‘संविधान संशोधनभन्दा निर्वाचनमा जानु उत्तम’

काठमाडौं ।
नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले संविधान संशोधनभन्दा निर्वाचनमा लाग्नु राम्रो हुने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित साक्षात्कारमा नेता पौडेलले ९० प्रतिशतभन्दा धेरै सांसदको हस्ताक्षरमा निर्मित संविधानको संशोधनको आवश्यकता नरहेको धारणा राख्नु भयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संशोधन प्रस्ताव जनताले नचाएकाले यसलाई अगाडि बढाउनु आवश्यक नरहेको बताउनुभयो ।

President discuss with political leaders

President Bidya Devi Bhandari held an all-party meeting to discuss contemporary political issues with the top leaders representing the parliament.

They were invited to the meeting held at the Sheetal Niwas this afternoon.

The meeting has been taken as a significant development in the political atmosphere as major parties are disputing over the Constitution amendment bill that the government recently registered at the Parliament.

The meeting was attended by prime Minister Puspa Kamal Dahal, NC president Sher Bd.Deuba among others.

Dr KC breaks hunger strike

Prof Dr Govinda KC, who had been staging fast-unto-death at Teaching Hospital demanding reforms in medical education and health sector, broke his hunger strike after signing a 12-point agreement with the government today.

It was Dr KC's 10th round of hunger strike and the longest one- 22 days. Dr KC broke the fast-unto-death after taking a glass of juice from two and half years old Marsang Tamang of Sindhupalchok, in presence of media persons and well wishers.

Talking to media persons after breaking the hunger strike, Dr KC said that he was struggling for reforms in overall medical education sector and health service.

He said, it is because of the political influence, Vice-Chancellor of Tribhuvan University has not resigned. However, agreement has been made to carry out investigation over his capacity. I would struggle again if investigation was not carried out.

The senior orthopedic surgeon, however, said it was not good to continue the hunger strike at a time when the country has begun witnessing agitations in several places owing to constitution amendment bill.

Arguing TU Vice-Chancellor have to tender his resignation at any cost, Dr KC clarified that he would continue his struggle until the implementation of the agreement.

Melody king Narayan Gopal remembered

Melody King Narayan Gopal was remembered today on the occasion of his 26th annual commemoration day.

Recalling his contribution in the Nepali Music realm, Vice President Nanda Bahadur Pun at a program  today said the voice of Swarsamrat Narayan Gopal Guruwacharya continues to touch the heart of the entire Nepali populace even today.

Vice President said so while launching a book entitled 'Narayan Gopalko Sworlipi' at a function organised jointly by the Nepal Art and Culture Development Centre and the Voice Art Academy in the Capital.

He viewed that the recent creation would help to internationalise songs of Narayan Gopal. "Immortal songs of Narayan Gopal has established him as a eternal star in Nepali music. His (Narayan Gopal) contribution to the music sector has played a significant role in warding off western influence on our culture and music," he said.

Likewise on the occasion, chairman of the centre Nawaraj Lama, also author of the book said the book will be beneficial for those wanting to learn music.

The book consists of notation of 20 everlasting songs sung by Narayan Gopal.

Ramjanaki bibaha mahostav being observed

The Ramjanaki bibaha mashotsav is being observed with much funfare in Janakpur today.

The festival observed every year is regarded as a symbol of age-old cultural ties between Nepal and India.

The seven-day-long festival began on November 29 and today marks the day when the then prince Ram from Ayodhya had married princes Sita at the historical Mithila state.

Marking the same act, a large number of people including holy men come to Janakpur from Ayodhya of India.

Parliament meeting obstructed for the third time

The meeting today of the Legislature-Parliament has been postponed without entering into the business of the day, as a result of the obstruction by the main opposition CPN-UML.

The UML has been obstructing the house taking over the presentation of the constitution amendment bill by the government.

This is the third meeting that the UML has obstructed since the bill was registered on November 29.

