नयाँदिल्लीमा भएको ‘१२ बुँदे दुर्भाग्यपुर्ण’

काठमाडौं,मंसिर १८ । पूर्वप्रधानमन्त्री एवं नयाशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले ११ वर्षअघि सात दल र माओवादीबीच नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपुर्ण रहेका बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने,‘२०६२ मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपुर्ण हो ।’

पुर्व सांस्द विजय पौडेलको सम्पादकत्वमा प्रकाशित ‘नेपाल –सम्बन्ध विगत,वर्तमान र भविष्य’विषयक पुस्तक विमोचन समारोहमा उनले भने,‘विदेशी भुमिमा १२ बुँदे भएकाले मुलुक अहिले अकल्पनीय कठिन अवस्थामा गुज्रदैछ ।’

मुलुकको अग्रगमनका लागि राजनीतिक दलहरुबीच नेपाल–भारत सम्बन्धमा समान धारणा बन्नुपर्नेमा डा.भट्टराईले जोड दिए । डा.भट्टराईलाई उद्धृत गर्दे पौडेलले भने,‘१२ बुँदे सहमति दिल्लीमा हुनु नै नेपाली राजनीतिमा भारतीय हस्तक्षेप बढाउने कारण हो । १२ बुँदे विदेशी भुमिमा नभएर नेपालमै हुनुपथ्र्यो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

संविधान संशोधन विधेयक: सरकारको नीति ‘पर्ख र हेर’

काठमाडौं,मंसिर १८ । संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न नसकिने संघीय गठबन्धन र त्यसमा आबद्ध मधेसी मोर्चाको प्रतिक्रियाले अप्ठ्यारोमा परेको सरकारले केही दिन ‘पर्ख र हेर’ को नीति लिने भएको छ । स्रोतका अनुसार मोर्चाको गतिविधि र आन्दोलनको परिस्थिति हेरेर केही दिनमा सरकारले विधेयक फिर्ता लिने या नलिने निर्णय गर्नेछ ।

‘जसका लागि यो संशोधन विधेयक दर्ता गरिएको हो, त्यही पक्षले मान्दै मान्दैनौं भनेपछि सत्तापक्षभित्रै विधेयक फिर्ता लिनुपर्ने दबाब बढेको छ,’ सरकारका एक मन्त्रीले भने, ‘केही दिन मोर्चाको मनस्थिति र विपक्षी पार्टीको आन्दोलन हेरेर विधेयकलाई के गर्ने भन्नेबारे निर्णय लिने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छ ।’

प्रदेश नम्बर ५ को सीमांकन बदल्ने प्रस्तावविरुद्ध सुरु भएको आन्दोलनमा विपक्षी नेतासँगै सत्तापक्षका नेता तथा कार्यकर्ता नै देखिएपछि सरकार झनै अप्ठ्यारोमा परेको हो । स्रोतका अनुसार मोर्चाले विधेयकको पक्षमा तत्काल सकारात्मक सन्देश नदिए प्रधानमन्त्री संशोधन विधेयकलाई निष्क्रिय बनाएर स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने रणनीतिमा जानेछन् ।

कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने संशोधन विधेयकको पक्षमा मोर्चाका नेताहरू आउने दाबी गर्छन् । मोर्चाका नेताहरूसँग औपचारिक/अनौपचारिक लामो छलफलपछि विधेयक आएको बताउँदै निधिले यथास्थितिमा नमान्ने भने पनि उनीहरूले विधेयकको पक्षमा मतदान गर्ने दाबी गरे । ‘केही नेताले असन्तुष्टि प्रकट गरे पनि सरकारले अघि बढाएको विधेयकप्रति मधेसका नेता तथा कार्यकर्तामा खुसी छाएको छ,’ उनले भने, ‘सरकार संशोधन विधेयकलाई पारित गराउने प्रयासमै रहन्छ तर केही दिन हामी ‘पर्ख र हेरको’ स्थितिमा छौं ।’

