पप्पु गुरुङ्ग- २० मंसिर दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा भारतिय जंगलबाट भित्रिएको हात्तीले घर भत्काउदा एक परिवारको बिजोग भएको छ् । दोधारा चा“दनी नगरपालिका वडा नं. ३, बडवाल टोल निवासी मुन्नी जोशीको कच्ची घर गएराती हात्तीले भत्काउदा जोशीको परिवारजन घरवारविहिन बन्न पुगेका हुन् ।

राती करिब १० बजेर ३० मिनेट जादा भारतिय जंगलबाट गाँउ भित्रिएको एक्लो हात्तीले घरमा सुतिरहेको पछाडीबाट घर भत्काउन थालेपछि जोशीको परिवारजन ज्यान बचाउन धौं धौ परेको उनिहरुले बताएका छन् । “राती अचानक घर पछाडीबाट घर भत्काउन थाल्यो पछि हामीहरुलाई ज्यान जोगाउनै हम्मे हम्मे भयो” मून्नी जोशीले भनिन– “धन्न ज्यान जोगियो” बढेमानको हात्तीले घरलाई भत्काउन थालेपछि जोशी लगाएत उनका ५ जनाको परिवार ज्यान जोगाउन खेतवारीमा हामफालेर भागेका थिए ।

“हात्तीले लखेट्न थालेपछि हाम्रो होस नै हराएको थियो” मुन्नी जोशीले बताईन् । हात्तीले जोशीको कच्ची घर पुर्णरुपमा तहस नहस बनाएको छ भने, घर भित्र रहेको अन्नपानी, लत्ताकपडा, भाडाकुडा समेत खाएर तथा कुल्चेर नष्ट बनाएको पिडित जोशीको परिवारजनले जानकारी दिएका छन् । परिवारमा खान तथा सुुत्नको लागी ठुलो समस्या देखिएको मुन्नी जोशीका बुहारी रेनु जोशीले बताएका छन् । “घरमा एक अन्नको दाना जोगिएन” रेनु जोशीले भनिन– “आज छिमेकीको घरमा सुत्नु पर्ने भएको छ” राती हात्तीले लखेट्दा धौ धौ ज्यान बचाएकी रेनुले रातभरी डरले निन्द्रा नलागेको बताउछिन् ।

“मलाई हात्तीले गहुँ खेतमा करिव १ सय टाढा सम्म लखेट्यो” रेनुले भनिन् । हात्तीले जोशीको घर भत्काएर तहसनहस गरेपछि उनिहरु छिमेकीको घरबाट भाडा कुडा तथा रासन मागेर खानु परेको स्थानियहरुले बताउछन् । आर्थिक अवस्था निकै दैनिय रहेको जोशी परिवार हात्तीले भत्काएको घर कसरी बनाउने तथा दैनिकी कसरी चलाउने भन्ने चिन्ताले सताएको छ् ।

दोधारा चाँदनीको बडुवाल टोलका स्थानियहरुको घर भत्काउनुको साथै तथा लगाएका बर्षै पिच्छे बाली नाली लाई भारतिय जंगलबाट आएका हात्तीको बथानले खाएर तथा उधनेर नष्ट गर्दै आएपनि सरकारले क्षतीपुर्ती लगाएत राहत समेत नदिएको गुनासो स्थानियहरुले गर्दै आएका छन् ।

पप्पु गुरुङ्ग- २० मंसिर, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीको एक सामुदायिक बनमा घाईते चित्तल फेला परेपछि आरक्ष कार्यालयलाई बुझाईएको छ् । स्थानियहरुले घाईते चित्तललाई देखेपछि प्रहरीलाई खबर गरेका हुन् । आज बिहान मालिका मध्यवर्ती सामुदायिक बन दोधारा चाँदनीमा दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् । गोलीे वारपार गरेको अवस्थामा मालिका मध्यवर्ती सामुदायिक बनबाट प्रहरीले चित्तलको उद्धार गरेको हो ।

दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको अवस्था रहेको हुदा चित्तल बच्न सक्ने अवस्था रहेको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । शुक्ला फा“टा वन्य जन्तु क्षेत्रमा शिकारीको गोली प्रहारबाट घाईते भएको हुनसक्ने अनुमान गरिएको छ् । घाईते चित्तल फेला परेपछि शुक्ला फाँटा वन्य जन्तु आरक्ष कार्यालयलाई खबर गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माले बताउनुभएको छ ।

स्थानिय अनुसार शुक्ला फाँटा क्षेत्रमा वन्य जन्तुको चोरी शिकारी बढ्दै गएको बताएका छन् । हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंह, ईलाका प्रहरी दोधारा चा“दनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्मा, स्थानियहरुको रोहवरमा आजै शुक्लाफा“टा वन्य जन्तु आरक्ष कार्यालयको प्रतिनिधीलाई बुझाईएको छ ।