Soon after the meeting began today, the MPs of the opposition party stood from their respective seats and stopped the meeting from taking its due course of the day.

Protest against constitution amendment bill

Different students' unions and youth organizations have protested against the constitution amendment bill registered by the government in the parliament even today.

They have organized different agitating programmes in front of the various government campuses urging to withdraw the bill soon for few days.

Locals, different political parties and industrialists have protested against the amendment bill as it has the provision of excluding some districts from the Province No 5 and including in the Province No 4.

Various districts were shut called by various political parties against the changes in the boundaries of the province in the constitution amendment proposal.

Meanwhile,

Arghakhanchi district that remained shut for the past five days to protest the proposal to take some hilly districts off the Province-5 will remain open from 3:00 pm today to 11:00 am tomorrow.

They decided to lift the protest temporarily taking into account the effects of the stir on normal life in the district, said the struggle committee coordinator Bishnu Muskan.

विश्व शारीरिक सुगठनमा ननितालाई ऐतिहासिक पदक

काठमाडौं,मंसिर १९ । नेपालकी ननिता महर्जनले आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेकी छिन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १६५ सेन्टीमिटर उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् ।

थाइल्यान्डको पटायास्थित समुद्र किनारमा रहेको एम्बासडर सिटी होटलको कन्भेन्सल हलमा भएको तीनदिने प्रतियोगिताको अन्तिम दिन ननिताले फाइनलमा चाइनिज ताइपेईंकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कांस्य पक्का गरेकी हुन् । ५ खेलाडी सहभागी उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते । सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे । पाँचै जनाबीच पहिले प्रिजजिङ राउन्ड भएको थियो र पछि पाँचैले फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए ।

उद्घोषकले एलेसान्ड्रालाई पाँचौं र सुनलाई चौथो घोषणा गरेपछि ननिताको कम्तीमा कांस्य पदक निश्चित भएको खुशीयालीमा प्रतियोगिता आयोजनस्थल कन्भेन्सन हलमै रहेका ननिताका पति, बुवा, आमा, दिदी, भिनाजु, खेलाडी र अन्य नेपाली समर्थकले हुटिङ गरेका थिए ।

नेपाली शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो । ननिता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोश्रो नेपाली महिला खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन् । निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।

कीर्तिपुर नयाँ बजार निवासी ३१ वर्षीयाँ ननिताले ३ वर्षे छोटो शारीरिक सुगठन करियारमा एक घरेलु र एक अन्तर्राष्ट्रिय गरी जम्मा दुई प्रतियोगितामा मात्र खेलेकी छन् । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले यसै वर्षको सेप्टेम्बरमा आयोजना गरेको मिस्टर काठमाडौं शारीरिक सुगठन तथा प्रथम महिला फिट्नेस च्याम्पियनसिपमा ननिताले पहिलो पटक सहभागिता जनाउदै उपाधि जितेकी थिइन् । ३ पुरुषसहति ४ नेपाली खेलाडी सहभागी भएको यो च्याम्पियनसिपमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी ननिताले शारीरिक सुगठनमा आउनुअघि भलिबल, एथलेटिक्स र बास्केटबल खेलेको बताइन् । क्षेत्रीय भलिबल प्रतियोगितामा ननिताको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको थियो भने क्षेत्रीय स्तरको एथलेटिक्समा ननिताले सटपुट र १ सय मिटर दौडमा कांस्य जितेकी थिइन् ।

ननिताले शारीरिक सुगठनको महिलामा नेपाललाई पदक दिलाउन सफल भएकोमा खुशी लागेको बताउदै प्रिजजिङ राउन्ड सकिन साथ दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको बताइन् ।

