबैक्ष सेवाकेन्द्रवाट तथ्यांक आउन बौकी रहेको डाक्टर श्रेष्टले जानकारी दिनुभएको छ ।

साझाको नयाँ रुट तय, यी रुटमा गुड्ने छन् अब

काठमाडौं,कात्तिक २९ । साझा यातायातले ल्याएको नयाँ अपाङ्गमैत्री बसहरुले रुटपरमिट पाएको छ । काठमाडौं भित्रिएरपनि रुट परमिट नपाउदा थन्किएर बसेको बस चलाउने रुटहरु तय भएको हो । तोकिएको रुटमा पनि एउटा नयाँ रुट छ भने अन्य भने पुरानो रुट विस्तार गरेर ४ वटा रुट तोकिएको हो । साझा यातायातले कात्तिक २४ गते रुट परमिटको लागि यातायात व्यवस्था विभाग बागमति अञ्चल कार्यालयमा रुट परमिटको लागि निवेदन दिएको थियो।

तोकिएको रुटहर यसप्रकारका छन् ।

रुट नम्बर १: लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म बस चल्नेछ। यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस चल्नेछन् ।

रुट नम्बर २: एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म बस चल्नेछन् । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुटमा साझाका १० वटा बस चल्नेछन् ।

रुट नम्बर ३ :  यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म साझाले बस चलाउँदैछ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस चल्नेछन् ।

रुट नम्बर ४:  यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन हुनेछ । यो रुटबाट गएका बस पनि सोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस चल्नेछन् ।

साझाले अब काठमाडौंमा ३८ वटा बस चलाउने छ । साझाका ८ वटा बसले गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जमा चलाइरहेको छ । ।साझासँग हाल नयाँ ३० समेत गरी ४६ वटा बस छन् । अबको केही दिनभित्रै उपत्यकामा साझाका ३८ वटाले सेवा दिनेछन् । बाँकी आठवटाले उपत्यका बाहिरका चार गन्तव्यमा नियमित जस्तै सेवा दिनेछन् ।

थप दश वटा डिलक्स बस सञ्चालन गरिँदै

साझा यातायातले आफ्नो सेवा विस्तार गरी गुणस्तरीय सेवा दिन लामो दूरीमा थप १० वटा डिलक्स बस सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै उपत्यकामा एक ‘सेमी डिलक्स’ नमुनाका रुपमा सञ्चालन गरिँदै छ । साझाले आफ्नै स्रोतबाट डिलक्स बस खरिद प्रक्रिया अघि बढाएको कार्यकारी अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

Parliament continues deliberations on impeachment motion

A meeting of the Legislature-Parliament today continued deliberations on the motion of impeachment against Chief (now suspended) of the Commission for the Investigation of Abuse of Authority (CIAA), Lokman Singh Karki.

Taking part in the deliberations, lawmaker Mohan Bahadur Basnet expressed his displeasure at the process taken in introducing the motion to the House.

Yubraj Gyawali claimed that the proposal was brought as per the constitution and the Legislature-Parliament work operation regulations, urging all lawmakers not to harbour doubt on its intention and vote for it.

Alleging Karki of insulting the parliamentary committee, contempt of court, disobeying the people's representative body and of giving psychological torture to employees and terrorizing the public, he said such activities by the CIAA chief compelled lawmakers to move a motion of impeachment against him.

Shyam Kumar Shrestha said none in the country is above the law and the impeachment motion is meant for bringing that person misusing the authority to book.
Shibalal Thapa, describing Karki's appointment itself as a wrong move, said political parties have a time for making the correction of their mistake through the impeachment motion.

Rameshwor Phuyal said Karki had to face the impeachment motion for running a 'parallel government' and neglecting the presence of the parliamentary committee.

Likewise, Gangalal Tuladhar said the impeachment motion is in the House for safeguarding democracy and sought its endorsement.

Rajendra Kumar KC was of the view of finalising the impeachment motion soon.

Buddhiram Bhandari and Kamala Sharma, giving their views in support of the impeachment motion, insisted on its approval.

The Legislature-Parliament shall meet again at 11:00 pm on November 16.

RPP-N to decide on impeachment motion

A full meeting of the Rastriya Prajatantra Party Nepal (RPP-N)'s Central Working Committee is set to take place in Pokhara on coming November 20-22.