काठमाडौं,मंसिर २० । नेपाल आयल निगमले हवार्इ इन्धनको मूल्य लिटरमा ८ रुपैयाँ घटाएको छ। निगमको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र ग्याससहित अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ ।

आयल निगमले आन्तरिक उडानका लागि प्रतिलिटर मूल्य ८ रुपैयाँ कम गरेको छ । यसअघि प्रतिलिटर ९४ रुपैयाँ रहेको हवाइ इन्धनको मूल्य ८६ रुपैयाँमा झारिएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए ।

हवार्इ इन्धनको मूल्य घटेपछि आन्तरिकतर्फ फ्युल सरचार्जको रुपमा हवार्इ भाडा केही घट्नेछ। निगमले बाह्यतर्फ भने प्रतिकिलोलिटर ८१ डलर मूल्य घटाएको छ। बाह्यतर्फ एक किलोलिटर हवार्इ इन्धनको मूल्य ७ सय ५० डलर कायम भएको छ।

कठमाडौं,मंसिर २० । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मुलुकको निकासको लागि भनेर सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै यसलाई अतिरञ्जित नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री डा. महतले सरकारले देशले निकास पाउँछ भनेर नै संशोधन प्रस्ताव ल्याएको उल्लेख गर्दै यसलाई कसैलेपनि अतिरञ्जित गर्न नहुने बताएका हुन् । उनले भने,‘यसलाई अतिरञ्जित गरियो भने दुर्भाग्यपुर्ण हुन्छ ।’

साक्षात्कारमा मन्त्री महतले तत्कालको लागि केही हुन्छ कि भनेर सरकारले अहिलेको संशोधन प्रस्ताव ल्याएको बताउँदै भने,‘यसमा कसैको चित्त बुझेको छैन, स्वभाविक हो, यहाँ सबैले आफ्नो अडान राख्ने हो भने केही पनि हुँदैन् ।’ उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर अहिलेकैजस्तो प्रस्ताव त्यतिवेला ल्याउँदा राम्रो हुने तर अहिलेको सरकारले ल्याउँदा कसरी नराम्रो हुने भन्दै प्रश्न समेत गरे ।

महतले भने,‘उहाँहरुले गर्दा राम्रो हुने अनि हामीले गर्दा कसरी विखण्डनकारी हुने ?’ उनले राष्ट्रियताको लागि आफ्नो पार्टी नेतृत्वले के मात्रै नगरेको भन्दै प्रश्न तेर्साए ।

महतले भने,‘हामीले त कूटनीतिक टेबुलमा कुरा राखेका छौं, तर उहाँहरु त टेबुलमा केही नबोल्ने ? अनि सडकमा बोल्ने ?’ उनले एमालेलाई ईंगित गर्दै थपे,‘जहाँ कुरा गर्नुपर्ने हो त्यहाँ केही नबोल्ने अनि यहाँ चर्को कुरा गर्ने ।’ उनले यो प्रवृत्तिले मुलुकलाई दीर्घकालिन हित नहुनेपनि स्पष्ट पारे ।

उनले संविधान संशोधन प्रस्तावलाई प्रतिपक्षी दल र मधेशकेन्द्रित दलहरुले विरोध गरिरहने हो भने भोलि संकट आउने समेत बताए । उनले भने,‘अब मधेशकेन्द्रित दलहरुले पनि धेरै राजनीति गर्नुहुँदैन् ।’ उनले संशोधन प्रस्ताव नै निकासको लागि ल्याएको स्पष्ट पारे ।

महतले मधेशी मोर्चाले भनेजस्तोगरि अब संशोधन प्रस्ताव परिमार्जन हुने संभावना अहिले नभएको जिकिर गरे । उनले भने,‘म्याक्सिमम गर्न सक्ने भनेको यत्ति हो, यो प्रस्तावमा अब तलमाथि केही हुँदैन, अब परिमार्जन गर्ने कुरा नगर्नुहोस् ।’ महतले जसको लागि संशोधन प्रस्ताव ल्याईएको हो उनीहरुले अनरसिप सहज रुपमा लिनुपर्ने धारणा राखे । सरकार संविधान कार्यान्वयनको लागि प्रतिबद्धत रहेको भन्दै अब सबै दलहरु चुनावमा केन्द्रित हुनुपर्ने बताए ।

संशोधन प्रस्तावको विरुद्धमा एमाले लगायतका दलहरुले आन्दोलन गरिरहेको छ अब सरकारले संशोधन प्रस्ताव फिर्ता लिन्छ भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्दा यतिसम्मको प्रस्ताव आए मान्छौं भन्ने अनि अहिले विरोध गर्नु त भएन नि ।’

