अग्रवाललाई आईओएमको डीन नियुक्त गरेपछि अभियन्ता केसी अनसन तोड्दै

मंसिर १८, २०७३ मा प्रकाशित | 1571 views

१८ मंसिर, काठमाडौं ।
वरिष्ठताका आधारमा चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा प्राडा जेपी अग्रवाल नियुक्त गरिएपछि अभियन्ता गोविन्द केसीले २० औं दिनमा आमरण अनसन तोड्ने भएका छन् ।

आमरण अनसनका क्रममा चिन्ताजनक अवस्थामा पुगिसकेका केसीले राखेको मागलाई आज बिहान बसेको त्रिवि कार्यकारी परिषद्को वैठकले संवोधन गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको जनाएको छ ।

हिजो अबेर रातिसम्म वार्ता बस्दा पनि नियुक्ती नगरि बार्ता टुंगिएपछि केसीको अवस्थालाई मध्यनजर गर्दै बिहानै बसेको बैठकले अग्रवाललाई डिन नियुक्त गरेको हो ।

यसअघि सरकारले वरिष्ठता मिच्दै केपी सिंहलाई डिन नियुक्त गरेको थियो । तर अनसन र बिरोध बढ्न थालेपछि उनले हिजोमात्र पदबाट राजिनामा दिएका थिए ।

वरिष्ठ प्राध्यापक अग्रवाल डीन नियुक्त भएसँगै केसीका अन्य मागहरुमा आज सम्झौता भइ अपरान्ह सम्म अनसन तोडिने ठानिएको छ ।

केसी पक्षका वार्ताकार र सरकारी वार्ताटोलीबिच अभियन्ता केसीले राख्नु भएका अन्य ९ बुँदे माग सम्वोधन गर्नेगरि सम्झौता गर्ने मस्यौदा बनिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web