सोलिडारिटी कप : नेपाल भर्सेस मकाउ, यस्तो छ तयारी (फोटो फिचर)

कार्तिक २९, २०७३ मा प्रकाशित | 1009 views

काठमाडौं,कात्तिक २९ । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले मंगलबार मकाउसँग खेल्दैछ ।

नेपाली टोलीले सेमिफाइनलमा लाओसालाई टाइब्रेकरमा हराएर फाइनलमा स्थान बनाएको हो ।  यस्तै मकाउले पनि सेमिफाइनलमा ब्रुनाइलाई पेनाल्टी सुटआउटमै ४-३ गोलले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

कुल ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल र मकाउ दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। नेपाल ३ टोली सम्मिलित समूह एको विजेता तथा मकाउ समूह बीको विजेता बनेको थियो। नेपाल फिफा बरियताक्रममा १८६ स्थानमा रहेको छ भने मकाउ १९६ स्थानमा रहेको छ ।

फिफा बरियताक्रममा नेपाल मकाउभन्दा १० स्थान माथि रहेको छ।

टु हेड

यसअघि नेपाल र मकाउ चार पटक आमने सामने भइसकेका छन्।जसमा नेपालले मकाउसँगको दुई खेलमा जितेका हासिल गरेको छ भने एक खेल बराबरी र एक खेल हारेको छ। ८ वर्षअघि भएको मैत्रीपूर्ण खेलमा नेपालले मकाउलाई ३-२ ले हराएको थियो।

त्यसअघि सन् १९९७ मा भएको फिफा विश्वकप छनोटमा नेपालले पहिलो खेलमा मकाउसँग १-१ को बराबरी खेलेका थिए भने दोस्रोमा नेपाल २-१ ले पराजित भएको थियो। तर २००१ मा भएको विश्वकप छनोटको दुवै खेलमा नेपालले मकाउमाथि शानदार जित हासिल गरेको थियो।

पहिलो खेलमा नेपालले मकाउलाई ४-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा ६-१ ले हराएको हो। नेपाल र मकाउबिचको फाइनल खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार साँझ सवा पाँच बजे हुदैछ।

तस्बिर : एन्फा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web