उनले परिवर्ततित समय र समयसापेक्ष सम्बन्धका नयाँ आयामहरुलाई दृष्टिगत गरेर परराष्ट्र नीति ल्याउने तयारी भैरहेको समेत जानकारी दिए । उनले भने,‘कम्प्रिहेन्सिभ रिभ्यु गर्ने तयारी भैरहेको छ ।’ त्यसको लागि एक्सपर्टहरुको एउटा कार्यदल गठन गर्ने र कार्यदलले दिएको रिपोर्टको आधारमा अघि बढ्ने उनको भनाई थियो । उनले भने,‘जुन सरकार आएपनि त्यही फ्रेमवर्कमा आधारित भएर विदेश नीति सञ्चालन हुन्छ ।’

त्यस्तै उनले थिंक ट्यांकलाई स्रोत र साधन उपलब्ध गराउने, रिसर्चको लागि म्यानपावरको व्यवस्था गर्ने लगायतका बारेमा पनि कुरा भैरहेको बताए । फरक प्रसँगमा मन्त्री महतले खाली रहेका देशमा छिट्टै राजदुत नियुक्ती गर्ने पनि जानकारी दिए । उनले भने,‘म आँफैपनि विदेश भ्रमणमा गएको थिएँ, यता सरकारको नेतृत्वपनि संविधान संशोधनमा लागिपर्यो, त्यसैले केही ढिलाई भएको हो, अब चाँडै नतिजा आउँछ ।’

सरकारले संविधान संशोधन प्रस्ताव भारतको ईशारमा ल्याएको हो भनेर आरोप लगाईएको छ नि भन्ने प्रश्नमा मन्त्री महतले आक्रोश पोख्दै भने,‘नेपालको राजनीतिक घट्नाक्रमकोबारेमा सबै देशको चासो र चिन्ता छ, चीनको पनि छ, अमेरिकाको पनि छ, युरोपको पनि छ, अनि संयुक्त राष्ट्रसंघको पनि छ, भारतले चासो राख्दा अलि बढि नै संशकित हुने किन ? ।’

उनले पहिलो संविधान संशोधन प्रस्ताव कसको ईशारामा ल्याएको भन्दै एमाले अध्यक्ष ओलीलाई ईंगित गर्दै प्रश्न समेत गरे । महतले भने,‘आफूलाई अवमूल्यन नगरौं ।’ मन्त्री महतले भने,‘नेपालको संविधानलाई भारतले पहिला समर्थन नगर्दा किन गरेन भन्नेहरुपनि थिए, अहिले समर्थन गर्दा किन गर्यो भनेर विरोध गरिरहेका पनि छन् ।’

कपिलवस्तु,मंसिर २० – नयाँ शक्ति पार्टीमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुको उत्साह बढ्दै गएको छ । सोमबार कपिलवस्तुको तौलिहवामा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष दान बहादुर चौधरीको नेतृत्वमा फोरम लोकतान्त्रिककै केन्द्रीय सदस्यहरु शलाहुद्दीन मुसलमान, जी आउर रहमान, केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला संयोजक मोहम्मद टफिक मुसलमान, राष्ट्रिय समाज कल्याण परिषदका कोषाध्यक्ष कुञ्ज बिहारी चौधरी, राष्ट्रिय महिला आयोग सदस्य धनेश्वरी चौधरी, फोरम लोकतान्त्रिकका कपिलवस्तु जिल्ला उपाध्यक्ष गौरी शंकर चौधरी, जिल्ला सचिव काशीराम यादवलगायत हजार स्थानीय नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

पार्टी प्रवेश अघि उहाँहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नयाँ शक्ति पार्टीले अहिले मुलुकमा देखिएको राजनीतिक अस्तव्यस्ततालाई पार लगाउँदै जनताका जल्दाबल्दा समस्याहरुको सम्बोधन गरी मुलुकको आर्थिक विकास र समृद्धिमा पहल गर्न नयाँ शक्ति पार्टीले बोकेको विचार, दृष्टिकोण र कार्यक्रममा आफूहरु समाहित हुन लागेको जनाइएको छ ।

विज्ञप्तीमा उल्लेख छ, ‘इतिहासले सुम्पेको यो युगीन कार्यभारलाई पूरा गर्नका निम्ति नयाँ सकारात्मक सोंच, नैतिकवान नेता तथा कार्यकर्ता, अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन आर्थिक समृद्धिको विस्तृत योजनासहितको वैकल्पिक राजनीतिक शक्तिको निर्माण र विकास गर्दै सचेत प्रकारले अगाडि बढ्न डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालमा प्रवेश भई आगामी दिनमा अझ सक्रिय भूमिका, राष्ट्रिय संकल्प र परिवर्तनप्रतिको आशावादबिना नयाँ नेपाल निर्माणको नेपाली जनताको सपना पूरा नहुने भएको ठहर गर्दै आजैका मितिदेखि लागू हुने गरी नयाँ शक्ति पार्टी नेपालमा हामी प्रवेश गरेको घोषणा गर्दछौं ।’

