काठमाडौं,मंसिर १५ । प्रमुख दलको सहमति विना, जनताले विरोध गर्दागर्दै पनि सरकारले जवरजस्ती संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा र्दा गराएपछि देशभर जनता सडकमा उत्रिन सुरु गरेक छन् । हाम्रा सम्वाददाताहरुले बताएअनुसार ५ नम्वर प्रदेश टुक्राएको विरोधमा सो क्षेत्रका जनताहरु सडकमा उत्रिएका छन् भने प्यूठानवासीले जिल्ला बन्द गरेका छन् । त्यस्तै पाँच नम्वर प्रदेशका विभिन्न ठाउँ ठाउँमा टायर बालेर जनता प्रदर्शनमा उत्रिएका छन् ।

केही दिन अगाडिदेखि शुरु भएको आन्दोलनकै क्रममा आज प्यूठानमा यातायात, व्यापार व्यवसाय, उद्योग धन्दा, शैक्षिक संस्था लगायत सम्पूर्ण कार्यालयहरु पूर्ण रुपले बन्द भएका छन् । ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा बुधबार बिहानैदेखि अर्घाखाँची अनिश्चितकालका लागि बन्द गरिएको छ भने बुटवलमा विरोध प्रदर्शन भइरहेको छ ।

एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्। यो क्रम विस्तारै बढ्दै जाने देखिएको छ । हम्रा जिल्ला प्रतिनिधिका अनुसार पाँच नम्वरका अन्य जिल्ला र पूर्वतिर समेत विरोध प्रदर्शनको तयारी भइरहेको छ ।

यसैवीच हाल प्रस्ताव गरिए अनुसार संशोधन गर्नु राष्ट्र्घात हुने भन्दै विरोध गर्दै आएको नेकपा एमालेले संसदीय दलको वैठक दिउँसोका लागि आव्हान गरेको छ । वैठकमा संशोधन असफल बनाउन संघर्षका कार्यक्रम तय गर्ने बताइएको छ ।

एमालेले संशोधन विरुद्धमा रहेका अन्य दलका नेताहरुसँग समेत छलफल गर्ने र मोर्चा बनाएर जसरी पनि संशोधन असफल बनाएर राष्ट्र्र जोगाउने एक नेताले बताएका छन् । एमालेले संशोधनका विरुद्धमा संसद अवरुद्ध गर्नेदेखि सडक आन्दोलन र कानूनी उपचार समेत खोज्ने तयारी गरेको छ ।

एमालेलाई राष्ट्र्यि जनमोर्चा, माले, नेमकिपालगायन अन्य केही दल र नेपाली कांग्रेस, माओवादीका केही नेताहरुको समर्थन रहेको देखिएको छ ।

29.12¡ÆC