‘राष्ट्रका लागि पदक जित्न सफल भएकोमा खुशी छु । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले कन्फिडेन्ट भएर खेल्छु र सक्दो राम्रो गर्ने प्रयास गर्छु भन्ने सोचेकी थिए ।’ ननिताले भनिन्– ‘प्रिजजिङ सकिएपछि दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको थियो । र, नतिजा पनि त्यही अनुसार आयो ।’

ननितले शारीरिक सुगठनमा लाग्न विशेष गरी पति रुडन वज्राचार्यले प्रेरित गरेको र यसमा परिवारका अन्य सदस्यको समेत सहयोग रहेको बताउदै महिलाले पनि उचित अवसर पाए राष्ट्रका लागि योदान दिन सक्ने बताइन् ।

ननिताका पति वज्राचार्यले पहिले उपचारका लागि शारीरिक व्यायम गर्न लगाएको र पछि ननिताले फ्टिनेसमा राम्रो गर्न सक्छिन् भन्ने लागेर शारीरिक सुगठनमा लगाएको बताए ।

‘ननितालाई ब्याक पेन हुने र टाउको दुख्ने समस्या थियो । त्यसैको उपचार गर्न मैले डिभाइन फिजिकल फिट्नेसमा व्यायम गराउन लग्ने थाले । डिभाइनमा रुजेश दाई (सातौं विश्व शारीरिक सुगठनका रजत विजेता रुजेश शाही) ननिताको व्यायमबाट प्रभावित भएर काठमाडौंमा प्रतियोगिता हुँदैछ ननितालाई पनि भाग लिन लगाउने हो कि भनेर भन्नु भयो । मैले पनि त्यसमा सहमति जनाए र प्रतियोगितामा पनि भाग लिइन् । उपाधि पनि जितिन् ।’– ननिता शारीरिक सुगठनमा लाग्नुको कारण रुडेनले प्रस्टाए ।

थाइल्यान्डमै रहेका नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ननिताको सफलताले नेपाली शारीरिक सुगठनको इतिहासमा नयाँ अध्याय थपिएको बताउदै ननिताको सफलताले नेपाली शारीरिक सुगठन मात्र नभइ सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताए । अध्यक्ष श्रेष्ठले २०१७ को अक्टोबरमा मंगोलियामा हुने नवौं विश्व च्याम्पियनसिप तथा सोही वर्षको अगष्टमा दक्षिण कोरियामा हुने ५१ औं एसिायली च्याम्पियनसिपमा सहभागी गराउन ननितालाई विशेष तयारी गराउने बताए ।

प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले सोचे भन्दा राम्रो नतिजा आएको बताउदै प्रशिक्षणमा अझ बढी ध्यान दिएमा ननितामा यो भन्दा राम्रो नतिजा ल्याउने खुबी रहेको धारणा व्यक्त गरे ।

प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको ६५ केजी र मास्टर्स ४० वर्षमाथिमा अनिललाल श्रेष्ठ, स्पोर्ट्स फिजिक र फिट्नेस फिजिकमा विमललाल श्रेष्ठ तथा स्पोर्ट्स फिजिकमा विनोद वज्राचार्यले पुरुषतर्फ नेपालको चुनौती प्रस्तुत गरेका थिए । तीनै पदकविहीन बने । अनिल र विनोद आ–आफ्नो स्पर्धामा प्रिजजिङ राउन्डबाट बाहिरिएका थिए । विमल स्पोर्ट्स फिजिकमा प्रिजजिङ राउन्डमै सीमित भए भने फिटनेस फिजिकमा फाइनलमा प्रवेश गर्दै समग्रमा चौथो भएका थिए ।