उपाध्यक्ष दान बहादुर चौधरी पूर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुनुहुन्छ भने केन्द्रीय सदस्य मुहम्मद वकिल मुसलमान पूर्व वन मन्त्री हुनुहुन्छ । त्यसैगरी अन्य व्यक्तित्वहरु केन्द्रीय सदस्य तथा नवलपरासी, कपिलवस्तु तथा रुपन्देही जिल्लाका विभिन्न तहमा क्रियाशील स्थानीय नेताहरु हुनुहुन्छ ।

पार्टी प्रवेशपछि सबैलाई स्वागत गर्दै नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले अबको चुनावमा नयाँ शक्ति पार्टी पहिलो पार्टी बनेर मुलुकको आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुने बताउनुभयो । त्यस्तै पार्टी प्रवेशपछि दान बहादुर चौधरीले मुलुकको राष्ट्रिय एकता बलियो पार्दै देशलाई विकास र समृद्धिको दिशामा लैजान डा. भट्टराई मात्र दूरगामी भिजन भएको सर्वस्वीकार्य व्यक्तित्व भएकोले आफूहरु नयाँ शक्ति पार्टीमा समाहित भएको बताउनुभयो । साथै उहाँले अब नयाँ शक्ति प्रवेशमा देशव्यापी लहर चल्ने समेत दाबी गर्नुभयो ।

को हुनुहुन्छ चौधरी ?

दान बहादुर चौधरी कपिलवस्तु जिल्लाको पुराना राजनीतिज्ञ हुनुहुन्छ । २०१४ सालमा जन्मिनुभएका उहाँ २०३९ सालमा तत्कालीन पंचायती व्यवस्था अन्तर्गत भएको स्थानीय चुनावमा कपिलवस्तुकै पकरी गाविसबाट प्रधानपञ्च निर्वाचित हुनुभयो । त्यसपछि २०४६ सालको प्रजातन्त्रको पुनःस्थापनापछि नेपाल सद्भावना पार्टीको तर्फबाट गाविस अध्यक्षमा चुनाव लड्नुभयो र गाविस अध्यक्ष हुनुभयो । २०५४ सालको स्थानीय निर्वाचनमा पनि उहाँ नेकपा एमालेबाट गाविस अध्यक्षमै चुनाव लड्नुभयो र पुनः गाविस अध्यक्षमा विजयी हुनुभयो ।

प्रधानपञ्चबाट सुरु भएको उहाँको राजनीतिक जीवनमा २०५६ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट उहाँ तत्कालीन प्रतिनिधिसभामा संसद निर्वाचित हुनुभयो । २०६३ सालको मधेश आन्दोलनताका उहाँ एमाले छाडेर तराई मधेश लोकतान्त्रिक पार्टीमा लाग्नुभयो र तमलोपाकै तर्फबाट २०६४ सालको पहिलो संविधानसभामा संविधानसभा सभासद् हुनेभयो ।

त्यसपछि उहाँ २०६६ सालमा उद्योग राज्यमन्त्री हुँदै २०६८ सालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बन्नुभयो । त्यसपछि २०७० सालमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका चौधरी पछिल्लो समयमा फोरम लोकतान्त्रिकको केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । सोमबार उहाँ एक कार्यक्रममार्फत नयाँ शक्तिमा प्रवेश गर्नुभएको हो ।

२० मंसिर, काठमाडौं ।
डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकामा बस्दै आएका केही अबैध सहित अन्य नेपालीलाई समेत असर पर्नसक्ने भन्दै आएको खवरबिच अमेरिकी राजदूतले ढुक्क भएर बस्न आग्रह गरेकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले ट्रम्पको बिजयले नेपाल अमेरिका सम्वन्ध र अमेरिकामा रहेका नेपालीमा कुनै असर नपार्ने बताएकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान भएको भेटमा नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय र यसको व्यवस्थापनका बारेमा समेत छलफल भएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले सबैसँग सहमति जुटाएर संविधान कार्यान्वर्यन गर्न सरकार लागेको भन्दै नेपालको शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापन मौलिक रहेको बताएका थिए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने जवाफ राजदूतलाई दिए ।

भेटमा प्रधानमन्त्री दाहालले ट्रम्पको बिजय पछि दुई देश बिच रहेको सम्वन्ध तथा अमेरिकामा रहेका नेपालीहरुलाई पर्नसक्ने असरका बारेमा सोधेका थिए ।

जवाफमा अमेरिकी राजदूत टेप्लिसले अमेरिकी राष्ट्रपति चुनावको परिणामले नेपालसँगको सम्वन्धमा कुनै असर नपर्ने भन्दै अमेरिकामा बस्दै आएका बैध नेपालीलाई समेत कुनै असर नपर्ने बताएकी थिइन् ।

