किन ढुक्क छन प्रचण्ड ? यस्तो रहेछ भित्री खेल

काठमाडौं,मंसिर १९ -आफ्ना माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरु लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त गरेका छन् ।

शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष नेतालाई बोलाएर उनीहरुको भावी रणनीतिबारे छलफल गरेका राजदूत रेले अपराह्न प्रधानमन्त्री प्रचण्डलाई भेटी मधेसीमोर्चाले लचकता देखाएको भन्दै तत्काल उनीहरुसँग वार्ता गर्न आग्रह गरेका हुन् ।

रेकै सुझाव अनुसार प्रचण्डले शनिबार साँझ मधेसी नेतासँग बैठक गरेपछि मोर्चाको सुरक्षित अवतरणका लागि दुवैतर्फबाट संशोधनमा सामान्य परिमार्जन गर्न सहमति भएको स्रोतले उल्लेख गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

सुनखानीको आंशकामा मेलम्चीको हेडवर्क्स साइटमा सुरक्षा कडा, वरिपरी जान निषेध

काठमाडौं,मंसिर १९ । हेलम्बुस्थित मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा भेटिएको पहेंलो पदार्थ आउने पहाडको भाग खानी हुने आशंकामा शनिबारदेखि सुरक्षामा कडाइ गरिएको छ । गेटपारिका स्थानीयहरुलाई बाहेक सबैलाई आउन जान पुरै रोक लगाइएको छ । पहेंलो पदार्थ भएको ढुंगा सुन या खनिज हुनेसक्ने आशंकामा सुरक्षाकर्मीद्वारा बाहिरी गेटबाट समेत आवात जावत गर्न गेटपारिका स्थानीय बाहेक अरुलाई निषेध गरिएको छ ।

‘गेट पारि बस्नेले मात्रै उता जान पाउँछन् अरु सबैलाई आउन जान निषेध छ,’ हेलम्बुका स्थानीय ग्याल्देन शेर्पाले भने, ‘प्रत्येक चोटी हामीले आउजाउ गर्न अनुमति लिनपरेको छ ।’

उनले आफ्नै घर जानपनि अनुमति लिएर जानुपर्ने अवस्था भएको जानकारी दिए । उनी मात्र होइन हेलम्बु ७, ८, ९ का सबै स्थानीयहरु अहिले बाहिरी गेटमा बसेका सेनासँग अनुमति लिएर मात्रै पार गर्न पाउँछन । आउँदा छुट्टै अनुमति लिनुपर्ने प्रावधान गरिएको छ ।

निर्माणको काम नै रोकेर ल्याब टेष्टको लागि लगिएको उक्त पहेंलो पदार्थ के हो भन्ने तथ्य अहिलेसम्म पत्ता लागिसकेको छैन । हाल भने उक्त स्थानको केही भाग बाहेक सबै कार्य सुचारु गरिएको मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराइले जानकारी दिएका छन् ।

‘चम्कीलो पहेंलो कण देखिएकाले सुनको आशंका गरिएको हो । आहिले यकिन भन्न सकिने अवस्था छैन,’ प्रमुख भट्टराइले भने, ‘भूर्गभविदले सुन हुन नसक्ने क्षेत्रको रुपमा दाबी गरेपनि उक्त पदार्थ के हो भन्ने यकिन नभएकाले संरक्षणमा लागेका हौं । यो के हो खानी विभागले आइतबार टेष्टपछि निर्क्यौल निकाल्ने छ ।’

उनले मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा ड्यामको वर्कस्पट बनाउने कामका साथै खानी वरीपरी सुरक्षाको लागि वायरसेभ, काँडेतार लगाइसकेको जानकारी दिए । उनका अनुसार मेलम्ची खानेपानीको मुख्य ड्याम निर्माणको काम धमाधम भइरहेको र सुन खनिजको अनुमानमा सुरक्षामा कडाइ गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

