३० कार्तिक, राजविराज ।

सप्तरी कोचाबखारी गाविस–५ लोखरमका हरेराम मण्डल र रन्जुदेवीकी १३ महिने छोरी नीलमको शरीरमा रहेका सबै हड्डीहरू बाहिरबाट प्रस्टै देखिन्छन्। उनको शरीरमा हाडमाथि पातलो छालाबाहेक केही छैन । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । झट्ट हेर्दा द्वन्द्वग्रस्त मुलुकमा भोकमरीको सिकार भएको जस्तै देखिन्छिन् नीलम ।

खाना र पौष्टिक आहार नपाउँदा उनी कुपोषणको अन्तिम चरणमा छिन् । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र रहेको पोषण पुनस्स्थापना गृहमा उपचारका लागि एक महिनाअघि नीलमलाई ल्याउँदा कर्मचारी र प्राविधिकहरू एकछिन आश्चर्यमा परे । गृहकी प्रबन्धक रश्मी झाले भनिन्, ‘उनको शरीरमा मासु छँदै छैन, हाडमाथि पातलो छाला, हेर्दा नै डरलाग्दो देखियो ।’ यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

उनका अनुसार नीलम कुपोषणबाट यो हालतमा ग्रसित बालबालिकामा भर्ना हुन आएकी पहिलो हुन् । झाले भनिन्, ‘यो अन्तिम अवस्था हो, बचाउन निक्कै गाह्रो छ ।’ गृहले बालिका नीलमको चिकित्सकबाट उपचार गराउँदा खान नपाएर उनको यो अवस्था भएको बताएको झाले जनाइन् । नीलमकी आमा रन्जु सुस्तमनस्थितिकी छन् । बुवा हरेराम सामान्य मजदुरी गर्छन् । ‘६ महिनादेखि नातिनीको यस्तै अवस्था थियो,’ उनकी हजुरआमा गुलियादेवीले भनिन्, ‘खानै पुग्दैन, कसरी उपचार गर्न ल्याउनु रु’

बालिकाको स्थिति चिन्ताजनक भएपछि नजिकको स्वास्थ्यचौकी सखडामा गएको र त्यहाँ पोषण पुनस्स्थापना गृहमा जान सल्लाह दिएको उनले सुनाइन् । ‘राजविराज आउने भाडा थिएन,’ गुलियादेवीले भनिन्, ‘घरमा रहेको चामल पसलमा बेचेर ३० रुपैयाँ भयो, त्यसैका भरमा नातिनी लिएर उपचारका लागि राजविराज आएँ ।’ उनका अनुसार घरमा चामल पनि एकछाकभन्दा बढी पुग्ने थिएन । त्यही पनि बेचिन् उनले । १३ महिनाअघि जन्मँदा नीलम सामान्य अवस्थामा थिइन् । उनको तौल ३ किलो थियो । अहिले उनको तौल चार किलो मात्र छ ।

गुलियादेवीको गरिबीको हालत सहनै नसक्ने खालको छ । ५ वर्षअघि श्रीमान् बिते । छोराबुहारी सामान्य कमाउँछन्, अलग्गै बस्छन् । ज्वाइँले मजदुरी गरेर ल्याएकाले छोरी, दुई नातिनी पाल्ने गरेको उनले सुनाइन् । परालले छाएको सानो २ कोठा भएको घर छ । वर्षामा चुहिन्छ । ‘कति छाक भोकै सुतेको छु,’ उनले पीडा सुनाइन्, ‘अब त हाम्रा सन्ततिको जीवन भगवानकै हातमा छ ।’

उनले कामना गरिन्, ‘हे सरकारहरू, हाम्रा सन्तति र समाजका भोलिका पुस्तालाई जोगाइदेऊ ।’ उनले आफ्नो परिवार चरम गरिबीको मारमा रहेको र नातिनीको अवस्था निक्कै गम्भीर भएकाले सहयोगका लागि सबैसित आग्रह गरिन् । ‘कोही त सुन्ने होला हाम्रो दुस्ख,’ उनले भनिन्, ‘मनकारी हातहरू आएर हाम्रो भावी पुस्ता जोगाइदेओस्, यही याचना गर्छु ।’

‘दुई छाक भात त दिन संकट छ,’ उनले भनिन्, ‘कहाँबाट दूध र पोष्टिक आहार दिनु, चोर्न जानु त भएन नि रु’