अवैध रुपमा बस्दै आएकाहरुलाई यसअघि जस्तै अमेरिकी कानुन अनुसार बस्नु वा फर्कनुपर्ने नियम रहेको भन्दै ट्रम्पको बिजय पछि तत्काल फिर्ता पठाइहाल्ने भन्ने खालको कुनै नियम वा निर्णय नभएकाले तत्काल डराईहाल्नु पर्ने अवस्था नरहेको उनको भनाई थियो ।

२० मंसिर, काठमाडौं ।
सुनको मूख्य कारोबार हुने महिनामा लगातार ओरालो लागेको सुनको मूल्य नेपाली बजारमा ९ महिना यताकै सस्तो भएको छ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

बिवाहको सिजन मानिने मंसिर महिनामा सुनको मूल्य घट्दा खरिदकर्ताहरुलाई भने केही राहत मिलेको ठानिएको छ ।

आज चाँदीको मूल्य भने शुक्रबार रहेको ७ सय ८५ रुपैयाँमै कारोबार भइरहेको छ ।

२० मंसिर, काठमाडौं ।
नेपालको अन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै भारतसँग जोडिएका तराईका नेताहरुलाई भोज खुवाउँदै उक्साउँदै आएका भारतीय राजदूत रन्जित रे लाई देश निकालाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन विभिन्न दलका नेताहरुलाई भेट्दै दवाव दिन थालेपछि रे लाई फिर्ता पठाउन माग गर्दै भारतीय राजदूतावास अगाडी प्रदर्शन भएको छ ।

विभिन्न विद्यार्थी संगठन तथा स्वस्फूर्त रुपमा उपस्थित भएका युवाहरुले पुष्पकमल दाहाल सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा समेत माग गरेका छन् ।

नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव महत्वपूर्ण कदम भएको भन्दै भारतीय राजदूतावासले विज्ञप्ती नै निकालेपछि यसको बिरोध भइरहेको छ ।

नेकपा एमाले निकट विद्यार्थी र युवा संगठन समेतको उपस्थितिमा भएको प्रदर्शनमा सहभागी सयौं युवाहरुले रञ्जित रे देश छोड, भारतीय राजदूत मुर्दावाद, भारतीय हस्तक्षेप मुर्दावाद, राष्टघाती प्रधानमन्त्री राजिनामा दे जस्ता नारा लगाएका थिए ।

राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गर्न दूतावास अगाडि बढेको जुलुशलाई प्रहरीले लैनचौर चोकमै रोकेको थियो ।

पुष्पकमल दाहाल सरकारले भारतीय दूतावासको अनुरोधमा दूतावास वरपर निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण प्रदर्शनमा समेत रोक लगाएको छ ।

२० मंसिर, काठमाडौं ।
शेरबहादुर देउवा हुनलाई पकट पटक प्रधानमन्त्री भएका व्यक्ति । नेपाली काँग्रेस पार्टीका समापति पनि छन् । तर अरुसँग बोल्ने सोमत र व्यवहारमा कहिल्यै मिठास र सोमतिलो नदेखिने देउवाले राष्ट्रपतिकै अगाडी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलिलाई हप्काएका छन् ।

राष्ट्रपतिले सर्वदलिय बैठक राखेर सहमतीको प्रयास स्वरुप छलफलमा बोलाएको बैठकमा देउवाले ओलिलाई ओ मिस्टर चुप भन्दै चोर औंला ठड्यार हप्काएपछि ओलि बैठक छाडेर हिँडेको सार्वजनिक भएको छ ।

राष्ट्रपति कार्यालयले बैठक सौहार्द भन्दै अन्य पार्टीका नेताहरुले समेत बैठकमा छलफल भएको बताएपछि घटनाको खस कुरा रात वित्न नपाउँदै सार्वजनिक हुन पुगेको छ ।

देउवाले औंलो तेर्स्याउँदै केपी ओलीलाई ‘ओ मिस्टर चुप’ भनेर हपारेपछि ओली शीतलनिवासबाट बाहिरिएनन् मात्र अन्य दलका नेताहरु समेत देउवाको त्यस्तो हर्कत देखेर चकित परेका थिए ।

सर्वदलीय बैठकको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले छोटो भूमिका बताउँदै राजनीतिक घटनाक्रम बारे बिचार राख्दै सहमतीमा निकास निकाल्न अनुरोध गरेकी थिइन् ।

त्यसपछि नेताहरुको बोल्ने पालो आएको थियो । सुरुमा कसले बोल्ने भन्दाभन्दै एमाले अध्यक्ष केपी ओलीले बोल्न सुरु गरे ।