संशोधन प्रक्रियाका लागि लामो समय नपर्खने,चुनाव घोषणाको तयारीमा सरकार

काठमाडौं,मंसिर १९ । सरकारले संविधान संशोधन प्रक्रियाका लागि लामो समय नपर्खने भएको छ । प्रस्ताव पारित नभए पनि एक दुई दिनभित्रै चुनाव घोषणा गर्ने सरकारको तयारी छ । सदनमा पेश भएको संशोधन प्रस्ताव पारित हुने या नहुने अनिश्चिता बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘अब केही दिनभित्रै यो प्रक्रिया टुङ्ग्याउने’ निष्कर्षमा पुगेका हुन् ।

माओवादी उच्च तहका नेताका अनुसार सहमति भए नयाँ संरचना अनुसार स्थानीय तहको नभए पुरानै व्यवस्था अनुसार स्थानीय निकायको घोषणा हुनेछ ।

सदन र सडकमा प्रतिपक्षी नेकपा एमाले सहितका दलले विरोध गरिरहेको बेला संशोधनको पक्षमा रहने अपेक्षा गरिएको मधेसी दलले पनि प्रस्तावको पक्षमा खुलेर समर्थन नगरेपछि प्रधानमन्त्री प्रचण्डले ‘एक दुई दिनभित्रै यसलाई टुङ्गोमा पुर्‍याउने’ पहल गरिरहेका  छन् ।  नेकपा माआवादीं केन्द्रको अध्यक्षसमेत रहेका  प्रधानमन्त्रीले शनिबार पार्टी कार्यालय तथा पोलिटब्युरोको बैठकमा यही आशयको कुरा राखेकाे बैठकमा सहभागी एक पोलिट्ब्युरो सदस्यले जानकारी दिए ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय बैठकले प्रस्ताव पारित हुने या नहुने दुवै अवस्थामा चुनाव घोषणा गरेर नयाँ प्रक्रियामा जाने निर्णय गरेको बताए। ‘प्रस्ताव पारित गर्नका लागि मधेसी मोर्चाका नेतादलहरुसंग छलफल भइरहेको छ । प्रस्ताव पारित गरेर चुनावमा जानु नै अहिलेको उत्तम विकल्प हो,’श्रेष्ठले भने, ‘तर उहाँहरुले समर्थन गर्नुभएन भने यो प्रक्रिया अगाडि बढ्दैन । यदि त्यसो भयो भने पनि चुनावको घोषणा हुन्छ । ’

पोलिटब्युरो बैठकमा प्रचण्डले संविधान संशोधनमा सबैको सहमति जुटाउन सरकार प्रयत्नशील रहेको बताएका थिए । उनले प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेको बताएका थिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

इएल क्लासिको: बार्सिलोनाले म्याड्रिडसँग अंक बाँड्यो

एजेन्सी,मंसिर १९ । स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार भएको खेलमा बार्सिलोना अन्तिम मिनेटमा चुकेपछि चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग १-१ गोलको बराबरी रोकिदै अंक बाँडेके हो ।  यससँगै रियलले अपराजित यात्रा कायमै राखेको छ ।

बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५३ औं मिनेमा नेइमारको फ्रि किकलाई लुइस स्वारेजले हेड मार्फत सुन्दर गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । खेलको अन्तिम समयसम्म बार्सिलोनाले रियल मड्रिडलाई गोल गर्नबाट रोकेको थियो ।

तर ९० औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । यो बराबरीसँग रियल मड्रिडको ६ अंकको अग्रता कायमै छ । रियलको १४ खेलबाट ३४ तथा दोस्रो स्थानको बार्सिलोनाको समान १४ खेलबाट २८ अंक छ । रामोसले अन्तिम समयको गोलबाट रियलको अपराजित यात्रा ३३ खेलमा पुर्‍याएका छन् ।