मोर्चाका नेताहरूले आलोचनात्मक समर्थन गर्दै आफूहरूले निर्वाचनमा भाग लिने भनेपछि मात्रै संविधान संशोधन विधेयक दर्ता भएको सरकारको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बोलाएको बैठकमा मोर्चाका नेताहरू त्यसविपरीत गएपछि सत्तापक्षभित्रै विधेयक अघि बढाउनुको औचित्य नरहेको भन्दै फिर्ता लिन दबाब पर्न थालेको हो ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने संविधान संशोधन प्रस्ताव लैजान आफूहरूले अल्टिमेटम दिए पनि ‘कन्टेन्ट’ को विषयमा छलफल नभएको दाबी गरेका छन् । शुक्रबार एक सार्वजनिक कार्यक्रममा ठाकुरले भनेका छन्, ‘यथास्थितिमा हामी यसलाई स्वीकार गर्न सक्दैनौं । परिमार्जनसहित लैजाने हो भने समर्थन गर्छौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

जापानका राजाको जन्मोत्सवमा हिमानी अतिथि

काठमाडौं,मंसिर १८ । जापानी दूतावासले जापानी राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समहारोह आयोजना गर्यो । ताहाचलस्थित राजदूत निवासमा ओजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह विशिष्ट अतिथिका रुपमा सहभागी थिइन् । उनी सञ्चालक रहेको हिमानी ट्रष्टले भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालन गरेका केही कार्यक्रममा जापाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपालमा गत वर्ष संविधान जारी गरेको उल्ले गर्दै आगमी दिनमा नेपालले शान्ति र राजनीतिक स्थायित्व हासिल गर्ने अपेक्षा रहेको बताएका आजको अन्नपूर्णमा समाचार छ । ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेका थिए ।  त्यस्तै सभामुख ओनसरी घर्ती, मन्त्रीहरु , सरकारी अधिकारी, सभासद् विभिन्न दलका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

उधारै उधारोमा दोधारा चाँदनीको आदर्श रामलिला नाटक

पप्पु गुरुङ्ग-दोधारा चाँदनी,मंसिर १७ -दोधारा चाँदनीमा संचालित रामलिलामा देखा परेको फर्जी टिकट प्रकरणमा आरोप लागेको विषय साम्य भएको छ । सुरक्षा घेरा बिच सर्वदलिय छानबिन समितिले आफ्नो प्रतिबेदन सार्वजनिक गरेपछि दुबै पक्ष बिच आरोप प्रत्यारोप नगर्न आग्रह गरिएको छ् ।

आज रामलिलाका कुर्ची बिक्रि ब्यवस्थापन समितिका संयोजक डम्मर गुरुले एक बिज्ञप्ती जारी गर्दै आफुहरुलाई रामलिला समितिका पदाधिकारीहरुले पुर्वाग्रही भएर आरोप लगाएको बिषयमा समाजको सामु छर्लङ्ग भएको बताएका छन् ।

“छानबिन समितिले हामी माथी लगाईएको आरोप निराधार भएको पुष्टी गरेको छ् । छानबिन समितिले हामी माथी लगाईएको आरोप निराधार भएको पुष्टी गरेको छ्” बिज्ञप्तीमा उल्लेख छ् । “रामलिलामा समितिका पदाधिकारी आफैले रकमको हिनामिना गर्ने अर्कालाई पुर्वाग्रही भएर आरोप लगाएको प्रति हामी गम्भिर भएका थियौ” बिज्ञप्तीमा भनिएको छ्– “सत्य कुरा सधै सत्य हुन्छ ।

हामी पहिले देखिनै निर्दोष थियौ । हामीलाई षडयन्त्र गरि फसाउने कार्य भएको हो” रामलिला समितिले  समान खरिदमा रकम बिल भर्पाई चुस्तदुरुस्त नराखेको, रामलिला समितिका पदाधिकारीका अध्यक्ष छबिलाल भण्डारीको नाउमा रु.५ हजार ५ सय ५५ रुपियाँ, उपाध्यक्ष टिकाराम शर्माको रु. ३ हजार ३ सय ३३ रुपियाँ, सदस्य गोपीलाल कडेंलको रु. ४ हजार ४ सय ४४ रुपियाँ, केशव बरालको (पुजन) रु. २ हजार १ सय २५ रुपियाँ आफ्नो नाउमा काटेका नगदी रसिदको रकम नबुझाएको, बजार ब्यवस्थापन समितिका संयोजक कृष्ण बहादुर शाहीबाट रु. ६७ हजार ४० रुपिया“ मध्ये संयोजक कृष्ण बहादुर शाहीबाट रु. ३७ हजार ४० रुपियाँ बुझाउनु पर्ने लगाएत यस वर्ष रामलिला समितिमा रु. १ लाख ३ हजार ६ सय ७९ रुपियाँ उधारो देखिएको प्रतिबेदनमा उल्लेख भएको बिज्ञप्तीमा भनिएको छ ।

