काठमाडौं,मंसिर १७ । ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् । इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् ।
सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् । नेपालीनम्बर प्लेटका ग्यास बुलेट भारतीय भन्सार पास भएर वीरगन्ज भन्सार आइपुगेको समाचार आजको नागरिक दैनिकमा समाचार छ । अहिले ल्याएका ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट एभरेस्ट ग्यास उद्योग प्रालिले ल्याएका हुन् ।
काठमाडौं,मंसिर १७ । नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ । काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका छन् ।
सञ्चालकहरु भने घिसिङ आफूखुसी निर्णय गरेको भन्दै उनको मनोबल गिराउन लागिपरेका आजको कारोबार दैनिकमा समाचार छ । घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने छन् ।
गत तिहारदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुत्त, र उपत्यकाबाहिर पनि लोडसेडिङ घटाएर चर्चा कमाएका घिसिङ यसलाई निरन्तरता दिने अभियानमा जुटिरहेका छन् ।
उनले विद्युत माग र आपूर्तिबीचको सन्तुलन व्यवस्थापन गरेर उपत्यकालाई लोडसेडिङमुक्त बनाएका हुन् । तर लोड व्यवस्थापन गर्न सफल उनलाई व्यक्तिगत निर्णय गरेको भन्दै सञ्चालकले प्रश्न चिन्ह उठाएपछि अभियानमै अवरोध उत्पन्न भएको छ ।
संशोधन प्रस्ताव संविधानको धारा २७४ विपरीत दर्ता भएकाले असंवैधानिक रहेको संसदीय दलका सचेतक गोकुल घर्तीले बताए । ‘त्यसैले असंवैधानिक प्रस्ताव बाझिएको हदसम्म फिर्ता लिनुबाहेक अरू विकल्प छैन ।’
आन्दोलन चर्काउने एमालेका चार रणनीति
संसद्मा संविधान संशोधन विधेयक अघि बढाउन कार्यसूची निर्धारणलगायतका विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समिति बैठक बस्छ । त्यही बैठकमा विधेयक असंवैधानिक भएकाले फिर्ता लिन तथ्यसहित प्रतिवाद गरिने एमालेका सचेतक गोकुल घर्तीले बताए । जबर्जस्ती गरिए संसद् अवरुद्ध गर्ने उनले जानकारी दिए ।
२. छलफलमा भाग लिएर संसदमा अवरोध
कार्यव्यवस्था परामर्श समितिमा सुनुवाइ नभए संशोधन प्रस्तावमाथिको प्रारम्भिक छलफलमा आफ्ना भनाइ राखेर सदन अवरोध गर्ने एमालेको रणनीति छ । सुरुमै संसदीय दलको नेता वा उपनेताले विरोध गर्दै भनाइ राखेपछि सदन अवरुद्ध पार्ने एमाले संसदीय दलको निर्णय छ । विधेयक फिर्ता नलिएसम्म अवरोध जारी राख्ने निर्णय छ । दलको बैठकमा उपाध्यक्ष वामदेव गौतमले शालीनतापूर्वक सदन अवरोध गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।
संविधान संशोधनविरुद्ध स्वस्फुर्त सडकमा प्रदर्शन भइरहेकाले त्यसको नेतृत्व लिएर आन्दोलन चर्काउने एमालेको निर्णय छ । ‘सडकमा व्यापक जनपरिचालनमार्फत विधेयक फिर्ताका लागि दबाब दिने निर्णय बैठकको छ,’ सचेतक गोकुल घर्तीले बताए । ५ नम्बर प्रदेशका जिल्लामा आन्दोलन चर्किंदै गएकाले ती ठाउँमा कांग्रेस, माओवादी केन्द्रसहितका दल, नागरिक समाजको साथ लिएर आन्दोलन चर्काउने निर्णय भएको पनि उनले बताए ।
एमालेले अदालतमार्फत पनि विधेयकको विरोध गर्ने निष्कर्ष निकालेको छ । ‘हामीले सदन, सडकसँगै अदालतमा पनि संघर्ष गर्ने निर्णय गरेका छौँ,’ उपाध्यक्ष वामदेव गौतमले भने । तर, प्रदेशको सीमांकन हेरफेरबारे अदालतमा रिट निवेदन परिसकेको र सुनुवाइको प्रक्रिया पनि अघि बढ्न लागेकाले छुट्टै रिट हाल्नु नपर्ने निष्कर्षमा एमाले छ ।
संसदमा अनिवार्य उपस्थिति हुन ह्विप
एमाले संसदीय दलले बिहीबारबाट नियमित रूपमा संसद् बैठकमा उपस्थित हुन र राजधानी नछाड्न पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । ‘सांसदहरूलाई राजधानी नछाड्न र नियमित बैठकअगावै उपस्थित हुन निर्देशन दिएका छौँ,’ प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘संविधान संशोधन विधेयकविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्न निर्देशन गरिएको छ ।’