पोषण पुनस्स्थापना गृह राजविराजकी प्रबन्धक झाले खाली हात उपचारका लागि आएकी नीलमको उपचार र उनलाई पोषणयुक्त खानाको व्यवस्था तत्कालका लागि गृहबाट मिलाइएको छ ।

‘यो परिवारलाई अहिले आर्थिक सहयोगको निक्कै खाँचो छ,’ उनले भनिन् । झाका अनुसार गृहमा केही दिन उपचारपछि चाडपर्वका बेला घर लगिएकी नीलमलाई केही दिनअघि फेरि गृहमा भर्ना गरिएको छ । अहिले उनलाई सन्तुलित पौष्टिक आहार नियमित दिने गरिएको छ । सुरुमा आएको अवस्थाभन्दा केही सुधार देखिएको झाले बताए । ‘अहिले हामीले निस्शुल्क उपचार गरिरहेका छौं,’ उनले भने ।

गरिबीको चरम मारमा गुलियादेवीको परिवार मात्र होइन, अरू पनि छन् । खानै नपाएर कुपोषित भई पोषण पुनस्स्थापना गृहमा बालबालिका लिएर आउने क्रम अत्यधिक रहेको गृहले जनाएको छ । अहिले मात्र चारजना बालबालिका गरिबीका कारण खान नपाएर कुपोषित भई गृहमा आएको झाले बताइन् ।

‘दुई छाक टार्नै गाह्रो छ, के गर्ने, कहाँबाट बच्चा पाल्ने रु’ कुपोषणले बच्चा गम्भीर भएपछि उपचारका लागि पुनस्स्थापना गृह ल्याएकी सप्तरी कञ्चनपुरकी शान्तिदेवी रामले भनिन्, ‘श्रीमान् विदेश गए, सम्पर्कविहीन भए, सासू–ससुराले हेरेनन्, कहाँबाट बच्चा पाल्नु, आफ्नै ज्यान त गाह्रो भयो, यस्तो गरिबी र भोकमरी कसैलाई देख्नु नपरोस् ।’

३० कार्तिक, काठमाडौं ।

देशका झन्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुव्र्यवहार गरेको आरोप लागेको छ ।

हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया छनोटमा सहभागी हुन गएका नेपाली खेलाडीले नै प्रशिक्षकविरुद्ध लिखित उजुरी दिएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

हङकङको प्रतियोगितामा सहभागीमध्ये ६ खेलाडी ९हामीले नाम गोप्य राखेका छौँ० ले उजुरी गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन सुरु गरेको छ । सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी आएको उजुरीमाथि क्रिकेट समन्वय समितिले छानबिन गरिरहेको छ ।

विष्टले छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइसकेका छन् । विष्टले छानबिन भइरहेको र दोषीमाथि कारबाही हुने बताए । ‘मैले सुन्नचाहिँ सुनेको छु, क्रिकेट समन्वय समितिलाई घटनाबारे बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छु,’ विष्टले नयाँ पत्रिकालाई भने, ‘समितिले छिटै छानबिनको प्रतिवदेन बुझाउनेछ । कोही दोषी भए तत्कालै कारबाही हुनेछ ।’

यस्तो छ आरोप

१. महिला टोलीकी एक सदस्यलाई जबर्जस्ती मदिरा खुवाएको र सुतिरहेको अवस्थामा यौन दुव्र्यवहारको प्रयास गरेको

२. घटनापछि राति नै अन्य खेलाडीले मुख्य प्रशिक्षक बस्न्यातसँग झगडा गरे, झगडाकै क्रममा प्रशिक्षकबाट एक खेलाडीलाई आक्रमण प्रयास गरेको

३. वादविवाद हुँदा प्रशिक्षकद्वारा खेलाडीलाई अश्लील गालीगलौज गरेको

४. टोलीकै अर्की एक खेलाडीलाई पनि मदिरा खुवाई पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको

नखाएको विष लाग्दैनः प्रशिक्षक

प्रशिक्षक बस्न्यातले भने आफूमाथि आरोप लागेको पुष्टि गरे पनि त्यो आरोप झुटो भएको दाबी गरेका छन् । हङकङमा प्रतियोगिता चलिरहँदा अनुशासनहीन खेलाडीलाई गाली गरेको उनले बताए । तर, यस विषयलाई ती खेलाडीले नै अनावश्यक मोड दिएको दाबी उनले गरेका छन् । ‘नेपालको नतिजा राम्रो आओस् भनी अनुशासनभन्दा बाहिर गएका केही खेलाडीलाई गाली गरेको थिएँ, तर त्यसैलाई उनीहरूले नकारात्मक रूपमा प्रचार गरे,’ बस्न्यातले भने ।