रामलिला समितिका पदाधिकारी तथा सम्बन्धितलाई १ महिना भित्र बाँकी रकम रामलिला समितिको नाउमा रहेको महाकाली बिकास बैंकको खातामा जम्मा गरिदिन समेत छानबिन समितिले आग्रह गरेको रामलिला टिकट बिक्रि संयोजक डम्मर गुरुले बिज्ञप्तीमा उल्लेख गरेका छन् । हामीले गत वर्ष पनि रामलिला समितिको आय तथा व्यय्मा निश्पक्ष भएन भन्ने आवाज उठाउदै आएका हौ । रामलिलामा एकल निर्णयहरु भईरहेको अवस्था हो ।

हामीलाई सर्वदलिय छानबिन समितिले लामो समयको छानबिन पछि हामीलाई आरोपमुक्त बनाएको अवस्था छ् । फर्जी टिकट प्रकरणमा हामी कुनैपनि अवस्थामा गलत भएनौं । रामलिलामा रकममा समेत निश्पक्षता नभएको अवस्थामा हामीले उठाएको आवाजले हामी आखाको तारो बन्दै आएको विषयलाई लिएर हामीलाई पुर्णरुपमा फसाउने षडयन्त्र भएको आम जनताले महशुस गरेको विषय हो । सबैको रकमलाई हिनामिना नहुन दिन सबैले लाग्नु पर्ने अवस्था रहेको बिज्ञप्तीमा अनुरोध समेत गरिएको छ ।

एनआरएनए जापानले नेतासंग भेटघाट कार्यक्रम गर्यो

टोकियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता  एवं पुर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल  का साथ उहॉको धर्म पत्नी ,नेकपा एमालेका स्थाई कमिटि सदस्य यवं पुर्ब बन तथा भुसंरक्षण मन्त्रि किरण गुरुङ , नेपाली कान्ग्रेसका केन्द्रिय सदस्य एवं सभासद राजेन्द्र कुमार केसी र नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य यवं प्रवास इन्चाज राजन राईको विशेष उपस्थितिमा मिति २०१६ नोभेम्बर ३० तारिखका दिन टोकियो मा एनआरएनए जापानले भेटघाट ताथा स्वागत कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा एनआरएनए आईसिसि उपाध्यक्ष भवन भट्ट, एशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा,आईसिसि सदस्य ओम गरुङ, एनआरएनए जापानका सल्लाहकार सरद गौचन, तिलक मल्ल, चिरंजीवी थापा,सालिकराम भण्डारी,नेपाली जनसम्पर्क समिति जापान का सभापति डिपि कडेंल, आईसिसि युवा प्रतिनिधि लेलिन भट्टचन,ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रीय नेपाली समाजका अध्यक्ष पदम ठगुन्ना लगायतका ब्यक्तितवहरुले स्वागत मनतव्य रहेको कार्यक्रमको सभापतित्व एनआरएनए जापानका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष टासि वा लामाले गर्नु हुदै अतिथिहरुलाई फुलको गुच्छा सहित खादा ओडाएर सम्मान गर्नु भएको थियो । साथै एनआरएनए जापानकी सदस्य सबिता श्रेष्ठ ले ब्याच लगाई सहयोग गर्नु भएको थियो ।

एनआरएनए का उपाध्यक्ष देविलाल भण्डारीवाट एनआरएनए जापानको तर्फ बाट स्वागत मनतव्य रहेको उक्त कार्यक्रम एनआरएनए जापानका सचिव बुद्धि राज घिमिरेले सन्चालन गरेका थिए ।