उनले राष्ट्रपतिलाई सम्वोधन गरे पनि राष्ट्रपतिसँगै बसेका प्रधानमन्त्री र सभामुख लगायत कसैलाई सम्वोधन नगरि आफ्ना कुरा राखेका थिए ।

ओलीले यो कसरी बनेको भन्ने थाहा छँदैछ भन्दै अर्कैको योजनामा संविधान संशोधन प्रस्ताव आएको आफ्नो धारण राखे ।

नेपाली कांग्रेसका कारण प्रमुख दलहरुवीचको सहमति टुटेको ओलीले बताएका थिए । सरकारले संसदमा पेश गरेको ५ नम्बर प्रदेश हेरफेर गर्ने प्रस्ताव राष्ट्रिय हित विपरीत भएको र असंवैधानिक भएकाले त्यसलाई फिर्ता लिए सहमतिका लागि सोच्न सकिने ओलिको भनाई थियो ।

ओलीले सरकार गठनदेखि संविधान संशोधन दर्तासम्म विदेशीको डिजाइन रहेको संकेत गर्दै देश बिरुद्धका प्रस्तावमा सहमत हुन नसक्ने बताएका थिए ।

केपी ओलीले बोलिसकेपछि राप्राका नेता कमल थापाले आफ्ना कुरा राख्नु भन्दा ओलीले राखेका कुरा काटेरै समय बिताए । संविधान बनाउँदै गर्दा पनि मधेसका मागहरु सम्बोधन गर्ने सहमति प्रमुख दलवीच भएकै हो भन्दै थापाले अहिलेको संशोधन प्रस्तावको कन्टेन्टमा आफूलाई पनि चित्त नबुझेको बताए । तर, यसबाट समस्या समाधान हुन्छ र चुनावमा जान सकिन्छ भने यसलाई मानेर, मधेसी दललाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखेका कमल थापाले अधिकाशं समय ओलीका कुरा काट्नमै समय खर्चिए ।

राप्रपा अध्यक्ष थापाले संसद अवरुद्ध पारेकोमा एमालेको आलोचना गरे । सबै समस्याको समाधान सदनबाटै हुनुपर्ने भन्दै थापाले संविधान संशोधनलगायतका सबै विषयहरुको टुंगो संसदभित्रैबाट लगाइनुपर्ने बताए । स्मरणीयछ राप्रपा हलो अर्थात् पशुपति शम्शेर जबरासँग गाई पार्टी कमल थापाको राप्रपा एकिकरणमा भारतले सहयोग गरेपछि ओलीको पक्षमा उभिंदै आएका थापा प्रचण्ड सरकारको पक्षमा लागेका छन् । उनी उपप्रधान सहित सरकारमा जाने तयारीमा समेत रहेका छन् ।

कमल थापापछि बोलेका माले महासचिव सीपी मैनालीले राष्ट्रिय पोशाक दौरा सुरुवाललाई किन हटाइयो भन्ने प्रश्न राख्दै प्रस्तावित संविधान संशोधन राष्टको हित विपरित रहेको भन्दै यसलाई सच्याउन सुझाव दिएका थिए ।

यसैपनि बोल्दा नबुझिने शेर बहादुर देउवा मैनालीपछि हडबडाउँदै असाध्यै आक्रोशित रुपमा बोल्न थालेका थिए ।

नेपालको एक चिन नीति समेतलाई वेवास्ता गर्दै भारतीय नेताको दैलो चहार्दै दलाई लामाको संस्थाले गरेको कार्यक्रममा भाग लिंदै दलाई लामाका नेतासँग भेटेर ढाँटेका देउवाले मधेसी जनताको देशभक्तिमाथि कसैले प्रश्न उठाउन नमिल्ने र मधेसका जनतालाई होच्याउन नपाइने भन्दै ओलिमाथि खनिन थालेका थिए ।

ओलीले प्रधानमन्त्री र सभामुखलाई सम्वोधन नगरेजस्तै देउवाले पनि ‘राष्ट्रपतिजी’ बाट कुरा सुरु गर्दै अरु कसैलाई सम्वोधन गरेनन् ।

रातो पिरो मुख लगाउँदै आक्रोसित रुपमा बोल्ने क्रममा देउवाले ओलीतिर फर्कंदै झपारेको शैलिमा प्रस्तुत हुँदै केपी ओलिका कुरा मात्रै काटेर समय बिताए ।

उनले पाँच नम्बर प्रदेशबारे विगतमा आफैंले सही गर्दा राष्ट्रघाती नहुने, अहिले राष्ट्रघाती हुने भन्दै ओलिमाथि लगातार खनिन थाले ।
देउवा बोलिरहँदा ओलिले त्यसो भन्न खोजेको होइन मात्र के भनेका थिए देउवाले ओलिलाई सिधा चोर औंलो ठड्याउँदै आफ्ना कार्यकर्तालाई हप्काए जसरि ओ मिस्टर चुप भन्दै थर्काए । सामान्य शिष्टता समेत भुल्दै राष्ट्रपतिले डाकेको बैठकमा अन्य पार्टीका नेतामाथि यसरी हप्काउँदा सबै अचम्मित बनएका थिए । लगत्तै ओली बैठकबाट उठेर हिँडेका थिए ।