वर्षेनी हुने विश्व शारीरिक सुगठनमा यसअघि तीन नेपाली पुरुष खेलाडीले विभिन्न स्पर्धामा पदक जितिसकेका छन् । दोश्रो संस्करणको शारीरिक सुगठनतर्फ ६५ केजीमा श्याम श्रेष्ठले कांस्य तथा छैटौं संस्करणको स्पोर्ट्स फिजिकमा विमलला श्रेष्ठ (यसै प्रतियोगितामा सहभागी) र सातौंको शारीरिक सुगठनकै ५५ केजीमा रुजेश शाहीले रजत जितेका थिए ।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४९ राष्ट्रका ४ सय भन्दा बढी खेलाडीले विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा डब्लुबीपीएफ अन्तर्राष्ट्रिय जजद्वय नेपालका पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले पनि विभिन्न स्पर्धाको प्रिजजिङ र फाइनल चरणका खेल सञ्चालन गरेका थिए । नेपाली टोली मंगलबार स्वदेश फर्किने कार्यक्रम छ ।

सेल्फी च्यालेन्ज ट्रेन्ड (#OneFingerSelfieChallenge)

एजेन्सी ।
सामाजिक सञ्जालमा ट्रेन्ड अनि अनेक चल्छन् । यस्ता अनेच ट्रेन्ड छन् जसले ठूलै सकारात्मक सन्देश प्रवाह गरेका छन् भने कुनैले हंगामा र सनसनी समेत मच्चाउँछन् ।

यस्तै एक सनसनी खालको ट्रेन्ड चलेको छ अहिले । त्यो हो एक औंलो आफ्नो गोप्य अंगमात्र छोपेर सर्वागं नाँगो तस्विर खिचेर पोष्ट गर्ने ।

यो ट्रेन्ड अहिले विशेषगरि जापानमा व्यापक बन्न थालेको छ । जापानमा अहिले एक कार्टून पात्रको तस्वीरको सिको गर्दै एकजना जापानी महिलाले सोही प्रकारमा आफ्नो तस्वीर खिचेर सोसल मिडियामा पोस्ट गरेसँगै यो एकाएक ट्रेण्डिंग बन्न पुगेको छ ।

त्यो पनि चुनौति भन्दै ट्रेन्ड गर्ने क्रम बढेको छ । एक जापानी एनिमेटेड आर्टिस्ट यस चित्रको निर्माण गरेका हुन् उनीले यसलाई स्काई फ्रिडोम नाम दिएका थिए ।

त्यस पछि वान फिंगर सेल्फी  च्यालेन्ज ट्रेन्ड #OneFingerSelfieChallenge सुरु भएको हो ।

एक औँला अर्थात् वन फिंगर सेल्फी च्यालेन्ज नामबाट सोसल मिडियामा उक्त च्यालेन्ज निकै लोकप्रिय बनिरहेको छ । यो च्यालेन्ज अन्तरगत महिलाहरुले निर्वस्त्र भएर आफ्नो एक औँलाले आफ्नो गोप्य अंग छोपेर सेल्फी लिन्छन् र सोही सेल्फी सोसल मिडियामा पोष्ट गर्छन् ।

ऐनाको अगाडि बसेर यस्तो तस्वीर आफैंले खिचेर पोष्ट गर्दै यसरी अहिले यो ट्रेण्ड विश्वव्यापी बन्न पुगेको छ ।

रोचक कुरा त के भने सुरुमा महिलाहरुले राखेको यस्तो तस्विरको सिको गर्दै कतिपय पुरुषहरुले पनि यो च्यालेन्जमा भाग लिइरहेका छन् ।

जापानले आतंकवादविरुद्ध लड्न सहयोग बढायो, उत्तर कोरियामाथि थप आक्रामक

टोकियो ।
जापानले आतंकवाद बिरुद्धको कारवाहीका लागि गर्ने सहयोगमा व्यापक बृद्धि गर्ने भएको छ ।

आसन्न २०२० टोकियो अ‍ोलम्पिक तथा पाराओलम्पिक खेलको आयोजना अघि आणविक आतंकवादको विरुद्धमा कदम उठाउन उसले अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सी ९आईएईए ०लाई सहयोग गर्ने भएको हो ।