अतिथि नेतागण बाट टोस्ट प्रस्ताव संगै जलपानको ब्यवस्था पनि गरिएको थियो । कार्यक्रम मा नेता गण हरुले जापान भ्रमणको उदेश्य र नेपालको बर्तमान राजनितिक स्थिति का बारेमा आफ्ना भनाई राख्नु भएको थियो। कार्यक्रममा जापान स्थित बिभिन्न संघ सस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्नु हुने सम्पूर्ण संघ संस्था र सिन्गो नेपाली समुदायलाई हार्दिक धन्यवाद दिईएको थियो ।

एनआरएन जापानबाट प्राप्त समाचार

नेपालमा लोकप्रिय र सफल प्रदर्शन गरेको पुरानो डुंगा जापान प्रदर्शन मिति नजिकिंदै

टोकियो ।
प्रदर्शनकै दिनबाट आक्रामक व्यापार गरेको चलचित्र पुरानो डुंगाले नेपालमा सफल व्यापारसँगै लोकप्रियता पाइरहेको छ ।

देशभर दोस्रो हप्तामा चलत्रि प्रदर्शन सुरु गर्दा यसको बिदेशमा प्रदर्शनका मितिहरु समेत तोकिने क्रम बढेको छ ।

तत्कालको लागि जापान, अष्टेलिया, अमेरिका लगायत देशमा प्रदर्शनको तयारी भइसकेको पुरानो डुंगा सफल निर्देशक रामबाबु गुरुगं सँगै दयाहाङ राई र प्रियंका कार्कीको उत्कृष्ठ अभिनयले समेत हाल चर्चामा रहेको छ ।

निर्देशक गुरुगंले गसअघि कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका छन् ।

माझी दाजुभाइको कथामा युवाप्रति शहरको आकर्षण र पुर्ख्यौली सम्पत्तीमाथि दाजुभाईको हानाथापमा आधुनीक कथाको फ्युजन गराइएको चलचित्र पोखरामा आधार रहेर निर्माण गरिएको छ ।

कालीप्रसाद बाँस्कोटाको स्वरको निर जहिले रिसाउने बाट पनि लोकप्रिय भइरहेको पुरानो डुंगा यहि गितका कारण समेत प्रवासमा रहेका नेपालीहरुको लागि ठूलो पर्खाइ बनिरहेको छ ।

हेर्दा सामान्य कथा लागेपनि मनोरम दृश्य सँगै अत्याधुनिक प्रविधि र पारिवारिकसँगै हँसाउने कथाभित्र पारिवारिक पिडा र रसिला कथा समेत जोडिएको चलचित्र १ करोड १० लाखमा निर्माण भएको निर्माता रौनक विक्रम कँडेलले बताएका छन् ।

फिल्ममा प्रियंका, दयाहाङको अलावा माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ ।
जापानमा व्यग्रता बढ्यो
नेपालमा चलचित्र प्रदर्शन अघिनै
जापानमा चलचित्र पुरानो डुंगा प्रदर्शन मिति तय भइसकेको छ । यही डिसेम्बर
१८ तारिखमा दुई शो हुन लागेको चलचित्रको लागि आधा बढी टिकट विक्रि भइसकेको छ

चलचित्र प्रदर्शनको अधिकार पाएको टोकियो डिम्सका अनुसार राजधानी
टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिन सेन्टरमा मध्यान्ह २ र साँझ ६ बजे
दुई शो प्रदर्शन हुँदैछ ।

चलचित्र प्रदर्शनको मिति नजिकिएसँगै चलचित्रको टिकट बुकिंग गराउने क्रम बढेको भन्दै आयोजकले समयमै टिकट बुकिगं गराउन आग्रह गरेको छ ।

टपनेपालन्युजडटकम चलचित्र पुरानो डुंगाको जापान प्रदर्शनको अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।

जापानमा यसअघि कबड्डी, कबड्डी कबड्डी, कालो पोथी लगायत आधा दर्जन चलचित्रको सफल प्रदर्शन गराइसकेको समुहलेनै चलचित्र प्रदर्शन गर्न लागेका कारण समेत चलचित्र पुरानो डुंगा हेर्न चाहने र सम्पर्क गर्न चाहने व्यक्तिहरु बढेको पाइएको छ ।

BOOKING CONTACT !!
For more details and information, plz contact :080-4355-5258, 080-3594-0800, 080-7698-7075 or go to page Tokyo Dreams Entertainment !!

