यस्तो छ संशोधनको विरोधमा आन्दोलन चर्काउने एमालेका चार रणनीति

मंसिर १६, २०७३ मा प्रकाशित | 676 views

काठमाडौं,मंसिर १६ । संविधान संशोधन विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले सदन र सडक आन्दोलन चर्काउने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रघाती भएको निष्कर्ष पनि निकालेको छ ।
संशोधन प्रस्ताव संविधानको धारा २७४ विपरीत दर्ता भएकाले असंवैधानिक रहेको संसदीय दलका सचेतक गोकुल घर्तीले बताए । ‘त्यसैले असंवैधानिक प्रस्ताव बाझिएको हदसम्म फिर्ता लिनुबाहेक अरू विकल्प छैन ।’

संविधानको धारा २७४ मा सीमांकन हेरफेरका लागि दर्ता भएको विधेयक सभामुखले ३० दिनभित्र प्रदेश संसद्मा पठाउनुपर्ने र त्यसपछि प्रदेश संसद्को सहमतिमा मात्रै संघीय संसद्ले दुईतिहाइबाट सिमाना हेरफेर गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर सर्वोच्च अदालतमा रिटसमेत परेकाले अदालतको अवहेलना हुने गरी प्रस्ताव आएको एमालेको निष्कर्ष छ । केन्द्रीय प्रचार विभागले पार्टी मुख्यालयमा बुधबार गरेको छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीतिक र संवैधानिक रूपमा अनुपयुक्त संविधान संशोधन प्रस्ताव एक इन्च पनि अगाडि बढ्न नसक्ने दाबी गरेका थिए आजको नयाँ पत्रिकामा खबर छ ।
आन्दोलन चर्काउने एमालेका चार रणनीति

१. कार्यव्यवस्था परामर्शमै प्रतिवाद
संसद्मा संविधान संशोधन विधेयक अघि बढाउन कार्यसूची निर्धारणलगायतका विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समिति बैठक बस्छ । त्यही बैठकमा विधेयक असंवैधानिक भएकाले फिर्ता लिन तथ्यसहित प्रतिवाद गरिने एमालेका सचेतक गोकुल घर्तीले बताए । जबर्जस्ती गरिए संसद् अवरुद्ध गर्ने उनले जानकारी दिए ।
२. छलफलमा भाग लिएर संसदमा अवरोध
कार्यव्यवस्था परामर्श समितिमा सुनुवाइ नभए संशोधन प्रस्तावमाथिको प्रारम्भिक छलफलमा आफ्ना भनाइ राखेर सदन अवरोध गर्ने एमालेको रणनीति छ । सुरुमै संसदीय दलको नेता वा उपनेताले विरोध गर्दै भनाइ राखेपछि सदन अवरुद्ध पार्ने एमाले संसदीय दलको निर्णय छ । विधेयक फिर्ता नलिएसम्म अवरोध जारी राख्ने निर्णय छ । दलको बैठकमा उपाध्यक्ष वामदेव गौतमले शालीनतापूर्वक सदन अवरोध गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

३. सडक आन्दोलन चर्काउने
संविधान संशोधनविरुद्ध स्वस्फुर्त सडकमा प्रदर्शन भइरहेकाले त्यसको नेतृत्व लिएर आन्दोलन चर्काउने एमालेको निर्णय छ । ‘सडकमा व्यापक जनपरिचालनमार्फत विधेयक फिर्ताका लागि दबाब दिने निर्णय बैठकको छ,’ सचेतक गोकुल घर्तीले बताए । ५ नम्बर प्रदेशका जिल्लामा आन्दोलन चर्किंदै गएकाले ती ठाउँमा कांग्रेस, माओवादी केन्द्रसहितका दल, नागरिक समाजको साथ लिएर आन्दोलन चर्काउने निर्णय भएको पनि उनले बताए ।

४. अदालतमार्फत पनि संघर्ष
एमालेले अदालतमार्फत पनि विधेयकको विरोध गर्ने निष्कर्ष निकालेको छ । ‘हामीले सदन, सडकसँगै अदालतमा पनि संघर्ष गर्ने निर्णय गरेका छौँ,’ उपाध्यक्ष वामदेव गौतमले भने । तर, प्रदेशको सीमांकन हेरफेरबारे अदालतमा रिट निवेदन परिसकेको र सुनुवाइको प्रक्रिया पनि अघि बढ्न लागेकाले छुट्टै रिट हाल्नु नपर्ने निष्कर्षमा एमाले छ ।
संसदमा अनिवार्य उपस्थिति हुन ह्विप
एमाले संसदीय दलले बिहीबारबाट नियमित रूपमा संसद् बैठकमा उपस्थित हुन र राजधानी नछाड्न पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । ‘सांसदहरूलाई राजधानी नछाड्न र नियमित बैठकअगावै उपस्थित हुन निर्देशन दिएका छौँ,’ प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘संविधान संशोधन विधेयकविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्न निर्देशन गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web