काठमाडौं,मंसिर १६ । करिब चार सय पुरानो सरकारी स्वामित्वको सिंहदरबार वैद्यखाना विकास समिति व्यवस्थापकीय कमजोरीका कारण क्रमिक रूपमा धराशयी बन्दै गएको छ । कुनै समय डेढ सय थरी औषधि उत्पादन गर्ने तीन सय ७० वर्ष इतिहास बोकेको यो संस्थाले अहिले २३ थरीमात्रै औषधि उत्पादन गर्छ ।
व्यावसाय प्रवद्र्धनका लागि नेपाल आएका भारतीय योगगुरु रामदेवले नेपालको आयुर्वेदिक औषधि उत्पादनमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेपछि वैद्यखाना व्यवस्थापन झस्किएको छ । रामदेवले नेपालको आयुर्वेदमा डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको उल्लेख गरेका छन् ।
एकताका स्वदेश तथा विदेशमा समेत वैद्यखानाबाट उत्पादित औषधिले ख्याति कमाइसके पनि रामदेवको आयुर्वेदिक ब्रान्ड पतञ्जलिको बजार विस्तारपछि यसलाई पुरानो साख जोगाउनै हम्मे परेको छ ।
अमूल्य जडिबुटी प्रयोग गरी आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको वैद्यखानाले डेढ सय थरी औषधि उत्पादन गथ्र्यो, तर पछिल्लो समय बजारमा सर्वाधिक खपत भएको र अत्याधिक रुचाइएका १२ थरी औषधिको उत्पादनसमेत बन्द हुँदा वैद्यखानाले साख गुमाउँदै गएको छ ।
मागअनुसार औषधि उत्पादन गर्न नसक्दा बजारमा वैद्यखानाले ठूलो हिस्सा गुमाइसकेको छ ।
जडिबुटी नभेटिएको तर्क
गुणस्तरयुक्त जडिबुटी उपलब्ध हुन नसक्दा बजारको मागअनुसार औषधि उत्पादन गर्न नसकिएको तर्क प्रस्तुत गरेर वैद्यखाना व्यवस्थापनले लाचारी व्यक्त गरेको छ ।
वैद्यखानाका प्रबन्धनिर्देशक डा।राजेन्द्रकुमार गिरीले पर्याप्त परिमाणमा गुणस्तरयुक्त जडिबुटी उपलब्ध हुन नसक्दा बजारको मागअनुसार औषधि उत्पादन गर्न नसकेको दाबी गरे ।
‘गत वर्षको नाकाबन्दीका कारण समयमा जडिबुटी र दाउरा उपलब्ध हुन नसक्दा मागअनुसार औषधि उत्पादन गर्न सकेनौुं, गिरीले भने । नाकाबन्दीका बेला निजी क्षेत्रका दर्जनभन्दा बढी आयुर्वेदिक औषधि उद्योगले बजारको मागअनुसार औषधि उत्पादन गरेका थिए ।
‘जिनी क्षेत्रले आवश्यक परिमाणमा सोझै जडिबुटी खरिद गर्न सक्छन्ु, गिरीले भने, ‘हामीसँग खरिदसम्बन्धी आफ्नै कार्यविधि नहुँदा सार्वजनिक खरिद ऐनभित्र रहेर एकपटकमा तीन लाख मूल्यबराबरको एक थरी औषधि मात्रै खरिद गर्न पाउने व्यवस्था छ । यो प्रावधानले हामीलाई सकस भएको छ ।’
उनका अनुसार टेन्डरबाट औषधि खरिद गर्दा कमसल जडिबुटी पनि आउँछ । यस्तोमा टेन्डर रद्द गरी फेरि टेन्डर आह्वान गर्दा चाहिएको समय र परिमाणमा जडिबुटी उपलब्ध हुँदैन ।
यसले पनि समयमा औषधि उत्पादन गर्न समस्या पर्ने गरेको उनको तर्क छ । भौतिक पूर्वाधारसहित वैद्यखाना सम्पत्ति एक अर्ब मूल्य बराबरको छ ।
घट्दै उत्पादन
पूर्वनिमित्त प्रबन्ध निर्देशक ऋषिराज रेग्मीका अनुसार वैद्यखाना बिस्तारै धराशयी हुनुमा बजार मागअनुसार पर्याप्त परिमाणमा नियमित रूपमा औषधि उत्पादन गर्न नसक्नु प्रमुख कारण हो । उनी पदमा छँदा पनि वैद्यखानाबाट उत्पादित औषधिले बजार माग पूरा गर्न नसकेको स्वयं कर्मचारीहरू बताउँछन् ।
मागअनुसार औषधि उत्पादन गर्न नसकेर ओरालो लागिरहेको वैद्यखानाको प्रतिवेदनले पनि प्रस्ट पार्छ । २०६४ सालमा ४५ हजार चार सय ५९ किलो औषधि उत्पादन गरेको वैद्यखानाले २०७२ मा झन्डै ६ गुणा कम अर्थात् आठ हजार एक सय ६८ किलो औषधि उत्पादन गरेको छ ।
यसले २०६४ मा तीन करोड ९१ लाख ५७ हजार मूल्यबराबरको औषधि बिक्री गरेको थियो भने मूल्य वृद्धि हुँदा पनि अघिल्लो वर्ष बिक्री घटेर दुई करोड ५१ लाख रुपैयाँमा सीमित बन्यो ।
‘व्यवस्थापन पक्षको कमजोरीका कारण आयुर्वेदिक औषधिको बजारमा वैद्यखानाले आफूलाई अब्बल बनाउन सकेन ।