'PURANO DUNGA'
18th dec / 1st show 14:00, 2nd show 18:00 Meguro Kumin Center Hall ! -

बहुप्रतिक्षित चलचित्र 'पुरानो डुंगा' जापानमा प्रदर्शन हुँदै

मन्त्रीलाई नै घुष खुवाउन खोज्ने, प्राधिकरण यि सञ्चालक चिनिराख्नुस् !

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको सुधारबाट तिहार यता काठमाडौं उपत्यकामा लोडसेडिगं प्राय भएको छैन ।

तर जानजान लोडसेडिगं गराएर इन्भर्टर र सोलार अनि विभिन्न यस्ता कम्पनीसँग करोडौं रुपैयाँ कमाउँदै आएका प्राधिकरणका तीन सञ्चालकको असली अनुहार बाहिर आएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मालाई समेत उनिहरुले घुषको प्रलोभन देखाउँदै प्राधिकरण सुधारमा लागेका कुलमान घिसिङलाई कारवाही गर्न प्रस्ताव गरेपछि यसको रहस्य खुलेको हो ।

यसरी प्राधिकरणलाई कमाइ खाने भाँडो बनाउँदै आएका सञ्चालकहरु हुन् लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछाने । जुन व्यक्तिहरुको फोटो माथि देख्न सक्नुहुनछ ।

मन्त्रीलाई नै घुष खुवाउन खोजेपनि मन्त्री शर्माले तुरुन्त प्रस्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन सचिव अनुपकुमार उपाध्यायलाई निर्देशन दिएका छन् ।

मन्त्री शर्माले उपाध्याय सहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए। त्यही क्रममा उनले सञ्चालकहरुलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए।

तीन सञ्चालकले प्राधिकरणलाई आर्थिक रुपमा सबल बनाउन र लोडसेडिङको दीर्घकालीन समाधानका लागि कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्तावमा अवरोध सिर्जना गरेका थिए ।

प्राधिकरण सञ्चालक समितिको निर्णय भन्दै तीन जनाले हस्ताक्षर गरेर मिडियामा कार्यकारी निर्देशकविरुद्ध प्रचार गराएका थिए ।

मन्त्री शर्माले सञ्चालकहरुको यो व्यवहार विद्युत प्राधिकरण ऐन २०४१ को प्रतिकूल रहेको भन्दै कारबाहीको निर्देशन दिएका हुन् ।

चित्तबुझ्दो जवाफ नदिएमा मन्त्रालयले उनीहरुलाई हटाउन सक्नेछ । अग्रवाल र मिश्रलाई खिलराज रेग्मी मन्त्रीपरिषदका ऊर्जामन्त्री उमाकान्त झाले प्राधिकरणमा नियुक्त गरेका थिए। त्यतिबेला समेत उनिहरुले मन्त्री झा लाई लाखौं रुपैयाँ बुझाएर नियुक्ती पाएको चर्चा चलेको थियो ।

लामिछाने भने मन्त्री पदमा रहेको समयमा सँधै विवादमा मुछिएकी एमाले मन्त्री राधा ज्ञवालीले नियुक्त गरेकी थिइन् ।

ज्ञवालीपछि ऊर्जा मन्त्रालय सम्हालेका वामदेव गौतमले उनलाई हटाएपनि अदालतको आदेशबाट केही समयअघि मात्र उनि फेरी पुनर्बहाली भएर कमाउ धन्दामा लागेका हुन् ।

प्राधिकरणमा घिसिङ नियुक्त भएदेखि नै असहयोग गर्दै आएका अग्रवाल र मिश्रले लामिछानेको पुनर्बहालीपश्चात् संगठित रुपमा अवरोध सुरु गर्दै लोडसेडिगं हटाएर काममा सघाउनुको साटो व्यापारिहरुसँग साँठगाँठ गर्दै आएको प्राधिकरणका कर्मचारीहरुनै बताउँछन् ।

