पप्पु गुरुङ्ग-दोधारा चाँदनी,मंसिर १७ -दोधारा चाँदनीमा संचालित रामलिलामा देखा परेको फर्जी टिकट प्रकरणमा आरोप लागेको विषय साम्य भएको छ । सुरक्षा घेरा बिच सर्वदलिय छानबिन समितिले आफ्नो प्रतिबेदन सार्वजनिक गरेपछि दुबै पक्ष बिच आरोप प्रत्यारोप नगर्न आग्रह गरिएको छ् ।

आज रामलिलाका कुर्ची बिक्रि ब्यवस्थापन समितिका संयोजक डम्मर गुरुले एक बिज्ञप्ती जारी गर्दै आफुहरुलाई रामलिला समितिका पदाधिकारीहरुले पुर्वाग्रही भएर आरोप लगाएको बिषयमा समाजको सामु छर्लङ्ग भएको बताएका छन् ।

“छानबिन समितिले हामी माथी लगाईएको आरोप निराधार भएको पुष्टी गरेको छ् । छानबिन समितिले हामी माथी लगाईएको आरोप निराधार भएको पुष्टी गरेको छ्” बिज्ञप्तीमा उल्लेख छ् । “रामलिलामा समितिका पदाधिकारी आफैले रकमको हिनामिना गर्ने अर्कालाई पुर्वाग्रही भएर आरोप लगाएको प्रति हामी गम्भिर भएका थियौ” बिज्ञप्तीमा भनिएको छ्– “सत्य कुरा सधै सत्य हुन्छ ।

हामी पहिले देखिनै निर्दोष थियौ । हामीलाई षडयन्त्र गरि फसाउने कार्य भएको हो” रामलिला समितिले समान खरिदमा रकम बिल भर्पाई चुस्तदुरुस्त नराखेको, रामलिला समितिका पदाधिकारीका अध्यक्ष छबिलाल भण्डारीको नाउमा रु.५ हजार ५ सय ५५ रुपियाँ, उपाध्यक्ष टिकाराम शर्माको रु. ३ हजार ३ सय ३३ रुपियाँ, सदस्य गोपीलाल कडेंलको रु. ४ हजार ४ सय ४४ रुपियाँ, केशव बरालको (पुजन) रु. २ हजार १ सय २५ रुपियाँ आफ्नो नाउमा काटेका नगदी रसिदको रकम नबुझाएको, बजार ब्यवस्थापन समितिका संयोजक कृष्ण बहादुर शाहीबाट रु. ६७ हजार ४० रुपिया“ मध्ये संयोजक कृष्ण बहादुर शाहीबाट रु. ३७ हजार ४० रुपियाँ बुझाउनु पर्ने लगाएत यस वर्ष रामलिला समितिमा रु. १ लाख ३ हजार ६ सय ७९ रुपियाँ उधारो देखिएको प्रतिबेदनमा उल्लेख भएको बिज्ञप्तीमा भनिएको छ ।

रामलिला समितिका पदाधिकारी तथा सम्बन्धितलाई १ महिना भित्र बाँकी रकम रामलिला समितिको नाउमा रहेको महाकाली बिकास बैंकको खातामा जम्मा गरिदिन समेत छानबिन समितिले आग्रह गरेको रामलिला टिकट बिक्रि संयोजक डम्मर गुरुले बिज्ञप्तीमा उल्लेख गरेका छन् । हामीले गत वर्ष पनि रामलिला समितिको आय तथा व्यय्मा निश्पक्ष भएन भन्ने आवाज उठाउदै आएका हौ । रामलिलामा एकल निर्णयहरु भईरहेको अवस्था हो ।

हामीलाई सर्वदलिय छानबिन समितिले लामो समयको छानबिन पछि हामीलाई आरोपमुक्त बनाएको अवस्था छ् । फर्जी टिकट प्रकरणमा हामी कुनैपनि अवस्थामा गलत भएनौं । रामलिलामा रकममा समेत निश्पक्षता नभएको अवस्थामा हामीले उठाएको आवाजले हामी आखाको तारो बन्दै आएको विषयलाई लिएर हामीलाई पुर्णरुपमा फसाउने षडयन्त्र भएको आम जनताले महशुस गरेको विषय हो । सबैको रकमलाई हिनामिना नहुन दिन सबैले लाग्नु पर्ने अवस्था रहेको बिज्ञप्तीमा अनुरोध समेत गरिएको छ ।

19.52¡ÆC