विश्व शारीरिक सुगठनमा विमललाल चौथो

काठमाडौं,मंसिर १८  नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा शनिबार चौथो भएका छन् ।  विमलको स्पर्धामा विभिन्न ६ राष्ट्रका ७ खेलाडी प्रिजजिङमा सहभागी थिए । प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारी विमल शीर्ष ५ पाँच स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएका थिए ।

विमलको स्पर्धामा सुरुमा बाँडिएको खेलाडी सूचीमा ९ खेलाडीले भाग लिने उल्लेख थियो । पछि कार्यक्रम उद्घोषकले दुई खेलाडीको नाम निर्णायक मण्डललाई हटाउन सूचित गरेपछि सात खेलाडीको अन्तिम सूची तयार गरिएको थियो । हटाइएका दुवै खेलाडी इजिप्तका थिए ।

फाइनल चरणमा विमल पाँचौं स्थानमा प्रदर्शन गर्न आएका थिए । पदकबाट थोरै चुकेका विमलले फाइनलमा दक्षिण कोरियाका किम मिन वुलाई मात्र पछि पार्न सके । थाइल्यान्डकाद्वय वान्चाई कान्जानापिमिन र रत्चावत कापन्या क्रमशः पहिलो र दोश्रो भए भने इरानका शरोक कजेमी तेश्रो भए ।

दक्षिण एसियाली, एसियाली तथा विश्व शारीरिक सुगठन च्याम्पियनसिपको अनुभव बटुलिसकेका विमलले भारतको मुम्बईमा भएको छैटौं विश्व च्याम्पियनसिपको स्पोर्ट्स फिजिकमा रजत जितेका थिए । विमलले दुई दक्षिण एसियाली, एक एसियाली तथा तीन विश्व च्याम्पियनसिप (अहिलेको समेत) मा भाग लिइसकेका छन् ।

यसपटक दुई स्पर्धामा सहभागिता जनाएका विमलले शुक्रबार स्पोर्ट्स फिजिकमा भाग लिएका थिए । त्यसमा उनी प्रिजजिङ राउन्डबाटै बाहिरिए ।  शनिबारै नेपालका विनोद वज्राचार्यले स्पोर्ट्स फिजिकको १७५ सेन्टीमिटर उचाईमा भाग लिदै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरे । विनोद पनि प्रिजजिङ राउन्डमै सीमित भए ।

विनोदको स्पर्धामा विभिन्न ८ राष्ट्रका १५ खेलाडी सहभागी थिए । यससंगै प्रतियोगितामा नेपाली पुरुष खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि शुक्रबार नेपालका अनिललाल श्रेष्ठले शारीरिक सुगठनको ६५ केजी र मास्टर्स ४० वर्षमाथि खेलेका थिए । अनिल दुवै स्पर्धामा प्रिजजिङ राउन्डबाट अगाडि बढ्न सकेनन् । अनिल समग्रमा छैटौं स्थानमा रहे ।

अब प्रतियोगिताको अन्तिम दिन आइतबार नेपालकी ननिता महर्जनले महिला एथलेटिक फिजिकको १६० सेन्टीमिटर उचाईमा खेल्नेछिन् । त्यो खेलनै नेपाली खेलाडीको अन्तिम खेल हुनेछ । चालू प्रतियोगितामा एक महिलासहित चार नेपाली खेलाडीले विभिन्न ६ स्पर्धामा भाग लिएका छन् ।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक संघको आयोजनामा थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा जारी प्रतियोगिताको औपचारिक उद्घाटन भने शनिबार मात्र गरियो । थाइल्यान्ड खेलकुद प्राधिकरणका डेपुटी गोभर्नर नत्तावुट रुइङगेभ्सले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सो अवसरमा थाइल्यान्डका स्व. राजा भूमिवोल अदुल्याडेजको सम्झनामा मौन धारण गरिएको थियो । छोटो उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी ४९ राष्ट्रका राष्ट्रिय झण्डा अंकित प्लेकार्ड लिएर थाइ सैनिकले मार्च पास्ट गरेका थिए । साथै प्रमुख अतिथि डेपुटी गभर्नर र आईडब्लुबीपीएफका महासचिव दातुक पाउल चोले छोटो मन्तब्य राखेका थिए ।