मेलम्चीमा सुनखानी भेटियो, सेनाले सुरक्षा दिंदै

मेलम्ची, सिन्धुपाल्चोक ।
दिनहुँ जस्तै मेलम्ची खानेपानीको मुहान नजिकैको सुरुङमा एक्साभेटरले खोस्रदैं थियो । तर बिहिबार भने अचम्मै भयो ।

एक्साभेक्टर चलाइरहेका चालक र वरपरका अन्य मानिसले भुँईमा नौलो किसिमको पत्थरहरु देखे । सुनजस्तै लाग्ने धातु भेटिएपछि एकाएक हल्ला भयो र काम नै रोकियो ।

सरकारको स्थानिय प्रतिनिधि हेलम्बु गाविसका सचिव नारायण पौडेललाई के गर्ने के गर्ने भयो । उनले पनि प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवाललाई रिर्पोटिङ गरिहाले ।

त्यसपछि सो ठाऊँमा नेपाली सेनाले घेरा हाल्यो र जुन ठाऊँमा त्यस्तो वस्तु भेटियो त्यस स्थानलाई सुरक्षा दिइयो । रातभर स्थानीय र सेनाले सो ठाऊँ कुरेरै बस्यो ।

शुक्रबार बिहानै क्षेत्रिय प्रशासक विनोद के.सी, प्रमुख जिल्ला अधिकारी सिलवाल लगायतका सरकारी अधिकारीहरु सो स्थानमा पुगेका थिए ।

सो स्थानमा भेटिएको धातुको नमुना संकलन गरि राजधानीमा खानी तथा भुगर्व विभागमा प्राविधिक चेकजाँज गर्न पठाइएको छ ।

प्रारम्भीक परिक्षणबाट भेटिएको सो वस्तु सुन नै हुन सक्ने आशंका गरिएको बताइएको छ । प्राविधिक परिक्षणपछि सो धातु सुन या अन्य के हो भन्ने प्रष्ट हुनुका साथै त्यस्तो धातुको मात्रा कति छ भन्ने पनि स्पष्ट हुनेछ ।

आगामी दशैंसम्म राजधानीबासीको तिर्खा मेट्ने गरि आयोजनाको गति बढिरहेको बेला एकाएक सुन ९रु० भेटिएपछि आयोजनाको काम प्रभावित हुने आशंका गर्न थालिएको छ ।

रेडियो मेलम्चीबाट साभार

डीन केपी सिंहले अभियन्ता केसीको १९ औं दिनमा दिए राजीनामा

काठमाडौं ।
सामाजिक अभियन्ता डा. गोविन्द केसीले आमरण अनसन थालेको १९ औं दिनमा आएर आइओएमका नवनियुक्त डीन केशवप्रसाद सिंहले राजीनामा दिएका छन् ।

डा. सिंहले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै आमरण अनसनको १९ औं दिन डीन पदबाट राजीनामा दिएका हुन् ।

डा. सिंहले शुक्रबार त्रिविका उपकुलपति डा. तीर्थ खनियाँलाई राजीनामा बुझाएका छन् ।

सिंहले डा केसीको जिवन रक्षाको लागि भनेपनि सरकारले दवाव दिएपछि मात्र राजिनामा दिएका हुन् ।

यसअघि त्रिवि उपकुलपति कार्यालयले ९ महिनापछि कात्तिक २८ गते मात्रै आइओएमको डिनमा वरिष्ठतालाई मिच्दै सिंहलाइ नियुक्त गरेको थियो ।

डिन सर्च कमिटीले सिफारिस गरेका प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केशवप्रसाद सिंह र प्रा डा ज्योति शर्मामध्ये त्रिवि उपकुलपति कार्यालयले सिंहलाइ आइओएमको डीनमा नियुक्त गरेको थियो ।

वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने अभियन्ता केसीको माग अनुसार डा. जगदीश प्रसाद अग्रवाल डिन नियुक्त हुनुपर्ने हुन्छ ।