बजारको मागअनुसार नयाँ उत्पादनमा जान नसक्दा वैद्यखानाको अवस्था तल झरेको होु, रेग्मीले भने, ‘तीन सय वर्षभन्दा पुरानो यो संस्थासँग बजारको माग धान्न सक्ने गरी उत्पादन गर्ने आवश्यक पूर्वाधार छ । तर वैद्यखानालाई अघि बढाउने सोच नेतृत्व वर्गमा आएन ।’
लोकप्रिय औषधि उत्पादन पनि बन्द
बजारमा प्याटेन्ट औषधिको चर्को माग बढ्दै गइरहेका बेला पूर्वप्रबन्ध निर्देशक डा सन्तोषकुमार ठाकुरले २०६७ मा १२ प्रकारका अतिआवश्यक नयाँ औषधि तयार गरी बजारमा पुर्याएका थिए ।
वैद्यखानाले त्यति बेला झोल औषधि पनि तयार पारेको थियो । यी औषधि बजारमा निकै चले ।
यसले युवायुवतीलाई लक्षित गरी यौनवद्र्धक जडिबुटी सम्मि श्रण गरिएको स्पेसल च्यवनप्रास, बालबालिकाका लागि जुनियर च्यवनप्राश र मधुमेह बिरामीका लागि चिनीरहित च्यवनप्रास बजारमा ल्याएको थियो ।
यस्तै लिभकेयर सिरप, एब्डोजाइम सिरप, डाइबी केयर ट्याब्लेट, मेमोरी प्लस ट्याब्लेट, रिभाइटर सुगर फ्री सिरप, कफेन्ड सिरप, लिभकेयर पीडी सिरप, बेबी टोन सिरप, डर्मा केयर ट्याब्लेट र रिभाइटल सिरप औषधि बजारमा ल्याएको थियो ।
‘त्यति बेला यी औषधि लोकप्रिय हुनुका साथै अत्याधिक परिमाणमा बिक्रीसमेत भयोेु, रेग्मीले भने, ‘त्यस्तो चलेको औषधिको दुई वर्षसम्म मात्रै उत्पादन गरियो । त्यसपछि बन्द गरियो ।ु
बजारमा चलिसकेको औषधि उत्पादन एकैपटक बन्द गर्दा वैद्यखाना थप समस्याग्रस्त बन्दै गयो । वैद्यखानाद्वारा उत्पादित औषधिको नियमित प्रयोगकर्तासमेत चाहेको समयमा त्यही औषधि बजारमा पाउन नसक्दा टाढिँदै गए ।
‘भएकै औषधि पनि पर्याप्त परिमाणमा नियमित बजारमा जान नसक्दा प्रयोगकर्ता निजी क्षेत्रका औषधितर्फ आकर्षित हुन थालेु, रेग्मीले भने, ‘व्यवस्थापकीय कमजोरीका कारण वैद्यखानाले आफ्नो नियमित ग्राहकसमेत गुमाइसकेको छ । यसले गर्दा वैद्यखाना धेरै घाटा व्यहोर्न बाध्य भयो ।ु
योजना तथा तथ्यांक अधिकृत शतिश पौडेलका अनुसार वैद्यखानाले उत्पादन गर्ने कुल औषधिमध्ये १२ प्रकारका औषधिले मात्रै बजारमा १७ प्रतिशत हिस्सा ओगटेका छन् ।
उनले भने, ‘कम्तीमा यी १२ थरी औषधि निरन्तर उत्पादन भएको भए वैद्यखानाको बजार निकै माथि उठ्न सक्थ्योु, पौडेलले भने, ‘तर व्यवस्थापन पक्षले ध्यान दिन नसक्दा औषधिको उत्पादन पनि बन्द गरियो ।’
नियमित उत्पादनलाई बेवास्ता
व्यवस्थापन पक्षले पछिल्लो दुई वर्षदेखि असल उत्पादन अभ्यास ९जीएमपी० मा बढी जोड दिएर नियमित उत्पादन ओझेलमा पारेका कारण पनि आवश्यक परिमाणमा औषधि उत्पादन हुन सकेको छैन ।
विज्ञका अनुसार वैद्यखानाको शाख जोगाउन जीएमपीसँगै भएको औषधि निरन्तर रूपमा पर्याप्त परिमाणमा उत्पादन गर्नुपथ्र्यो ।
साथै जीएमपीका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापनलाई पनि सँगसँगै लानुपथ्र्यो । जीएमपीमा कारखानालाई लग्न कम्तीमा पाँच वर्ष लाग्छ ।
यसका लागि २५ करोड रुपैयाँ प्रस्तावित गरिएको छ । तर सरकारले यो वर्षका लागि दुई करोड रुपैयाँमात्रै उपलब्ध गराएको छ ।
पाँच वर्षसम्म जीएमपीका लागि कुरिराख्ने र त्यति बेलासम्म औषधि उत्पादनमा कमी ल्याउँदै जाने हो भने वैद्यखानाको अस्तित्व धेरै दिनसम्म जोगाइराख्न नसकिने विज्ञले औँल्याएका छन् ।
उत्पादन भएका औषधि प्याकेजिङ गर्ने बट्टा, सिलबन्दी गर्ने औजार, लेबललगायतका प्राविधिक वस्तुको पनि समयसमयमा अभाव हुँदा उत्पादन प्रभावित हुँदै आएको छ ।
वैद्यखानासम्बद्ध अधिकारीका अनुसार स्वास्थ्यमन्त्रीबाट नियुक्त हुने प्रबन्ध निर्देशक, बोर्ड अध्यक्ष र दुई सदस्य वैद्यखानाभन्दा मन्त्रीप्रति बढी उत्तरदायी भइदिँदा सरकारी स्वामित्वको यो संस्था धराशयी बन्दै गएको हो ।
बढ्दो प्रशासनिक खर्च