सरकारकाे १२ बुँदे ड्राफ्ट फर्कियाे, डा.केसीले राखे नयाँ अडान,अनसन नताेड्ने

काठमाडौं,मंसिर १८ । अनशनरत डा गोविन्द केसी भोलीमात्र अनशन तोड्ने भएका छन् । केसी र सरकारी पक्षबीच सम्झौताको अन्तिम मस्यौदा तयार भएपनि केसीले सम्झौता पत्रमा भने भोली बिहानमात्र हस्ताक्षर गर्ने अडान लिएपछि अनशन तोड्ने अन्योलमा परेको छ ।

डा केसी पक्षधर र सरकारी टोलीले तय गरेका १२ बुँदामा केसीले केही कुरा थप गरेपछि सहमतिमा हस्ताक्षर हुन ढिलाई भएको हो । वार्ता टोलीका सदस्यहरुले आजै अनसन तोड्न केसीलाई आग्रह गरेपनि उनले ‘म एकैदिनमा मर्दिन त्यसैले एक नम्बरको मागमा थप छलफल गर्नुहोस् अनि भोली हस्ताक्षर गरौंला’ भनेको वार्ताटोलीका एक सदस्यले बताए ।

उक्त सहमतिलाई मन्त्री परिषद्को पहिलो बैठकले पास गर्नुपर्ने, दुई हप्ताभित्रै न्यायिक आयोग गठन हुनुपर्ने लगायतका कुरा डा केसीले थपेका छन् । यी दुईटै विषयमा सहमति भएपनि समयसीमा तोकिएको थिएन ।

उपकुलपतिलाई बर्खास्त गर्नुपर्ने बुँदामा भएको सम्झौताको मस्यौदामा केसीले असन्तुष्टि जनाएका छन् । त्रिवि उपकुलपति नियुक्तिका विषयमा अध्ययन गर्न एकमहिनाभित्र समिति बनाइने समयसीमालाई केसीले १५ दिन बनाउन माग गरेका छन् ।

त्यस्तै केसीले अन्य केही बुँदामा पनि संशोधन आवश्यक भएको वताएपछि सरकारी वार्ताटोली मस्यौदा सच्याउन शिक्षा मन्त्रालय फर्किएको जनाएको छ । केसी पक्षपनि सकेसम्म आजै सम्झौतापत्रमा हस्ताक्षर गराउने उद्देश्य सहित थप छलफलका लागि शिक्षा मन्त्रालय पुगेको छ ।  अनशन भने भोलि बिहान १० बजे तोड्ने  बताइएको छ ।

भारतीय दूतावासमामा मोर्चाको लञ्च मिटिङ, उपेन्द्र र शरतसिंह गएनन्

काठमाडौं,मंसिर १८ । भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग शनिवार संयुक्त भेटवार्ता गरेका छन् । शनिबार बिहान ९ बजे लैनचौर स्थित दूतावास भएको लञ्च मिटिङमा संविधान संशोधनबारे छलफल भएको छ ।  छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सामसपाका अध्यक्ष शरतसिंह भण्डारी भने सहभागि भएनन् ।

उनिहरु राजधानी बाहिर रहेकाले दूतबास नगएका हुुन । स्रोतका अनुसार राजदूत रायले संशोधन विधेयकलाई स्वीकार गरेर अघि बढ्न सुझाव दिएका छन् । सात दलका अध्यक्षहरुलाई बोलाएको भएपनि पाँच दलका अध्यक्ष मात्र पुगेका थिए ।

मोर्चामा सात दल सम्बद्ध छन्।

‘प्राधिकरणभित्रको प्वाँल टाल्दा खञ्चुवाहरुमा छटपटी’: उर्जामन्त्री

काभ्रे,मंसिर १८  । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरुमाथि कार्वाही शुरु भएको बताउनुभएको छ । काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैठौं साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिँदै उहाँले यसमा साथ दिन सवैलाई आग्रह गर्नुभयो । उर्जामन्त्रालयले विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रवार लिखित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुमाथि थप कार्वाही गर्ने मन्त्रालयको तयारी छ ।