सिंहको राजिनामासँगै १९ दिनदेखी आमरण अनसनमा रहनुभएका प्रा. डा. गोविन्द केसीको आमरण अनसन तोड्नको लागि केही बाटो खुलेको छ ।

प्रवासबाट राजिबको ‘एक मायाँ देशको लागि…’ (भिडियो सहित)

टोकियो ।
जापानलाई कर्मभूमि बनाउँदै आएका राजिब लामाले आफ्नो दोस्रो गित एक मायाँ देशको लागि ल्याएका छन् ।

म्यूजिक भिडियो सहित 'द होल वर्ड, वन लभ फर द देशन…' बोलको गितमा गायक राजिब आफैं पनि देखीएका छन् ।

जापान नागोयामा बस्दै आएका राजिबको यो म्यूजिक भिडियोमा बिशेष पाण्डे र मार्क दिपबिमको राम्रो निर्देशन देख्न सकिन्छ ।

सबैको आ आफ्नै लक्ष्य र सपना हुन्छ भन्ने सन्देश सहित सडक बालबालिकाहरुले राखेको सपना र पाएको सफलतालाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोभने नेपालमा गरिएको छ ।

काठमाडौंको बसन्तपुर, ठमेल, चोभार लगाएत ठाउँमा लिएका दृश्य मार्फत लक्ष्य राखेर अघि बढे सफलता पाइन्छ भन्ने देखाउन खोजिएको छ ।

सबैमा देश प्रेमको भावना हुन्छ भन्ने कुरा समेत देखाउन खोजिएको भिडियोमा प्रवासमा रहेर पनि नेपाली गित संगितमा लाग्दै आएका राजिबले नेपाल गएको समयमा भिडियो छायांकन गरिएको जानकारी दिए ।

भिडियोमा राजिव लामा सँगै ब्याटल फ्युजन बिबोय ग्रुपले अभिनय गरेका छन् ।

जापानमा
हुने गरेका विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउँदै आएका गायक
राजिवले यसअघि आफुले ल्याएको जाउँ जाउँ साथि रेलैमा जस्तै सबैतिरबाट
सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै गित हेरेर आफुलाई प्रतिक्रिया दिन
आग्रह समेत गरेका छन् ।

संविधान संशोधन प्रस्ताव फिर्ता भएमा एमाले चार बुँदामा लचक हुन तयार

काठमाडौं,मंसिर १७ । संविधान संशोधन प्रस्ताव फिर्ता भएमा एमालेले चार बुँदामा लचक हुने संकेत गरेको छ ।

१. सीमांकन

सरकारले प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्याएर तराई र पहाडको छुट्टाछुट्टै राष्ट्रियता रहेको सिद्धान्तलाई स्थापित गर्न खोजेको एमालेको निष्कर्ष छ । तर, विधेयक फिर्ता लिएर लुम्बिनी क्षेत्र अखण्ड रहनेगरी संघीय आयोग गठन गरेर आयोगको सुझाबका आधारमा निर्वाचनपछि बन्ने प्रदेश सभाको समेत स्वीकृतिमा सीमांकन हेरफेरका लागि संविधान संशोधन गर्न एमाले लचक भएको छ ।

२. नागरिकता

अहिलेको व्यवस्था नै ठीक रहे पनि विधेयक फिर्ता लिएपछि छलफल गर्न सकिने मनस्थितिमा एमाले छ । अंगीकृत र वैवाहिक अंगीकृत नागरिकलाई संवैधानिक निकाय र राज्यका उच्च पदमा जान नपाउनेगरी नै सरकारले संशोधन प्रस्ताव ल्याएकाले त्यसलाई अझ प्रस्ट पार्नेगरी छलफलका लागि एमाले तयार देखिएको हो ।

३. राष्ट्रिय सभा

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट भूगोलका आधारमा न्यूनतम चार या पाँचजना प्रतिनिधित्वको सुनिश्चितता गर्दै त्यसबाहेकको प्रतिनिधित्व जनसंख्यालाई पनि मान्न सकिनेमा एमाले लचक छ । जनसंख्याका आधारमा २१ जनाभन्दा बढीको प्रतिनिधित्व नबढ्नेगरी एउटा प्रदेशबाट कम्तीमा दुई या तीनजनालाई प्रतिनिधित्व गराउन सकिने एमालेको तर्क छ । यसो गर्दा समानुपातिक र समावेशिता पनि सुनिश्चित हुने एमालेले जनाएको छ ।