राष्ट्रिय टोलीमा छनोट नभएका खेलाडीसँग मिलेर ती खेलाडीले हल्ला फिँजाएको आरोप उनले लगाए । नेपाली क्रिकेटलाई लामो समयदेखि दिएको योगदानको नकारात्मक प्रतिफल पाएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सबै खेलाडीलाई सम्मान गर्छु, मैले कसैलाई पनि दुव्र्यवहार गरेको छैन, गाली गर्नुलाई नै दुव्र्यवहार भन्ने हो भने मेरो केही भन्नु छैन, तर नखाएको विष कहिल्यै लाग्दैन,’ बस्न्यातले भने ।

केही व्यक्तिले निजी स्वार्थ पूरा गर्न खेलाडीलार्ई हतियार बनाएको पनि उनले दाबी गरेका छन् । ‘कुनै व्यक्तिविशेषको स्वार्थका लागि यस्तो आरोप लगाइएको हो, यो मेरो करिअर नै समाप्त पार्ने योजना हो,’ उनले भने, ‘मेरो आफ्नो परिवार छ, त्यस्तो काम गरी हिँड्ने मान्छे होइन ।’

काठमाडौं ।
दसौं एसियाली पौडी प्रतियोगितामा सहभागी हुन ३ महिला खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।

नोभेम्बर १७ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा टीसा शाक्यले ५० मिटर बटरफ्लाई तथा ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।

यसैगरि अक्शरा सिंहले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछिन् भने आयुश्मा तुलाधरले ५० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टायलमा भाग लिने छिन् ।

काठमाडौं ।
गत साता ५१ प्रतिशत भन्दा बढीले घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साताको शुरुवात संगै बढ्न थालेको छ ।

आइतवार सकारात्कम कदमका साथ बन्द भएको सेयर बजारको वद्धिले सोमवार समेत निरन्तरता पाएको छ ।

सोमवार नेप्से परिसूचक ६ दशमलव २८ अंकको वृद्धिसहित १७०६ दशमलव २८ अंकमा पुगेको छ ।

सोमवार सेयर बजारलाई एभरेष्ट बैंकको कारोवारले डोर्यायो । बैंकको सेयर ४० रुपैयाँको वृद्धिसहित ३६ सय ९० रुपैयाँमा पुग्यो भने सबैभन्दा धेरै १२ करोड ३५ लाख रुपैयाँको सेयर कारोवार समेत एभरेष्ट बैंकको भयो ।

सोमवार बैंकिग समूहको सूचक ८ दशमलव ९४ अंकले बढेको छ भने होटल, फइनान्स, विमा र उत्पादनमूलक समूहको सेयर सूचक समेत सोमवार बढ्यो ।

सोमवार विकास बैंक, जलविद्युत तथा अन्य समूहको सूचकमा सामान्य गिरावट भएको छ ।

आइतवारको तुलनामा सोमवार कारोवार रकममा समेत सुधार देखिएको छ । आइतवार नेप्सेमा ७३ करोडको कारोवार भएको थियो सोमवार त्यो बढेर ७८ करोड रुपैयाँ पुगेको छ ।

२९ कार्तिक, काठमाडौं ।
स्वास्थ्य मन्त्रालयको टोलीले आज काठमाडौ र ललितपुरका ३४ ओटा क्लिनीक तथा फार्मेसीहरुमा अनुगमन गरी प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेका पाँच ओटा क्लिनीकलाई सिलबन्दी गरेको छ ।

स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी, सञ्चारकर्मी लगायतको टोलीले गरेको अनुगमनका क्रममा काठमाडौका ४ र ललितपुरको १ क्लिनीकमा सिलबन्दी गरिएको स्वास्थ्य मन्त्रीको निजि सचिवालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका डा हेमन्त ओझाको नेतृत्वमा रहेको काठमाडौको टोलीले दर्ता नै नभएका बानेश्वर देखि कोटेश्वर सम्म रहेका जागरण क्लिनीक, एसआरडी डाइनोष्टीक, लोकसेवा डेण्टल क्लिनीक र अपी डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको हो ।