The meeting would discuss on the impeachment motion tabled at the parliament against Chief of Commission for Investigation of Abuse of Authority (CIAA), Lok Man Singh Karki, and take decision whether to vote for and against the motion, said RPP-N Spokesperson Rajaram Shrestha.

Likewise, the full meeting would also dwell on contemporary political situation of the country and explore party's role in the context.

One killed in clash with police in Rautahat

One person was killed and another injured during a clash between an armed group and police personnel at Dewahi VDC of Rautahat today.

The deceased has been identified as Tejhilal Saha, of East Chamapran of India and is from the armed gang and the injured is a policeman.

Acting on a tip off that a huge cache of arms was being smuggled into the district via the Lalbakaiya River embankment  at Dewahi VDC-8, a joint security squad from the District Police Office Gaur and the Area Police Office Garudha reached the site.  But the gang comprising 3-4 individuals opened fire at the team shortly after it reached the site, forcing it take a retaliatory action, as the police stated.

Policeman Surendra Chaudhary was injured after he was hit by a shot from the gang.  He is undergoing treatment at Chure Hill Hospital in Hetauda, according to Deputy Superintendent of Police Nabin Krishna Bhandari.

One rifle, a home- made pistol and some bullets were confiscated from the possession of the dead.  Others in the group are on the run and search for them is underway.

Lawmakers express qualm over govt decision to provide Rs 5 million to Sujata Koirala

The parliamentarians from various political parties, including the major opposition CPN-UML, have expressed their disagreement with the government's decision to provide Nepali Congress leader Sujata Koirala Rs 5 million for the treatment of breast cancer.

A meeting of Cabinet yesterday made the decision to this effect.

Speaking in the 'special hour' in today's meeting of the Legislature-Parliament, Prakash Jwala argued that the decision to avail leader Koirala the amount from the state coffers in an ad- hoc manner (without proper working procedure) sent a wrong message among the public.

Jwala condemned, it is utterly wrong to make decision to fund up to Rs 5 million for the treatment of a resourceful person while ordinary citizens are dying in want of treatment.

Comparing two incidents – the government providing Rs 6 million to former President Dr Ram Baran Yadav for his treatment and some allowances to his aide and a woman from Rolpa dying in Bhairahawa due to financial constraint, Jwala questioned, "How could this be justified?"

He also drew the attention of the government towards formulation of proper working procedure for providing financial assistance in such cases.
Similarly, Rastriya Prajatantra Party Nepal Dilanath Giri spoke of the need for the Minister of Health to give clarification to the Parliament for making such a decision.

He stated that it was a wrongdoing in itself to provide money from the state coffer to those with access and influence and the leaders of the same political party while the Minister goes on publicizing about introducing new working procedure.

Likewise, Rastriya Janamorcha's  Meena Pun asserted that it was illegal and against the right to equality to grant monetary assistance to former ministers out of pressure while cases of patients falling to death in lack of treatment and dying due to financial constraint were being reported.

Similarly, CPN (ML) lawmaker CP Mainali opined that the naturalized citizenship holders should not be allowed to hold key constitutional posts.  He insisted on logic and rationale for considering amendment in the new constitution.

Nepal Workers Peasants Party lawmaker Anuradha Thapa said that the government should not provide treatment expenditure to those who are well off.
Likewise, UML's Chudamani Jangali drew the attention of the government towards inconvenience facing the aspiring migrant workers queuing longer in front of the Foreign Employment Promotion Board.

सोलिडारिटी कप : नेपाल भर्सेस मकाउ, यस्तो छ तयारी (फोटो फिचर)

काठमाडौं,कात्तिक २९ । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले मंगलबार मकाउसँग खेल्दैछ ।

नेपाली टोलीले सेमिफाइनलमा लाओसालाई टाइब्रेकरमा हराएर फाइनलमा स्थान बनाएको हो ।  यस्तै मकाउले पनि सेमिफाइनलमा ब्रुनाइलाई पेनाल्टी सुटआउटमै ४-३ गोलले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

कुल ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल र मकाउ दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। नेपाल ३ टोली सम्मिलित समूह एको विजेता तथा मकाउ समूह बीको विजेता बनेको थियो। नेपाल फिफा बरियताक्रममा १८६ स्थानमा रहेको छ भने मकाउ १९६ स्थानमा रहेको छ ।

