हात्तीले घर भत्काएपछि बडवाल टोल एक घरपरिवार बिजोगमा

मंसिर २०, २०७३ मा प्रकाशित | 820 views

पप्पु गुरुङ्ग- २० मंसिर दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा भारतिय जंगलबाट भित्रिएको हात्तीले घर भत्काउदा एक परिवारको बिजोग भएको छ् । दोधारा चा“दनी नगरपालिका वडा नं. ३, बडवाल टोल निवासी मुन्नी जोशीको कच्ची घर गएराती हात्तीले भत्काउदा जोशीको परिवारजन घरवारविहिन बन्न पुगेका हुन् ।

राती करिब १० बजेर ३० मिनेट जादा भारतिय जंगलबाट गाँउ भित्रिएको एक्लो हात्तीले घरमा सुतिरहेको पछाडीबाट घर भत्काउन थालेपछि जोशीको परिवारजन ज्यान बचाउन धौं धौ परेको उनिहरुले बताएका छन् । “राती अचानक घर पछाडीबाट घर भत्काउन थाल्यो पछि हामीहरुलाई ज्यान जोगाउनै हम्मे हम्मे भयो”  मून्नी जोशीले भनिन– “धन्न ज्यान जोगियो” बढेमानको हात्तीले घरलाई भत्काउन थालेपछि जोशी लगाएत उनका ५ जनाको परिवार ज्यान जोगाउन खेतवारीमा हामफालेर भागेका थिए ।

“हात्तीले लखेट्न थालेपछि हाम्रो होस नै हराएको थियो” मुन्नी जोशीले बताईन् । हात्तीले जोशीको कच्ची घर पुर्णरुपमा तहस नहस बनाएको छ भने, घर भित्र रहेको अन्नपानी, लत्ताकपडा, भाडाकुडा समेत खाएर तथा कुल्चेर नष्ट बनाएको पिडित जोशीको परिवारजनले जानकारी दिएका छन् । परिवारमा खान तथा सुुत्नको लागी ठुलो समस्या देखिएको मुन्नी जोशीका बुहारी रेनु जोशीले बताएका छन् । “घरमा एक अन्नको दाना जोगिएन” रेनु जोशीले भनिन– “आज छिमेकीको घरमा सुत्नु पर्ने भएको छ” राती हात्तीले लखेट्दा धौ धौ ज्यान बचाएकी रेनुले रातभरी डरले निन्द्रा नलागेको बताउछिन् ।

“मलाई हात्तीले गहुँ खेतमा करिव १ सय टाढा सम्म लखेट्यो” रेनुले भनिन् । हात्तीले जोशीको घर भत्काएर तहसनहस गरेपछि उनिहरु छिमेकीको घरबाट भाडा कुडा तथा रासन मागेर खानु परेको स्थानियहरुले बताउछन् । आर्थिक अवस्था निकै दैनिय रहेको जोशी परिवार हात्तीले भत्काएको घर कसरी बनाउने तथा दैनिकी कसरी चलाउने भन्ने चिन्ताले सताएको छ् ।

दोधारा चाँदनीको बडुवाल टोलका स्थानियहरुको घर भत्काउनुको साथै तथा लगाएका बर्षै पिच्छे बाली नाली लाई भारतिय जंगलबाट आएका हात्तीको बथानले खाएर तथा उधनेर नष्ट गर्दै आएपनि सरकारले क्षतीपुर्ती लगाएत राहत समेत नदिएको गुनासो स्थानियहरुले गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web