त्यस्तै केही फार्मेसीहरुमा भने पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधी विक्री गरेको लगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुकासाथै स्पष्टीकरणपनि मागिएको डा। ओझाले जानकारी दिनुभयो ।

त्यसैगरी ललितपुरमा स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जाउलाखेलमा रहेको दर्ता नभई सञ्चालनमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरेको छ ।

२९ कार्तिक, काठमाडौं ।
साझा यातायातले उपत्यकाभित्र चार वटा प्रमुख मार्गमा नयाँ बस गुडाउने भएको छ । साझा यातायातले उपत्यकाका प्रमुख गन्तव्यलाई समेटेर चारवटा रुटमा सेवा सञ्चालन गर्ने गरी रुट पर्मिट मागिएको जनाएको छ ।

साझाले भारतबाट किनेका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा बाटो अनुमतिका लागि आवेदन गरेको छ ।

सर्वसाधारण जनतालाई सुविधा दिन उपत्यकाका चार बाटा रुटमा ३० वटा नयाँ र हाल सञ्चालनमा रहेका आठवटा पुराना बसले सेवा दिने तयारी भएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताउनु भयो ।

कार्यकारी अधिकृत पाण्डेले साझासँग हाल नयाँ ३० समेत गरी ४६ वटा बस छन् । अबको केही दिनभित्रै उपत्यकामा साझाका ३८ वटाले सेवा दिनेछन् । बाँकी आठवटाले उपत्यका बाहिरका चार गन्तव्यमा नियमित जस्तै सेवा दिनेछन् ।

साझा यातायातले आफ्नो सेवा विस्तार गरी गुणस्तरीय सेवा दिन लामो दूरीमा थप १० वटा डिलक्स बस सञ्चालन गर्ने तयारी गरेको र उपत्यकामा साझाले आफ्नै स्रोतबाट डिलक्स बस खरिद प्रक्रिया अघि बढाएको पनि कार्यकारी अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

२९ कार्तिक, काठमाडौं ।
गैरकानुनी रुपमा नेपाल हुँदै भारत जान लागेका ३१ जना तिब्बती नागरीलाई आज प्रहरीले कैलालीको धनगढी त्रिनगर सिमानाकाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैलाई काठमाडौं ल्याउन अध्यागमन कार्यालयलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

२९ कार्तिक, काठमाडौं ।
नेकपा 'एमाले'को भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घमा पृथ्वीसुब्बा गुरुङ चुनिनुभएको छ ।

यही कात्तिक २७ गतेदेखि आजसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा तिलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपाशुर शेर्पा, झकबहादुर थापामगर, शान्ता चौधरी र चित्र थापामगर हुनुहुन्छ ।

२९ कार्तिक, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका दुई जना इन्जिनियरले पदमा रहँदा करिब ४ करोड भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकामा महानगरपालिकाका बरिष्ठ इन्जिनियर रामहरि फुयाल र ईन्जिनियर गम्भिरलाल श्रेष्ठ रहेका छन् ।

महानगरपालिका बरिष्ठ इन्जिनियर रामहरि फुयालले दुई हरोड त्रीहत्तर लाख नौ हजार रुपैयाँ गैर कानूनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी महानगरपालिका इन्जिनियर गम्भिरलाल श्रेष्ठले एक करोड उनान्तीस लाख सात सय गैर कानूनी रुपमा आर्जन गरी भ्रष्टाचार गरी भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

अंगराज तिमिल्सीना -

कोही बिरामी पर्दा अक्सर हाम्रो समाजमा सत्रु नै भए पनि सहानूभुती जाग्छ तर अहिले नेपालको "मेनस्ट्रीम" मिडीया र सोसियल मिडीया पूर्ब उप-प्रधान मंत्री, बीपीकी भतिजी र गिरिजा प्रसाद कि छोरी सुजाता प्रती खनिएको देखियो धेरै जायज कारणले ।