उर्जामन्त्री शर्माले विद्युत प्राधिकरणभित्र परेको प्वाँल टालेको कारण केही व्यक्तिहरुमा छटपटी बढेको भन्दै त्यस्तो छटपटी अझ बढाईदिने चेतावनी दिनुभयो ।  “बिजुली चुहिने प्वाँल प्राधिकरणभित्रै परेको रहेछ, मैले त्यो प्वाँल टाल्न लगाए, त्यसपछि मात्र लोलसेडिङ हटाउन सकियो ।” मन्त्री शर्माले प्राधिकरणभित्र खान पल्केकाहरुको हर्कतविरुद्ध आफु कठोर भएर प्रस्तुत हुने चेतावनी दिनुभयो ।

आफु उर्जामन्त्री हुँदा लोडसेडिङको ग्रहुँगो भारी बोकेर गएको तर अहिले थोरै हल्का महशुस भएको अनुभव सुनाउदै उहाँले देशभर लोडसेडिङ हटाउने योजना बनाइरहेको जानकारी दिनुभयो ।

अर्को एक प्रसंगमा उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीयता विरोधी आन्दोलन गरिरहेको बताउनुभयो ।

उहाँले संविधान संशोधन प्रस्ताव राष्ट्रलाई एकतावद्ध बनाउने प्रस्ताव भएको भन्दै मन्त्री शर्माले त्यसको विरोध गरेर एमालेले चुनावी राजनीति गर्न खोजेको बताउनुभयो ।  संविधान संशोधन प्रस्तावमा राखिएको ५ नम्बर प्रदेश एमाले र काँग्रेसले तयार गरेको प्रस्ताव अनुसार नै गरिएकोले त्यसको विरोध गर्नु औचित्यहीन भएको टिप्पणी गर्नुभयो ।

“एमाले संविधान कार्यान्वयन नदिने र संघीयता असफल पार्ने खेलमा लागेको छ” उहाँको भनाइ थियो ।  एमाले र मधेशवादी दलहरु मिलेर संविधान संशोधनको साझा प्रस्ताव ल्याए सरकारलाई मान्य हुने बताउनुभयो ।

मन्त्री शर्माले संविधानले देशलाई समाजवादमा लैजाने परिकल्पना गरेकोले सहकारीले आम जनतालाई समाजवादतर्फ अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सहकारीलाई पनि पार्टी संगठन चलाएजस्तो गरी चलाउने गरिएकोले सफलता पाउन नसकिएको तर्क गर्नुभयो । सहकारीलाई सहकारीकै सिद्धान्तअनुसार संचालन गरेर यसलाई जनतामा समाजवादी चेतना अभिवृद्धि गर्ने र समाजवादी संस्कृति फैलाउने साधनका रुपमा प्रयोग गर्नुपर्ने उहाँको धारणा छ ।

कार्यक्रमका सहभागीहरुले विद्युत महशुल बुझाउने सन्दर्भमा उपभोक्ताले अनेकथरि समस्या भोग्नुपरेको  गुनासो गरेका थिए । माओवादी जनयुद्धको बेलादेखि नै विद्युत महशुल भुक्तानीमा समस्या रहँदै आएको थियो । त्यतिवेला माओवादीहरुले विद्युत महशुल नतिर्न उपभोक्ताहरुलाई आव्हान गरेका थिए । उक्त आव्हान बमोजिम धेरैजसो स्थानीयले विद्युत महशुल बुझाएका थिएनन् । उपभोक्ताहरुले २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएयताको महशुल मात्र बुझाउने अडान लिएका छन् । त्यसअघिको विद्युत महशुल मिनाहा गर्नुपर्ने उनीहरुले माग गरेका छन भने सरकारले यसवारे ठोस निर्णय गरेको छैन ।