फिफा बरियताक्रममा नेपाल मकाउभन्दा १० स्थान माथि रहेको छ।

टु हेड

यसअघि नेपाल र मकाउ चार पटक आमने सामने भइसकेका छन्।जसमा नेपालले मकाउसँगको दुई खेलमा जितेका हासिल गरेको छ भने एक खेल बराबरी र एक खेल हारेको छ। ८ वर्षअघि भएको मैत्रीपूर्ण खेलमा नेपालले मकाउलाई ३-२ ले हराएको थियो।

त्यसअघि सन् १९९७ मा भएको फिफा विश्वकप छनोटमा नेपालले पहिलो खेलमा मकाउसँग १-१ को बराबरी खेलेका थिए भने दोस्रोमा नेपाल २-१ ले पराजित भएको थियो। तर २००१ मा भएको विश्वकप छनोटको दुवै खेलमा नेपालले मकाउमाथि शानदार जित हासिल गरेको थियो।

पहिलो खेलमा नेपालले मकाउलाई ४-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा ६-१ ले हराएको हो। नेपाल र मकाउबिचको फाइनल खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार साँझ सवा पाँच बजे हुदैछ।

तस्बिर : एन्फा

यस्ता छन् ट्रम्पलाई राष्ट्रपतिमा सघाउने मुख्य सचिव र प्रमुख रणनीतिकार

२९ कार्तिक, काठमाडौं ।
अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प बिजयी भएपछि स्वागत भन्दा बिरोधको आवाज खेपिरहनुपर्दा उनले आफ्नो मुख्य सचिव र प्रमुख रणनीतिकार नियुक्त गरेका छन् ।

आउँदो जनवरी २० तारिखमा अमेरिकी राष्टपतिको शपथ खान लागेका डोनाल्डले नियुक्त गरेका यि दुई व्यक्ति उनका सबैभन्दा नजिकका सहयोगी हुनेछन् ।

ट्रम्पले मुख्य सचिवमा रिपब्लिकन नेशनल कमिटीका अध्यक्ष राइन्स प्राइबसलाई र प्रमुख रणनीतिकारमा ब्राइटबार्ट न्यूज नेटवर्कका अध्यक्ष स्टेफन बेनोनलाई नियुक्त गरेको हुन् ।

मुख्य सचिव पद ह्वाइट हाउसको सबैभन्दा शक्तिशाली मानिन्छ । मुख्य सचिवमा नियुक्त प्राइबसले राष्ट्रपति ट्रम्पको दैनिक योजना बनाउने गर्दछन् ।

प्राइबसले अमेरिकी सरकारले अख्तियार गर्ने नीति निर्धारणमा पनि प्रमुख भूमिका खेल्नेछन् । साथै संसद र सरकारबीच उनले मूख्य भूमिका निभाउनेछन् ।

समाचार संस्थाहरुका अनुसार प्राइबस हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख पल रायनसँग निकट रहेका छन् ।

गत मंगलबार डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै रिपब्लिकन उम्मेदवार ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उनले आउदो २० जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन् । अमेरिकी कांग्रेसका दुबै सदनमा आफ्नो पार्टी रिपब्लिकनको प्रष्ट बहुमत पाएका ट्रम्पलाई सत्ता सञ्चालनमा सहज भएपनि उनको नीति र कार्यक्रमका आधारमा कमजोर रहेपनि प्रतिपक्षको भूमिका महंगो हुनसक्ने ठानिएको छ ।

अमेरिका आएर पनि मिनेन्द्र रिजालले भारतको बचाउ गरे

कोलोराडो ।
नेपाली काँग्रेसमा समानुपातीक तर्फबाट सभासद र सांसद हुँदै मन्त्री बन्दै आएका मिनेन्द्र रिजालले अमेरिका आएर पनि भारतको बचाउ गरेका छन् ।

कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले भारतलाई दोष लगाएर नेपालका सबै समस्या समाधान नहुने यहाँ बताएका हुन् ।

नेपाली काँग्रेस सम्वद्ध नेपाली जनसंम्पर्क समिती कोलोराडो च्याप्टरको आयोजनामा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै रिजालले भारतलाई दोस दिन नहुने बताएका हुन् ।

नेपालको संविधान संशोधन, मधेशको माग, नेपालको बैदेशीक नीति, भुकम्प पिडीतलाई राहत, भारतीय राष्ट्रपति आउदा दिइएको सार्वजानिक बिदा, नेपालबाट यूवाहरु पलायन हुनुपर्ने अवस्था, दोहोरो नागरिकता र नेपाली कांग्रसको आगामी रणनितीका बारेमा सहभागीहरुले रिजाललाई प्रश्न गरेका थिए ।