यो बिबाद बारे मेरो अभिमत के हो भने समस्या हाम्रो राजनीती र राज्यको नीती दुबैमा छ । राजनीतीमा समस्या के भने दिनेले किन दिने र लिनेले किन लिने भन्ने दुबै तिरको नैतिकताको कुरा आउछ । हजारौं जनता सिटामल सम्म नपाएर मर्नु पर्ने अवस्था भएको गरीब देशमा उपचार खर्च आफै जुटाउन सक्ने हैसियत हुनेले राज्यबाट माग्न नैतिकताले नदिनु पर्ने हो तर परिबार र आफुले जिन्दगी नै देशलाई सुम्पिएका कारण यो हाम्रो अधिकार हो भन्ने होला वा अरु सबैले लिदा हुने मैले लिदा किन नहुने भन्ने पनि होला । तर जन-मानसमा यसले नराम्रो छाप छोड्छ । अर्को कुरा देश भित्रको स्वास्थ्य सेवा जिर्ण हुने तर राज्यको पैसाले बाहिर उपचार गराउदा राम्रो शन्देश जादैन राजनीती गर्नेका लागी । तर यसो भन्नुको अर्थ उपचार गराउन बाहिर जानै हुन्न भन्ने होईन । आफ्नो हैसियतले सक्नेले जहाँ गएर उपचार गराए हुन्छ । तर राज्यबाट मागिसके पछी देशको अवस्था र आफ्नो दायित्व बोध चाँही हुनु पर्छ ।

तर दिने र माग्ने दुबैतिर लाजै नभए के गर्ने ? चाहे प्रधान मंत्री होस वा गृह मंत्री वा स्वास्थ्य मंत्री, तजबिजमा पैसा बाँड्ने काम बर्षौं देखी चली आएको छ हाम्रो नेपालमा । धेरै यस्ता निर्णय मंत्रीमण्डलमा गुप-चुप मै हुन्छन । समय, सन्दर्भ र गगनले ल्याउन खोजेको नयाँ नीतीले सुजाता अहिले "स्केन्डलाईज" भएकी मात्रै हुन ।

अब नीती का कुरा गर्ने हो भने उपचारका लागी नगद दिने कामले (बढी वा कम जती भए पनि) दिर्घकालीन समाधान निस्किदैन । एकातिर देश भित्रै उपचार गर्ने अस्पतालको हालत सुधृनु पर्यो भने अर्कोतिर स्वास्थ्य बीमा क्षेत्रको बिकास गराउन सक्नु पर्यो । चीनीया सहयोगले बनेको भरतपुर क्यान्सर अस्पताल दिनानु दिन जिर्ण बन्दैछ स्रोत र साधनको अभाबका कारण । बिर अस्पताल देखी का सरकारी अस्पतालको त्यही हालत छ ।

अहिले नेपालमा सांसदहरुको सुबिधा बढाएर झण्डै ८०-९० हजार महीनाको पुर्याउदै लगिएकोछ भनिन्छ भने सांसद र तीनका परिबारको स्वास्थ्य बीमा बारे सोचिएको छैन । अमेरीका होस वा सिंगापुर, सांसद आफ्नो सुबिधा बाट स्वास्थ्य बिमा किन्ने गर्छन । सरकारमा जागीर खाने वा सुबिधा लिनेले तलब सुबिधा बाटै बिमा गर्नै पर्ने प्राबधान ल्याए यसरी तजबिजमा तोक लगाएर वा सिधै प्रधान मंत्रीले पेलेर पैसा दिने निर्णय गर्नु पर्ने अवस्था कम हुन्थ्यो कि यदी बहाल वाला र पुराना मंत्री, साँसद आदीको स्वास्थ्य बीमा भैदिएको भए ?

अब रह्यो गगनको राजीनामाको कुरा ! गगन आफैले राजीनामा गरेर नभाग्ने भनी सके । राजीनामा दिएर हार स्विकार्नु भन्दा स्वास्थ्य सेवा सुधार्ने धेरै कुरामा समय खेर नफालेर लागे हुन्छ । तर प्रधान मंत्री र मंत्री बिचको द्वन्दको स्थितले राम्रो संकेत दिदैन । "सिस्टम" भित्रै ठूलो लडाइ लड्नु पर्ने देखिन्छ । तर अहिले लाई भने गगन लाई "गूड लक" ।

By: Anga Raj Timilsina

२९ कार्तिक, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ ।

एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा आज विहान निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा राखिने भएको छ ।

२९ कार्तिक, काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले मधेसविरोधी पार्टी भनेर गरिएको प्रचारबाजी गलत भएको बताउनुभएको छ ।

उहाँले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिनुभयो ।

सिरहाको लहानमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नयाँ संविधान बन्दा केही असन्तुष्टि आउनु स्वभाविक भएको त्यो विस्तारै मिल्दै जाने बताउनुभयो ।