वैद्यखाना धराशयी बन्नुमा प्रशासनिक खर्च पनि त्यतिकै बाधक छ । वैद्यखानाको पछिल्लो प्रतिवेदनअनुसार औषधि उत्पादनतर्फ निकै थोरै परिमाणमा रकम परिचालन भइरहेको छ । व्यवस्थापन पक्षले औषधिभन्दा प्रशासनतर्फ बढी रकम परिचालन गर्छ ।
२०७२ को तथ्यांकअनुसार कुल खर्चमध्ये ६९ प्रतिशत प्रशासनिकतर्फ र ३१ प्रतिशत रकममात्रै औषधि उत्पादनतर्फ परिचालन भएको छ ।
२०६६ मा ३०.८७ प्रतिशत रकम प्रशासनिक काममा खर्चिएको थियो । संस्थाले औषधि उत्पादनमा ६९.१३ प्रतिशत रकम खर्च गरेको थियो । अन्नपूर्ण पोष्टमा समाचार छ ।
काठमाडौं,मंसिर १६ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछियतिखेर सबै राजनीतिक दल तरंगित भएका छन् । खसागरी सिमांकन र पहिचानको नाफा घाटाले राजनीतिक दललाई एकाएक गरमागरम बनाएको हो । २०५२ फागनु १ गते माओवादीले युद्ध सुरु गर्दा उठाएका विभिन्न मुद्दामध्ये संघीयता र पहिचन मुख्यमध्ये थिए ।
केन्द्रीय शासन व्यवस्थाले जनताको आवश्यकता पूरा नगरेको नारा लगाउँदै माओवादीले युद्ध सुरु गर्दा सजिलै हतियार बोक्न तयार हुने रोल्पा, रुकुमका जनतालाई माओवादी नेताले आफ्नो विजयपछि ती जिल्लालाई राजधानी सम्म बनाउने आवब्वासनमा मात्र नदिई जातीय पहिचानको नारा लगाउन पनि उक्साएका आजको नागरिक दैनिकमा रुद्र खड्का लेख्छन् ।
माओवादी आन्दोलन हाँकेका तिनै हिजोका विद्रोही नेता दाहाल प्रधानमन्त्री भएको बेला गरिएको संविधान संशोधन प्रस्तावका सबभन्दा बढी असन्तुष्ट रहेका छन् तीनै रुकुम, रोल्पा लगायतका जिल्लावासी , युद्धकालीन समयमा होस् या पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा होस् राप्ती माओवादीको ‘गढ’ कायम भएको थियो । तर माओवादी नेतृत्वकै सरकार भएको बेला गढ छिन्नभिन्न हुँन लागेको छ ।
पप्पु गुरुङ्ग- दोधारा चाँदनी,मंसिर १५ – विवादस्पद रामलिला फर्जी टिकट प्रकरणको छानबिन समितिले आज प्रतिबेदन सार्वजनिक गरेको छ् । कडा सुरक्षाको बिच आज अपरान्ह साबिकको दोधारा गाबिस कार्यालय सभा कक्षमा आज सर्वदलिय छानबिन समितिले आज प्रतिबेदन सार्वजनिक गर्दै समिति तथा उपसमिति बिच मेलमिलाप गराएको छ ।
आज एक कार्यक्रमको बिच छानबिन समितिले आरोपित तथा रामलिला समितिका पदाधिकारी तथा स्थानियहरुलाई डाकेर छानबिन प्रतिबेदन सार्वजनिक गरेको हो । प्रतिबेदन सार्वजनिकमा हातपात तथा कुटपिट सम्भावना देखेर रामलिला समितिको अनुरोधमा सर्वदलिय छानबिन समितिले सुरक्षा निकायहरुलाई समेत गुहारेको थियो । सुरक्षा निकायबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली खटिएको सरक्षा अधिकारीहरुले जनाएको छ् । छानबिन प्रतिबेदनमा फर्जी टिकटको दोषीको को ? भन्ने बिषयमा अझै अन्योलता देखाएको छ् ।
“फर्जी टिकटको दोषी को हो भन्ने पत्ता लागेन्” छानबिन समितिको प्रतिबेदनमा उल्लेख गरिएको छ् । छानबिन टालीले रामलिलाको बिल भर्पाई तथा निर्णय दुरुस्त नराखेको, रामलिला समितिका पदाधिकारीले समेत सहयोग गरेको रकम नतिरेको, कुर्ची बिक्रि टिकट प्रमाणित नगरेको, स्टल बिक्रि गरेर दिनु पर्ने रकम स्टल बिक्रि संयोजकबाट अनाएको लगाएत प्रतिबेदनमा उल्लेख गरेको छ् । छानबिन समितिले छानबिन प्रतिबेदन सार्वजनिक गर्न रामलिला समितिलाई पटक पटक बोलाउदा समेत रामलिला समितिले उक्त प्रतिबेदनलाई अश्वीकार गर्दै आउन नमानेको थियो ।