जापानको विदेश मामिला उपमन्त्री केन्तारो सोनोउराले आईएईएका महानिर्देशक युकिया आमानोसंगको आसन्न भेटमा जापानले गर्ने सहयोग बृद्धि गर्ने बताइएको छ ।

सोमबारबाट अस्ट्रियाको राजधानी भियनामा हुने आईएईएको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी दुवै सहभागी हुँदैछन् ।

उनले आईएईएका महानिर्देशक आमानोसंगको भेटवार्तामा जापान सरकार आईएईएलाई आणविक आतंकवादको विरुद्धमा लाग्न भरपुर सहयोग पुर्याउने विषयमा छलफल गर्ने भएको जापानी समाचार संस्थाहरुले उदृत गरेका छन् ।

यसैगरि जापानले छिमेकी देशको रुपमा रहेको उत्तर कोरियामाथिको प्रतिवन्धलाई थप कडा पार्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्धारा उत्तर कोरियाको परमाणु मिशाइल विकास कार्यक्रमलाई बढवा दिएको विरुद्धमा कडाई गर्ने बताएसँगै जापानले पनि कडाई गर्ने बताएको छ ।

प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरुसँग यस बारेमा छलफल गरेको र उत्तर बिरुद्ध कडा नाकाबन्दीका रवैया अपनाईने जनाइएको छ ।

नयाँ प्रतिवन्ध अन्तरगत जापानमा रहेका उत्तर कोरियाका अधिकारीहरुलाई स्वदेश फर्काइने र उनीहरुलाई जापान आउन रोक लगाइने भएको छ ।

डा केसीले अनसन तोड्दै भने-‘माफिया तन्त्रबिरुद्धको लडाई जारी छ’ (सम्झौतापत्र सहित)

काठमाडौं ।
सामाजिक अभियन्ता डा. गोविन्द केसीले आमरण अनसनको २२ औं दिनमा १२ बुँदे सम्झौता सहित अनसन तोड्नु भएको छ ।

स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै आमरण अनसनमा बस्नु भएका केसी पक्षसँग ८ चरणमा भएको वार्तापछि १२ बुँदे सम्झौता सहित अनसन तोडिएको हो ।

अनसन तोड्ने क्रममा सम्झौता पत्रमा हस्ताक्षर गर्दै डा. केसीले माफियातन्त्र विरुद्धको लडाई जारी रहेको बताउनुभएको छ ।

केसीलाई सिन्धुपाल्चोकका दुई बर्षीय बालिका मार्सागं तामागंले जुस खुवाएर अनसन तोडाएका हुन् ।

महाभूकम्पमा परि आफ्नो सुत्केरी आमा विताएकी उनी बौद्धमा एक संस्थाको आश्रयमा बस्दै आएको बताइएको छ ।

यस्तो छ सरकार र अभियन्ता केसीबिच भएको सम्झौता पत्र

संविधान संशोधनमा राष्ट्रपतिको चासो, आज सर्वदलीय बैठक आह्वान

काठमाडौं,मंसिर १९ । सरकारले मंगलबार संविधान संशोधन प्रस्ताव गर्ता गराएपछि देशका विभिन्न क्षेत्रको स्थिति जटिल बन्दै गएपछि राष्ट्रपति ले छलफलको लागि सर्वदलीय बैठक आहृवान गरेमी छिन् ।

राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् । संविधान संशोधन प्रस्तावलाई लिएर दलहरुबीच दूरी बढ्दै गएका बेला राष्ट्रपति भण्डारीले नेताहरुलाई सहमतिबाट निकास दिन आग्रह गर्ने छिन् ।

उनले दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्दै आएककी छिन् । प्रमुख प्रतिपक्षि नेकपा एमालेले संशोधन विरुद्ध उत्रिएको छ भने मधेसी मोर्चाले समेत यथास्थितिमा संशोधन प्रस्तावको समर्थन गर्न नसकिने जनाउँदै आएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web