४. भाषा

भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरिएका भाषालाई संविधानको अनुसूचीमा समावेश गर्ने संशोधन प्रस्तावमा सहमतिमा पुग्न सकिने एमालेले जनाएको छ । तर, हिन्दी भाषालाई पनि मातृभाषाका रूपमा अघि सारेर तराईमा बहुसंख्यकले बोल्ने मैथली, भोजपुरी, अवधिलगायतका भाषा ‘डोमिनेट’ गर्न नसकिने एमालेको अडान छ । –नयाँ पत्रिका दैनिकबाट

यसरी ठगे जसले जनार्दन शर्मा बनेर एक करोड …

काठमाडौं,मंसिर १७ । माओवादी भर्खरै शान्ति प्रक्रियामा आएको थियो । प्युठानका ईश्वरीप्रसाद पोखरेलले माओवादी नेता जनार्दन शर्मासँग मिल्दोजुल्दो फोटो राखेर तत्कालिन किष्ट फाइनान्समा सोही नाममा खाता खोले ।

बैंकका उच्च पदस्थ कर्मचारीलाई फोन गरी आफु जनार्दन शर्मा भएको र फाइनान्समै खाता भएकै र एउटा कार्यक्रमका लागि १० लाख रुपैयाँ सापटी सोही खातामा राखिदिन आग्रह गरे । स्वर ठ्याक्कै नेता शर्माको जस्तो थियो, बैंक खाता उनकै नाममा थियो । केही दिनका लागि भनेर आग्रह गरेपछि बैंकले पनि १० लाख दिइदियो ।

भनेकै अवधिमा उनले उक्त रकम फिर्ता परी गरिदिए । त्यसैगरी उनले २०, ३० र ५० लाख रुपैयाँ बैंकबाट निकाले । तोकिएकै मितिमा पैसा फिर्ता गरिदिए । बैंक उनको कारोबारप्रति बिश्वस्त भयो । त्यसरी चार पटक पैसा निकाल्नुको उदेश्य नै बैैंकको बिश्वास जित्नु थियो । पाँचौं पटक त्यसैगरी उनले बिना धितो १ करोड रुपैयाँ निकाले ।

त्यसपछि उनी फरार भए । बैंकले नेता शर्मालाई सम्पर्क गर्‍यो । तर उनले आफुलाई केही थाहा नभएको बताए । बैंकमा खाता समेत नखोलेको बताएपछि छानबिन गर्दा ठगले त्यसरी शर्माको नाममा पैसा निकालेको खुल्यो । केही महिनापछि महानगरीय अपराध महाशाखाके टोलीले उनलाई बुटवलबाट पक्राउ गर्‍यो ।

प्रहरीलाई पक्राउ गर्ने क्रममा प्रहरीको गाडिलाई ठक्कर दिएर भाग्न खोजेका थिए । तर सफल भएनन् । त्यस्तै नबील बैंकमा माओवादीकै नेता हिमाल शर्माको नाममा खाता खोलेर ठगी गरेका थिए । अरु केही व्यक्तिहरुलाई पनि उनले विभिन्न नेताको क्यारिकेचर गरी झुक्याएर ठगी गरेको प्रहरीले जनाएको छ ।

कतिपय पीडितलाई सिंहदरबार समेत लगेर उनले आफ्नो पहुँच देखाई ठगी गरेका थिए । कतिपयलाई इजरायलको कोटा आएको छ भनेर त केही कोरिया पठाउने भनेर ठगी गरेका हुन् ।

प्यूठानको तोर्वाङ घर भएका उनी एक दशक पहिलेदेखि नै ठगीका संलग्न रहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध बाँके अदालतमा समेत ठगी मुद्दा चलेको छ । केही वर्ष भारतीय सेनामा समेत काम गरेका उनले भारतमै उनले राशनकार्ड बनाइसकेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web