सर्वदलिय तथा स्थानियहरुको दबाबको बाबजुत आज बल्ल तल्ल प्रतिबेदन सार्वजनिक स्थानमा पुगेको सर्वदलिय छानबिन समितिका एक सदस्य डम्मर चन्दले बताएका छन् । फर्जी टिकट छानबिन समितिले रामलिला समितिले रकममा समेत हिनामिना गरेको जनाएको छ् । छानबिन समितिको प्रतिबेदनमा रामलिला समितिले आयको अनुपातमा बढी खर्चा गरेको गरेको, रामलिला समितिले सरसमान खरिद गर्दा बिल भर्पाई ईत्यादी समितिको निर्णय र बिल भर्पाई चुस्त, दुरुस्त नगरेको, चन्दाको जिम्मा लिएका ब्यक्तीहरुले अहिले सम्म समितिका रकम जम्मा नगरेको, रामलिला समितिका बजार ब्यवस्थापन समितिका संयोजक र मोटर साईकल पार्किङ्गका जिम्मा लिएका ब्यक्तीहरुले अहिले सम्म रकम नबुझाएका, रामलिला समितिले कुर्ची ब यवस्थापन समितिलाई एक मुष्ठ ठेली नदिनु पर्ने तथा प्रमाणित गरेर नदिएको, कुर्ची टिकट संयोजकले एक मुष्ट रसिद नलिनु पर्ने, टिकट लिदा टिकट बिक्रि संयोजकले प्रमाणित गरेर लिनु पर्ने , प्रत्येक दिनको टिकटबाट उठेको रकम सचिवालयमा संकलन गर्नु पर्ने लगाएत कुरा प्रतिबेदनमा उल्लेख गरेको छ ।
छानबिन समितिले चन्दाबाट उठेको रकम रु. १ लाख ८५ हजार ७ सय ४०, रामलिला मञ्चनबाट उठेको रकम रु. १ लाख २९ हजार ४०, कुर्ची बिक्रिबाट उठेको रकम रु. ५९ हजार ३ सय, बजार ब्यवस्थापनबाट उठेको रकम रु. ६७ हजार ४०, गाडी पार्किङ्गबाट रुं ५ हजार गरि जम्मा जम्मी आम्दानी रु. ४ लाख ४६ हजार ९७ रुपिया सो रकम मध्ये व्यय् तर्फ रु. ३ लाख ४९ हजार ९ सय १२ रुपिया गरि रामलिला समितिको बचत हुने रकम रु. ९६ हजार १ सय ८५ हुनु पर्ने रहेको छ् । आज एक बैठक बसेर रामलिलाको बेला फर्जी टिकट देखा परेपनि दुुबै पक्षबाट फर्जी टिकटको बारे पुष्ठी हुन नसकेको हुदा रामलिला समिति तथा उपसमिति बिच सो बिषयलाई आगामी दिनहरुमा यसै बिषयलाई लिएर आरोप प्रत्यारोप नगर्ने भनि सहमती भएको कुर्ची टिकट व्यवस्थापन समितिका संयोजक डम्मर रानाले बताएका छन् ।
दोधारा चाँदनीमा यस वर्ष संचालित रामलिला नाट्य मञ्चनमा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते देखि गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी टिकट बिभिन्न स्थानमा देखा परेपछि बिबाद श्रजना भएको हो ।
काठमाडौं,मंसिर १५ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले साँढ तीन महिना मेहनत गरेर ल्याएको प्रस्ताव हो, यो कुनै रातारात ल्याईएको प्रस्ताव होईन, यसमा कुनै सत्यता छैन् ।’
साक्षात्कारमा मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेको संशोधन प्रस्तावमा विरोध गर्ने कुनै ठाउँ नै नरहेको समेत दाबी गरे । मन्त्री नायकले थपे,‘एमालेले कुन धरातलमा उभिएर यसको विरोध गरेको छ, मलाई त आश्चर्य लागेको छ ।’ उनले काँग्रेसका तत्कालिन सभापति शुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको प्रस्ताव बमोजिम नै अहिलेको सरकारले सिमांकन सम्बन्धी संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै थपे,‘कि त ओलीजीले भन्न सक्नुपर्छ, हिजो आफूले गरेको हस्ताक्षर राष्ट्रघाती थियो भनेर ? होईन भने साम्प्रादायिक नारा दिएर के फाईदा हुन्छ ?’
मन्त्री नायकले सिमांकनको विवाद समाधानको लागि संघीय आयोग बनाउने कुरा भैरहेको सन्दर्भमा यसरी साम्प्रादायिक नारा दिएर मुलुकको समस्याको समाधान हुने भन्दापनि झन समस्या बढ्ने चिन्ता व्यक्त गरे । उनले मधेशमा जबरजस्ती दौरा सुरुवाल लगाउन लगाउनेजस्ता कुरा गरेर आन्तरिक राष्ट्रिय एकता बलियो नहुने गुनासो पोखे ।
उनले संविधान संशोधन प्रस्ताव ल्याउनुभन्दा पहिले एमालेले नागरिकताको विषयमा बढि विरोध गर्ने गरेको भएपनि अहिले संशोधन प्रस्तावमा विरोधको कुनै ठाउँ नदेखेर जनता भड्काउन तराई र पहाडको कुरा गरिरहेको आरोप लगाए । उनले थपे,‘एमालेसँग अहिले विरोध गर्नको लागि अरु कुनै नारा नै छैन ।’ उनले समावेशी र समानुपातिक प्रतिनिधित्वको लागि संविधानको पहिलो संशोधनको लागि एमालेले अग्रणी भूमिका खेलेको भनेर एमाले सचिव प्रदिप ज्ञवालीले दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै भने,‘एमालेले त्यतिकै दिएको हो र ? त्यसको लागि आन्दोलन भएन र ? हामीले भीख माँगेर उहाँहरुले दिनुभएको र, त्यसैले धाक लगाएर कुरा नगरे हुन्छ ?’