माओवादी जनयुद्धको क्रममा २०५९ जेठ २२ गते काभ्रे र सिन्धुलीको सिमानामा पर्ने नेपालथोकमा सेनाको गोलीबाट मारिएका कृष्ण बहादुर विष्ट रसकमलको नाममा स्थापित यस सहकारी संस्थामो ५ सय २९ शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पूँजी १८ लाख ९९ हजार २ सय रहेको छ । संस्थाको बचत रकम ३५ लाख ७२ हजार ३ सय १३ रहेको छ भने ८५ लाख ४५ हजार २ सय १८ ऋण प्रवाह गरेको अध्यक्ष निरञ्जन विष्टले जानकारी दिनुभयो ।

सहकारीको कार्यक्षेत्रअन्तरगत देउपुर गैरीविसौना, देउपुर नयाँगाँउ, चण्डेनी मण्डन, जैसीथोक मण्डन, महादेवस्थान मण्डन गाविस पर्दछन् । ‘मन–मनमा हर्ष र खुशी, घर–घरमा रसकमल स्मृति’ भन्ने नारासहित २०६७ सालमा स्थापित यस सहकारी नाफामा चलिरहेको शेयर सदस्य गोकुल डोटेलले जानकारी दिनुभयो ।

जापान राष्ट्रब्यापी वक्तृत्वकला उपाधि शरदलाई, तेस्रो बने विष्णु

टोकियो ।
नेपाली युवा विद्यार्थी शरद राईले जापानमा आयोजित जापानको राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल र नेपालीको सानलाई उचो राख्दै जापानको राष्ट्रब्यापी वक्तृत्वकलाको उपाधिसँगै शरदले १ सय ११ मान (११ लाख १० हजार) जापानी येन नगद पुरस्कार समेत पाएका छन् ।

उपाधि उचाल्ने क्रममा शरदले जापानी र प्रतिस्पर्धाको अन्तीम तीनमा परेका
विष्णु भण्डारी समेतलाई उछिनेका हुन् ।

प्रतियोगीताको सुरुवात देखीनै शिर्ष
स्थानमा रहँदै आएका विष्णु भण्डारी तेस्रो भएका छन् । भण्डारी नेपाल
कास्की जिल्लाका स्थायि वासिन्दा हुन् ।

वक्तित्वकलामा प्रतिस्पर्धामा जापानी युवती दोस्रो भएकी छिन् ।

जापानमा छात्रवृत्तीमा अध्ययनरत शरद राई नेपाल खोटाङका स्थायि वासिन्दा हुन् ।

वक्तित्वकलामा
आयोजकको वेवसाइटमा समेत गएर भोट गर्न सकिने व्यवस्था अनुसार जापान सहित
विभिन्न देशमा रहेका नेपालीहरुले उनलाई भोट दिएका थिए ।

शरदले बिजय
हुनुअघि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफुले नेपाललाई केही उपहार दिन
चाहेको भन्दै आफ्नो बिजय देशको लागि एक उपहार हुने उल्लेख समेत गरेका थिए ।

जापानले थाल्यो २०२० ओलम्पिकको स्टेडियम निर्माणको काम

जापान ।
जापानले सन २०२० मा .आयोजना गर्न लागेको टोकियो ओलम्पिक तथा पाराओलिम्पक खेलको लागि स्टेडियम निर्माणको काम सुरु गरेको छ ।

जापान खेल परिषदले स्टेडियमको निर्माणको लागि टोकियो महानगरीय सरकारसंग अनुमति लिएपछि यसको काम थालेको हो ।

जापान खेल परिषदले २०१९ नोभेम्बर सम्ममा सो संरचनाको पुर्ण निर्माण गरिसक्ने लक्ष्य राखेको बताएको छ ।

