२९ कार्तिक, बाजुरा ।

जिल्ला कृषि विकास कार्यालय बाजुराले कृषकहरुलाई आत्म र्निभर वनाउन भन्दै विभिन्न उन्नत जातका गहुं तथा तरकारीको विउ बांडेको छ ।जिल्लाका कृषि सेवाकेन्द्र र जिल्ला कृषि विकास कार्यालयबाट उक्त विउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराका प्रमुख डाक्टर रामकृण श्रेटले जानकारी दिनुएको छ ।

कृषी विकास कार्यालयबाट डव्लु के १२०४ जातको गहुँ वितरण गरिएको छ । जसमध्ये धौलागिरी,डाँफे,मुनाल र च्याखुरा जातका वीउहरु कृषकलाइ वितरण गरिएको हो । यस्तै तरकारी खेतीका लागि विभिन्न जातका वीउहरु पनि वितरण गरिएको छ ।

कृषि विकास कार्यालयलयले यो वर्ष चारजातको २४हजार केजी विउ वितरण गरेको छ । खाद्य सुरक्षा आयोजना तर्फ १२ हजार केजी विउ बांडेको । मिनिकिड रिक्षणका लागि तिन देखि १८ केजी विवउः कृाकलाई वितरण गरेको वताएको छ । त्यस्तै सुख्खा खडेरी पिडीतका लागि प्रति किषान एक एक केजीका दरले दश हजार केजी विउ निशुल्क वितरण गरेको हो ।

क्षेत्रीय कृषि समिमतिको सिफारिसमा थप दुई हजार केजी विउगरी २४ हजार केजी विऊँ बितरण भई सकेको वताएको छ । जिल्लामा उन्नतजातको विउ लगाउन सकेमात्र कम्तीमा २५ प्रतिसत खाद्यन्न बालीमा बृद्धि हुने हुंदा विउ वितरणमा जोड दिएको कार्यलय प्रमुख डाक्टर श्रेष्टले बताए ।

गत वर्ष परीक्षणका रुपमा बांडेको गहुंको विउले शुख्खा खडेरीमा पनि राम्रो उत्पादन दिएकोले यो वर्ष सोहीजातको बिउ वितरण गरेको हो । श्रेष्टले भने । खाद्य सुरक्षाका लागि विउ सुरक्षा र विउसुरक्षा भए मात्र जिल्लालाई आत्मनिर्भर वनाउन सकिने हुंदा उन्नतजातको मल, विउ र तरकारीको बिउ प्राथमिकताका साथ वितरण गरेको वताईएको छ ।

बाजुरामा खाद्यवाली उत्पादन बृद्धी गर्न प्रजनन विउ, मुल विउ,प््रमाणित पहिलो र प्रमाणित दोस्रो र उन्नत विउगरी पांच किसिमको विउ वितरण गरिएको छ तरकारीमा पनि आत्म निर्भर गराउन जसमध्ये रायो,प्याज,मुला,धनिया,गाजर चम्सुर मेथी, पालुंगो लगायतका तरकारीको विउ विक्री गरिएको छ । तरकारीको वीउ हाल सम्म २५ सय क्म्पोजिट सेट वितरण गरेको छ । एक सेटको कम्तीमा एक सय रुपैंया पर्छ । किनेर विउ किन्ने चलन नहुंदा तरकारी लगाउने वानीपार्न कोलागि २५ सय कृालाई निसुल्क विउ सेट वितरण गरेका छौं , अफुटकररुपमा पनि दिदै आएका छौं कार्यालय प्रमुख श्रटले वताए ।

कार्यालयले १० गाविसमा कृषि खाद्य सुरक्षा लागु भएकाले यस वर्ष उपलव्धी मुलक खेती हुने बताइएको छ । ३ थरीको वीउ आएकाले उपलव्धिका लागि कृषकहरुलाइ वीऊ दिएको बताइएको छ । यस वर्ष उत्पादन ह्रास नभएकाले डव्लु के १२०४ जातको वीउ वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । यसले खाद्य सुरक्षामा निकै प्रभाव पार्ने बताइएको छ । जिल्लामा हाइटेक प्रविधिमा बेमौसमी तरकारी खेती समेत गरिने कार्यालयले जनाएको छ । त्यस्तै ५६० क्वीन्टल विभिनन किसमको मल विक्री गरेको वताएको । वर्षेबालीमा विगतको अनुपातमा सात देखि १० प्रतिसतले बृद्धि हनेमान छ यद्येपी सबैक्ष सेवाकेन्द्रवाट तथ्यांक आउन बौकी रहेको डाक्टर श्रेष्टले जानकारी दिनुभएको छ ।

15.51¡ÆC