उनले संविधान कार्यान्वयनको लागि पनि मुलुकलाई निर्वाचनतर्फ लैजानुपर्ने आवश्यकत्ता भएको उल्लेख गर्दै त्यसलाई सबै दलहरुले महशुस गरेर अघि बढ्नुपर्नेमा जोड दिए । चुनाव सबै दलहरुको लागि साझा मिलनविन्दु भएकोले एमाले नेतृत्वले पनि सोही अनुरुपको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । मन्त्री नायकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वदायी भूमिकाबाट पन्छिन नमिल्ने बताए ।
उनले संविधान संशोधन प्रस्तावलाई लिएर माओवादी केन्द्रकै नेताहरुको असन्तुष्टी छ भनेर बाहिर हल्ला भएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । मन्त्री नायकले थपे,‘हाम्रो पार्टीमा कुनै विवाद छैन, कोही टोपबहादुर सोपबहादुरको विरोध छैन ।’ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरेका छन् ।
उनले संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै ५ नम्बर प्रदेशका जनताहरु आन्दोलनमा उत्रिएको बताउँदै भने,‘५ नम्बर प्रदेशका जनताहरुमा छुट्टिएर बस्नुपर्छ भन्ने भावना छैन, अहिले त्यहाँका जनताहरु आमहड्तालमा उत्रिएका छन् ।’ नेता भण्डारीले ५ नम्बर प्रदेशमा कुनै विवाद नै नभएको ठाउँमा विवाद र द्धन्द्ध उत्पन्न गराउनेगरि प्रस्ताव आएको भन्दै त्यसको विरुद्धमा जनताहरु स्वतस्र्फुत सडकमा उत्रिएकोले यो प्रस्ताव कुनै हालतमा पारित हुन नसक्ने जिकिर गरे ।
उनले अघि थपे,‘अरु विवाद रहेको प्रदेशको समाधान चाहीँ आयोगलाई जिम्मा दिने भन्ने कुरा आएको छ, यसभित्र गन्ध छ ।’ उनले विभिन्न संघर्षबाट प्राप्त भएका उपलब्धिहरु संस्थागत गर्न नसकेको र अहिलेको व्यवस्था चलाउन नजानेको भन्दै अब हरेक कुराहरुको छिनोफानो जनमतसंग्रह गर्नुपर्ने माग गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले राजनीतिक द्धन्द्ध निम्त्याउनेगरि संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै उक्त प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरे ।
ज्ञवालीले मध्यरातमा सरकारले प्रस्ताव ल्याउनु नै यसको नियती प्रष्ट हुने बताउँदै भने,‘यो सरकारको नियत प्रष्ट हुन्छ, मिलेर बसेको समूदायमा फाटो ल्याउनेगरि सरकारले प्रस्ताव ल्याएको छ, यो कुनै हालतमा मान्य छैन्, मिलेर बसेको समूदायकोवीचमा यो सरकारले पेट्रोल हालेर सलाई कोर्ने काम गरेको छ ।’ यद्धपी उनले संघीयतामा मुलुक गएकोले यसको कार्यान्वयनमा नगईकन संशोधन गर्नु न्यायोचित नहुने स्पष्ट पारे ।
उनले अहिले नेपालमा दुई वटा राष्ट्रियता स्थापित गर्नको लागि प्रपञ्च रचिएको भन्दै त्यसको विरुद्धमा आफ्नो पार्टीले सशक्त विरोध गर्ने चेतावनी दिए । अहिले सरकारले अघि सारेको संशोधन प्रस्ताव अनुसार प्रदेशको सिमांकन कुनै हालतमा हुन नसक्ने उनले जिकिर गरे । उनले भने,‘कुन सिद्धान्तको जगमा बसेर काँक्रो चिरेझैं प्रदेश चलाउनुभएको हो, यसबारेमा प्रचण्डले जवाफ दिनुपर्छ ।’
ज्ञवालीले मुलुकलाई दुर्घट्नामा जानबाट रोक्नको लागि पनि सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरे । उनले अघि थपे,‘सरकार गठन गर्दा प्रचण्डजीले को–को सँग सम्झौता गर्नुभएको थियो, उहाँले संशोधन प्रस्ताव ल्याउनुभयो, अब ग्रहशान्त्रि कट्यो, प्रस्ताव फिर्ता लिए राम्रो हुन्छ ।’
मधेशी मोर्चाका नेता अनिल झाले संशोधन प्रस्ताव आउनु सकारात्मक भएको भन्दै यसलाई मोर्चाले उपयोग गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले तुलनात्मक रुपमा प्रस्ताव सकारात्मक रहेको उल्लेख गर्दै अहिले नै मोर्चाले हर्ष र बढाई गर्ने कुनै ठाउँ नभएको स्पष्ट पारे ।
झाले अघि थपे,‘प्रस्ताव आओस् भन्ने हाम्रो चाहना थियो, प्रस्ताव आएको छ, सकारात्मक छ, हाम्रो माग पूरा गर्नको लागि एक÷दुई पाईला अघि बढेको छ ।’ प्रस्तावबारे मोर्चाको आज बस्ने बैठकले आफ्नो धारणा सार्वजनिक गर्ने समेत उनले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले
आफ्नो पार्टीसँग कुनै छलफल नै नगरी संविधान संशोधन प्रस्ताव ल्याएको जिकिर गरेका छन् । उनले संशोधन विद्येयक आएसँगै राजनीति तरँगित बनेको समेत स्पष्ट पारे ।
गिरीले भने,‘यो सरकारको तेस्रो घटकको रुपमा रहेको हाम्रो पार्टीसँग संविधान संशोधनबारे सल्लाह र सुझाव लिएन् ।’ उनले तराई र पहाडलाई अलग बनाउनेगरि संशोधन प्रस्ताव आउनु दुर्भाग्य भएको टिप्पणी गरे । उनले अघि थपे,‘धोती र टोपीको नारा अब लगाउनुहुँदैन् ।’
गिरीले अहिलेको संशोधन प्रस्ताव के को लागि भनेर आफूहरुले अहिलेसम्म बुझ्न नसकेको भन्दै थपे,‘मुलुकलाई गृहयुद्धमा लैजानको लागि हो कि ? वा समस्याको समाधानको लागि हो, मैले बुझ्न सकेको छैन् ।’ उनले राष्ट्र र राष्ट्रियतामाथि अहित हुने कुराको विपक्षमा राप्रपा उभिने बताए ।