डिजाइनर केङ्गो कुमाले नयाँ ओलम्पिक स्टेडियमको निर्माण नक्शा तय गरेका छन् । गत बर्षको जुलाईमा जापान सरकारले स्टेडियम निर्माणको जिम्मा विभिन्न डिजाईनरहरुबाट छानेर कुमालाई दिएको हो ।

यो योजना अनुमानीत लागत भन्दा महङ्गो भएको भन्दै आलोचना भएपनि डिजाइन र निर्माणको गुणस्तर सहित प्रतिवद्धतालाई हेरेर सो कम्पनीलाई दिएको बताइएको छ ।

ओलम्पिक स्टेडियमको निर्माण कार्य विहीबारबाट सुचारु भएको छ । निर्माण कम्पनीले तोकिएको समय भन्दा अघिनै निर्माणकाम सम्पन्न गर्नेगरि कामलाई तिब्रता दिने बताएको छ ।

अग्रवाललाई आईओएमको डीन नियुक्त गरेपछि अभियन्ता केसी अनसन तोड्दै

१८ मंसिर, काठमाडौं ।
वरिष्ठताका आधारमा चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा प्राडा जेपी अग्रवाल नियुक्त गरिएपछि अभियन्ता गोविन्द केसीले २० औं दिनमा आमरण अनसन तोड्ने भएका छन् ।

आमरण अनसनका क्रममा चिन्ताजनक अवस्थामा पुगिसकेका केसीले राखेको मागलाई आज बिहान बसेको त्रिवि कार्यकारी परिषद्को वैठकले संवोधन गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको जनाएको छ ।

हिजो अबेर रातिसम्म वार्ता बस्दा पनि नियुक्ती नगरि बार्ता टुंगिएपछि केसीको अवस्थालाई मध्यनजर गर्दै बिहानै बसेको बैठकले अग्रवाललाई डिन नियुक्त गरेको हो ।

यसअघि सरकारले वरिष्ठता मिच्दै केपी सिंहलाई डिन नियुक्त गरेको थियो । तर अनसन र बिरोध बढ्न थालेपछि उनले हिजोमात्र पदबाट राजिनामा दिएका थिए ।

वरिष्ठ प्राध्यापक अग्रवाल डीन नियुक्त भएसँगै केसीका अन्य मागहरुमा आज सम्झौता भइ अपरान्ह सम्म अनसन तोडिने ठानिएको छ ।

केसी पक्षका वार्ताकार र सरकारी वार्ताटोलीबिच अभियन्ता केसीले राख्नु भएका अन्य ९ बुँदे माग सम्वोधन गर्नेगरि सम्झौता गर्ने मस्यौदा बनिरहेको बताइएको छ ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता एउटै मञ्चमा,यस्तो हुँदैछ अबको आन्दोलन

काठमाडौं,मंसिर १८ । पाँच नम्बर प्रदेशका पाँच जिल्लालाई टुक्र्याएर चार नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध लुम्बिनी अञ्चलमा आन्दोलन चर्किएको छ । प्रस्तावविरुद्ध शुक्रबार बुटवलमा विशाल जनप्रदर्शन भएको छ । प्रतिपक्षी एमाले मात्रै नभएर सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूले पनि विरोधसभालाई सम्बोधन गरेका छन् ।

अबको आन्दोलन यस्तो हुँदै छ

५ नम्बर प्रदेशमा जारी आन्दोलन अझ बढी चर्किने देखिएको छ । तीन दलका केन्द्रीय नेताहरू नै आन्दोलनमा खटिएका छन् । एमाले नेता विष्णु पौडेलका अनुसार अब १२ वटै जिल्लामा सबै क्षेत्रलाई समेटेर संयुक्त संघर्ष समिति बनाइनेछ र विरोध प्रदर्शनलाई निरन्तरता दिइनेछ । आन्दोलनलाई उचाइमा पुर्याउन २० मंसिरमा १२ वटै जिल्लाका सदरमुकाममा संयुक्त विरोधसभा र प्रदर्शन गरिने आजको नयाँ पत्रिकामा खबर छ  ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web