ओलि हिँडेपछि बैठकमा सहभागी एमालेका नेताहरु वामदेव गौतम, विष्णु पौडेल लगायत भने बैठक अवधिभर त्यहिँ बसेका थिए ।

त्यसपछि केही असजिलो गरि चलेको बैठक प्रमूख प्रतिपक्षदलका अध्यक्ष नै नभएपछि सामान्य छलफल गरि टुंगियो ।

बैठक टुंगिन नपाउँदै सबैले ओलिमाथि बोलेको अभद्रताका कारण फरक तरिकाले हेर्न थालेपछि शेरबहादुर देउवा भोज नखाई हिँडेभने कृष्ण सिटौला र प्रकाशमानसिंह खाना खाएर मात्र हिँडे ।

बैठकमा उपस्थित मधेसी मोर्चाका नेता उपेन्द्र यादवले संविधान संशोधन प्रस्ताव सकारात्मक भएको भन्दै यसले देश नटुक्रने बताएका थिए । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान लागु गर्ने समयमा १६ बुँदे आफूले गराएको भन्दै आफ्नो भूमिकालाई भूल्न खोजिएको भन्दै संविधान कार्यान्वयनमा सबै एकजुट हुन भन्दै सबै नेताहरुलाई उपदेश दिएका थिए ।

मधेशी मोर्चाका नेता महन्थ ठाकुरले संविधान संशोधनको स्वागत नगरेपनि बिरोध नगरि सकारात्मक भन्दै मधेसी समुदायको देशभक्तिमाथि आंशका नगर्न भन्दै बचाउ गरेका थिए । उनले संविधान संशोधनबाट मधेश राज्य बन्दैमा देश नटुक्रने बताए ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केहीले संघीयताका कारण भाँडभैलो मच्चिने आफूले पहिल्यैदेखि बताउँदै आएको स्मरण गराएका थिए । उनले प्रस्ताविन संविधान संशोधन देशको लागि घातक हुने बिचार राखेका थिए ।

बैठक अवधिभर मौन बसेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधन संशोधन पारित गरेर यसको कार्यान्वयन र नयाँ निर्वाचनमा जान एकजुट हुनुपर्ने भन्दै बिरोध नगर्न आग्रह गरेका थिए ।

टोकियो ।
अरुको व्यक्तिगत विवरण कार्ड माई नम्वर दुरुपयोग गरेको आरोपमा जापानमा एक व्यक्ति पक्राउ परेका छन् ।

जापान प्रहरीका अनुसार एक महिलाको माई नम्वर प्रयोग गरेको आरोपमा युवक पक्राउ गरेका हुन् ।

जापानी समाचार संस्थाहरुले उल्लेख गरे अनुसार माई नम्वर लागू भएपछि घटेको यो पहिलो घटनामा अरुको कार्ड प्रयोग गरेको आरोपमा सुहेई यिग्वा नाम गरेका युवक पक्राउ परेका छन् ।

२५ बर्षीय ती युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सामाजिक सुरक्षा र कर प्रणालीलाई नियमन गर्नका लागि जापानी तथा जापानमा बस्दै आएका बिदेशीहरुको लागि समेत माई नम्वर प्रणाली लागु गरिएको छ ।

पक्राउ परेका युवकले महिलाको व्यक्तिगत विवरण कम्प्यूटरबाट चोरेको आरोप लागेको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

२० मंसिर, काठमाडौं ।
व्यवस्थापिका संसदको महिला बालबालिका, जेष्ठनागरिक तथा समाज कल्याण समितिले मेडिकल शिक्षाको सम्बन्धमा सरकारले गरेको निर्णय हुबहु कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

दुबै मन्त्रालयको अधिकारीहरुको उपस्थितिमा आज बसेको बैठकमा समितिले, चिकित्सा शिक्षा अध्ययनका लागि तोकिएको शुल्क, सिट संख्या तथा भर्ना प्रकृयाकावारेमा भएको निर्णय पारदर्शी ढंगले कार्यान्वयन गर्न सहित पांच बुंदे निर्देशन दिएको हो ।

त्यस अवसरमा समितिले, चिकित्सा शिक्षा अध्ययनको लागि हाल कायम मेडिकल कलेज पिच्छे परीक्षा लिने व्यवस्थाको सटृामा साझा राष्ट्रिय परीक्षा प्रणालीको व्यवस्था गर्न र भर्ना हुने विद्यार्थीको सूची सबैले थाहा पाउने गरी सार्वजनिक गर्न तथा क्षेत्रीय र अंचल अस्पतालहरुलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न निर्देशन दिएको छ ।

