काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको सुधारबाट तिहार यता काठमाडौं उपत्यकामा लोडसेडिगं प्राय भएको छैन ।

तर जानजान लोडसेडिगं गराएर इन्भर्टर र सोलार अनि विभिन्न यस्ता कम्पनीसँग करोडौं रुपैयाँ कमाउँदै आएका प्राधिकरणका तीन सञ्चालकको असली अनुहार बाहिर आएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मालाई समेत उनिहरुले घुषको प्रलोभन देखाउँदै प्राधिकरण सुधारमा लागेका कुलमान घिसिङलाई कारवाही गर्न प्रस्ताव गरेपछि यसको रहस्य खुलेको हो ।

यसरी प्राधिकरणलाई कमाइ खाने भाँडो बनाउँदै आएका सञ्चालकहरु हुन् लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछाने । जुन व्यक्तिहरुको फोटो माथि देख्न सक्नुहुनछ ।

मन्त्रीलाई नै घुष खुवाउन खोजेपनि मन्त्री शर्माले तुरुन्त प्रस्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन सचिव अनुपकुमार उपाध्यायलाई निर्देशन दिएका छन् ।

मन्त्री शर्माले उपाध्याय सहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए। त्यही क्रममा उनले सञ्चालकहरुलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए।

तीन सञ्चालकले प्राधिकरणलाई आर्थिक रुपमा सबल बनाउन र लोडसेडिङको दीर्घकालीन समाधानका लागि कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्तावमा अवरोध सिर्जना गरेका थिए ।

प्राधिकरण सञ्चालक समितिको निर्णय भन्दै तीन जनाले हस्ताक्षर गरेर मिडियामा कार्यकारी निर्देशकविरुद्ध प्रचार गराएका थिए ।

मन्त्री शर्माले सञ्चालकहरुको यो व्यवहार विद्युत प्राधिकरण ऐन २०४१ को प्रतिकूल रहेको भन्दै कारबाहीको निर्देशन दिएका हुन् ।

चित्तबुझ्दो जवाफ नदिएमा मन्त्रालयले उनीहरुलाई हटाउन सक्नेछ । अग्रवाल र मिश्रलाई खिलराज रेग्मी मन्त्रीपरिषदका ऊर्जामन्त्री उमाकान्त झाले प्राधिकरणमा नियुक्त गरेका थिए। त्यतिबेला समेत उनिहरुले मन्त्री झा लाई लाखौं रुपैयाँ बुझाएर नियुक्ती पाएको चर्चा चलेको थियो ।

लामिछाने भने मन्त्री पदमा रहेको समयमा सँधै विवादमा मुछिएकी एमाले मन्त्री राधा ज्ञवालीले नियुक्त गरेकी थिइन् ।

ज्ञवालीपछि ऊर्जा मन्त्रालय सम्हालेका वामदेव गौतमले उनलाई हटाएपनि अदालतको आदेशबाट केही समयअघि मात्र उनि फेरी पुनर्बहाली भएर कमाउ धन्दामा लागेका हुन् ।

प्राधिकरणमा घिसिङ नियुक्त भएदेखि नै असहयोग गर्दै आएका अग्रवाल र मिश्रले लामिछानेको पुनर्बहालीपश्चात् संगठित रुपमा अवरोध सुरु गर्दै लोडसेडिगं हटाएर काममा सघाउनुको साटो व्यापारिहरुसँग साँठगाँठ गर्दै आएको प्राधिकरणका कर्मचारीहरुनै बताउँछन् ।

16.08¡ÆC