तपाईको पार्टीको राष्ट्रिय अध्यक्षले त सरकारले ल्याएको संशोधन प्रस्तावको समर्थन गरेर अघि बढ्ने बताउनुभएको छ नि भनेर पत्रकारले राखेको जिज्ञासामा उनले भने,‘उहाँ हाम्रो राष्ट्रिय अध्यक्ष हो नि, उहाँलाई बोल्ने छुट छ ।’
काठमाडौँ, मंसिर १५ । काठमाडौं महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौं भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन । टावर निर्माण गर्ने विषयमा ठेकदार कम्पनी र महानगरपालिकाबीच कुरा नमिल्दा टावर निर्माण हुन नसकेको महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख महेश काफ्लेले जानकारी दिए ।
उनका अनुसार विसं २०७२ मा गएको भूकम्प अघिनै टावर निर्माणका लागि सम्झौता भएको तर भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भएपछि ठेकेदारसँग कुरा नमिल्दा टावर निर्माणको काम अघि बढ्न नसकेको हो । ‘ठेकेदारसँग भूकम्पअघि २९ तलाको बनाउने सहमति भएको थियो,’ उनले भने, ‘भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियमविपरीत हुने देखियो । १२ तल्लाको बनाउने कुरा भयो । अनि ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसार निर्माणको काम गर्न नपाउँदा निर्माणको काममा समस्या आएको हो ।’ उक्त टावर महानगरपालिकासँग जलेश्वर स्वछन्द विकोइले बनाउने सम्झौता गरेको थियो ।
राजस्व महाशाखाका प्रमुख काफ्लेले टावरलाई पहिलेकै संरचनाअनुसार २९ तलाको बनाउन प्रयास भइरहेको पनि जानकारी गराए । नेपाली कला र संस्कृति झल्कने गरी बनाउने योजना रहेको उक्त टावरको भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भूभागमा भवन बन्नेछ भने ६० प्रतिशत खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछन् । बाह्र तलामात्र बनाउने भएपछि अन्य कम्प्लेक्स सरह राजस्व तिर्न पाउनुपर्ने माग ठेकेदार कम्पनीले गर्दै आएको छ । १२ तलाको बनाएर भाडा उठाउँदा महानगरलाई तिर्दैमा ठिक्क हुने र आफूलाई कुनै फाइदा नहुने कम्पनीले गुनासो गर्दै २९ तलाको नै बनाउन पाउनुपर्ने माग राख्दै आएको छ ।
काफ्लेका अनुसार कम्पनीले नक्सा पासका लागि रु एक करोड तिरिसकेको छ । भ्यू टावर बनाउने भन्दै गत वैशाखमा बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो । सहमति भएको लामो समयसम्म पनि निर्माणको काम सुरु हुन नसक्दा कहिले राजनीतिक हस्तक्षेप त कहिले महानगरले असक्षम कम्पनीलाई भ्यू टावर बनाउन दिएको आरोप पनि कामपाले खेप्दै आएको छ । महानगरले सम्झौता गर्नुअघि सबै कागजात जाँच गरेर मात्र काम अघि बढाएकाले कुनै पनि कुराले कम्पनी कमजोर देखिँदैन, प्रमुख काफ्लेले प्रष्ट पारे ।
टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेस्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । नक्सा पास गरेको दुई वर्षसम्म पनि काम सुरु नगरेमात्रै जिम्मा दिने संस्थाले निर्माणको जिम्मा लिएको संस्थालाई कारबाहीको प्रक्रिया अघि बढाउन मिल्ने प्रावधान रहेको छ ।
काठमाडौं, मंसिर १५ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा मसालले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक भारतीय इशारामा भएको बताएका छन् । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, जनेमार्चाको अध्यक्ष चित्रबहादुर केसी र मसालका महामन्त्री मोहनविक्रम सिंहले छुट्छुटटै कार्यक्रममा यस्तो आरोप लगाएका हुन् ।
नेमकिपाको बुधबार बसेको बैठकले भारतीय शासन वर्गको निर्देशनमा संशोधन आएको दाबी गरेको छ । ‘संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नुले देशमा निर्वाचन हुन नदिने षड्यन्त्र हो’, निर्णयमा भनिएको छ ।
नेमकिपाले संविधान संशोधन प्रस्तावको विपक्षमा उभिन सबै दलहरुलाई आहृवान समेत गरेको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधेयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको बताएका छन् ।
संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले तराईलाई पहाडबाट अलग गर्ने र अन्तत सिक्मिकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतले भनेको एजेण्डा लागू गर्ने सर्तमा देउवा र प्रचण्डको समिकरण भारतले नै मिलाएको दावी गरे । वहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको भन्दै उनले संघियता नै देशको लागि क्यानसर भएको आरोप लगाए ।
मधेशी दलहरु नेपाललाई सिक्किमिकरण गर्न भारतको खेताला मात्रै भएको बताउँदै केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारीत हुन नदिन सम्पूर्ण राष्ट्रबादी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्् ।
नेकपा एमालेले पनि महाकाली सन्धीमा गरेको जस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गर्दै केसीले राष्ट्रिय जनमोर्चाले पनि संघियताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने जानकारी दिए । कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारीत हुन दिन नहुने भन्दै उनले आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।
