काठमाडौं ।
गत साता ५१ प्रतिशत भन्दा बढीले घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साताको शुरुवात संगै बढ्न थालेको छ ।

आइतवार सकारात्कम कदमका साथ बन्द भएको सेयर बजारको वद्धिले सोमवार समेत निरन्तरता पाएको छ ।

सोमवार नेप्से परिसूचक ६ दशमलव २८ अंकको वृद्धिसहित १७०६ दशमलव २८ अंकमा पुगेको छ ।

सोमवार सेयर बजारलाई एभरेष्ट बैंकको कारोवारले डोर्यायो । बैंकको सेयर ४० रुपैयाँको वृद्धिसहित ३६ सय ९० रुपैयाँमा पुग्यो भने सबैभन्दा धेरै १२ करोड ३५ लाख रुपैयाँको सेयर कारोवार समेत एभरेष्ट बैंकको भयो ।

सोमवार बैंकिग समूहको सूचक ८ दशमलव ९४ अंकले बढेको छ भने होटल, फइनान्स, विमा र उत्पादनमूलक समूहको सेयर सूचक समेत सोमवार बढ्यो ।

सोमवार विकास बैंक, जलविद्युत तथा अन्य समूहको सूचकमा सामान्य गिरावट भएको छ ।

आइतवारको तुलनामा सोमवार कारोवार रकममा समेत सुधार देखिएको छ । आइतवार नेप्सेमा ७३ करोडको कारोवार भएको थियो सोमवार त्यो बढेर ७८ करोड रुपैयाँ पुगेको छ ।

20.71¡ÆC