निर्देशन दिने क्रममा समतिका सभापति रन्जुकुमारी झाले, स्वास्थ्य उपसमितिले स्थालगत अध्ययन गरेको आधारमा निचोड निकाली निर्देशन दिएको र निर्देशन कार्यान्वयनमा आएमा चिकित्सा शिक्षामा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्नु भयो ।

त्यस अवसरमा सांसदहरुले, अझेै कतिपय मेडिकल कलेजहरु पुर्वाधार विना नै ठुलो रकमको चलखेलका आधारमा संचालनमा रहेको पाइएकोले त्यस्ता कलेजलाई बन्द गर्ने, चलखेलमा संलग्नलाई कार्वाही गर्न, मेडिकल कलेज संचालकहरुको सम्पत्ती छानवीन गर्न, कम शुल्क लिएर एमविविएस शिक्षाको व्यवस्था गर्न तथा कक्षा १२ सम्म निशुल्क पढाइ हुने व्यवस्था गर्न सुझाव दिनु भयो ।

समितिले दिएको निर्देशनको सम्बन्धमा स्वास्थ्य मन्त्रालयका सचिव डा शेनेन्द्रराज उप्रेती तथा शक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल लगायतले समितिले दिएको निर्देशन कार्यान्वयनमा ल्याउन कानूनी ढंगले नै समाधान खोजिनु पर्ने बताउनु भयो ।

उहांहरुले मेडिकल शिक्षा अध्ययनका लागि साझा राष्ट्रिय प्रवेश परीक्षाको लागि विश्वविद्यालय वीच सयन्त्र बन्नु पर्ने तथा क्ष्ोत्रीय र अंचल अस्पतालहरुलाई शैक्षिक प्रतिष्ठानको रुपमा अघि बढाउन हाललाई पुर्वाधारको अभाव हुने बताउनु भयो ।

काठमाडौं,मंसिर १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्न बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै अडान दोहो-याएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको चार घन्टा लामो छलफलमा सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षका दलले आफ्नै अडान दोहो¥याएको बैठकमा सहभागी नेताले बताएका छन् ।

संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता भएपछिको पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझ्न र अवगत हुन राष्ट्रपति भण्डारीले छलफलका लागि दलका शीर्ष नेतालाई बोलाउनुभएको थियो ।

बैठकमा मधेसकेन्द्रित दलका नेताले संशोधनको विधेयक अपुग भएको भन्दै थप परिमार्जनको माग गरेका थिए । संविधान संशोधन र परिमार्जन नभएसम्म वर्तमान समस्या समाधान नहुने भएकाले संशोधन विधेयकमा परिमार्जनको माग गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

संविधान परिमार्जन नगरी जबर्जस्ती अघिबढे थप सङ्कट र द्वन्द्व निम्तने धारणा राख्दै अध्यक्ष यादवले भन्नुभयो, “संशोधन विधेयकको यथास्थितिमा कुनै पनि निर्वाचन सम्भव छैन । विधेयक परिमार्जन भएर आओस् भन्ने हामीले धारणा राख्याँै ।”

मधेसकेन्द्रित दलको मागपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संशोधनको प्रस्तावलाई सहमतिमा परिमार्जन गर्न सकिने आश्वासन दिनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको आश्वासनले संवाद र सहमतिको बाटो खोलेको उहाँको धारणा थियो ।

बैठकमा राष्ट्रपति भण्डारीले सबै दल मिलेर वर्तमान समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो । नेकपा (माले)का महासचिव सिपी मैनालीका अनुसार मधेसकेन्द्रित दलका एक नेताले बैठकमा “तत्काल समस्या समाधान गरिएन भने आज त मधेसी गुमाउनु होला तर एकदिन यस्तो पनि आउला मधेस नै गुमाउनुपर्ने हुनसक्छ” भन्नुभयो ।

बैठकमा नेकपा (एमाले) लगायत प्रतिपक्ष दलका नेताले प्रतिपक्षलाई अलग्याएर एकलौटी रुपमा ल्याइएको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका थिए । “सीमाङ्कनको हेरफेर गर्ने अधिकार हालको संसद्लाई छैन, त्यसैले संशोधन फिर्ता लिनुपर्छ”– नेता मैनालीले भन्नुभयो ।

संशोधनका कतिपय कुरा वर्तमान संविधानमा नै भएकाले संशोधन आवश्यक नभएको प्रतिपक्ष दलको धारणा थियो । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको विधेयक समस्या समाधानका लागि आवश्यक रहेकाले पारित गर्न आग्रह गर्नुभएको थियो । रासस