त्यस्तै राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले संविधान संशोधन विधेयकलाई असफल पार्न आन्दोलनको आह्वान गरेको छ । मसालका महामन्त्री तथा प्रम प्रचण्डका राजनीतिक गुरु मोहन विक्रम सिंहले एक विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनको आह्वान गरेका हुन् ।
सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संशोधन प्रस्तावलाई असफल पार्नु वा पराजित गर्नु राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि हामीले राष्ट्रिय रुपमा नै व्यापक आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ र त्यो संशोधन प्रस्तावलाई असफल पार्न संसदभित्र र बाहिर पनि व्यापक ऐक्यवद्धताको आवश्यकतामा जोड दिन्छौँ ।’
सिंहले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अहिले जुन प्रकारले संविधानमा संशोधन गर्न थालिएको छ र त्यो क्रममा ५ नं. प्रदेशलाई टुक्राएर पहाडी भूभागहरुबाट अलग गरेर तराईका जिल्लाहरुको बेग्लै प्रदेश बनाउने प्रयत्न गरिादैछ, त्यो गम्भीर प्रकारको राष्ट्रघाती कार्य हो ।’
काठमाडौं,मंसिर १५ । एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै बिहीबारबाट संसद अवरुद्ध गर्ने र सडकमा समेत आन्दोलन चर्काउने निर्णय गरेको छ ।एमाले संसदीय दलको बुधबार बसेको बैठकले संविधान राष्ट्रघाती भएको ठहर गर्दै त्यसविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको हो ।
बाहिर सडकमा पनि जनताको साथ रहेको उनीहरुको आान्दोलनमा सहभागी हुँदै संशोधनलाई असफल पार्ने निष्कर्ष निकालेको हो ।पार्टीका तर्फबाट उपाध्यक्ष बामदेव गौतमले धारणा राख्दै सशक्त आन्दोलनमा जाने निर्णय सुनाए ।अस्वस्थ भएका कारण बैठकमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी ओली भने अनुपस्थित थिए ।
काठमाडौं,मंसिर १५ । प्रमुख दलको सहमति विना, जनताले विरोध गर्दागर्दै पनि सरकारले जवरजस्ती संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा र्दा गराएपछि देशभर जनता सडकमा उत्रिन सुरु गरेक छन् । हाम्रा सम्वाददाताहरुले बताएअनुसार ५ नम्वर प्रदेश टुक्राएको विरोधमा सो क्षेत्रका जनताहरु सडकमा उत्रिएका छन् भने प्यूठानवासीले जिल्ला बन्द गरेका छन् । त्यस्तै पाँच नम्वर प्रदेशका विभिन्न ठाउँ ठाउँमा टायर बालेर जनता प्रदर्शनमा उत्रिएका छन् ।
केही दिन अगाडिदेखि शुरु भएको आन्दोलनकै क्रममा आज प्यूठानमा यातायात, व्यापार व्यवसाय, उद्योग धन्दा, शैक्षिक संस्था लगायत सम्पूर्ण कार्यालयहरु पूर्ण रुपले बन्द भएका छन् । ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा बुधबार बिहानैदेखि अर्घाखाँची अनिश्चितकालका लागि बन्द गरिएको छ भने बुटवलमा विरोध प्रदर्शन भइरहेको छ ।
एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्। यो क्रम विस्तारै बढ्दै जाने देखिएको छ । हम्रा जिल्ला प्रतिनिधिका अनुसार पाँच नम्वरका अन्य जिल्ला र पूर्वतिर समेत विरोध प्रदर्शनको तयारी भइरहेको छ ।
यसैवीच हाल प्रस्ताव गरिए अनुसार संशोधन गर्नु राष्ट्र्घात हुने भन्दै विरोध गर्दै आएको नेकपा एमालेले संसदीय दलको वैठक दिउँसोका लागि आव्हान गरेको छ । वैठकमा संशोधन असफल बनाउन संघर्षका कार्यक्रम तय गर्ने बताइएको छ ।
एमालेले संशोधन विरुद्धमा रहेका अन्य दलका नेताहरुसँग समेत छलफल गर्ने र मोर्चा बनाएर जसरी पनि संशोधन असफल बनाएर राष्ट्र्र जोगाउने एक नेताले बताएका छन् । एमालेले संशोधनका विरुद्धमा संसद अवरुद्ध गर्नेदेखि सडक आन्दोलन र कानूनी उपचार समेत खोज्ने तयारी गरेको छ ।
एमालेलाई राष्ट्र्यि जनमोर्चा, माले, नेमकिपालगायन अन्य केही दल र नेपाली कांग्रेस, माओवादीका केही नेताहरुको समर्थन रहेको देखिएको छ ।
काठमाडौं,मंसिर १४ । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक पास गरेको छ । लामो कसरतपछि संविधान संशोधन विधेयक मंगलबार राति कार्यालय समय सकिसकेपछि दर्ता भएको भने राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गर्ने प्रस्ताव पारित गरेको छ ।
बैठकले प्रदेश नम्बर ४ र ५ नम्बरको सीमांकन फेरफेरसहित संशोधन प्रस्ताव पास गरेको हो । जस अनुसार प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र आधा रुकुम अब प्रदेश नम्बर ४ मा जानेछ । यसैगरी नेपालीसँग विवाह गर्ने महिलाले पुरानो नागरिकता त्यागेपछि अंगीकृत नागरिकता दिने भनि संशोधन हालिएको छ ।
राष्ट्रिय सभा गठनमा दलित, महिला र अपाङ्ग/अल्पसंख्यक गरी ३–३ जना प्रत्येक प्रदेशबाट चयन हुने र बाँकी जनसंख्याका आधारमा हुने भनिएको छ । अहिले संविधानमा प्रत्येक प्रदेशबाट समान ८–८ जना रहने व्यवस्था छ ।