अधिकाशं प्रश्नका उत्तर आलटाले जवाफ दिएका रिजाल उपस्थित कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, नेपाली कांग्रेस गोरखाका पूर्व जिल्ला सभापति तथा जनसम्पर्क समिती अमेरिकाका सल्लाहकार बुद्धी लामीछाने, नेपाली जनसम्पर्क समितिका पूर्व केन्द्रिय सदस्य जगन्नाथ गौतम, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधी कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेव खनाल, नेवा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, यूएस नेपाल न्यूजका बिकल पराजुली गजेन्द्र अधिकारी लगायत सहभागी थिए ।

नेपालमा कस्तो काम गरेर बस्न भनेर केही भन्न नसकेपनि नेताहरुको भाषण शैलिमा युवालाई स्वदेशमै बसेर सृजनशिल काम गर्न आग्रह गरेका रिजालले संक्रमणकाल अझै बढ्न सक्ने बताए ।

पछिल्लो पटक कृष्ण प्रसाद सिटौला खेमाबाट सञ्चारमन्त्री हुँदा समेत युवती काण्डदेखी सरकार नियन्त्रीत सञ्चारमाध्यममा काँग्रेसी कार्यकर्ताको नियुक्ती र दबावको चर्को बिरोध खेपेका रिजाल काँग्रेस भित्र भारत निकट नेताका रुपमा चिनिन्छन् ।

रिजाल पुष्पकमल दाहाल प्रधानमन्त्री हुने समयमा काँग्रेसबाट मन्त्री बन्न सहयोग गर्न भन्दै भारतीय दूतावासमा धाउने काँग्रेस नेताहरुको सूचीमा समेत थिए ।
स्मरणीय छ गत महाधिवेशनमा काँग्रेसबाट सभापतीमा भारतीय ईशारामा उठेको स्वयं काँग्रेस कार्यकर्ताहरुको आरोप खेप्दै आएका कृष्ण प्रसाद सिटौलाकै प्यानलमा रिजाल उभिंदै आएका छन् ।

संविधान संशोधन हुँदैन, प्रचण्डले सय दिनमा सिन्को भाँचेनन्-बामदेव गौतम

२९ कार्तिक, प्यूठान ।
पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतमले कुनैपनि हालतमा संविधान संशोधन नहुने बताएका छन् ।

विदेशीको इसारामा नेपाललाई टुक्र्याउने उद्देश्यले सीमांकन हेरफेर सहितको संशोधन मान्य नहुने गौतमको भनाई छ ।

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी प्यूठानले सोमवार खलंगामा गरेको पत्रकार भेटघाटमा बोल्दै गौतमले सरकार जनताको चाहना भन्दा विदेशीको चाहनामा अघि बढेको आरोप लगाए ।

मधेशवाद’को नाराले हिमाल-पहाडलाई अलग बनाएर देश टुक्राउने खेलमा लागेको भन्दै गौतमले भने  ‘सरकार विदेशीको आडमा अघि बढेको छ । विदेशी रिजाउने लक्ष्य राखिएकोले तराई पहाड छुट्टाउने खेल हामी हुन दिँदैनौं ।’

मधेशमा १० प्रतिशत जनमत ल्याउन नसक्नेहरुले अरुलाई ‘मधेश बिरोधी’को आरोप लगाएको गौतमको भनाई छ ।

‘संविधान जारी गर्ने बेलामा विरोध गर्ने विधंस मच्चाउनेहरु अहिले त्यही संविधान संशोधन गर्ने भन्न नमिल्ने भन्दै गौतमको प्रश्न थियो  ‘हिमाल(पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न सक्दैन ।’

नेपालको नाम फेर्ने, जातिय विभाजन गर्ने, झण्डा फेर्ने जस्ता नाराबाट माओवादी पार्टी अगाडि बढेको इतिहास कोट्याउँदै गौतमले भने ‘माओवादी नेतृत्वको सरकारले १०० दिनमा सिन्को समेत भाँच्न सकेन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की प्रकरणका बारेमा उनले भने, ‘लोकमानले आफुलाई राजामहाराजा सम्झेर अघि बढे, उनलाई कानुन बमोजिम कारवाही हुन्छ ।’

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web